ताजा अपडेट

पत्रकारिता लोकतन्त्रको संरक्षक : गृहमन्त्री लेखक

पत्रकारिता लोकतन्त्रको संरक्षक : गृहमन्त्री लेखक

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
१४, माघ काठमाडौं । गृहमन्त्री रमेश लेखकले पत्रकारिता लोकतन्त्रको संरक्षक भएको बताएका छन् । सिंहदरवारस्थित गृह मन्त्रालयमा आज नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै गृहमन्त्री लेखकले निष्पक्ष पत्रकारिता लोकतन्त्रको खम्बा भएको बताए । “हाम्रो संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ‘ग्यारेन्टी’ गरेको छ”, उनले भने, “स्वतन्त्र, व्यावसायिक तथा निष्पक्ष पत्रकारिताको वातावरण सरकारले सुनिश्चित गर्छ ।”गृहमन्त्री लेखकले कुनै पनि तवरले पत्रकारिताको स्वतन्त्रता र व्यावसायिकताको सुनिश्चितता हुने विश्वास दिलाए । पत्रकारिता मर्यादित, व्यवस्थित र सत्यमा आधारित हुनुपर्नेमा उनले जोड दिए ।...
बाघ खोज्न चार स्थानमा क्यामेरा जडान

बाघ खोज्न चार स्थानमा क्यामेरा जडान

ताजा अपडेट, वातावरण, समाचार
१४, माघ नेपालगञ्ज । बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएपछि बाघ खोज्न सुरु गरिएको छ । महिलालाई आक्रमण गर्ने बाघले अन्य मानिसलाई पनि आक्रमण गर्ने सम्भावना रहेकाले खोजी सुरु गरिएको राप्तीसोनारी सब डिभिजन वन कार्यालय, शमशेरगञ्ज बाँकेले जनाएको छ । सो कार्यालयका प्रमुख मनोज शर्माले भगवती सामुदायिक वन क्षेत्रमा बाघको खोजीका लागि चार स्थानमा चार क्यामेरा जडान भएको जानकारी दिए । बाघ र चितुवाजस्ता हिंस्रक जनावरले आक्रमण गर्न थालेपछि त्यसको तथ्य पत्ता लगाउन क्यामेरा जडान गरिएको उनको भनाइ छ । “जडान गरेको केही दिन भएको छ, तर अहिलेसम्म केही देखिएको छैन”, उनले भने । निकुञ्ज वरिपरिका बासिन्दालाई बाघसँग सचेत र सजग रहन आग्रह गरिएको पनि प्रमुख शर्माले बताउनुभयो । क्यामेराको सहयोगले बाघबारे सही जानकारी हासिल हुने उनको भनाइ छ । बाँकेको राप्तिसोनारी गाउँपालिका भगवती सामुदायिक वनमा जङ्गली बाघको आक्रमणम...
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
१४, माघ काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा ३०० रुपैयाँले घटेर प्रतितोला एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला एक लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । आइतबार तोलामा १ हजार ८६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर १ हजार ८५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।...
सम्पत्ति शुद्धीकरण निवारण प्रणालीले प्रभावकारी रुपमा काम गर्नुपर्छ : प्रधानमन्त्री

सम्पत्ति शुद्धीकरण निवारण प्रणालीले प्रभावकारी रुपमा काम गर्नुपर्छ : प्रधानमन्त्री

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१४, माघ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायबीच समन्वयात्मक प्रयास अपरिहार्य भएको बताएका छन् । सम्पत्ति शुद्धीकरण निवारण प्रथम राष्ट्रिय दिवस, २०८१ का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस प्रणालीमा आबद्ध सूचक संस्था, नियामक निकाय, कानुन कार्यान्वयन गर्ने निकाय र न्यायिक निकायसमेतको समन्वयमा जोड दिएका हुन् । सम्पत्ति शुद्धीकरण निवारण प्रथम राष्ट्रिय दिवस, २०८१ का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले भने, ‘अपराधजन्य कार्यबाट प्राप्त सम्पत्तिको प्रवेश वित्तीय प्रणालीमा हुन नदिई वित्तीय स्वच्छता कायम गर्न सम्पत्ति शुद्धीकरण निवारण प्रणालीले प्रभावकारी रुपमा काम गर्नुपर्छ ।’ यस प्रणालीमा आवद्ध सूचक संस्था, नियामक निकाय, कानुन कार्यान्वयन गर्ने निकाय र न्यायिक निकायसमेतको...
सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ

सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ

ताजा अपडेट, वातावरण, समाचार
१४, माघ धनगढी । कैलालीमा किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । जोशीपुर गाउँपालिका-६ बस्ने १५ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जोशीपुर-१ का १८ वर्षीय सुमन डगौरा र १८ वर्षकै कुशल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कबिन्द्रसिंह बोहराले जानकारी दिए । उनीहरूलाई इलाका प्रहरी कार्यालय भजनीले नियन्त्रणमा लिएको हो । उनकाअनुसार बलात्कारमा संलग्न रहेको आरोप लागेका अन्य दुई जना भने भारततर्फ भागेको प्रहरीले जनाएको छ । भारत भाग्नेमा १८ वर्षीय राजकुमार चौधरी र १९ वर्षीय आशिक चौधरी रहेका छन् ।...
सत्तारुढ दलहरूको बैठक बस्दै

सत्तारुढ दलहरूको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१४, माघ काठमाडौं । सत्तारुढ दलहरूको बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे सरकारी निवास बालुवाटारमा बस्ने गरी बोलाएका हुन् । बैठकमा आसन्न हिउँदे अधिवेशन,अधिवेशनमा पेस गरिने विधेयक र सरकारका काम कारबाहीबारे छलफल हुनेछ । सत्तापक्षमा नेकपा एमाले, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टी रहेका छन् ।...
पर्यटकका रोजाइमा अन्नपूर्ण आधार शिविर

पर्यटकका रोजाइमा अन्नपूर्ण आधार शिविर

ताजा अपडेट, पर्यटन, वातावरण, समाचार
१४, माघ म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका(४ नारच्याङमा रहेको अन्नपूर्ण आधार शिविर र मौरिस हर्गोज पदमार्गमा रु. एक करोड २५ लाखको लागतमा पूर्वाधार निर्माण थालिएको छ । अन्नपूर्ण गाउँपालिकाको रु। एक करोड, नेपाल पर्यटन बोर्डको रु. २० लाख र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप को रु। पाँच लाख बजेटबाट आश्रय स्थल, शौचालय, खानेपानी, पदमार्ग, चिया पसल र खुला सङ्ग्रहालय निर्माण थालिएको हो । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले अन्नपूर्ण आधार शिविर र पञ्च कुण्ड ताल क्षेत्रमा अस्थायी संरचना निर्माण गर्न लागिएको जानकारी दिए । “एक्यापमा पर्ने भएकाले स्थायी संरचना निर्माण गर्न नीतिगत समस्या भएपछि पर्यटकको सहजताका लागि अस्थायी संरचना बनाउन थालिएको हो”, उनले भने, “अन्नपूर्ण आधार शिविर र पदमार्गमा चिया तथा खाजा पसल सञ्चालनको गाउँपालिकाले ठेक्का आह्वान गरेको छ ।” योजनाको सर्वेक...

स्वास्थ्य बीमा रकम पाँच लाख पुर्‍याइने

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार, स्वास्थ्य
१४, माघ भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले रु। एक लाखको स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख पुर्‍याइने बताएका छन् । आज आयोजित कार्यक्रममा मन्त्री पौडेलले भने, “स्वास्थ्य बीमामा रु पाँच लाखको व्यवस्था गर्नेछु, त्यसले बिरामीलाई सहयोग हुनेछ ।”उनले एकीकृत र एकद्धार प्रणालीबाट मात्रै बीमा सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।...
रास्वपाको सचिवालय बैठक बस्दै

रास्वपाको सचिवालय बैठक बस्दै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१४, माघ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बस्दैछ । बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बैठक बोलाइएको कार्यबाहक प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् । समसामयिक राजनीति र पार्टी गतिविधि, विभिन्न नियमावलीहरू र नयाँ नियमावलीहरु प्रस्तावका बारेमा छलफल गर्न रास्वपाले बैठक बोलाएको हो ।...
एमाले संसदीय दलको बैठक मंगलबार

एमाले संसदीय दलको बैठक मंगलबार

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१३, माघ काठमाडौं । नेकपा एमालेले मंगलबारका लागि संसदीय दलको बैठक बोलाएको छ । मुख्य सचेतक महेश बर्तौलाले १५ माघको दिउँसो १ बजे संसदीय दलको बैठक बस्ने जानकारी दिए । बर्तौलाका अनुसार संघीय संसद् अधिवेशन अधिवेशन सुरु हुनअघि तयारीका लागि दलको बैठक बस्न लागेको हो । १८ माघबाट संसद् अधिवेशन सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन् ।...