१५, माघ काठमाडौं । मंगलबार सेयर बजारका सबै सूचक बढेका छन् । परिसूचक नेप्से २४.५० अंक बढेको छ । सो अंकको वृद्धिपछि २६५७ मा कायम भएको छ ।
कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो दिन ८ अर्ब ९२ करोडको कारोबार भएकोमा आज ९ अर्ब ४० करोडको भयो । १७७ कम्पनीको मूल्य बढ्दा ६० को घट्यो भने ६ को स्थिर रहेको छ ।
माघ १५, २०८१, १५:५५ मा प्रकाशितमाघ १५, २०८१, १५:५५ मा प्रकाशितमाघ १५, २०८१, १५:५५ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
१५, माघ काठमाडौं । सरकारले माघ १६ गते सहिद दिवसको अवसरमा बुधबार काठमाडौँमा विशेष समारोह आयोजना गर्ने निर्णय गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले शहीद सप्ताहको अन्तिम शहीद दिवस नेपाल सरकारको तर्फबाट विशेष समारोह आयोजना गरेर मनाउने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
सहिद दिवसका दिन पहिला सहिदगेट पुगेर माल्यार्पण गर्ने र त्यसपछि लैनचोर गएर श्रद्धाञ्जली अर्पण गर्ने उनले बताए । श्रद्धाञ्जली अर्पणपछि काठमाडौँको भृकुटीमण्डप वा अन्य कुनै खाली ठाउँमा विशेष समारोहको आयोजना गरिने प्रवक्ता गुरुङले बताए ।...
माघ १५, २०८१, १५:४९ मा प्रकाशितमाघ १५, २०८१, १५:४९ मा प्रकाशितमाघ १५, २०८१, १५:४९ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
१५, माघ काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएका विभिन्न अध्यादेशप्रति आमरुपमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको र सरकार देशलाई पछ्यौटेपनबाट उन्नतस्तरमा लाने प्रयासमा अग्रसर रहेको बताएका छन् ।
यही माघ १८ गतेदेखि प्रारम्भ हुने संघीय संसद्को हिउँदे अधिवेशनको पूर्व सन्ध्यामा आज बसेको एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही गरौँ भन्ने युवाहरूलाई स्वदेशमा काम गर्ने उचित वातावरण दिन, जनताका सेवामा प्रभावकारिता ल्याउन र उद्योग(व्यवसाय सुसञ्चालनका लागि सहज वातावरण बनाउन अध्यादेश ल्याइएको स्पष्ट गरे ।
उनले विभिन्न अध्यादेशबाट २९ वटा कानुनमा संशोधन गरिएको र छिट्टै प्रतिस्थापन विधेयक ल्याएर स्थायी कानुन बनाएर प्रभावकारी कार्यान्वयन गर्ने बताए । नेपाल सरकारको गत पुस २६ गतेको मन्त्रिपरिषद्को बैठकले ती अध्यादेश जारी गर्न रा...
माघ १५, २०८१, १४:११ मा प्रकाशितमाघ १५, २०८१, १४:११ मा प्रकाशितमाघ १५, २०८१, १४:११ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
१५ माघ, काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माइक्रोसफ्ट कम्पनीले टिकटकको अमेरिकी कारोबार खरिद गर्न सक्ने संकेत गरेका छन् ।
उनले टिकटक खरिदका लागि मोलमोलाइको होड देख्न चाहेको बताएको बीबीसीले जनाएको छ ।यसअघि टिकटक खरिदबिक्रीबारे अमेरिकी कम्पनीसँग प्रारम्भिक छलफल चलेको समाचार सार्वजनिक भएको थियो ।त्यतिबेला एलन मस्कले टिकटक खरिद अनुमान गरिएको थियो ।
गत हप्ता ट्रम्पले एक निर्देशनात्मक आदेश जारी गर्दै ७५ दिनभित्र अमेरिकी कम्पनीलाई टिकटकको सेयर बिक्री गर्नुपर्ने र त्यसो नगरे टिकटक बन्द गर्ने चेतावनी दिएका थिए।
अमेरिकामा टिकटकटका १७ करोड प्रयोगकर्ता रहेको अनुमान गरिएको उल्लेख छ ।...
माघ १५, २०८१, १४:०२ मा प्रकाशितमाघ १५, २०८१, १४:०२ मा प्रकाशितमाघ १५, २०८१, १४:०२ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
१५ माघ, काठमाडौं। सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ ।
राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त विधेयक दर्ता गराएका हुन् ।विधेयकको परिच्छेद ५ मा कसुर र सजाय सम्बन्धी व्यवस्था गरिएको छ ।जसमा साइबर बुलिङमा तीन वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुने व्यवस्था राखिएको छ ।
साथै कसैको आईडी तथा सूचना ह्याक गर्न, फिसिङ वा इम्पोष्ट स्क्याम गर्न अश्लील मिथ्या वा भ्रामक विषयवस्तु प्रसार गर्न पनि बन्देज गरिएको छ ।फेक भिडियो अपलोड वा प्रसार गर्नु पनि दण्डनीय भएको उल्लेख गरिएको छ ।अनुमति पत्र नलिई वा रोक लगाएको सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न नहुने,राष्ट्र हित प्रतिकूल हुने कार्य गर्न नहुने, लगायतका विषय छन् ।
साइबर बुलिङ भन्नाले कसैले इन्टरनेट जडान भएको डिजिटल उपकरणको माध्यमबाट सामाजिक...
माघ १५, २०८१, १२:४० मा प्रकाशितमाघ १५, २०८१, १२:४० मा प्रकाशितमाघ १५, २०८१, १२:४० मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
१५, माघ काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्ने क्रममा भएको तनावबारे छलफल गर्न गृहमन्त्री रमेश लेखकले सांसदहरूलाई छलफलका लागि बोलाएका छन्। मन्त्री लेखकले ताप्लेजुङ, पाँचथर, तेह्रथुम र इलामका प्रतिनिधि सभा सदस्यहरूलाई छलफल गर्नका लागि आज साँझ ५ बजे गृह मन्त्रालयमा बोलाएका हुन् ।
पाथीभरा क्षेत्रमा केवलकार निर्माण गर्न नहुने माग स्थानीयले राख्दै आएका छन् । सोही क्रममा गत शनिबार ‘नो केबलकार’ समूह र सुरक्षाकर्मीबीच झडप भएको थियो ।
स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा दुई जना र भाग दौडमा लडेर एक जना गरी जम्मा तीन जना गम्भीर घाइते भएका छन् । उनीहरूको काठमाडौँमा उपचार भइरहेको छ ।...
माघ १५, २०८१, १२:३७ मा प्रकाशितमाघ १५, २०८१, १२:३७ मा प्रकाशितमाघ १५, २०८१, १२:३७ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
१५, माघ काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य आपत्कालीन तथा विपद् व्यस्थापन एकाइले विपद् तथा स्वास्थ्य आपत्कालीन अवस्थामा चिकित्सकीय सेवालाई चुस्त बनाउन अस्पताल र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्न उच्च प्राथमिकता दिएको छ ।
स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापनका क्रममा स्वास्थ्य सेवामा कसरी एकरुपता ल्याउने भन्ने ध्येयले सञ्चालित सो तालिम सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका ४४ स्याटेलाइट र २५ हब अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई प्रदान गरिसकिएको छ । यही हप्ता गण्डकी र बागमती प्रदेशका १८ अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको तालिम सम्पन्न गर्ने लक्ष्य मन्त्रालयले लिएको छ ।...
माघ १५, २०८१, १२:३३ मा प्रकाशितमाघ १५, २०८१, १२:३३ मा प्रकाशितमाघ १५, २०८१, १२:३३ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
१५, माघ काठमाडौं। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक लगातार तेस्रो पटक स्थगित भएको छ ।
यही माघ ९ गतेका लागि तय भएको बैठक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता उपस्थित हुन नसक्ने कारण देखाएर स्थगित भएको थियो ।त्यसपछि सोमबार र मंगलबारका लागि तय भएका दुवै बैठक बस्न सकेनन् ।...
माघ १५, २०८१, १२:२९ मा प्रकाशितमाघ १५, २०८१, १२:२९ मा प्रकाशितमाघ १५, २०८१, १२:२९ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
१५, माघ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा एक समारोहबिच दीप प्रज्वलन गरी सोनाम ल्होसारको शुभारम्भ गरेका छन् । सो क्रममा लामा गुरुहरूले विशेष पूजा र मन्त्रोच्चारण गरेका थिए । साथै, तामाङको सांस्कृतिक प्रस्तुति ताम्बा र बाम्बोको प्रस्तुति गरिएको थियो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वहरूले सबै नेपालीबिच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न योगदान दिने विश्वास व्यक्त गरे।...
माघ १५, २०८१, १२:२६ मा प्रकाशितमाघ १५, २०८१, १२:२६ मा प्रकाशितमाघ १५, २०८१, १२:२६ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
१५, माघ काठमाडौं। पूर्वी तराईका विभिन्न जिल्लामा हुस्सु र शीतलहरसँगै चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । चिसोबाट बालबालिकालाई समस्या भएको कोशी प्रदेश प्याब्सन उपाध्यक्ष अर्जुन बस्नेतले जानकारी दिए ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले तापक्रम घट्दै गएकाले चिसो थप बढ्ने जनाएको छ । महाशाखाका अनुसार देशको विभिन्न भूभागमा साथै पूर्वी तराई र मधेसका जिल्लामा हुस्सु लागेर चिसो बढेको छ।
पूर्वी तराईका विभिन्न जिल्लामा बाक्लो हुस्सु लाग्ने, मौसम धुम्मिने, बिहानदेखि लगभग बेलुकासम्मै शीतलहर परेर चिसो बढ्न थालेको छ ।चिसोले बिहान आवतजावत गर्ने विद्यार्थी, मजदुर, बालबालिका, गरिब असाहय, ज्येष्ठ नागरिक बढी प्रभावित भएको सुन्दरहरैँचा ज्येष्ठ नागरिक समाजका अध्यक्ष रामकुमार कार्कीले बताए । सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कार्कीले साँझपख चाँडै चिसो बढ्न थालेपछि बजार ...