ताजा अपडेट

टपरी र चकटी बुन्न सिक्दैछन् तनहुँका विद्यार्थी

ताजा अपडेट, वातावरण, समाचार
७, असोज तनहुँ । तनहुँका केही विद्यालयले विद्यार्थीलाई सीपमूलक सीप सिकाउन थालेका छन् । भानु नगरपालिकास्थित सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने प्रयोगात्मक सीप सिकाउन थालेका हुन् । पढाइसँगै जीवनपयोगी सीपलाई जोड्ने भानु नगरपालिका–८ स्थित मनोहर माध्यमिक विद्यालयले विद्यार्थीलाई टपरी बुन्ने सीप सिकाउन थालेको प्रधानाध्यापक हरिमा नेपालीले जानकारी दिइन् । पुरानो पुस्ताबाट नयाँ पुस्तामा सीप हस्तान्तरण गर्ने उद्देश्यसहित विद्यार्थीलाई दुना, टपरी बनाउने सीप प्रदान गरिएको नेपालीको भनाइ छ । पछिल्लो समय आल्मुनियम कागज प्लेटको प्रयोग बढेपछि दुना टपरीको चलन लोप हुँदै गएको छ । अहिलेका कतिपय युवापुस्तालाई सालको पातबाट बनाइने दुना टपरीको ज्ञान पनि नभएको नेपालीको भनाइ छ । त्यस्तै भानु नगरपालिका–६ सिम्पानीस्थित प्रभात आधारभूत विद्यालयले मकैको खोस्टाबाट विद्यार्थीलाई चकटी बनाउने सीप स...

दुर्गा प्रसाईँका समर्थकहरू आन्दोलित

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
७, असोज काठमाडौं । दुर्गा प्रसाईँका समर्थकहरू आन्दोलित भएका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईँका समर्थकहरूलाई हिरासतमा लिएपछि उनीहरू आन्दोलित भएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ ज्वाला संग्रौलाको उजुरीका आधारमा प्रसाईँ आइतबार भक्तपुरको ठिमीस्थित घरबाटै पक्राउ परेका परेका थिए । प्रसाईँ पक्राउ परेपछि उनलाई रिहाइको मागसहित समर्थकहरूले सोमबार दिउँसो काठमाडौँस्थित माइतीघर मण्डलमा प्रदर्शन गरिरहेका छन् ।...

दुर्गा प्रसाईं अस्पतालमा भर्ना

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
७, असोज काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं अस्पताल भर्ना भएका छन्। साइबर अपराधमा आइतबार पक्राउ परेका प्रसाईं सोही राति नै अस्पताल भर्ना भएका हुन्। विद्युतीय कारोबार ऐन विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका उनलाई प्रहरीले अस्पताल भर्ना गरेको साइबर ब्यूरोले जानकारी दिएको छ। ब्यूरोका अनुसार स्वास्थ्य परीक्षण गराउन लैजाँदा रक्तचाप सम्बन्धी समस्या देखिएपछि चिकित्सकको सल्लाहमा उनलाई वीर अस्पताल भर्ना गरिएको हो।...

प्रधानमन्त्री ओलीसँग मानवअधिकार उच्चायुक्तको शिष्टाचार भेट

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
७, असोज न्युयोर्क (अमेरिका) । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओेलीसँग राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले आज शिष्टाचार भेट गरेको छ । राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा भएको भेटका क्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, नियोगका प्रतिनिधि (राजदूत) लोकबहादुर थापा सहभागी थिए। ...

देशको गौरव भनेकै भाषा र साहित्य : राष्ट्रपति

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
७, असोज काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भाषिक तथा सांस्कृतिक बहुलता एवम् भौगोलिक विविधताले युक्त हाम्रो देशको गौरव र पहिचान भनेकै हाम्रा भाषा, साहित्य, संस्कृति भएको धारणा व्यक्त गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको ६७ औँ वार्षिक उत्सवका अवसरमा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्स, २०८१ को पुरस्कार समर्पण समारोहलाई राष्ट्रपति भवन शीतल निवासमा सोमबार सम्बोधन गदै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेको हो । “हाम्रा भाषा, साहित्य, संस्कृति तथा हामीसँग रहेका मौलिक एवम् रैथाने ज्ञान परम्पराको संरक्षण, संवर्द्धन र विकास गर्नु हाम्रो परम कर्तव्य हो”, उनले भने। उनले भाषा, साहित्य, संस्कृति, दर्शन मानव जीवनका लागि अपरिहार्य विषय भएको बताए। राष्ट्रपति पौडेलले भने “भाषा मानिसका चाहना, भावना, विचारहरूको विनिमय गर्ने सशक्त माध्यम हो, साहित्य भाषाको सबैभन्दा सुन्दर एवम् कला...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
६, असोज काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आइतबार दिउँसो भक्तपुरबाट पक्राउ गरिएको नेपाल प्रहरीको उच्च स्रोतले पुष्टि गरेको छ। प्रहरीको साइबर ब्यूरोको टोलीले भक्तपुरस्थित निवासबाटै प्रसाईंलाई नियन्त्रणमा लिएको हो। उनीविरुद्ध साइबर अवराधको कसूर गरेको भन्दै ब्यूरोमा उजूरी परेको थियो। असोज २ गते उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।...
नेप्से परिसूचक ११ दशमलव ५८ अंकले बढ्यो

नेप्से परिसूचक ११ दशमलव ५८ अंकले बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
६, असोज काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ । आइतबार नेप्से परिसूचक ११ दशमलव ५८ अंकले बढेर दुई हजार पाँच सय ८८ दशमलव ३५ को अंकमा रोकिएको हो । आज तीन सय २५ कम्पनीको एक करोड २४ लाख ८५ हजार सात सय ३१ कित्ता शेयर ७२ हजार नौ सय ५७ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब नौ करोड २९ लाख ४८ हजार छ सय ९० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । वित्त समूह शून्य दशमलव ३१, होटेल तथा पर्यटन शून्य दशमलव ६१, उत्पादन तथा प्रशोधन शून्य दशमलव १९, लघुवित्त शून्य दशमलव १८ र म्युचुअल फन्ड शून्य दशमलव १० प्रतिशतले घटेका छन् भने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी बैंकिङ समूह एक दशमलव ०१ प्रतिशतले बढेको छ । विकास बैंक शून्य दशमलव ६६, जलविद्युत् शून्य दशमलव ३१, लगानी शून्य दशमलव ६२ र जीवन बीमा समूह शून्य दशमलव २४ प्रतिशतले बढेको छ । त्यस्तै, निर्जीवन बीमा समूह...

न्यूयोर्कमा ओली र मोदी बीच भेटवार्ता तय

अन्तर्राष्ट्रिय, ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
६ असोज, काठमाडौं । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्यूयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता पक्का भएको छ । स्थानीय समय अनुसार सोमबार बिहान सवा तीन बजे ओली–मोदी भेट तय भएको परराष्ट्र मन्त्रालय उच्च स्रोतले बतायो । मोदी बसेको होटलमा पुगेर ओलीले करिब आधा घण्टा भेटवार्ता गर्ने तय भएको छ । यो भेट तय गर्नका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवासहित परराष्ट्र मन्त्रालयका अधिकारी र संयुक्त राष्ट्र संघका नेपाल प्रतिनिधिसमेत सक्रिय थिए । ओली प्रधानमन्त्री भएपछि मोदीसँग हुन लागेको यो भेटलाई चासोका साथ हेरिएको छ । प्रधानमन्त्री ओलीले अन्य देशका राष्ट्र प्रमुख र सरकार प्रमुखहरुसँग पनि साइडलाइन भेटवार्ता गर्ने तय भएको छ ।...

अर्थमन्त्री पौडेल र उपनिर्देशक गुप्ताविच शिष्टाचार भेट

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
६, असोज काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ) को एसिया प्रशान्त क्षेत्रको उपनिर्देशक रुपा दत्तगुप्ताबिच शिष्टाचार भेट भएको छ । अर्थ मन्त्रालयमा आज भएको भेटमा उपनिर्देशक दत्तगुप्ताले नेपालको अर्थतन्त्र सुधार हुँदैगएको आफूले पाएको बताएका छन् । उनले नेपालमा लागानी सहजीकरणसम्बन्धी कानुनहरु परिमार्जन हुँदैगएको, राजस्व परिचालन रणनीति कार्यान्वयनमा आएको, अर्थतन्त्रसम्बन्धी विभिन्न सुझावहरु कार्यान्वयन हुँदै गएकाले आफू उत्साहित भएको धारणा व्यक्त गरे । सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई सुदृढ गर्न सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको जानकारी दिए।...

दशैंका लागि अग्रिम टिकट बुकिङबारे सरकार र व्यवसायीबीच ७ बुँदे सहमति

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
६, असोज काठमाडौं । दशैं तिहारलाई लक्षित गरेर यही साताबाट सार्वजनिक यातायातकोअग्रिम टिकट खुलाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको र व्यवसायीसहितको बैठकले चाडपर्वमा यात्रुको सुविधाको लागि ७ बुँदे सहमति गरेको छ । मन्त्रालय र व्यवसायीबीच भएको सहमतिअनुसार घटस्थापना अगाडि नै सबै सडक मर्मत गरी यातायात सुचारु गर्न सडक विभागलाई निर्देशन दिइएको छ । बीपी राजमार्ग सडक सुरक्षाका लागि साना सवारी मात्र चलाउन एवम् रात्रि सवारी सञ्चालन नगर्ने विषय प्रभावकारी रूपमा लागू गृह मन्त्रालयमा अनुरोध गरिएको छ ।...