ताजा अपडेट

वामदेव नेतृत्वको राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्दै जाने एमालेको निर्णय

वामदेव नेतृत्वको राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्दै जाने एमालेको निर्णय

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
९, माघ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठकले वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्दै जाने निर्णय गरेको छ । सो पार्टीको केन्द्रीय सचिवालयको मंगलबार साँझ बसेको ४४औँ बैठकले उक्त निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । बैठकले यही माघदेखि चैत्रसम्म वडा केन्द्रित अभियान प्रभावकारी ढङ्गले सञ्चालन गर्ने र अभियानमा सम्पूर्ण पार्टी पङ्क्ति परिचालनको योजना प्रदेश र जिल्ला कमिटीले बनाउने समेत निर्णय गरेको उनले बताए...
सशस्त्र प्रहरी बल २४औँ वर्षमा

सशस्त्र प्रहरी बल २४औँ वर्षमा

ताजा अपडेट, वातावरण, समाचार
९, माघ काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले आफ्नो २४ वर्षको अवधिमा सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व, भन्सार र औद्योगिक सुरक्षा तथा विपद् व्यवस्थापनमा आफूलाई क्रियाशील बनाएको छ । सरकारले सशस्त्र प्रहरीलाई सशस्त्र सङ्घर्ष, पृथकतावादी गतिविधि र आतङ्ककारी गतिविधि नियन्त्रण, सीमा सुरक्षा, हुलदङ्गा व्यवस्थापन, विपद् व्यवस्थापन, महत्वपूर्ण व्यक्ति तथा प्रतिष्ठानको सुरक्षा, राजस्व, भन्सार र औद्योगिक सुरक्षालगायत जिम्मेवारी दिएको छ । मुलुकका सबै जिल्लामा उपस्थिति रहेको सशस्त्र प्रहरी ‘डेडिकेटेड’ सीमा सुरक्षा बलका रुपमा आफूलाई स्थापित गर्ने प्रयासमा छ । भारत र चीनतर्फ सीमा जोडिएका क्षेत्रमा दुई सय ५४ वटा ‘बोर्डर आउट पोष्ट’मार्फत आफ्नो कर्तव्य निर्वाहमा जुटेको छ ।...
आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्नेमा उपप्रधानमन्त्रीको जोड

आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्नेमा उपप्रधानमन्त्रीको जोड

ताजा अपडेट, राजनीति, समाचार
९, माघ बागलुङ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्नेमा जोड दिएका छन् । नेपाल प्रेस युनियनले आज आयोजना गरेको पत्रकार भेटमा समृद्ध राष्ट्र निर्माणको राष्ट्रिय आकांक्षा पूरा गर्न कृषि, ऊर्जा उत्पादन तथा पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिएर काम गर्नुपर्ने उनले बताए। सरकार गठन गर्दा भएको सात बुँदे सम्झौता पालना भएको बताउँदै मन्त्री सिंहले अधिकार सम्पन्न बनाउन संविधान संशोधन गरिने उल्लेख गरे । उनले भने, “सरकारले नयाँ सहरी नीति २०८१ पास गरेर अघि बढेका छौँ, नयाँ सहरी आयोजनालाई व्यवस्थित गर्नेछौँ, हामी जनचाहनाअनुसार काम गरिरहेका छौँ ।”...
नेकपा एमालेले तोक्यो विधान अधिवेशनको मिति

नेकपा एमालेले तोक्यो विधान अधिवेशनको मिति

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
९, माघ काठमाडौं । नेकपा एमालेले पार्टीको विधान अधिवेशनको मिति तोकेको छ । नेकपा एमालेको मंगलबार साँझ बसेको पार्टीको सचिवालय बैठकले विसं २०८२ भदौ २०,२१ र २२ गते ललितपुरको गोदावरी स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सो अधिवेशन गर्ने निर्णय गरेको एमालेको सचिवालयले जनाएको छ । यसअघि एमालेले २०७८ असोजमा विधान अधिवेशन गरेको थियो ।  ...
चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

ताजा अपडेट, वातावरण, समाचार
९, माघ चितवन । गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको छ । आक्रमणबाट घाइते निजको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । निजलाई यही माघ ३ गते माडी नगरपालिका–१ ध्रुवचोकमा गैँडाले आक्रमण गरेको थियो ।...
रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने

रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
९, माघ काठमाडौं । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने भएका छन् । बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि बयानका लागि उनी आज अदालत उपस्थित हुन लागेका हुन् । लामिछाने मंगलबार नै काठमाडौंबाट रुपन्देही पुगिसकेका छन् । मंगलबार अपराह्न उनी काठमाडौं विमानस्थलबाट केही वकिल र नेता(कार्यकर्तासहित भैरहवा अवतरण भएका थिए । लामिछाने यसअघि कास्की पोखराको सूर्यदर्शन सहकारीमा जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । लगत्तै उनीविरुद्ध कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा परेको मुद्दामा बयान दिन काठमाडौं जिल्ला अदालत हाजिर भएका थिए । काठमाडौंमा पनि उनी ६० लाख रकम धरौटी बुझाएर रिहा भएका थिए । उनी धरौटीमा रिहा भएपछि रुपन्देही प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्...
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
९, माघ काठमाडौं । आज चार वटा संसदीय समितिको बैठक बस्दै छ । बिहान ११ बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दै छ । बैठकमा नेपालमा हिउँदको समयमा हुने डढेलो प्रकोपको क्षति न्यूनीकरण पूर्वतयारीका सम्बन्धमा सरोकारवाला निकायहरूसँग छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा सिमेन्ट उत्पादन तथा बजार मूल्य सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।...
खाली भूमीलाई संरक्षण गरि रैथाने अर्गानिक उत्पादन प्रबद्र्धन गर्ने ऐन बनाउन जरुरी छ : विज्ञ सल्लाहकार डा.आलोक प्रसाईँ

खाली भूमीलाई संरक्षण गरि रैथाने अर्गानिक उत्पादन प्रबद्र्धन गर्ने ऐन बनाउन जरुरी छ : विज्ञ सल्लाहकार डा.आलोक प्रसाईँ

कृषि, ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-१, समाचार
सीता पौडेल ८ माघ,काठमाडौं।अहिले सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि विधेयकको लागि मस्यौदा तयार पारिरहेको छ ।कृषिको आधुनिकीकरण,व्यवसायिककरण र औद्योगिकीकरण गरि समग्र कृषि क्षेत्रको विकासका लागि सरकारले संघीयता अनुरूप कृषि सम्बन्धि ऐन बनाउन सो  कृषि विधेयक बनाइरहेको हो । उक्त विधयेक यहि माघ २० गतेभित्र संसद्मा दर्ता गर्ने मन्त्रालयको तयारी पनि छ । कृषिसँग सम्बन्धित सरोकारवालाहरुले अहिलेसम्म सरकारले दर्जनौं कृषि नीति,नियमावली,निर्देशिका र ऐनहरु बनाएर लागू गरेपनि व्यवहारिक नभएका कारण प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै अब बन्ने ऐन व्यवहारिक हुनुपर्ने बताउँदै आएका छन् । कृषि क्षेत्रको समग्र विकासका लागि रैथाने बाली,अर्गानिक उत्पादन,एवम् कृषिको जैविक विविधतालाई प्राथमिकतामा राखेर मात्रै कृषकमैत्री व्यवहारिक कानुन बन्न सक्ने उनीहरुको भनाई छ। कृषि तथा पशुपन्छी विकास मन्त...
घरमै बसेर एकैदिनमा कम्पनी र भ्याट दर्ता गराउने तयारी

घरमै बसेर एकैदिनमा कम्पनी र भ्याट दर्ता गराउने तयारी

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
८, माघ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा कम्पनी र भ्याट दर्ता जस्ता काम गर्न सकिने गरी प्रणालीको विकास गरिने बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।‘अब हामी एकै दिन कम्पनी दर्ता, भ्याट दर्तादेखि अरु चिजहरू घरमै बसेर गर्न सकिने प्रणाली विकास गर्दै छौ,’ उनले भने, ‘म यो गर्न चाहन्छु भनेर गर्न सक्ने त्यो प्रविधिको सुरु गर्दै छौँ र त्यो छोटो समयभित्र हामी सफल बनाउँछौँ ।’ अहिलेको समय सूचना र प्रविधिको समय भएकाले यसलाई बुझेर काम गर्नुपर्छ भन्नेमा आफूले विगतदेखि नै प्रयास गर्दै आएको प्रधानमन्त्री ओलीले स्पष्ट गरे ।...
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
८, माघ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगले आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन पेश गरेको छ । मङ्गलबार राष्ट्रपति भवनमा आयोजित एक समारोहमा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको हो । राष्ट्रपतिसमक्ष आयोगका अध्यक्ष थापामगरले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।...