ताजा अपडेट

जनताको आशा अनुसार वर्तमान सरकार चल्न सकेन : महामन्त्री थापा

जनताको आशा अनुसार वर्तमान सरकार चल्न सकेन : महामन्त्री थापा

ताजा अपडेट, राजनीति, समाचार
५, पुस काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताको आशा अनुसार वर्तमान सरकार चल्न नसकेको बताएका छन् । शुक्रबार काठमाडौँमा कैलाश कोइरालाद्वारा लिखित शास्त्र उपन्यासको विमोचन समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सरकारको गठनको उद्देश्य अनुसारको काम हुन नसकेको र जनताको आशा अनुसार सरकार चल्न नसकेको बताएका हुन् ।...

नेपालले भारतबाट अतिरिक्त हवाई रुट चाहेको छ : परराष्ट्र मन्त्री राणा

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
५,पुस काठमाडौं । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले नेपालले भारततर्फबाट अतिरिक्त हवाई रुट चाहेको बताएकी छन्। भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजित भारत नेपाल आर्थिक सम्मेलन (इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्स) लाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मन्त्री राणाले नेपालले भारतबाट थप हवाई रुटको अपेक्षा गरिरहेको जानकारी गराएकी हुन्। उनले भनिन्, ‘हामीले नेपालका पोखरा र लुम्बिनीमा दुई अन्तर्राष्ट्रिय विमानस्थल बनाएका छौँ। ती दुवै संसारकै लोकप्रिय सहर हुन्। पोखरा पर्यटन नगरी हो भने लुम्बिनी भगवान् गौतम बुद्धको जन्मस्थल हो। ती विमानस्थलबाट हामीले पर्यटन मात्र नभएर समग्र सम्पर्क विस्तार पनि गर्न चाहन्छौँ। त्यसैले नेपाल यी दुई विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि पनि थप हवाई रुट चाहेको छ।’...
प्रधानमन्त्रीसँग बङ्गलादेशका राजदूतको बिदाइ भेट

प्रधानमन्त्रीसँग बङ्गलादेशका राजदूतको बिदाइ भेट

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
५, पुस काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधुरीले आज बिदाइ भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले आपसी सम्बन्धमा योगदान दिएकामा राजदूत चौधुरीलाई धन्यवाद दिए । प्रधानमन्त्री ओलीले बङ्गलादेश अन्तरिम राजनीतिक अवस्थाबाट छिटो स्थायित्वमा जाने विश्वास गर्नुभयो भने राजदुत चौधरीले नेपालको शान्ति प्रक्रिया र राजनीतिक परिवर्तनबाट बङ्गलादेशले शिक्षा लिँदै आएको अवगत गराए । भेटमा दुुई पक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो । सो अवसरमा परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए ।...
भारत–नेपाल आर्थिक सम्मेलन नयाँ दिल्लीमा सुरु

भारत–नेपाल आर्थिक सम्मेलन नयाँ दिल्लीमा सुरु

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
५, पुस नयाँदिल्ली । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले भारतका उद्यमी समक्ष नेपालमा ऊर्जा, पूर्वाधार विकास, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानीका लागि आह्वान गरेकी छन् । काठमाडौँ विश्वविद्यालय र भारतको ‘फाउन्डेसन फर इकोनोमिक ग्रोथ एन्ड वेल्फर’ (ईग्रो फाउन्डेसन) ले आयोजनामा भारतको राजधानी नयाँ दिल्लीमा आजदेखि सुरु ‘भारत–नेपाल आर्थिक सम्मेलन’ (इन्डो–नेपाल इकोनोमिक कन्फ्रेन्स) मा उनले नेपालले विदेशी लगानी र निजी क्षेत्र प्रवद्र्धनसम्बन्धी नीति नीति उदार बनाएको उल्लेख गर्दै भारतीय उद्यमीलाई लगानीका लागि आह्वान गरेकी हुन् । मन्त्री राणाले नेपालमा लगानीको वातावरण बनेको र उच्च प्रतिफलको अवस्था पनि बनेको उल्लेख गरिन् । उनले नेपालले विदेशी लगानी आकर्षणका लागि ‘डबल बी माइनस (बीबी माइनस) रेटिङ प्राप्त गरेको र लगानीका लागि प्रोत्साहनमुखी नीतिहरू लागू गरेको जानकारी गराइन् । मन्त्र...
वैदेशिक रोजगारी : १५ वर्षमा १४ हजारभन्दा बढीको मृत्यु

वैदेशिक रोजगारी : १५ वर्षमा १४ हजारभन्दा बढीको मृत्यु

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
५, पुस काठमाडों । पछिल्लो १५ वर्षमा वैदेशिक रोजगारीमा गएका व्यक्तिमध्ये १४ हजारभन्दा बढीको मृत्यु भएको विवरण सार्वजनिक भएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालय स्थापना भएको आर्थिक वर्ष २०६५र६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा १४ हजार दुई सय १३ जनाको मृत्यु भएको हो । नेपालमा साताव्यापी रूपमा मनाइँदै गरिएको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त विवरण सार्वजनिक गरेको हो । बुधबार परेको उक्त दिवसका अवसरमा मन्त्रालयले यही डिसेम्बर १६ देखि २२ तारिखसम्म विभिन्न कार्यक्रम गरी दिवस मनाइरहेको छ ।श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त दिवस मनाउन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा दिवस मूल समारोह समिति नै गठन गरेर साताव्यापी कार्यक्रम आयोजना गरेको हो । समितिले सार्वजनिक गरेको विवरणानुसार बोर्ड स्थापनापछिको उक...
सुनको मूल्य घट्यो, आज कतिमा कोरोबार ?

सुनको मूल्य घट्यो, आज कतिमा कोरोबार ?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
५, पुस काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा पाँच सयले घटेर एक लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार रुपैयाँमा किनबेच भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ७६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।...
नेगेटिभिटीमा रमाउनेहरूले हल्ला गरे, नेपालमा अब लोडसेडिङ हुँदैन : कुलमान घिसिङ

नेगेटिभिटीमा रमाउनेहरूले हल्ला गरे, नेपालमा अब लोडसेडिङ हुँदैन : कुलमान घिसिङ

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
५, पुस काठमाडौँं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक समस्याका कारण केही घण्टा विद्यूत आपूर्ति नहुँदा उद्योगी व्यवसायीले लोडसेडिङको हल्ला चलाएर नाफा कमाउन खोजेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौँमा आयोजित पूर्वाधार पत्रकार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले नेपालमा अब लोडसेडिङ नहुने बताए ।उनले अहिले पनि लोडसेडिङ नभएर प्राविधिक समस्यामात्र रहेको भन्दै नकारात्मकतामा रमाउने जमातले गलत हल्ला चलाएको दाबी गरे । घिसिङले भने, ‘नेपालमा नेगेटिभिटीमा रमाउने जमात कति रहेछ भन्ने मैले यसबीचमा देखिरहेको छु । लोडसेडिङ हुँदा खुसी मनाउने जमात रहेछ भन्ने उदाहरण केही दिनबाट हेरिरहेको छु । प्राधिकरण नाफामा गयो भन्नासाथ खुसी नहुने र घाटामा गयो भन्नासाथ एकदमै खुसी हुने जमात पनि छ ।...
विद्युत प्राधिकरणमा खुल्यो एक हजार ८३ जनाका लागि जागिर

विद्युत प्राधिकरणमा खुल्यो एक हजार ८३ जनाका लागि जागिर

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
५, पुस काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा अधिकृत र सहायकस्तर गरी १ हजार ८३ जनालाई रोजगारी खुलेको छ । प्राधिकरणले शुक्रबार विभिन्न समूहका तह ७ देखि १० सम्मका (अधिकृतस्तर) १९५ जना र विभिन्न समूहका ५ तह (सहायकस्तर) मा ८८८ जना खुलारसमावेशी प्रतिस्पर्धाबाट स्थायी नियुक्त गर्न विज्ञापन गरेको छ । सबै पदको लिखित परीक्षा लोकसेवा आयोगले लिने छ । दरखास्त दिने अन्तिम दिन आगामी पुस २५ गते छ भने दोब्बर दस्तुर तिरी माघ ३ गतेसम्म आवेदन दिन सकिने छ । अधिकृतस्तर तह ८ वा त्यसभन्दा माथिका पदका लागि दरखास्त दिने अन्तिम मितिसम्म्मा २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको र तह ७ को पदमा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । तर, महिला र अपाङ्गता भएका उम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ । सहायक स्तर तह ५ का पदमा १८ वर्ष पूरा भई ३५ ननाघेको हुनुपर्नेछ । महिला र अपाङ्गता भएका उम्मेदवारको हकमा ४० वर्ष न...
मुग्लिन-नौबिसे सडक एक साता आंशिक बन्द हुने

मुग्लिन-नौबिसे सडक एक साता आंशिक बन्द हुने

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
५, पुस चितवन । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-नौबिसे सडक खण्ड आइतबारदेखि दिउँसोमा एक साता आंशिक बन्द हुने भएको छ । सो सडक खण्डको पोखरेभीर र विशालटारमा चट्टानको भित्तो काटेर घुम्ती सुधार गर्नुपर्ने भएकाले यही पुस ७ गते देखि १३ गते सम्म दिनको तीन घण्टा सडक बन्द गर्न लागिएको हो । नागढुङगा–मुग्लिन सडक योजना पश्चिम खण्डका इ.विजय दरइका अनुसार बिहान ११ बजेदेखि दिनको २ बजे सम्म सवारी रोकेर काम गर्न लागिएको हो । उनका अनुसार पोखरेभीर मोड सुधारका लागि नौबिसेबाट गजुरी छिर्ने भारी सवारीसाधन गल्छी–बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिनेछ । यसैगरी चितवनतर्फबाट नौबिसे छिर्ने भारी सवारीसाधन चालिसे र हलुका सवारीसाधन घाटबेसीमा रोकिनेछ । यसैगरी विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु छिर्ने भारी सवारीसाधन मझिमटार र हलुका सवारीसाधन चरौंदी बजारमा रोकिनेछ भने मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारीसाध...
यो वर्ष चिसो कम हुने

यो वर्ष चिसो कम हुने

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
५, पुस काठमाडों । जल तथा मौसम विज्ञान विभागले यो वर्ष हिउँदमा सरदरभन्दा चिसो कम हुने पूर्वानुमान गरेको छ। मौसमविद् सञ्जिव अधिकारीले तीन महिनाको हावापानीबारे जानकारी दिदै यो वर्ष अघिल्लो वर्षभन्दा धेरै चिसो नहुने पूर्वानुमान गरिएको बताएको हो । मौसमविद् अधिकारीले भने “यो हिउँदमा सरदरभन्दा चिसो कम हुने अनुमान गरिएको छ। तीन महिनाको समग्र हावापानीको कुरा गर्नुपर्दा औसतभन्दा अलिकति कम चिसो हुने पूर्वानुमान छ।”बुधबार जुम्लाको तापक्रम माइनस ५ डिग्री सेल्सियसमा झरेको छ। काठमाडौं उपत्यकामा पुस ४ गतेसम्म न्युनतम तापक्रम दुई डिग्री सेल्सियसम्म मात्र पुगेको छ। बिहीबार बिहान लुम्बिनी, मधेश र कोशीमा हुस्सु लागेको अवस्था थियो। तर, दिउँसो हुस्सु तथा कुहिरो हटेर दैनिकी सहज बनेको छ।उनले आगामी तीन दिनमा ठूलो मौसमी परिवर्तन हुने सम्भावना नदेखिएको बताए । शुक्रबार छिटफुट हिमपातको सम्भावना रहेपनि मौसममा ...