ताजा अपडेट

मकवानपुर–काठमाडौं जोड्ने दुई सडक पुनः सञ्चालन

मकवानपुर–काठमाडौं जोड्ने दुई सडक पुनः सञ्चालन

ताजा अपडेट, वातावरण, समाचार
८, माघ मकवानपुर । सडक स्तरोन्नति तथा मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको मकवानपुर र काठमाडौं जिल्ला जोड्ने दुई सडक पुनःसञ्चालनमा आएको छ । थानकोट–चित्लाङ सडक (गणेशमान मार्ग) र मातातीर्थ सडक मंगलबार बिहानदेखि सञ्चालनमा आएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । अर्यालका अनुसार, ती दुवै सडक स्तोन्नतिका लागि गत ७ पुस र २२ पुसदेखि बन्द गरिएको थियो । यसैगरी, मकवानपुर–काठमाडौं जोड्ने कुलेखानी–फाखेल सडकखण्ड र कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डमा एकतर्फी मात्रै सवारीसाधन सञ्चालन भइरहेको अर्यालले जानकारी दिए ।...
पाथीभरामा केबुलकार निर्माण सुरु

पाथीभरामा केबुलकार निर्माण सुरु

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
८, माघ काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवी मन्दिरसम्म पुग्ने ‘पाथीभरा देवी मुकुम्लुङ दर्शन केबुलकार’ परियोजना निर्माण मंगलबारदेखि सुरु भएको छ । हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले बटम स्टेसनबाट केबुलकार निर्माण कार्य सुरु भएको जानकारी दिए । जिल्लाका सबै राजनीतिक दल, सांसद्, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासी, सरकारी निकाय सहित सुरक्षा निकाय समेतको सहयोग र समन्वयमा काम अघि बढेकाले निर्माणको अबको चरण द्रुत गतिमा अघि बढ्ने केदेमले बताए । केबुलकार कम्पनी सञ्चालक रुद्र पौडेलले पाथीभरा केबुलकार निर्माण भई सञ्चालनमा आउँदा ताप्लेजुङ जिल्लाको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा टेवा पुग्ने र समग्र कोशी प्रदेशकै आर्थिक समृद्धिको कोशेढुंगा बन्ने बताए । केबुलकार निर्माण कार्य द्रुत गतिमा अगाडि बढाइने उनको भनाइ छ । पौडेलका अनुसार आगामी १५ महिनाभित्र के...
राष्ट्रपतिद्वारा संसद्को हिउँदे अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा संसद्को हिउँदे अधिवेशन आह्वान

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
८, माघ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को हिउँदे अधिवेशन आह्वान गरेका छन्। । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले माघ १८ गते दिउँसो १ बजे बस्नेगरी सङ्घीय संसद्का दुबै सदनको अधिवेशन आह्वान गरे हो । यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १८ गते संसद्को हिउँदे अधिवेशन बोलाउने निर्णय गर्दै अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको थियो । राष्ट्रपति कार्यालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा ९३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गरिएको उल्लेख छ ।  ...
प्रधानमन्त्रीबाट सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ

प्रधानमन्त्रीबाट सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
८, माघ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने सगरमाथा संवाद कार्यक्रमको मङ्गलबार शुभारम्भ गरेका छन् । अन्तर्राष्ट्रिय हिमनदी वर्ष, २०२५ का अवसरमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा वन तथा वातावरण मन्त्रालय र परराष्ट्र मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संवाद कार्यक्रमको ‘लन्चिङ’ गरेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । सरकारले पहिलो पटक जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक दुई वर्षमा यस प्रकारको विश्वव्यापी संवाद आयोजना गर्न लागेको छ ।प्रधानमन्त्री ओलीले नेपालले किन यस प्रकारको कार्यक्रम गर्न लागेको भन्ने विषयमा सम्बोधन गरेका छन् । नेपालले जलवायु न्यायका सन्दर्भमा अन्तर्राष्ट्रिय जगतमा सशक्त आवाज उठाउँदै आएको छ ।...
धरानलाई खानेपानी माग्दै सिंहदरबार पुगे मेयर हर्क साम्पाङ

धरानलाई खानेपानी माग्दै सिंहदरबार पुगे मेयर हर्क साम्पाङ

ताजा अपडेट, ब्यानर-१, समाचार, स्थानीय
८, माघ काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सिंहदरवारस्थित खानेपानी मन्त्रालयमा पुगेका छन् । सोमबार उनी संघीय सरकारले खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन भन्दै रित्तो गाग्री बोकेर काठमाडौँ आएका थिए । मंगलबार धरानलाई खानेपानी माग्दै रित्तो गाग्रीसहित सिंहदरवार छिर्ने तयारी गरेको भए पनि उनी खानेपानी मन्त्रालयभित्र गाग्रीविनै पुगेका छन् । खानेपानी समस्या लिएर सांकेतिक रूपमा रित्तो गाग्री बोकेर खानेपानी मन्त्रालय जान लागेका मेयर सम्पाङको साथबाट प्रहरीले गाग्री खोसेको छ। यति बेला सिहंदरवार परिसरमा बाक्लो संख्यामा प्रहरी तैनाथ गरिएको छ । सिहंदरवारभित्र पनि प्रहरीको बाक्लो उपस्थिति छ।गाग्रीसहित प्रवेश गर्न नपाइने भएकोले उनलाई गाग्रीविनै गेटबाट सुरक्षाकर्मीले प्रवेश गराएका हुन् । उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेट्ने कार्यक्रम रहेको छ ।...
भीम रावललाई एमालेका १०८६ जनाको समर्थन रहेको दाबी

भीम रावललाई एमालेका १०८६ जनाको समर्थन रहेको दाबी

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
८, माघ काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावललाई पार्टीले निष्कासन गरेपछि अछाममा एक हजार ८६ जनाले रावलको अभियानमा लागेको बताएका छन् । भीम रावलको अभियानलाई समर्थन गर्नेमा अछामबाट प्रतिनिधित्व गर्दै एमाले प्रदेश कमिटी तथा विभागीय सदस्य रहेका सात जना, केन्द्रीय विभागका दुई जना, जिल्ला कमिटी सचिवालय सदस्य पाँच जना भीम रावलको पक्षमा उभिएका हुन् ।यस्तै प्रवास केन्द्रीय प्रतिनिधि परिषद् एक जना, जिल्ला कमिटी सदस्य १७ जना, पूर्वजिल्ला कमिटी सदस्य तीन जना, जिल्ला सल्लाहकार सदस्य १३ जना, नगर कमिटी पदाधिकारी तथा सचिवालय सदस्य १२ जना रहेका छन् । त्यसैगरी अनेम संघ कार्यवाहक अध्यक्ष, जनवर्गीय संगठनका प्रमुख तथा पदाधिकारी आठ जना, वडा कमिटी अध्यक्ष तथा पदाधिकारी २२ जना, संगठित सदस्यहरू छ सय ३७ जना र अन्य एमाले कार्यकर्तासहित एक हजार ८६ जना रहेका छन् ।...
हुस्सुले ‘भिजीबिलिटी’ कम हुँदा नेपालगञ्ज विमानस्थलमा हवाई सेवा प्रभावित

हुस्सुले ‘भिजीबिलिटी’ कम हुँदा नेपालगञ्ज विमानस्थलमा हवाई सेवा प्रभावित

ताजा अपडेट, वातावरण, समाचार
८, माघ बाँके । बाक्लो हुस्सु लागेका कारण ‘भिजीबिलिटी’ कम हुँदा आज बिहानैदेखि नेपालगञ्ज विमानस्थलमा हवाई सेवा प्रभावित भएको छ । बिहानैदेखि चलेको शीतलहर तथा हुस्सुका कारण ५० मिटरमात्र भिजीबिलिटी हुँदा नेपालगञ्ज विमानस्थलबाट हुने सबै उडान ठप्प रहेको नागरिक उड्डयन कार्यालय नेपालगञ्जका ट्राफिक कन्ट्रोलर रिङ्की मल्लिकले बताए । उनले हवाई उडानका लागि आवश्यक पर्ने भिजिबिलिटी नहुँदा आज विमानस्थलमा उडान हुन नसकेको जानकारी दिए । ट्राफिक कन्ट्रोलर मल्लिकका अनुसार नेपालगञ्ज विमानस्थलबाट पहाडी जिल्ला, संघीय राजधानी काठमाडौँ, धनगढी र पोखराका लागि दैनिक करिब ५० भन्दा बढी उडान हुने गरेको छ । उनका अनुसार जहाज उडाउन एक हजार भिजीबिलिटी हुनुपर्ने र जहाज अवतरण गर्नका लागि एक हजार छ सय भिजीबिलिटी आवश्यक पर्दछ ।...
सुनको मूल्य बढ्यो,आज कतिमा हुदैछ कारोबार ?

सुनको मूल्य बढ्यो,आज कतिमा हुदैछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, समाचार
८, माघ काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा एघार सय रुपैयाँले बढेर १ लाख ५८ हजार एक रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला १ लाख ५७ हजार रुपैयाँमा कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर एक हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य एक हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।...
तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
८, माघ काठमाडौं । तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दमौलीबाट डुम्रेतर्फ आइरहेको गण्डकी प्रदेश ०३ ००१ प ०३१० नम्बरको मोटरसाइकल पृथ्वीराजमार्गअन्तर्गत डुम्रे दमौली सडकखण्डको बेलभन्ज्याङमा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुलेको छैन ।...
राष्ट्रपति पौडेलद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

राष्ट्रपति पौडेलद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

ताजा अपडेट, राजनीति, समाचार
८, माघ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पलाई बधाई तथा शुभकामना दिएका छन् । राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल ट्विटरमार्फत राष्ट्रपति ट्रम्पलाई अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा कार्यभार ग्रहण र सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका हुन् । साथै राष्ट्रपति पौडेलले नेपाल र अमेरिकाबीच कायम रहेको सौहार्दपूर्ण सम्बन्ध आगामी दिनहरूमा अझ प्रगाढ र विस्तार हुँदै जाने विश्वास समेत व्यक्त गरेका छन् ।...