महिला सहभागिताको माग गर्दै प्रदर्शन
५, असोज दैलेख, । राज्यका महत्त्वपूर्ण निकायको प्रमुख पदमा महिला सहभागिता सुनिश्चित गर्न माग गर्दै प्रदर्शन गरिएको छ । अन्तरपुस्ता महिलाबादी मञ्चको आयोजनामा सामाजिक क्षेत्रमा क्रियाशील तथा स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिले राज्यका महत्त्वपूर्ण निकायमा महिला सहभागिता सुनिश्चित गर्न माग गर्दै दैलेखमा प्रदर्शन गरेका हुन् ।
नेपालको संविधान २०७२ ले राज्यका सबै संरचनामा महिलाको समानुपातिक समावेशी नेतृत्व हुनु पर्नेमा जोड दिएको भए पनि राजनीतिक दलले संविधानलाई बेवास्ता गर्दै राज्यका महत्त्वपूर्ण निकायमा महिलालाई पठाउन कन्जुस्याइँ गर्ने गरेका कारण देशभर प्रदर्शन गरिएको महिला अधिकारकर्मीले बताएका छन् ।
महिला अधिकारकर्मी सुनिता चन्दले संविधानमा व्यवस्था गरिएको अधिकारलाई राजनीतिक पार्टीले मिच्ने गरेको आरोप लगाउनुभयो । उनले संविधानमा व्यवस्था गरियो त्यसमा प्रमुख वा उपप्रमुख पदमा एक महिला ...




