अमेरिकामा टिकटक बन्द
६, माघ काठमाडौं । संयुक्त राज्य अमेरिकामा चिनियाँ सर्ट भिडिओ एप टिकटक बन्द भएको छ । शनिबार मध्यरातदेखि प्रयोगकर्ताहरूको डिभाइसमा टिकटक खुल्न छोडेको हो ।
अहिले एप्पलको आइओस एप स्टोर र गुगलको प्ले स्टोरमा टिकटक उपलब्ध छैन । अमेरिकी काँग्रेसले गत अप्रिलमा टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सलाई या त यो एप गैरचिनिया मालिकलाई बेच्नुपर्ने वा प्रतिबन्ध खेप्नुपर्ने कानून पारित गरेको थियो ।
टिकटकले दोस्रो विकल्प रोज्यो ।टिकटकले सुरुदेखि अमेरिकाले दिएको पहिलो विकल्पलाई अस्वीकार गर्दै आएको थियो । गैरचिनियालाई विक्री गर्ने प्रस्तावबारे उसले स्पष्ट शब्दमा भनेको थियो(व्यवसायीकरुपमा, प्राविधिकरुपमा र कानूनीरुपमा यो सम्भव छैन । कम्पनी यही अडानमा निरन्तर कायम रह्यो ।
अमेरिकाले पाँच वर्ष लामो कसरतपछि टिकटक बन्द गराएको हो । सन् २०२० मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक कार्यकारी आदेशमार्...









