पत्रकारितामार्फत मुलुकप्रतिको निष्ठा र माया बढाउन जरुरी:‘प्रचण्ड’
५, माघ मोरङ । नेकपा (माओवादी केन्द्रं) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकारिताले मुलुकप्रति निष्ठा र माया बढाउने खालका सन्देश प्रवाह गर्न जरुरी रहेको बताएका छन् ।
न्यू सृष्टि दैनिकको १४औँ वार्षिकोत्सव र युवा सम्मान कार्यक्रमको आज उद्घाटन गर्दै उनले हामी सबैले मुलुकलाई माया गर्दै इतिहासप्रति गर्व गर्न जरुरी रहेको धारणा राखे ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले भौगोलिक विविधता, प्राकृतिक स्रोत र साधनले धनी मुलुकमै बस्न र यहीँ काम गर्न युवाहरूलाई आग्रह समेत गरे ।...








