ताजा अपडेट

आजदेखि शहीद सप्ताह सुरु

आजदेखि शहीद सप्ताह सुरु

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१०, माघ काठमाडौं । मुलुकमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गरेका शहीदहरूको सम्झनामा आजदेखि शहीद सप्ताह सुरु भएको छ । काठमाडौँ महानगरपालिकाको समन्वयमा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म अमर शहीदलाई स्मरण गरी शहीद सप्ताह मनाउने गरिन्छ । शहीद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीलाई प्राणदण्ड दिइएको टेकुस्थित उनको सालिकमा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललगायत महानगरपालिकाका पदाधिकारी एवं स्थानीयले माल्यार्पणका साथ श्रद्धाञ्जली अर्पण गरे । बिसं १९५० मा वनारसमा जन्मेका शुक्रराज शास्त्री धार्मिक गतिविधिमार्फत जहानियाँ शासनविरुद्ध जागरण अभियानमा सक्रिय छन् । उनलाई काठमाडौँको इन्द्रचोकबाट पक्राउ गरी जेलमा राखिएको थियो । राणा सरकारले उनलाई १९९७ माघ १० गते टेकु पचलीस्थित खरी बोटमा झुण्ड्याएर मृत्युदण्ड दिएको थियो ।शास्त्रीको श्रद्धाञ्जली सभा भएको उक्त स्थानला...
जनता र विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्छ : राष्ट्रपति पौडेल

जनता र विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्छ : राष्ट्रपति पौडेल

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१०, माघ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्डका रुपमा रहेका निकायले जनता र विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले जिल्ला समन्वय समितिका प्रमुख एवम् उपप्रमुख र जिल्ला समन्वय समिति महासंघ नेपालका पदाधिकारीसँग राष्ट्रपति भवन शीतल निवासमा विहिबार भएको भेटघाट कार्यक्रममा सो धारणा व्यक्त गरेका हुन् । ‘विभिन्न कठिनाईका बावजुद तीन तहका सरकार, नीजि क्षेत्र, गैरसरकरी क्षेत्रको काममा समन्वय र अनुगमन गर्ने जस्तो महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहनुभएकै छ, संविधान र लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्डका रुपमा रहेका निकायले जनता र विकासलाई केन्द्रमा राखेर अघि बढ्नुपर्दछ भन्ने मलाई लाग्दछ”, उनले भने ।...
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
१०, माघ काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाल सुन तोलामा ४०० रुपैयाँ घटेको हो । जसअनुसार बिहीबार सुनको मूल्य तोलामा १ लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार पुगेको थियो । यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ८९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ८७५ रुपैयाँ कायम भएको हो...
राप्रपा कार्यसम्पादन समितिको बैठक बस्दै

राप्रपा कार्यसम्पादन समितिको बैठक बस्दै

ताजा अपडेट, राजनीति, समाचार
१०, माघ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । केन्द्रीय कार्यसमिति बैठकका लागि छलफल गर्न कार्यसम्पादन समितिको बैठक बस्न लागेको प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्नेछ । राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक माघ ११ र १२ गते काठमाडौँमा बस्दैछ । बैठक धुम्बाराहीस्थित एस।आर बैंक्वेटमा बिहान ११स्०० बजेदेखि शुरु हुनेछ ।...
भारतमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो

भारतमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो

अन्तर्राष्ट्रिय, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१०, माघ नयाँ दिल्ली । महाराष्ट्रको जलगाउँ जिल्लामा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । जसमध्ये सात जनाको पहिचान खुलेको छ । ज्यान गुमाउनेमध्ये तीन जना नेपालीसमेत रहेका छन् । नेपाल निवासी करिब ११ वर्षीय नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छीराम पासी र ४३ वर्षीय कमला नवीन भण्डारीको सो दुर्घटनामा परी मृत्यु भएको हो । ज्यान गुमाएकामध्ये भरतको जयगढीका ५० वर्षीय जवकला बुट्टे, २० वर्षीय नसिरुद्दीन बद्रुद्दीन सिद्दीकी, ३५ वर्षीय इम्तियाज अली र ३० वर्षीय बाबु खानको पहिचान खुलेको छ । बाँकी पाँच जनाको सनाखत हुन सकेको छैन ।...
बढ्न थाल्यो देशभरको तापक्रम

बढ्न थाल्यो देशभरको तापक्रम

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
१०, माघ काठमाडौं । काठमाडौँ उपत्यकालगायत देशका धेरै स्थानमा पछिल्लो केही दिनदेखि तापक्रम बढ्न थालेको छ । माघ लागेदेखि नै तापक्रम बढ्न थालेको र पछिल्लो केही दिनयता भने बढी नै तातो महसुस हुन थालेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले पनि अधिकतम तापक्रम बढी नै रहेको र न्यूनतम तापक्रम पनि बढी नै देखिएको बताए । कारणबारे उनले भने, ‘लामो समयसम्म पानी पनि नपरेको र भारतमा उच्च चापीय प्रणाली रहेको छ, त्यसको पनि असरले तापक्रम बढेको छ ।’ उनले अब बढ्ने समय पनि हुन लागेको बताए । न्यून चापीय प्रणालीले बादल ल्याउने, पानी ल्याउने र चिसो बढाउने गर्छ भने उच्च चापीय प्रणालीले तापक्रम बढाउन सहयोग गर्छ । यद्यपि केही दिनमा भारतको उच्च चापीय प्रणाली सिफ्ट हुने हट्दै जाने०हुनाले अहिले दुई–तीन दिनमा जसरी तापक्रम बढेको छ, त्यो ‘रेसियो’मा भने नबढ्ने उनले बताए । तर...
आज तीन वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज तीन वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१०, माघ काठमाडौं । आज एकै पटक तीनवटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ः३० बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि दफावार छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग छलफल हुनेछ । बिहान साढे ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा नेपाल मेडिकल व्यवसायी सङ्घ र नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीहरूसँग छलफल हुनेछ ।  ...
काभ्रेमा चैत्रमा विश्व युवा सम्मेलन हुँदै

काभ्रेमा चैत्रमा विश्व युवा सम्मेलन हुँदै

ताजा अपडेट, पर्यटन, ब्यानर-१, समाचार, स्थानीय
१० माघ,काठमाडौं ।नवीनतम विचारहरूको उत्पादनमा गर्ने र काभ्रेसँगै सिंगो नेपाललाई नै विश्वमा चिनाउने उद्धेश्यले  आगामी चैत्र महिनामा काभ्रेमा विश्व युवा महोत्सव गरिने भएको छ । जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा हुन लागेको सो महोत्सव काठमाडौँ विश्वविद्यालय परिसर,धुलिखेलमा हुँदै छ ।जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक कुमार गौतमका अनुसार आगामी चैत्र १४ गतेदेखि १८ गतेसम्म हुने सो महोत्सवमा विश्वभरका करिब १० हजार युवाहरूको प्रत्यक्ष संलग्नता रहने छ । नेपालमा नै पहिलो पटक आयोजना गर्न लागिएको उक्त महोत्सवमा विभिन्न २५ वटा विषयमा सेमिनार,खेलकुद, सांस्कृतिक कार्यक्रम हुने र अन्य २५ भन्दा बढी विषयमा विभिन्न गतिविधिहरु गराइने तयारी छ । ३ लाख भन्दा बढीले अवलोकन गर्ने आँकलन गरिएको सो युवा महोत्सवमा विभिन्न विश्वविद्यालय, युवा सञ्जाल, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका युवाहरूको सहभागिता ...
काठमाडौं परिसरको प्रवक्तामा डीएसपी पूर्णिमाकुमारी चन्द

काठमाडौं परिसरको प्रवक्तामा डीएसपी पूर्णिमाकुमारी चन्द

ताजा अपडेट, बिशेष, समाचार
९ माघ,काठमाडौं।जिल्ला प्रहरी परिसर काठमाडौंको प्रवक्ताको जिम्मेवारी प्रहरी नायव उपरीक्षक (डीएसपी) पूर्णिमाकुमारी चन्दलाई दिइएको छ । परिसरका प्रमुख एसएसपी वसन्त रजौरेले बुधबार एक सूचना जारी गर्दै डीएसपी चन्दलाई प्रवक्ताको जिम्मेवारी दिइएको जनाएका छन् । चन्द प्रहरी वृत्त स्वयम्भूमा काम गरेर केही समयअघि मात्रै परिसरमा सरुवा भएकी थिइन् ।  ...
ऋण असुली पुनरावेदन न्यायाधिकरणमा शेखरप्रसाद पौडेल नियुक्त

ऋण असुली पुनरावेदन न्यायाधिकरणमा शेखरप्रसाद पौडेल नियुक्त

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
९ माघ,काठमाडौं ।सरकारले ऋण असुली पुनरावेदन न्यायाधिकरणको पुनरावेदन सुन्ने अधिकारीमा शेखरप्रसाद पौडेललाई नियुक्त गरेको छ। बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन,२०५८ को दफा ९ बमोजिम पौडेललाई सरकारले पुनरावेदन सुन्ने अधिकारी नियुक्त गरेको हो। अर्थ मन्त्रालयका राजस्व सचिव दिनेशकुमार घिमिरेका अनुसार बैंक तथा वित्तीय संस्थाको ऋण असुली नियमावली,२०५९ को नियम ३४ को उपनियम २ बमोजिम उच्च अदालतबाट अवकाशप्रात्त न्यायाधीश पौडेललाई उच्च अदालतका न्यायाधीशले पाए सरहरको पारिश्रमिक र सुविधा उपलब्ध गराइने गरि नियुक्त गरिएको हो।  ...