ताजा अपडेट

समाजवादी मोर्चा सातै प्रदेशमा राजनीतिक प्रशिक्षण सञ्चालन गर्दै

ताजा अपडेट, राजनीति, समाचार
६, असोज काठमाडौं । समाजवादी मोर्चा नेपालले सातै प्रदेशमा राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । मुलुकको समसामयिक राजनीतिक अवस्था र अन्तर्राष्ट्रिय परिवेशमा केन्द्रित रहेर प्रदेश तहमा सभा, सम्मेलन, जनअधिकार, सामाजिक विकासलगायत विषयमा प्रशिक्षण छिट्टै सञ्चालन गर्न लागेको मोर्चाका नेता प्रमेश हमालले जानकारी दिए। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का वरिष्ठ नेता हमालले मोर्चामा आबद्ध पार्टीका शीर्ष नेताहरूले प्रशिक्षण दिने कार्यक्रम तय भएको बताए। वामपन्थी शक्तिलाई एकताबद्ध गरी एउटै र बलियो कम्युनिष्ट पार्टी बनाउने लक्ष्यसहित मोर्चा गठन भएको र मोर्चाले अनौपचारिक रूपमा ती समूहसँग छलफल गरिरहेको जनाइएको छ ।...

अग्रिम टिकट बुकिङ असोज १२ देखि खुला

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
६, असोज काठमाडौं । दसैँतिहारका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज १२ देखि खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबिच शनिबार भएको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी शीघ्र अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको बैठकले व्यवसायीका मागका सम्बन्धमा सातबुँदे निर्णय गरेको छ । बैठकले सडक विभाग अन्तर्गतका सबै सडक घटस्थापनाअगावै मर्मतसम्भार गर्न निर्देशन गरेको छ । बिपी राजमार्ग सडक सुरक्षाका लागि साना सवारी मात्र सञ्चालन गर्न र रात्रि सवारी सञ्चालन रोक्न गृह मन्त्रालय र नेपाल प्रहरीलाई अनुरोध गर्ने र विभागले त्यसको अनुगमन गरी यातायात मन्त्रालयलाई रिपोर्ट गर्ने निर्णय भएको यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले जानकारी दिए । ...

भूउपग्रह प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना दिन सकिन्छ : मन्त्री पाण्डे

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
६, असोज काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले जलवायु परिवर्तनका कारण बाढी डढेलो, खडेरी तथा समुन्द्र सतह वृद्धि जस्ता प्राकृतिक प्रकोप बढीरहेकाबेला हाम्रा भौतिक तथा अभौतिक सांस्कृतिक सम्पदाहरुले तीनको सामान गर्न हामीलाई शक्ति, एकता र सहनशीलता प्रदान गर्ने गरेको बताएका छन् । त्रिभुवन विश्वविद्यालयको संस्कृति विभाग, युनेस्को, एशिया प्रशान्त क्षेत्रको उच्च शिक्षा सञ्जाल लगायतका संस्थाले आइतबार राजधानीमा संयुक्त रुपमा आयोजना गरेको प्रकोप र जलवायु परिवर्तनको सन्दर्भमा समुदायको सहनशीलता निर्माणमा अमूर्त सांस्कृतिक सम्पदाको भूमिका विषयक अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन मन्तव्यका क्रममा उनले सो कुरा बताएका हुन् । उनले परम्परागत ज्ञानलाई आधुनिक विज्ञानसँग एकीकृत गरेरपूर्व तयारी, न्यूनीकरण, र अनुकूलनका रणनीतिहरू विकास गर्न सकिने उल्लेख गर्दै बाढीको अवस्थाबा...
मुगु चिनाउने तस्बिर र भिडियो प्रदर्शनी

मुगु चिनाउने तस्बिर र भिडियो प्रदर्शनी

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
६, असोजव काठमाडौं । शब्द, दृश्य, चित्र र उत्पादनका माध्यमबाट संघीय राजधानीलाई कर्णाली जोड्न सुरु गरिएको ‘कनेक्टिङ कर्णाली’ अभियानअन्तगर्त यस पटक मुगु जिल्लाको प्रदर्शनी सुरु गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा रहेको मुगु जिल्ला झल्कने गरी काठमाडौँमा तस्बिर, भिडियो, डोल्पा जिल्लामा उत्पादित सामग्रीहरू प्रदर्शनी सुरु गरिएको हो । शनिवार प्रदर्शनीको अवलोकन गर्दै पूर्वउपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले यो तस्बिर, भिडियो प्रदर्शनीले कर्णाली प्रदेशको प्रवर्द्धन गर्न सहयोग पुग्ने बताए । उनले कर्णाली पर्यटकीय हिसाबले मात्र नभएर प्राकृतिक रूपले पनि अथाह सम्भावना बोकेको प्रदेश भएको बताए । प्रदर्शनीमा जिल्लामा अवस्थित धार्मिक, पुरातात्त्विक, प्राकृतिक सुन्दरतासहित मुगु जिल्ला झल्कने गरी ३० वटा तस्बिरका साथै कर्णाली झल्कने भिडियो प्रदर्शनी र उत्पादि...
सुनको मूल्यमा नयाँ रेकर्ड कायम

सुनको मूल्यमा नयाँ रेकर्ड कायम

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
६, असोज काठमाडौं । सुनको मूल्यले  आज पुनः नयाँ कीर्तिमान कायम गरेको छ ।लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च मूल्य कायम भएको हो । अन्तर्राष्ट्रिय बजारमा पनि लगातार सुनमा मूल्य वृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलामा रु। एक हजार सात सयले वृद्धि भएको छ । शुक्रवार प्रतितोला रु। एक लाख ५७ हजार एक सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु। एक लाख ५८ हजार आठ सय निर्धारण भएको छ ।असोज १ गतेको तुलनामा आजको मूल्य सूची अनुसार छापावाला सुन तोलामा रु। दुई हजार एक सयले वृद्धि भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु. पाँचले वृद्धि भएको छ । शुक्रवार प्रतितोला रु। एक हजार नौ सय १५ मा कारोबार भएको चाँदी आजका लागि भने रु। एक हजार नौ सय २० निर्धारण भएको छ ।...
अपांगता भएकाहरूलाई घरमै नागरिकता

अपांगता भएकाहरूलाई घरमै नागरिकता

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
६,असोज तेह्रथुम । जिल्ला प्रशासन कार्यालय तेह्रथुमले अपांगता भएका व्यक्तिहरूलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने गरेको छ । अपांगता भएका, नागरिकता लिन कार्यालयसम्म आउन नसक्नेहरूको सहजताका लागि घरमै गएर नागरिकता प्रदान गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिए। उनले वैशाखयता मात्र जिल्लाका १४ जना अपांगता भएका व्यक्तिहरूलाई कार्यालयको टोलीले घरमै पुगेर नागरिकता प्रदान गरिसकेको बताए। “नागरिकता लिन जिल्ला प्रशासन कार्यालयमा व्यक्ति स्वयं उपस्थित हुनुपर्छ तर कार्यालयसम्म आउन नसक्ने अपांगता भएकाहरूलाई भने जनप्रतिनिधिमार्फत अपांगता पहिचान गरी वडाले नै सबै कागजात बनाइसकेपछि घरमै नागरिकता प्रदान गर्ने गरिएको छ”, प्रमुख जिल्ला अधिकारी अर्यालले भने। अपांगता भएको छोरालाई नागरिकता बनाउन सदरमुकाम लिन नसक्दा उमेर पुगेको आठ वर्षपछि टोलीले घरमै आएर नागरिकता दिँदा निकै खुसी लागेको मे...
पर्यटन प्रवर्द्धनका लागि  बृहत् ताल निर्माण सुरु

पर्यटन प्रवर्द्धनका लागि बृहत् ताल निर्माण सुरु

ताजा अपडेट, वातावरण, समाचार
६, असोज तनहुँ । तनहुँको धार्मिक पर्यटकीयस्थल आँधीमूलमा पर्यटन प्रवर्द्धनका लागि बृहत् ताल निर्माण गर्न लागिएको छ । आँबुखैरेनी गाउँपालिकाले वडा नं १ स्थित आँधीमूलमा १५ रोपनी क्षेत्रफलमा बृहत् ताल निर्माण सुरु गरेको हो । चालु आर्थिक वर्षमा रु ४० लाख बजेट विनियोजन गरी ताल निर्माणको काम प्रारम्भ गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । यहाँ ताल निर्माण गरी पर्यटकीय क्रियाकलाप सुरु गर्ने लक्ष्य रहेको उनले बताए। “आँधीमूललाई धार्मिक गन्तव्यस्थलका रूपमा विकास गर्ने सोचसहित यहाँ ताल निर्माण सुरु गरिएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म तालले आकार लिने र दोस्रो चरणमा बाँकी पूर्वाधार निर्माणको काम अगाडि बढाउने छौँ”, अध्यक्ष चुमानले भने । उनले यहाँ पैदलमार्गलगायत अन्य पर्यटकीय पूर्वाधार निर्माण र विद्युत् उत्पादनका निजी क्षेत्रसँग साझेदारी गरी काम गर्ने सोच रहेको सुनाए । आँधीमूल...
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा थप गरिएको व्यवस्था हटाउन माग

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा थप गरिएको व्यवस्था हटाउन माग

ताजा अपडेट, वातावरण, समाचार
६, असोज काठमाडौं । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) विश्व वातावरण कानुन आयोगले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८१ का केही व्यवस्था हटाउन माग गरेको छ । आयोगले आज प्रेस विज्ञप्ति जारी गर्दै संशोधनमार्फत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मा थप गरिएको दफा ५ क र ६ (१ क) को व्यवस्था हटाउनुपर्ने माग गरेको हो । संशोधित व्यवस्थाबाट नेपालले संरक्षण क्षेत्रमा पुर्‍याएको योगदानलाई कुण्ठित गर्दै विश्वभरि नकारात्मक सन्देश जाने भन्दै सो व्यवस्था हटाउन माग गरिएको विज्ञप्तिमा उल्लेख छ । आयोगका अध्यक्ष एवं पूर्वन्यायाधीश डा। रवि शर्मा अर्यालले राष्ट्रिय निकुञ्ज वा आरक्ष क्षेत्र आफैँमा संवेदनशील रहेको र अन्तर्राष्ट्रिय मूल्य, मान्यता र परिभाषा विपरीत ती क्षेत्रभित्र पनि अर्को अति संवेदनशील क्षेत्र तोकी सङ्कुचन गर्न खोजिएकाले उक्त व्यवस्था हटाउनुपर्...

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेर्रेसबिच भेटवार्ता

अन्तर्राष्ट्रिय, ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
६,असोज न्युयोर्क (अमेरिका) । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच स्थानीय समयअनुसार शनिबार साँझ राष्ट्रसङ्घ भवनमा भेटवार्ता भएको हो। संयुक्त राष्ट्रका महासचिव गुटेरेससंगको भेट फलदायी भएको प्रधानमन्त्री ओलीले बताएका छन्।संक्रमणकालीन न्यायदेखि जलवायु न्यायलगायत महत्वपूर्ण विषयमा छलफल भएको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका हुन्। राम्रो भविष्यका लागि दुई नेताबीचको साझेदारीलाई बलियो बनाउन आफू तत्पर उनले बताएका छन्।...
माओवादी घटकहरू एक ठाउँमा आउनुको विकल्प छैन : प्रचण्ड

माओवादी घटकहरू एक ठाउँमा आउनुको विकल्प छैन : प्रचण्ड

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
५, असोज काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्धमा सहभागी सबै माओवादी घटकहरू एक ठाउँमा आउनुको विकल्प नभएको बताएका छन् । शहीद प्रतिष्ठान नेपालको पन्ध्रौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले जनयुद्धबाट प्राप्त उपलब्धि र भोग्नुपरेका चुनौती सबै माओवादीका साझा उपलब्धि र चुनौती भएकाले माओवादी घटकहरू ढिलो नगरी एकताबद्ध हुनुपर्ने बताए । ‘हामीसँग हजारौं महान राष्ट्रिय शहीदहरु छन्, यो हाम्रो ठूलो शक्ति हो,’ उनले भने, ‘माओवादी जतिलाई एकीकृत र केन्द्रिकृत गर्नेबित्तिकै त्यो तागत निकै ठूलो हुनेवाला छ। अझै पनि हामी सही ठाउँमा छौं, हामी वैधानिक र शान्तिपूणरुपमा लडेर पनि जित्न सक्छौं, जतिसक्दो चाँडो हामी एकताबद्ध भएर अघि बढौं, विजय सम्भव छ।’ संसदीय चुनाव लडिसकेपछि संख्याका हिसाबले कहिले कम र कहिले बढी हुनु स्वभाविक भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले संसदको शक्तिभन्दा पनि ...