ताजा अपडेट

बुढानीलकण्ठ नगरपालिकाले वृत्ति तथा रोजगार मेला–२०८१ आयोजना गर्दै

बुढानीलकण्ठ नगरपालिकाले वृत्ति तथा रोजगार मेला–२०८१ आयोजना गर्दै

ताजा अपडेट, ब्यानर-१, समाचार, स्थानीय
सीता पौडेल १६ माघ,काठमाडौं । बुढानीलकण्ठ नगरपालिका (बूनपा)ले यहि आउँदो फागुन २ र ३ गते ‘ चौथो वृत्ति तथा रोजगार मेला –२०८१’ आयोजन गर्ने भएको छ । मंगलबार बूनपाको सभाहलमा  पत्रकार सम्मेलन गरेर पालिकाले सो मेला हुनेबारे जानकारी गराएको हो । “शिक्षा,सीप र उद्यमशिलता,रोजगारी हाम्रो प्राथमिकता” भन्ने नारासहित हुन लागेको सो मेलामा युवा रोजगारीलाई विशेष प्राथमिकतामा राखिएको पत्रकार सम्मेलनमा नगर प्रमुख मीठाराम अधिकारीले जानकारी दिए ।२०७८ सालदेखि श्रृखलाबद्ध रुपमा यस प्रकारका तीन वटा मेला आयोजना गरिसकेको बूनपाले ती मेलाबाट रोजगारमूलक सीप विकासका तालिम लिन चाहने युवाहरुको तथ्यांक समेत संकलन गरेको र यसवर्ष पनि उक्त तथ्यांक संकलन कार्यलाई निरन्तरता दिएको नगर प्रमुख अधिरीले बताए । आजभोली युवाहरुलाई सामाजिक सञ्जालले बढी प्रभावित गरेको भन्दै प्रमुख अधिकारीले युवाहरुले आफ्नो नविनतम सोच,जोश र जाँगर...
वन ऐन संशोधन गर्ने क्रममा छौँ : वन मन्त्री शाही

वन ऐन संशोधन गर्ने क्रममा छौँ : वन मन्त्री शाही

ताजा अपडेट, राजनीति, समाचार
१६, माघ काठमाडौं । वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले वन ऐन संशोधनको क्रममा रहेको बताएका छन् । वनसँगै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन संशोधनको क्रममा रहेको बताएका हुन् । नेपाल प्रेस युनियन पाल्पाले बुधबार रामपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले वन ऐनमा रहेका साना-साना कारणले विकास निर्माणमा समस्या भएको भन्दै ऐन संशोधनको प्रक्रिया अघि बढाएको बताए । “वन ऐन अहिले हामी संशोधन गर्ने क्रममा छौँ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन संशोधनको क्रममा छौँ । वातावरण संरक्षण ऐन नियमावली बनाउँदै छौँ” उनले भने ।विकास निर्माण र वनबिच नजिकको सम्बन्ध भए पनि साना कारणले अप्ठ्याराहरू सिर्जना भएको बताए ।...
एचपीभी खोप अभियानको तयारी पूरा

एचपीभी खोप अभियानको तयारी पूरा

ताजा अपडेट, ब्यानर-२, समाचार, स्वास्थ्य
१६, माघ काठमाडौं । पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपीभी खोप अभियानको तयारी पूरा भएको छ । यहीँ माघ २२ देखि फागुन ६ गतेसम्म देशैभरि सञ्चालन हुने खोप अभियानको तयारी पूरा भएको हो । स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा।अभियान गौतमले माघ २२ गते पर्ने विश्व क्यान्सर दिवसको अवसरमा दुई साताको खोप अभियानका लागि तयारी पूरा भएको बताएका हुन् । पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याको रूपमा नरहने अवस्थामा पुर्याउन सरकारले सन् २०३० सम्म तीन वटा लक्ष्य निर्धारण गरेको छ । जसअनुसार १० देखि १४ वर्षसम्म उमेरका कम्तीमा ९० प्रतिशत किशोरीहरूलाई एचपीभी खोप दिने, ३० वर्षभन्दा माथिको उमेरका कम्तीमा १० प्रतिशत महिलाहरूको पाठेघरको मुखको क्यान्सरको परीक्षण गर्ने र पाठेघरको मुखको क्यान्सर निदान भएका कम्तीमा १० प्रतिशत महिलाको उपचार गरिने छ ।...
शान्ति, सुशासन र विकास रोकिने छैन : गृहमन्त्री लेखक

शान्ति, सुशासन र विकास रोकिने छैन : गृहमन्त्री लेखक

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१६, माघ काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकमा दिगो शान्ति र स्थायित्व कायम गरी राष्ट्रिय एकता, समुन्नति तथा समाजमा सद्भाव कायम राख्दै सबै मिलेर न्याय, समानता र समृद्ध नेपालको परिकल्पनालाई साकार पार्ने कार्यमा जुट्नुपर्नेमा जोड दिएका छन् । सहिद दिवसका अवसरमा बुधबार सिंहदरबार परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा सुशासनसहितको विकास र आर्थिक समृद्धिको यात्रामा सरकार निरन्तर लागिरहेको बताए । ‘सहिदहरूले देखाएको बाटोमा अघि बढ्दै देशमा दिगो शान्ति, सुशासन, समृद्धि, स्थायित्व र विकासको मार्गलाई सुदृढ गर्दै जानु राष्ट्रिय दायित्व हो’, मन्त्री लेखकले भने, ‘संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरण आजको राष्ट्रिय आवश्यकता हो ।...
केबलकार निर्माण कार्य निर्बाध रूपमा अघि बढाउनु पर्छ : योगेश भट्टराई

केबलकार निर्माण कार्य निर्बाध रूपमा अघि बढाउनु पर्छ : योगेश भट्टराई

ताजा अपडेट, राजनीति, समाचार
१६, माघ काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङमा निर्माणाधीन पाथीभरा देवी मुकुम्लुङ केबलकारका सम्बन्धमा देखिएका विवाद समाधान गर्दै केबलकार निर्माण कार्यलाई निर्बाध रूपमा अघि बढाउनुपर्ने बताएका छन् । बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै भट्टराईले पाथीभरा केबलकार निर्माणको कार्यलाई निर्बाध रूपमा अघि बढाउँदै निर्माण कम्पनीले उपलब्ध गराउने सामाजिक उत्तरदायित्व कोष र सरकारले थप बजेटको व्यवस्था गरी स्थानीय संस्कृतिका जर्गेना र सम्बर्द्धनका लागि मुकुम्लुब पार्क तथा संग्राहालय निर्माण गर्न माग गरे ।...
सहिद पार्कको विकासमा सहयोग गर्न राष्ट्रपति पौडेलसमक्ष आग्रह

सहिद पार्कको विकासमा सहयोग गर्न राष्ट्रपति पौडेलसमक्ष आग्रह

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१६, माघ तनहुँ । तनहुँको व्यास नगरपालिका-८ पुलिमराङस्थित सहिद स्मारक कोष समितिले सहिद पार्कको विकासका लागि सहयोग गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आग्रह गरेका छन् । सहिद दिवसको अवसरमा आज पुलिमराङ आइपुगेका राष्ट्रपति पौडेललाई ज्ञापन पत्र बुझाउँदै समितिले यस क्षेत्रको समग्र विकासका लागि सरकारको ध्यानाकर्षण गराइदिन आग्रह गरेको हो ।...
देशलाई विभाजित गर्ने कार्य स्वीकार्य हुँदैन : प्रधानमन्त्री ओली

देशलाई विभाजित गर्ने कार्य स्वीकार्य हुँदैन : प्रधानमन्त्री ओली

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१६, माघ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रणालीमा परिवर्तन भइसकेकाले अब तानाशाही शासन सत्ताको बचाउका लागि शान्तिपूर्ण आन्दोलनमा लागेकालाई हत्या गर्ने प्रकारको शृंखला अन्त्य भएको बताएका छन् । राष्ट्रिय सहिद दिवस, २०८१ का अवसरमा सरकारद्वारा सिंहदरवार परिसरमा आज आयोजित मूल समारोहलाई सम्बोधन गर्दै अहिले लोकतान्त्रिक प्रणाली र प्रक्रियाको रक्षाका लागि न्यायोचित कानुनबमोजिम समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यमा वर्तमान सरकार स्पष्टरुपमा अघि बढिरहेको बताए।...
प्रधानमन्त्रीसमक्ष स्वास्थ्य बीमा सुधार कार्य योजना प्रस्तुत

प्रधानमन्त्रीसमक्ष स्वास्थ्य बीमा सुधार कार्य योजना प्रस्तुत

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१६, माघ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधारसम्बन्धी कार्य योजना प्रस्तुत गरेका छन् । मन्त्रालयका अतिरिक्त सचिव डा। दीपेन्द्ररमण सिंहको नेतृत्वमा तयार पारिएको कार्य योजनासहितको प्रतिवेदन स्वास्थ्यमन्त्री पौडेलले आज प्रधानमन्त्रीसमक्ष बुझाएका हुन् । कार्य योजनाका आधारमा मन्त्रिपरिषद् बैठकमार्फत स्वास्थ्य बीमामा सुधार सम्बन्धमा निर्णय हुने मन्त्री पौडेलको सचिवालयले जनाएको छ । स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य बीमामा सुधार गर्दै रु. पाँच लाख पुर्‍याउने गरी तयारी गरिरहेको बताउँदै आएका छन् । प्रधानमन्त्रीसमक्ष पेस भएको प्रतिवेदनमा पनि स्वास्थ्य बीमा रकम रु। पाँच लाखसम्म पुर्‍याउन सकिने आधार समावेश छन् ।...
महिला टी–२० श्रृंखलाका खेलहरू हेर्न त्रिवि मैदानमा प्रवेश निःशुल्क

महिला टी–२० श्रृंखलाका खेलहरू हेर्न त्रिवि मैदानमा प्रवेश निःशुल्क

खेलकुद, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
१६ माघ,काठमाडौं ।आगामी बिहीबारदेखि काठमाडौंमा सुरू हुने महिला टी२०आई श्रृंखलाका खेलहरू हेर्न प्रवेश निःशुल्क गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल,नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित सबै खेलहरू निःशुल्क हेर्न सकिने प्रबन्ध मिलाएको हो ।क्यानले श्रृंखलाभर नेपाली महिला क्रिकेट टोलीलाई समर्थन गर्न आह्‍वान गर्दै टिकटबिना प्रवेश गर्न पाइने जनाएको छ । जनवरी ३० देखि फेब्रुअरी ७ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने श्रृंखलामा सबै टोलीले एक अर्कासँग ३–३ खेल खेल्नेछन् ।पहिलो खेल जनवरी ३० मा नेपाल र नेदरल्याण्ड्सको बीचमा हुनेछ । नेदरल्याण्ड्स र थाइल्याण्डले ३१ जनवरीमा खेल्ने छन् ।भने, फेब्रुअरी १ मा नेपाल र थाइल्याण्ड खेल्ने छन् । यसैगरि ७ फेब्रुअरीसम्म लगातार सोही क्रमका खेलहरू हुनेछन् ।क्यानले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको जनाएको छ । टोलीमा कप्ता...
सडक–पेटीमा निर्माण सामाग्री राख्नेलाई महानगरले तिरायो १५ हजार जरिवाना

सडक–पेटीमा निर्माण सामाग्री राख्नेलाई महानगरले तिरायो १५ हजार जरिवाना

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार, स्थानीय
१६ माघ,काठमाडौं ।सडक—पेटीमा निर्माण सामाग्री राखेर पैदलयात्रुलाई अवरोध पु¥याएको भन्दै काठमाडौं महानगरपालिकाले एकजनालाई आर्थिक कारबाही स्वरुप १५ हजार जरिवाना तिराएको छ । महानगर प्रहरी बलका अनुसार महानगरले वडा नम्बर ५ का केशव श्रेष्ठलाई सडक–पेटी अतिक्रमण गरेर निर्माण सामग्री राखेबापत उल्लेखित रकम बराबरको आर्थिक जरिवाना तिराएको हो ।  ...