ताजा अपडेट

शैक्षिक सामग्री बनाउन शिक्षकलाई तालिम

शैक्षिक सामग्री बनाउन शिक्षकलाई तालिम

ताजा अपडेट, वातावरण, शिक्षा, समाचार
१५, माघ पाल्पा । कक्षाकोठामा शिक्षण कार्यका लागि प्रयोग हुने शैक्षिक सामग्री रामपुर नगरपालिकाले तयार पार्न थालेको छ । दैनिक कक्षाकोठामा शैक्षिक प्रयोजनका निम्ति शैक्षिक सामग्री अनिवार्य प्रयोग हुने भएकाले बाहिरबाट सामग्री खरिद गर्नुभन्दा शिक्षकलाई ज्ञान, सीप प्रदान गरेर स्थानीय सामग्रीबाट निर्माण नगरपालिकाले सुरुआत गरेको हो । नगरभित्रका ६० विद्यालयका प्राथमिक तहमा अध्यापन गराउने शिक्षकलाई शैक्षिक सामग्री निर्माणका लागि व्यावहारिक ज्ञान, सीप दिइएको छ । प्राथमिक तहका ३० र आधारभूत तह र माध्यमिक तहका ३० शिक्षकलाई शैक्षिक सामग्री निर्माणसम्बन्धी सीप सिकाइएको छ । शिक्षण कार्यमा सैद्धान्तिक ज्ञान, सीप मात्र नभई व्यावहारिक कुरा शिक्षण गरिनुपर्ने भएकाले विद्यार्थीलाई सरल माध्यमबाट बुझाउन, स्थानीय स्तरमा नै भएका स्रोतसाधन प्रयोग गरेर शैक्षिक सामग्री निर्माण गर्न शिक्षकलाई तालिम दिइएको नगर श...
कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

ताजा अपडेट, राजनीति, समाचार
१५, माघ काठमाडौं । सभामुख देवराज घिमिरेले आज कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। बैठक सिंहदरबारस्थित राज्यव्यवस्था समितिको हलमा बस्नेछ । सभामुख घिमिरेले बिहान ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।  
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१५, माघ काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ९०० र चाँदीको १५ रुपैयाँ घटेको हो । महासंघका अनुसार छापावाल सुनको मूल्य मंगलबार तोलामा १ लाख ५९ हजार २०० रुपैयाँ कायम भएको छ । सोही सुनको मूल्य अघिल्लो दिन १ लाख ६० हजार १०० रुपैयाँ कायम भएको थियो ।...
एमाले संसदीय दलको बैठक बस्दै

एमाले संसदीय दलको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१५, माघ काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक आज बस्दैछ। बैठक १ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ। बैठकमा संसदमा खेल्नुपर्ने भूमिकाको विषयमा रणनीति तय गर्नुका साथै आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकका विषयमा छलफल हुने जनाइएको छ ।
आज मन्त्रिपरिषद् बैठक बस्दै

आज मन्त्रिपरिषद् बैठक बस्दै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१५, माघ काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सरकारको कामकारबाहीको समीक्षाका साथै मन्त्रालयगत एजेण्डाबारे छलफल हुने बताइएको छ । यही माघ १८ गतेदेखि सुरु हुन लागेको संसदको हिउँदे अधिवेशनबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।...
‘सरकारले विकास र स्थिरताको बलियो आधार तयार गरेरै छाड्छ’

‘सरकारले विकास र स्थिरताको बलियो आधार तयार गरेरै छाड्छ’

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१४, माघ भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउँदै दुई ठुला दलको सहकार्यमा रहेको अहिलेको सरकारले विकास र स्थिरताको बलियो आधार तयार गरेरै छाड्ने बताएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुञ्जेस्थित नवनिर्मित प्रशासकीय भवनको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजतन्त्रका पालामा शासन टिकाउनका लागि मरिमेट्दा विकास राम्ररी हुन नसकेको र लोकतन्त्रयताका विकास निर्माणको गति बेग्लै भएको बताए । उनले भने,‘अब नेपालमा विकासको क्रममा अगाडि बढेको छ । जो भए पनि विकास भइहाल्छ भन्ने कुरा सही होइन । राम्रो प्रणाली नभईकन विकास हुँदैन । काम गर्ने खालको पार्टी सरकारमा नभएर विकास हुँदैन । देश साँच्चै अप्ठ्यारोमा परेकाले दुई ठुला दलको सहकार्यमा देशलाई एकताबद्ध बनाउँदै सरकारले विकासको अगुवाइ गर्नैछ । सरकार अहिले ढल्यो, भरे ढ...
नेप्से परिसूचक १० अंकले घट्यो

नेप्से परिसूचक १० अंकले घट्यो

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
१४, माघ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक १० दशमलव ६१ अंकले घटेर आज दुई हजार छ सय ३३ दशमलव ३२ को बिन्दुमा कायम भएको छ । विभिन्न तीन सय १२ कम्पनीका एक करोड ७२ लाख ५३ हजार पाँच सय ७६ कित्ता शेयर ८७ हजार पाँच सय ६४ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ९२ करोड ४० लाख ६५ हजार आठ सय ८८ बराबरको कारोबार भएको छ । कारोबारमा बैंकिङ समूह शून्य दशमलव ५५, होटल तथा पर्यटन शून्य दशमलव ५१, लगानी शून्य दशमलव ७७, जीवन बीमा एक दशमलव १०, म्युचुअल फन्ड शून्य दशमलव ६४, निर्जीवन बीमा शून्य दशमलव ६७, व्यापार एक दशमलव ८३ र अन्य समूह एक दशमलव ६६ प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ ।...
उपप्रधानमन्त्री सिंहले भने-इतिहासबाट पाठ सिकेर भूकम्प प्रतिरोधी घर बनाउन आवश्यक

उपप्रधानमन्त्री सिंहले भने-इतिहासबाट पाठ सिकेर भूकम्प प्रतिरोधी घर बनाउन आवश्यक

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१४, माघ काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले भूकम्पका कारण हुने जनधनको क्षति कम गर्न राष्ट्रिय भवन संहिता पालना गर्नु अपरिहार्य रहेको बताएका छन् । सोमबार काठमाडौंमा २७ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेपाल बाढी, पहिरो, महामारी, आगलागी, भूकम्प लगायतका कयौँ प्रकोपहरूबाट बारम्बार प्रभावित हुने गरेको उनले बताए । ‘हाम्रो मुलुक बाढी, पहिरो, महामारी, आगलागी, भूकम्प लगायतका कयौँ प्रकोपहरूबाट बारम्बार प्रभावित हुने गरेको छ । पछिल्लो समय हामी लगातार विभिन्न खालका विपद्जन्य घटनाबाट प्रभावित हुँदै आएका छौँ,’ उनले भने, ‘भूकम्पका कारण हुने जनधनको क्षति कम गर्ने राष्ट्रिय भवन संहिता पालना गर्नु अपरिहार्य छ । बाढी, पहिरो, महामारी, आगलागी, चट्याङ, शितलहर लगायतका विपद्का घटनाहरूबाट सुरक्षित हुन त्यसैअनुसार पूर...
भोलि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने निर्णय

भोलि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने निर्णय

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१४, माघ काठमाडौं । सभामुख देवराज घिमिरे र संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका मुख्य सचेतक र प्रमुख सचेतको बैठकले भोलि मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने निर्णय गरेको छ । सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाका अनुसार आजको बैठकमा भोलि बोलाइएको समितिको बैठकको एजेन्डाबारे छलफल भएको हो । बर्तौलाका अनुसार आजको बैठकमा यो महिनासम्म चल्ने संसद् बैठकको क्यालेन्डर पनि तय गरिएको छ । आगामी माघ १८ गते संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ ।...
प्रचण्डले गरे तेह्रथुमको चोत्लुङ पार्कको अवलोकन

प्रचण्डले गरे तेह्रथुमको चोत्लुङ पार्कको अवलोकन

ताजा अपडेट, राजनीति, समाचार
१४, माघ तेह्रथुम । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेह्रथुमको लालीगुँरास नगरपालिकास्थित वसन्तपुरमा रहेको चोत्लुङ पार्कको अवलोकन गरेका छन् । रैथाने वास्तु शैलीमा निर्माण गरिएको पर्यटकीयस्थल चोत्लुङ पार्कको दाहालले आज अवलोकन गरेका हुन् । पार्कको अवलोकनपछि उनले कङ्क्रिटको प्रयोग नगरी परम्परागत शैलीमा निर्माण गरिएको चोत्लुङ पार्कको प्रशंसा गरे ।...