ताजा अपडेट

सशस्त्र प्रहरी दिवसका अवसरमा रक्तदान

सशस्त्र प्रहरी दिवसका अवसरमा रक्तदान

ताजा अपडेट, वातावरण, समाचार
७, माघ पर्सा । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ हेड क्वाटर पर्साले २४ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा पर्सामा रक्तदान कार्यक्रम गरेको छ । सीमा सुरक्षामा खटिँदै आएको सशस्त्र प्रहरीले जाडोयाममा पर्सामा रगतको अभावलाई परिपूर्ति गर्नका लागि आयोजना गरेको रक्तदान कार्यक्रममा ५७ पिन्ट रगत संकलन भएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ हेड क्वाटर पर्साका गणपति राधेश्याम धिमालले पर्सा जिल्लामा रगतको अभावलाई केही हदसम्म भए पनि परिपूर्ति गर्नका लागि रक्तदान कार्यक्रम गरेको जानकारी दिए । “सशस्त्र प्रहरी बल सीमा सुरक्षाको साथसाथै नागरिकसँग हातेमालो गरेर अघि बढ्नका लागि रक्तदान कार्यक्रम गरेका हौँ”, उनले भने, “रक्तदान कार्यक्रममा उत्साहजनक सहभागिता रहेको छ ।” सशस्त्र प्रहरी बल पर्साले नेपाल(भारत सीमा क्षेत्रमा स्वास्थ्य शिविरलगायत गतिविधि गर्दै आइरहेको छ ।...
चितवनमा युवक कुट्ने प्रहरी निलम्बित

चितवनमा युवक कुट्ने प्रहरी निलम्बित

अपराध, ताजा अपडेट, वातावरण, समाचार
७, माघ काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बित भएका छन् । कुटपिट गर्ने प्रहरीलाई निलम्बन गरी थप कारबाही प्रक्रिया अघि बढाइएको हो । ‘माथिको पावर देखाएको’ भन्दै चेकिङमा खटिएका प्रहरीले युवकलाई लात्तीले हानेर कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । त्यसपश्चात् प्रहरीले उनलाई कारबाहीका लागि छानबिन समिति बनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रका अनुसार ती असई गणेशस्थान बिटमा कार्यत बुद्धिबहादुर घर्ती भुजेल हुन् । उनले प्रहरी आचरणविपरीत काम गरेकाले निलम्बन गरिएको मिश्रले जानकारी दिए । उनका अनुसार घटना गत पुस १५ गतेको हो ।...
महाँकाल गाउँपालिका उपाध्यक्ष गोलेलाई अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान

महाँकाल गाउँपालिका उपाध्यक्ष गोलेलाई अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान

ताजा अपडेट, वातावरण, समाचार, स्थानीय
७, माघ काठमाडौं । ललितपुरको महाँकाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा माया गोले ‘अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान’बाट सम्मानित भएकी छन् । द इन्टरनेसनल अवार्ड फोरम युएसएद्वारा भारतको नयाँ दिल्लीमा आयोजित विशेष समारोहमा उपाध्यक्ष गोलेलाई उक्त सम्मान प्रदान गरिएको हो । स्थानीय सरकारको प्रमुख जिम्मेवारीमा रहँदा महिला, बालबालिका र ज्येष्ठ नागरिकका समस्या समाधानका लागि नीति योजना, कार्यक्रम र बजेट निर्माण तथा कृषि, पर्यावरण र धर्म संस्कृतिको संरक्षणमा पुर्‍याएको योगदानस्वरुप उपाध्यक्ष गोलेलाई उक्त सम्मान प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । उपाध्यक्ष गोलेले गत असोज दोस्रो साताको अविरल वर्षापछिको बाढी पहिरोबाट प्रभावित नागरिकको खोज, उद्धार र राहत वितरणमा गरेको सक्रिय भूमिकाको कदरस्वरुप सम्मान गरिएको आयोजक संस्थाले उल्लेख गरेको छ ।...
बैंक सबल र प्रभावकारी भएमात्रै नागरिकको विश्वास जित्न सकिन्छ : अर्थमन्त्री

बैंक सबल र प्रभावकारी भएमात्रै नागरिकको विश्वास जित्न सकिन्छ : अर्थमन्त्री

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
७, माघ काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकहरुलाई आफूले लिएका उद्देश्यहरु हाँसिल गर्नेकुरालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेका छन् । सोमवार काठमाडौँमा कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले बैंकको क्षमता विकास, बैंकको सामथ्र्य विकास, बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए । उनले बैंक सबल र प्रभावकारी भएमात्रै बैंकका कर्मचारीहरुको इज्जत माथि उठ्ने र बैंकले नागरिकको विश्वास जित्ने बताए । उनले बैंकका कर्मचारीहरुले पहिलो प्राथमिकता बैंकको उन्नति र प्रगतिलाई दिएर काम गर्न आवश्यक रहेको बताए ।...
शंकर पोखरेलले भने-जबजले धेरै दलबीचको प्रतिस्पर्धा अपरिहार्य भनेको छैन

शंकर पोखरेलले भने-जबजले धेरै दलबीचको प्रतिस्पर्धा अपरिहार्य भनेको छैन

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
७, माघ  काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादले धेरै दलबीचको प्रतिस्पर्धा अपरिहार्य नभनेको दाबी गरेका छन् । पछिल्लो समय दुई दलीय व्यवस्थाको पक्षमा वकालत गरिरहेका महासचिव पोखरेलमाथि जबजको मर्मविरुद्ध बोलेको आरोप लाग्ने गरेको छ । यस्तै आरोपको खण्डन गर्दै उनले सोमबार बिहान सामाजिक सञ्जालमा एक लामो विचार राखेका छन् । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको बहस’ शीर्षकमा विचार राख्दै उनले लेखेका छन्, ‘जबजले धेरै दलका बीचको प्रतिस्पर्धा अपरिहार्य भनेर भनेको पनि छैन र त्यसरी सोच्नु पनि उचित हुँदैन ।’ महासचिव पोखरेलले नेपालको संविधानले दुई मान्यताका बीचको राजनीतिक ध्रुवीकरणलाई अपरिहार्य मानेको उल्लेख गरेका छन् । कम्युनिष्ट पार्टीबीच ध्रुवीकरण हुनुपर्ने आशयको मत राख्दै उनले लेखेका छन्, ‘कम्युनिष्ट आन्दोलनमा भएको विभाजन आजको यथार्थ हो ...
कोशी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि

कोशी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि

ताजा अपडेट, राजनीति, समाचार
७, माघ विराटनगर । गत असोज ४ गतेदेखि बजेट अधिवेशन अन्त्य भएको कोशी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । दिउँसो २ बजेबाट प्रदेशसभाको छैटौं तथा हिउँदे अधिवेशन सुरु हुन लागेको हो । आजको बैठकका लागि पाँचवटा कार्यसूचीमा तय गरिएको छ । आजको बैठकमा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ पेस हुनेछ भने सभामुखबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेश अनुमोदनका लागि पेस गर्ने कार्यसूची छ ।...
स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्न महासंघको आग्रह

स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्न महासंघको आग्रह

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
७, माघ काठमाडौं । सार्वजनिक निकायमा स्वदेशी वस्तुहरूको प्रयोग अनिवार्य गर्ने सरकारको निर्णय कार्यान्वयन गराउन सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघ तथा आफ्ना सम्पूर्ण सदस्यलाई नेपाल उद्योग वाणिज्य महासंघले आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघको आग्रहमा सरकारले ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्ने निर्देशिका २०८१’ पारित भएको र यो निर्णय स्वागतयोग्य रहेको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको भनाइ छ । सरकारले औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ६८ ले दिएको अधिकार प्रयोग गरी स्थानीय स्तरमा उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गरी स्वदेशी वस्तुको उत्पादन, रोजगारी सिर्जना, आयात व्यवस्थापन तथा उत्पादित वस्तुको बजार प्रवर्द्धन गर्न र सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगलाई प्रभावकारी बनाउन ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका-२०८१’ जारी गरेको हो ।...
प्रभु बैंकको नाफा ८४ प्रतिशत बढ्यो

प्रभु बैंकको नाफा ८४ प्रतिशत बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
७, माघ काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा प्रभु बैंकको नाफा गत वर्षको सोही अवधिको तुलनामा ८४.४९ प्रतिशत बढेको छ । सोमबार प्रकाशित बैंकको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार प्रभुले यस अवधिमा १ अर्ब ३४ करोड रुपैयाँ नाफा कमाएको छ । गत वर्ष त्यस अवधिमा बैंकको नाफा ७२ करोड मात्रै थियो । बैंकले खुद नाफा वृद्धि गरे पनि वितरणयोग्य नाफामा भने ठूलो गिरावट आएको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३३ करोडले ऋणात्मक छ । गत वर्ष यस्तो नाफा १ अर्ब ८६ करोडले ऋणात्मक थियो । बैंकले ब्याज आम्दानी तथा कमिसन एवम् शुल्कबापतको आम्दानी दुवै सामान्य बढाएको तथा इम्पेयरमेन्ट शुल्क घटाएकाले नाफामा वृद्धि भएको देखिन्छ । गत वर्ष १ अर्ब २६ करोड रहेको बैंकको इम्पेयरमेन्ट शुल्क अहिले ८१ करोडमा झरेको छ...
ट्रम्पको आश्वासनपछि अमेरिकामा टिकटक  सञ्चालनमा

ट्रम्पको आश्वासनपछि अमेरिकामा टिकटक सञ्चालनमा

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
७, माघ काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई प्रतिबन्ध लगाउने आदेशमा केही समयको लागि रोक लगाएका छन् । योसँगै अब अमेरिकामा टिकटक चलाउन सकिनेछ । अमेरिकामा टिकटकका १७ करोड प्रयोगकर्ता छन् । ट्रम्पले सपथलगत्तै कार्यकारी आदेश जारी गरी टिकटकलाई अस्थायी राहत दिने बताएका बीबीसीले जनाएको छ । आइतबार नै केही घन्टापछि टिकटकले सामाजिक सञ्जालमा सूचना जारी गर्दै सेवा सुरु हुने बताएको थियो । उसले अमेरिकामा टिकटक पुनः सुरु गर्न राष्ट्रपति ट्रम्पसँग मिलेर काम गर्ने बताएको हो ।...
यू-१९ महिला विश्वकपमा स्कटल्याण्डसँग खेल्दै नेपाल

यू-१९ महिला विश्वकपमा स्कटल्याण्डसँग खेल्दै नेपाल

खेलकुद, ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
७, माघ काठमाडौं । आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा आज नेपालले दोस्रो खेल खेल्दैछ। पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको नेपाल आज दोस्रो खेलमा स्कटल्याण्डसँग भिड्न लागेको हो । मलेसियामा जारी रहेको यो खेल दिउँसो सवा १२ बजेदेखि सुरु हुनेछ। विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । जस अन्तर्गत बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड छन् ।...