ताजा अपडेट

जेरी बनिन् योगमाया सखी,नागार्जुनको नागभूषण महादेव मन्दिरमा हुने महायज्ञमा पहिलो पटक कथा वाचन गर्दै

जेरी बनिन् योगमाया सखी,नागार्जुनको नागभूषण महादेव मन्दिरमा हुने महायज्ञमा पहिलो पटक कथा वाचन गर्दै

जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-२, विचार, समाचार
सीता पौडेल ९ माघ,काठमाडौं ।चर्चित लोकदोहोरी गायिका बबिता बानिया (जेरी) कथाबाचक ‘योगमाया सखी’ बनेकी छन् । पछिल्लो समय अध्यात्मको बाटोलाई आत्मसाथ गर्दै उनले आफ्नो गायीकाको परिचयमा अर्का एक परिचय थप्दै ‘योगमाया सखी’ का रूपमा पनि आफूलाई चिनाउन लागेकी हुन् । काठमाडौंको नागार्जुन नगरपालिका–१,रानीवनस्थित नागभूषण महादेवको मन्दिर परिसरमा श्री नागभूषण मन्दिर संरक्षण तथा सामुदायिक संस्था तथा श्रीमद्भागवत सेवा कुञ्ज नेपालको आयोजनामा हुन लागेको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा उनले पहिलो पटक कथा वाचन गर्दै छन् । यहि माघ २२ गतेदेखि माघ ३० गतेसम्म हुने सो महायज्ञमा २० हजार भक्तजनको उपस्थिति रहने अपेक्षा गरिएको आयोजकले जनाएका छन् ।    ...
नागरिकमा आशा जगाउने काम गरिरहेका छौँ : उपप्रधानमन्त्री सिंह

नागरिकमा आशा जगाउने काम गरिरहेका छौँ : उपप्रधानमन्त्री सिंह

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
९, माघ काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारले नागरिक पक्षमा केन्द्रित रहँदै नागरिकमा आशा जगाउने काम गरिरहेको बताएका छन् । आज बागलुङ नगरपालिकालाई ‘स्थानीय शासनयुक्त बालमैत्री नगर घोषणा’ सभामा मन्त्री सिंहले सरकारले नागरिकका निराशा चिर्दै आशा जगाउने काम गरिरहेको बताए । शिक्षा, स्वास्थ्य, रोजगार र व्यावसायिक क्षेत्रको सुधार गमा सरकार योजना बनाएर अघि बढिरहेको उनले उल्लेख गरे ।...
अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत

अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
९, माघ काठमाडौं । सरकारले अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ । बुधबार यही माघ ७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले समपूरक अनुदान सम्बन्धी कार्यविधि २०८१ र विशेष अनुदान सम्बन्धी कार्यविधि २०८१ स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए ।...
सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न समितिको निर्देशन

सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न समितिको निर्देशन

ताजा अपडेट, वातावरण, समाचार
९, माघ काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले अस्वाभाविक रूपमा सिमेन्टमा मूल्यवृद्धि भएको देखिएको भन्दै विस्तृत अध्ययन गरी तत्काल मूल्यवृद्धि नियन्त्रण गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।...
मनकामनाको फिस्लिङबाट देवघाटसम्म नेशनल र्‍याफ्टिङ च्याम्पियनसिप –२०८१ हुँदै

मनकामनाको फिस्लिङबाट देवघाटसम्म नेशनल र्‍याफ्टिङ च्याम्पियनसिप –२०८१ हुँदै

खेलकुद, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
९ माघ, काठमाडौं ।साहसिक खेल र्‍याफ्टिङमा अब राष्ट्रिय प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशले आफ्नो वार्षिक विकास कार्यक्रम अन्तर्गत ‘नेशनल र्‍याफ्टिङ च्याम्पियनसिप– २०८१’ (अल्ट्रा र्‍याफ्टिङ म्याराथन) आयोजना गर्ने भएको हो ।परिषद्का अनुसार  १६ र १७ माघमा प्रतियोगिता सञ्चालन गरिने  छ । मनकामनाको फिस्लिङबाट देवघाटसम्म यो प्रतियोगिता चल्ने छ।परिषद्ले प्रतियोगितामा सहभागी हुनका लागि इच्छुक टिमलाई आह्वान समेत गरेको छ। प्रतियोगितामा सहभागीले खेल सामग्री (लाइफ ज्याकेज, हेल्मेट, प्याडल, र्‍याफ्ट) सहित आफैं व्यवस्थापन गर्नुपर्ने परिषद्ले जनाएको छ।सहभागी टिमका सबै खेलाडी पौडी खेल्न जानेको हुनुपर्ने सर्त राखिएको छ।भने,मादक पदार्थ सेवन गर्न पाइने छैन । हरेक टिममा ७ जना खेलाडी हुनुपर्ने जनाइएको छ ।प्रतियोगिताका विजेताले नगद, मेडल र प्रमाणपत्र पाउने छन् । यसअघि र्‍...
चितवनको कृषि विश्वविद्यालयमा ३ डीन नियुक्त

चितवनको कृषि विश्वविद्यालयमा ३ डीन नियुक्त

ताजा अपडेट, राजनीति, समाचार
९, माघ चितवन।चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा तीन वटा संकायमा डीन नियुक्त भएका छन्। विश्वविद्यालय कार्यकारी परिषद्ले कृषि संकायको डीनमा प्रा.डा.अर्जुनकुमार श्रेष्ठ,पशु विज्ञान,पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायको डीनमा प्रा.डा.भूमिनन्द देवकोटा र वन संकायको डीनमा प्राध्यापक बासु पोखरेललाई नियुक्त गरेको हो। यस्तै विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयको निर्देशकमा प्रा.डा.निराजन भट्टराई नियुक्त भएका छन्।कृषि संकायका डीन श्रेष्ठ यसअघि सोही संकायका डीन थिए ।भने,पशु संकायका डीन देवकोटा स्नातकोत्तर तहको कार्यक्रम निर्देशक थिए ।वन संकायका डीन पोखरेल यसअघि नै सहायक डीन भएर कार्य गरिसकेका व्यक्ति हुन् ।अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक डा. भट्टराईले यसअघि निरन्तर शिक्षा केन्द्रका निर्देशक भएर काम गरिसकेका थिए । विश्वविद्यालय उपकुलपति प्रा.डा. शारदा थपलियाल...
सशस्त्रका जवानलाई १६ वर्षमै पेन्सन दिने कानुन ल्याउँदै छौँ : गृहमन्त्री लेखक

सशस्त्रका जवानलाई १६ वर्षमै पेन्सन दिने कानुन ल्याउँदै छौँ : गृहमन्त्री लेखक

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
९, माघ काठमाडौं । सशस्त्र प्रहरी दिवसको अवसरमा हल्चोकस्थित मुख्यालयमा आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी जवानलाई १६ वर्षमा पेन्सन दिने कानुनी व्यवस्था गर्न लागिएको घोषणा गरेका छन् ।आफू गृहमन्त्री बनेदेखि नै सुरक्षा निकायको ऐन, कानून बनाउने कार्यमा जोड दिएको बताउँदै उनले भने, ‘सशस्त्र प्रहरीका सम्पूर्ण अधिकृतदेखि जवानहरूको आवाजलाई समेटेर कानून बनाइएको छ ।’   कानुनमार्फत नै सशस्त्र प्रहरी जवानहरूले लामो समयदेखि माग राखेको १६ वर्षमा अवकाशमा जान पाउने सुविधाको व्यवस्था गरिएको उनले घोषणा गरे । ‘आज यो कुरा राख्न पाउँदा मलाई खुशीको अनुभूति भएको छ’ गृहमन्त्री लेखकले भने ।...
चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द

चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द

ताजा अपडेट, वातावरण, समाचार
९, माघ बाँके। चिसो बढेपछि नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन बिदा दिइएको छ । आजदेखि माघ ११ गतेसम्म जाडो बिदा दिइएको हो । नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाका अनुसार मौसम प्रतिकूलताका कारण शीतकालीन बिदाबाट कट्टी हुनेगरी बिदा दिइएको छ । शीतलहरले विद्यालय सञ्चालनमा कठिनाइ भएकाले बिदा दिइएको उनले बताए ।...
सशस्त्र प्रहरीको शान्ति सुरक्षामा महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री कार्की

सशस्त्र प्रहरीको शान्ति सुरक्षामा महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री कार्की

ताजा अपडेट, वातावरण, समाचार
९, माघ विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सशस्त्र प्रहरीले सीमा सुरक्षा, विपद् र शान्ति स्थापनाका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताएका छन् । सशस्त्र प्रहरी बल नेपाल नं १ बाहिनी मुख्यालय पकलीको २४औँ स्थापना दिवसका अवसरमा आज इटहरीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले सशस्त्र प्रहरीले सीमा सुरक्षा, विपद्का समयमा उद्धारमा देखिआएको सक्रियता, समाजमा शान्ति स्थापनामा पुर्‍याएको योगदानको चर्चा गरे । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा बोडरपोस्ट र कतिपय ठाउँमा भवनहरू नहुँदा सीमा सुरक्षामा निर्वाह गरेको भूमिका उल्लेख्य रहेको उनले बताए ।...
सुनको मूल्य तोलामा १९ सयले बढ्यो

सुनको मूल्य तोलामा १९ सयले बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
९, माघ काठमाडौं । नेपाली बजारमा आज एकैदिन सुनको मूल्य तोलामा १९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ६० हजार रुपैयाँ मूल्य तय गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५८ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यस्तै चाँदी २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८७५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन १८९५ रुपैयाँ पुगेको छ ।...