ताजा अपडेट

शुक्रबारदेखि संसद्को हिउँदे अधिवेशन

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१७, माघ काठमाडौं । सङ्घीय संसद्को हिउँदे अधिवेशन भोलि माघ १८ गते शुक्रबार अपराह्न १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा बस्दैछ । यस अधिवेशनलाई विधेयक अविधेशनका रूपमा पनि लिइन्छ । सङ्घीय संसद् सचिवालयले दुबै सदनका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार भोलि बस्ने प्रतिनिधिसभा बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । यस्तै सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यको मनोनयन गर्नेछन् । अधिवशेन सुरु भएको दिन यसअघि जस्तै दलीय आधारमा सदस्यले आ–आफ्नो मन्तव्य राख्नुहने कार्यसूचि रहेको छ ।...
एकीकृत समाजवादीको सचिवालय बैठक जारी

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

ताजा अपडेट, राजनीति, समाचार
१७, माघ काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ । केन्द्रीय कार्यालय आलोकनगरमा जारी सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने नेताहरूले बताएका छन् ।
ओखलढुंगामा टाटा सुमो दुर्घटना हुँदा, आमा-छोरासहित तीनको मृत्युतीन जनाको मृत्यु

ओखलढुंगामा टाटा सुमो दुर्घटना हुँदा, आमा-छोरासहित तीनको मृत्युतीन जनाको मृत्यु

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
१७, माघ काठमाडौं । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका– ७ स्थित सिद्धिचरण राजमार्गमा टाटा सुमो दुर्घटना भएको छ । बिरामी बोकेर खोटाङको दिक्तेलबाट काठमाडौंतर्फ जाँदै गरेको सुमो दुर्घटनामा परेको हो । दुर्घटनामा परेर आमाछोरासहित तीन जनाको मृत्यु भएको ओखलढुंगाका प्रहरी निरीक्षक इन्स्पेक्टर मनिष लुइँटेलले जानकारी दिए । मृत्यु हुनेमा ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा पुजन गुरुङ र आफन्त ४५ वर्षीय तारा गुरुङ रहेका छन् । छोरा पुजन बिरामी भएपछि मायादेवीले आफन्त तारालाई साथ लिएर खोटाङबाट काठमाडौं जाँदै गरेको अवस्थामा सुमो दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।...
प्रधानमन्त्रीद्वारा सोनाम ल्होसारको शुभकामना

प्रधानमन्त्रीद्वारा सोनाम ल्होसारको शुभकामना

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१७, माघ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारका अवसरमा शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो परम्परागत पहिरनमा सजिएर डम्फु हातमा लिएका तामाङ समुदायका नारीहरूको तस्विरसहित सोनाम ल्होसार मनाउने सवैमा यो पर्वको हार्दिक शुभकामना व्यक्त गरेको हो । “आज तामाङ समुदायको नयाँ वर्ष , अर्थात् सोनाम ल्होछार १ हाम्रो सोनाम ल्होछार आउँदा घरका छाना र डाँडामा बनाइएका मानेमाथि राता, सेता, पहेँला, नीला र हरिया ध्वजा फरफराएको सम्झना आउँछ । यस अवसरमा डम्फु बजाएर गाइने सेलो नेपाली लोक सङ्गीतको एउटा महत्वपूर्ण विधा हो । हाम्रो सुन्दर पर्व सोनाम ल्होछारको अवसरमा झाम्मान् (सबै) नानाआङा (दिदीबहिनी) तथा ज्योज्योआले (दाजुभाइ) हरूमा हार्दिक शुभकामना १ ल्हास्सो, फ्याफुल्ला १” प्रधानमन्त्रीले फेसबुकमा लेखेका छन् ।...
चाडपर्वले सामाजिक सद्भाव बढाएका छन् : सभापति देउवा

चाडपर्वले सामाजिक सद्भाव बढाएका छन् : सभापति देउवा

ताजा अपडेट, राजनीति, समाचार
१७, माघ काठमाडौं। नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वले धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भाव बढाएका उल्लेख गरेका छन् । तामाङ समुदायको पर्व ‘सोनाम ल्होसार’ अर्थात् नयाँ वर्षका अवसरमा उनले सबैमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्न लायक धार्मिक सांस्कृतिक रीतिरिवाज र परम्परा रहेका उल्लेख गरेका छन् ।...
सहिद परिवारलाई नगदसहित सम्मान

सहिद परिवारलाई नगदसहित सम्मान

ताजा अपडेट, वातावरण, समाचार
१७, माघ काठमाडौं । इच्छाकामना गाउँपालिकाले सहिद परिवारलाई नगदसहित सम्मान गरेको छ । सहिद दिवसका दिन बुधबार इच्छाकामना(२ स्थित हपनीमा एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाका सहिदका परिवारलाई रु। पाँच हजार नगदसहित सम्मान गरेको हो । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले उनीहरूलाई सम्मान गरेका हुन् । उनीहरूले सहिदहरूका कारण देशमा परिवर्तन सम्भव भएको बताए । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले प्रतिपरिवार रु। पाँच हजार प्रदान गरिएको बताउँदै उनले आगामी दिनमा सहिद परिवारका आवश्यकतालाई पनि सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरे ।...
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
१७, माघ काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला एक लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले बढेको छ । आज चाँदी एक हजार आठ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बंगलादेशका लगानीकर्तालाई आग्रह

ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बंगलादेशका लगानीकर्तालाई आग्रह

ताजा अपडेट, राजनीति, समाचार
१७, माघ काठमाडौं । ढाकास्थित नेपाली राजदूतावासले बुधबार साँझ “नेपाल र बंगलादेशबीचको व्यापार र लगानी सम्बन्ध” विषयमा कार्यशाला आयोजना गरेको छ । साथै दूतावासले ऊर्जा उत्पादनमा पूँजी परिचालन गर्न बंगलादेशका लगानीकर्तालाई आग्रह पनि गरेको छ । त्यस अवसरमा राजदूत घनश्याम भण्डारीले नेपाल र बंगलादेश बीचको बढ्दो आर्थिक संलग्नताबारे चर्चा गर्दै व्यापार, ‘कनेक्टिभिटी’, ऊर्जा र पर्यटनलगायत क्षेत्रमा हासिल भएको प्रगति, नेपालबाट पहिलो पटक ४० मेगावाट जलविद्युत् बंगलादेश आयात, ऊर्जा सहयोगले दुई देशलाई मात्र नभई सम्पूर्ण दक्षिण एसिया क्षेत्रलाई त्यसबाट लाभ हुने बताए । राजदूत भण्डारीले बंगलादेश व्यापारिक नेताहरूलाई नेपालको व्यापार समुदायसँग समन्वयात्मक साझेदारी निर्माण गर्न र नेपालमा उपलब्ध लगानीका अवसरहरूको उपयोग गर्न पनि आग्रह गरेको उक्त राजदूतावासले जनाएको छ ।...
आजको मौसम : तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

आजको मौसम : तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१७, माघ काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको तथा कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका धेरै स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ ।...
चाडपर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुर्‍याएका छन् :राष्ट्रपति

चाडपर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुर्‍याएका छन् :राष्ट्रपति

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
१७, माघ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसारजस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । तामाङ समुदायको पर्व सोनाम ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबिच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गरे । “सोनाम ल्होसार पर्वले सबै नेपालीबिचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्दछु”, राष्ट्रपति पौडेलले भने ।...