ताजा अपडेट

प्रधानमन्त्री ओलीले हिउँदे अधिवेशनको पहिलो दिन संसद्‌मा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले हिउँदे अधिवेशनको पहिलो दिन संसद्‌मा सम्बोधन गर्ने

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१३, माघ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको पहिलो दिन संसदमा सम्बोधन गर्ने भएका छन् । संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेका लागि बोलाइएको छ । उक्त दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । ‘प्रधानमन्त्रीले पहिलो दिन संसद्मा सम्बोधन गर्नुहुनेछ,’ उनले भने । बर्तौलाले आजै प्रधानमन्त्रीलाई भेटेका थिए । भेटमा प्रधानमन्त्रीले सम्बोधन गर्ने बताएका र यही कुरा सभामुखलाई आफूले सुनाएको बर्तौलाले जानकारी दिए ।...
कांग्रेस-एमालेबीच कुनै अलमल वा जालझेल छैन : शंकर पोखरेल

कांग्रेस-एमालेबीच कुनै अलमल वा जालझेल छैन : शंकर पोखरेल

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१३, माघ काठमाडों । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार सञ्चालनमा दुई मुख्य दलबीचको सहकार्य मजबुत रहेको बताएका छन् । मुलुकका दुई मुख्य दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार सञ्चालनका विषयमा आपसी सहमति र विश्वासमा अघि बढिएको उनले स्पष्ट पारे । बर्दिबासमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले राजनीतिक अस्थिरता चिर्न दुई मुख्य दलबीचको सहमति मुलुकको समृद्धि र विकासका लागि भएको उल्लेख गरे । ‘हामीबीच कुनै अलमल वा जालझेल केही छैनन्, हामी दुवै दलले स्पष्टताका साथ यो अहिलेको प्रतिनिधिसभाको कार्यकालभरि स्थिर सरकार दिने वाचा गरेका छौँ’, पोखरेलले भने, ‘सबैले स्पष्ट भए हुन्छ, हामी त्यसैअनुरुप अघि बढेका छौँ।’ पछिल्लो पटक वर्तमान सरकार बनेयता आम जनतामा स्थिर सरकार बनेको अनुभूति भएको उनको भनाइ छ । यसले आर्थिक सूचकहरुमा क्रमशः सकारात्मक सुधार देखाएको...
गत वर्षको तुलनामा यो वर्ष राजश्व वृद्धि भएको छ : उपप्रधानमन्त्री पौडेल

गत वर्षको तुलनामा यो वर्ष राजश्व वृद्धि भएको छ : उपप्रधानमन्त्री पौडेल

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१३, माघ काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत वर्षको तुलनामा यो वर्ष राजश्व वृद्धिमा प्रगति भएको बताएका छन् । अन्तर्राष्ट्रिय भन्सार दिवसको असरमा बोल्दै उनले राजश्व वृद्धिमा प्रगति भए पनि चित्त बुझाएर बस्न सक्ने अवस्था नरहेको बताए । उनले भने, ‘जिन्दगी भरी धेरै राम्रो काम गर्न त्यति सजिलो छैन । अहिले राजश्वको लक्ष्यको हिसाबले चापमा छौँ । गत वर्षको तुलनामा राजश्वमा केही प्रगति भएको छ । राजश्व वृद्धिमा भएको प्रगतिमा चित्त बुझाएर बस्न सक्ने अवस्था छैन । त्यसैले राजश्वसँग सम्बन्धित कुरा भन्सार विभागले बुझ्नुपर्छ । हिजोको तुलनामा प्रगति गरेको हेरेर बस्ने होइन यो वर्षको राजश्वको लक्ष्य हासिल गरेर अगाडि बढ्नुपर्नेछ ।’ उनले अर्थतन्त्रमा देखा परेको शिथिलतालाई प्रभावकारी ढंगले चलाउन सके राजश्वको लक्ष्य हासिल गर्न सकिने बताए । ...
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
१३, माघ काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा २०० रुपैयाँले घटेर आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोला एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८६५ रुपैयाँमा बिक्री भइरहेको महासंघले जनाएको छ । अघिल्लो कारोबारमा चाँदी प्रतितोला एक हजार ८८० रुपैयाँमा कारोबार भएको थियो ।...
धनुषामा श्रीमानले गरे श्रीमतीको हत्या

धनुषामा श्रीमानले गरे श्रीमतीको हत्या

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१३, माघ काठमाडौं । धनुषामा एक महिलाको हत्या भएको छ । धनुषाको धनुषाधम नगरपालिका वडानम्बर ५ पर्वताकी २९ वर्षीया संगीता ठाकुरको हत्या भएको प्रहरीले जनाएको छ । ठाकुरलाई आफ्नै श्रीमान ३३ वर्षीय देवलाल ठाकुरले शनिबार राति २ बजे हत्या गरेको जिल्ला प्रहरी कार्यालयका धनुषाका प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए । डीएसपी सिंहका अनुसार देवलालले ढोकामा लगाउने आग्लोले हानेर श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घरायसी विवाद हुँदा हत्या भएको प्रहरीले जनाएको छ ।...
काँग्रेस संसदीय दलको बैठक आज बस्दै

काँग्रेस संसदीय दलको बैठक आज बस्दै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१३, माघ काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो २ बजे बस्नेछ। संघीय संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीतिका लागि तय गर्न काँग्रेस संसदीय दलको बैठक आइतबार बस्न लागेको हो ।बैठकमा सरकारले ल्याएका अध्यादेश, अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयक तथा यसअघि प्रस्तुत भएका विधेयकबारे छलफल गर्नेछ । संसद्को हिउँद अधिवेशन माघ १८ शुरु हुँदैछ।...
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१३, माघ काठमाडौं । आइतबार तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११:३० बजे बस्दै छ । बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्याहरूको सम्बन्धमा छलफल हुनेछ ।...
सात मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन

सात मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन

ताजा अपडेट, वातावरण, समाचार
१३, माघ काठमाडौं । काठमाडौँ महानगरपालिका-१० को अगुवाइमा बुद्धनगर वाग्मती पुल (युएन पार्क अगाडि) क्षेत्रको नदी एवं किनारमा सफाइ गरी सात मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरिएको छ । वडा नं १० का कार्यवाहक वडाध्यक्ष सुनिता भित्र कोटी तथा सदस्य सतिस तण्डुकारको संयोजनमा त्यस क्षेत्रमा सफाइ गरी सात मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरिएको वाग्मती सफाइ अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक नारायणप्रसाद भण्डारीलगायत कर्मचारी, कामानपा वडा नं ११ का अध्यक्ष हिरालाल तण्डुकार, रोटरी क्लब अफ काठमाडौँ हेरिटेजका अध्यक्ष हेमा अधिकारी तथा अन्य पदाधिकारी, कामानपा वडा नं १० का कर्मचारी, नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आले, वाग्मती सफाइ महाअभियानका प्रमुख अभियानकर्मी लीलामणि पौड्याललगायतको सफाइमा सक्रियता थियो । आजको सफाइबाट उठाइ...
नेपाल–चीन सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रमा संयुक्त अनुगमन

नेपाल–चीन सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रमा संयुक्त अनुगमन

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
१३, माघ हुम्ला । नेपाल र चीनका सुरक्षाकर्मीले हुम्लाको उत्तरी सीमा क्षेत्रको संयुक्त अनुगमन गरेका छन् । उत्तरी नाम्खा गाउँपालिका–५ हिल्साको किट क्षेत्रमा पर्ने सीमानाकाको शनिबार अनुमगन गरिएको हो । दुई देशका सुरक्षाकर्मीको निर्णयानुसार हिल्सास्थित किट क्षेत्रमा पर्ने सिमाना र सीमास्तम्भको संयुक्त अनुमगन गरिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा चौकी हिल्साका प्रमुख सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर ओझाले बताए । हिल्सादेखि किटसम्म अत्याधिक चिसो रहेको जनाइएको छ । सीमानाकामा अवाञ्छित घटना हुन नदिन, सीमास्तम्भको अवस्था बुझ्न र सुरक्षाकर्मीबीच एकापसमा समन्वय बढाउन संयुक्त अनुगमन गरिएको सशस्त्र प्रहरी ४४ नम्बर गुल्म सिमकोटका सशस्त्र प्रहरी नायब उपरीक्षक देवराज राईले जानकारी दिए ।त्यसैगरी, हिल्साबाट नारा र लिमीतर्फ पनि नेपाली सुरक्षाकर्मीले गस्ती गर्ने कार्य गर्दै आएका छन् । टोलीमा चीनको तर्फ...
पश्चिमी वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?

पश्चिमी वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
१३, माघ काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, बागमती र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । आज दिउसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ । मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम मुख्यतया सफा रहने छ ।...