ताजा अपडेट

समाजवाद हाम्रै पालामा सम्भव छ : प्रचण्ड

समाजवाद हाम्रै पालामा सम्भव छ : प्रचण्ड

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२८, माघ महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्यवस्थित योजनाका साथ जाने हो भने समाजवाद निर्माण हाम्रै पालामा सम्भव रहेको बताएका छन् । महोत्तरीको बर्दिबासस्थित आधारशीला जनकम्युनको २२ औं वार्षिकोत्सवको अवसरमा आयोजित वैचारिक तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । समाजवाद आकाशबाट खस्ने वा धर्तीबाट जन्मने नभई जनताले निर्माण गर्ने भएकाले यसका लागि सुव्यवस्थित अभियान र आन्दोलन भने आवश्यक रहेको बताए । हरेक समुदायमा आफ्नै राजनीति, आफ्नै अर्थतन्त्र र आफ्नै संस्कृति भएको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त नेपालमा समुदाय केन्द्रित समाजवाद नै उपयुक्त हुने धारणा राख्दै अध्यक्ष प्रचण्डले त्यसका लागि समुदायस्तरबाटै समाजवाद निर्माणको अभियान थाल्नुपर्ने बताए ।...

मिडिया काउन्सिल विधेयक राष्ट्रियसभाबाट पारित

कानुन, ताजा अपडेट, ब्यानर-१, समाचार
२८ माघ,काठमाडौं ।मिडिया काउन्सिल विधेयक राष्ट्रियसभाबाट पारित भएको छ ।राष्ट्रियसभाको आज सोमबार बसेको बैठकले ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित गरेको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गरेको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘मिडिया काउन्सिल विधेयक,२०८० पारित गरियोस्’ भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको थियो। पत्रकारिताको पेसागत तथा व्यावसायिक आचरण कायम राख्न तथा स्वनियमनलाई प्रवर्द्धन गरी स्वच्छ,स्वतन्त्र र जवाफदेही पत्रकारिताको विकास तथा संरक्षणका लागि स्वायत्त नियामक निकायको रुपमा स्थापित गर्ने उद्देश्यले मिडिया काउन्सिल विधेयक ल्याइएको बताइएको छ। राष्ट्रिय आमसञ्चार नीति,२०७३ का आधारमा प्रेस काउन्सिलललाई मिडिया काउन्सिलमा रुपान्तरण गरी सक्षम निकायको रुपमा विकास गर्न विधेयक ल्याइएको जनाइएको छ। विद्युतीय अनलाइन र छापा पत्रका...
जलवायु उत्तरदायी बजेट ६ बाट २० प्रतिशत पुर्‍याइने

जलवायु उत्तरदायी बजेट ६ बाट २० प्रतिशत पुर्‍याइने

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
२८, माघ काठमाडौं । नेपाल सरकारको राष्ट्रिय योजना आयोगद्वारा आयोजित सचिव स्तरीय छलफलबाट जलवायु उत्तरदायी बजेटलाई हालको ६ प्रतिशतबाट वृद्धि गरी २० प्रतिशत पुर्‍याउने महत्त्वपूर्ण निर्णय गरिएको छ । बुढानीलकण्ठ, काठमाडौँमा आयोजित नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिवहरू सहभागी छलफलले दीर्घकालीन विकास रणनीति, हरित अर्थतन्त्र प्रवर्द्धन, जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनका लागि ठोस मार्गचित्रसमेत अघि सारेको छ । नेपालले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्दै दिगो विकासलाई प्रवर्द्धन गर्नका लागि आगामी आवधिक योजना, मध्यमकालीन खर्च संरचना र वार्षिक बजेटबीच समन्वय गर्दै जलवायु उत्तरदायी बजेटलाई उल्लेखनीय रूपमा वृद्धि गर्ने योजना बनाएको छ ।...
प्रधानमन्त्रीसमक्ष अतिक्रमित जग्गा खाली गराउन माग

प्रधानमन्त्रीसमक्ष अतिक्रमित जग्गा खाली गराउन माग

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२८, माघ काठमाडौं । बाँकेको कोहलपुरस्थित निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला नजिकै रहेको सरकारी जग्गाको अतिक्रमण हटाउन स्थानीयस्तरबाट भएको पहलकदमीले सार्थकता नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराइएको छ । बाँके क्षेत्र नम्बर १ का सांसद सूर्य ढकाल, कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, नेकपा (एमाले) बाँकेका अध्यक्ष निरक गुरुङ, नेपाली कांग्रेस बाँकेका सभापति नारायण गौडेलसहितको टोलीले आइतबार राति प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेट गरी तत्काल जग्गाको अतिक्रमण हटाउन ध्यानाकर्षण गराएको हो । कोहलपुरका नगर प्रमुख आचार्यले कोहलपुर नगर विकास समितिको क्रिकेट मैदान आसपासको अरिब २८ विघा क्षेत्र लामो समयदेखि अतिक्रमणमा परेको जानकारी दिए । नगर प्रमुख आचार्यले भने, ‘‘नगरपालिकाले स्थानीय स्तरमा पहल गरी अतिक्रमण हटाउन खोजे पनि सफल नभएपछि प्रधाा...
मधेश प्रदेशको दोस्रो वीरगञ्ज गोल्डकप फागुन दोस्रो सातामा हुने

मधेश प्रदेशको दोस्रो वीरगञ्ज गोल्डकप फागुन दोस्रो सातामा हुने

खेलकुद, ताजा अपडेट, वातावरण, समाचार
२८, माघ काठमाडौं। मधेश प्रदेशकै सर्वाधिक धनराशीको दोस्रो वीरगञ्ज गोल्डकप २०८१ फागुनको दोस्रो सातादेखि वीरगञ्जको आर्दशनगर रंगशालामा हुने भएको छ । भेट्रान सिटि क्लब वीरगञ्जको आयोजनामा आगामी फागुन १७ देखि २४ गतेसम्म हुने प्रतियोगितामा राष्ट्रिय स्तरका आठ फुटबल टिमको सहभागिता जनाउनेछन् । फुटबल प्रतियोगिता नक आउट चरणमा खेलाइनेछ । भेट्रान सिटि क्लब वीरगञ्जका अध्यक्ष सबिन बस्नेतले मधेश प्रदेशमा फुटबल खेलको संस्कृति विकास गर्नका लागि दोस्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिता गर्न लागेको जानकारी दिए ।‘‘विगतमा वीरगञ्जमा फुटबलका गतिविधि निकै धेरै हुन्थे । तर,पछिल्लो समय वीरगञ्जमा फुटबलका गतिविधि सुस्ताएसँगै खेलकुदको विकास र जर्गेना गर्नका लागि प्रतियोगिताको आयोजना गर्न लागेका हौं,’’ उनले भने, ‘प्रतियोगिता ए डिभिजन लिग फुटबल खेल्ने टोलीसहित भारतीय टोलीको पनि सक्रिय सहभागिता जनाउनेछन् । यसले मधेश...
पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी

पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
२८, माघ काठमाडौं । पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु भएको छ । महाशिवरात्रिको तयारी स्वरुप पशुपति क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलनकुमार थापाको नेतृत्वमा भएको सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कोषका कर्मचारी, स्थानीय एवं भक्तजनको पनि सहभागिता रहेको थियो । महाशिवरात्रिमा पशुपतिलाई आकर्षक रुपमा सजाउन रङरोगन गरिने कोषका सदस्य सचिव थापाले बताए । महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा विभिन्न देवी देवताका आकर्षक भित्ते चित्र पनि बनाइने भएको छ । त्यसको काम पनि सुरु भएको कोषले जनाएको छ । पशुपति क्षेत्रमा अहिले महाशिवरात्रिको पूर्वतयारीका लागि काम भइरहेको छ । यस वर्ष भारतको प्रयागराजमा चलिरहेको महाकुम्भमा आएका धेरै साधु सन्त पनि आउनसक्ने अनुमान गरेर त्यसै अनुरुपका तयारी सुरु गरिएको कोष, संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख ईश्व...
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ ?

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ ?

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२८, माघ काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार चार सय रुपैयाँले बढेर एक लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर १ हजार ९७५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी १ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।...
सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्छ : राष्ट्रपति पौडेल

सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्छ : राष्ट्रपति पौडेल

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२८, माघ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन, सामाजिक न्याय र समृद्धिको अवधारणालाई मूर्त रूप दिन सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्ने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्ने बताएका हुन् । त्यस अवसरमा राष्ट्रपति पौडेलले शक्ति र पद हुँदैमा जोकोही पनि कानुन र जबाफदेहिताबाट मुक्त हुँदैन भन्ने अख्तियारले आम नागरिकमा विश्वास जागृत गराउन सक्नुपर्ने पनि बताए ।...
पूर्वाधारका पर्खाइमा सुनछहरा

पूर्वाधारका पर्खाइमा सुनछहरा

ताजा अपडेट, वातावरण, समाचार
२८, माघ म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका-७ मा रहेको सुनछहरा पूर्वाधार र पर्यटकको पर्खाइमा छ । प्रशस्त सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसारको अभावका कारण सुनछहरा ओझेलमा परेको छ । व्यवस्थित पदमार्गको साथै झोलुङ्गे पुलको अभावका कारण सुनछहरामा पर्यटकहरू पुग्न सकेका छैनन् । प्रचारप्रसारका अभावमा सुनछहराको विशेषता स्थानीय स्तरमै सीमित भएको चिमखोलाका बासिन्दा ललित गर्बुजाले बताए । ‘धौलागिरि हिमालको आधार शिविर क्षेत्रमा पर्ने सुनछहराको धार्मिक र पर्यटकीय सम्भावना भए पनि ओझेलमा परेको छ,’ उनले भने, ‘सुनछहरामा पूर्वाधार विकास र प्रवर्द्धनको आवश्यकता छ । ’भारतीय सेनामा कार्यरत गर्बुजाको अगुवाइमा मण्डली युवा क्लबका पदाधिकारी, पर्यटन व्यवसायी र सञ्चारकर्मीहरूको टोली गत हप्ता समुन्द्री सतहदेखि तीन हजार नौ सय पचास मिटर उचाइमा रहेको सुनछहरा पुगेर फर्किएको थियो । किम्बदन्ती अनुसार पराप...
गृहमन्त्री लेखकद्वारा प्रतिनिधिसभामा तीन वटा विधेयक पेस

गृहमन्त्री लेखकद्वारा प्रतिनिधिसभामा तीन वटा विधेयक पेस

ताजा अपडेट, राजनीति, समाचार
२८, माघ काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभा बैठकमा तीन वटा विधेयक पेस गरेका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री लेखकले ‘नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१’ नेपाल प्रहरी विधेयक, २०८१’ र ‘शसस्त्र प्रहरी बल नेपाल विधेयक, २०८१’ बैठकमा पेस गरेका हुन् । नागरिकता प्राप्त गर्ने व्यवस्थालाई थप व्यवस्थित बनाउन र नागरिकता प्रदान गर्ने विषयमा अदालतबाट विभिन्न समयमा भएका आदेशसहितको विषयलाई सम्बोधन गरी ‘नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१’ संसदमा पेस भएको हो ।...