ताजा अपडेट

जग्गाधनी प्रमाणपत्र नहुँदा व्यवसाय दर्तामा समस्या

जग्गाधनी प्रमाणपत्र नहुँदा व्यवसाय दर्तामा समस्या

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा उद्योग व्यवसाय दर्ता नहुँदा स्थानीयलाई समस्या भएको छ । नारायणीपारिको सुस्ता गाउँका अधिकांश स्थानीयसँग नागरिकता र जग्गाधनी प्रमाणपत्र नहुँदा समस्या भएको हो । जग्गाधनी प्रमाणपत्र नहुँदा व्यापार–व्यवसाय दर्ता पनि हुन सकेको र कतिपय स्थानीयले बिनादर्ता व्यवसाय सञ्चालन गरेका छन् । यद्यपि उत्पादित सामग्री किनबेचमा समस्या भएको सुस्ताका स्थानीय तथा सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले बताए। सुस्तामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तारका क्रममा रहेकाले विद्युत् मिटरका लागि पनि जग्गाधनी पुर्जा नहुँदा समस्या भएकाले आफ्ना समस्या सम्बोधन गर्न सुस्तावासीले सरकारसँग माग गरेका छन् । सुस्ता गाउँमा झण्डै तीन सय परिवारको बसोबास छ । अधिकांशसँग नागरिकता नहुँदा उनीहरू राज्यले प्रवाह गर्ने सेवा सुविधाबाट वञ्चित भएका छन् । सदरमुकाम परासीमा रहेको घर...
सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं। शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँले घटेर १ लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ९०० रुपैयाँ कायम थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार ८१५ रुपैयाँमा कारोबार भएको छ ।बिहीबार चाँदी तोलामा १ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।...
रेसुङ्गामा झण्डै २ महिनापछि हवाई सेवा सुरु

रेसुङ्गामा झण्डै २ महिनापछि हवाई सेवा सुरु

ताजा अपडेट, वातावरण, समाचार
गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलबाट झण्डै २ महिनापछि नियमित उडान पुनः सुरु भएको छ । खराब मौसमका कारण असार दोस्रो सातादेखि उडान बन्द भएको थियो । मौसममा तुलनात्मक सुधार आएसँगै आजदेखि नेपाल एयरलाइन्सको विमानले उडान गरेको नेपाल एयरलाइन्स रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले बताए । आजको बिहानको उडानमा काठमाडौंबाट हवाईजहाज चढेर १२ जना यात्रु रेसुङ्गा विमानस्थल ओर्लिएका थिए । अब मौसमको अवस्था हेरेर हप्ताको एक दिन शुक्रबार उडान गर्ने रेसुङ्गा विमानस्थलका प्रमुख थापाले बताए । हप्ताको ३ पटक उडानको अनुमति पाएको विमानस्थलमा गत असार १४ गतेपछि मौसम खराबको कारण उडान हुन सकेको छैन ।...
बहुवर्षीय ठेक्का लगाएको योजना नै बजेटविहीन

बहुवर्षीय ठेक्का लगाएको योजना नै बजेटविहीन

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
म्याग्दी । गण्डकी प्रदेश सरकारले मुस्ताङमा स्रोत सुनिश्चितता गरेर बहुवर्षीय ठेक्का लगाएको योजना नै वार्षिक कार्यक्रमबाट हटाइएपछि समस्या भएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको सिफारिसमा आर्थिक मामिला मन्त्रालयले स्रोत सुनिश्चितता र स्वीकृति दिएर बहुवर्षीय ठेक्का सम्झौता भएको योजना सम्पन्न नहुँदै चालु आर्थिक वर्षको वार्षिक कार्यक्रममा समावेश नगरेकाले समस्या भएको हो । मुस्ताङको पूर्वाधार विकास कार्यालयले ठेक्का लगाएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ को समर–घ्याकर–ढुम्बाक कृषि सडक आयोजनालाई गण्डकी प्रदेश सरकारको चालु आवको वार्षिक योजनाबाट हटाएकाले काम सम्पन्न गरेका निर्माण व्यवसायीलाई भुक्तानी गर्न बजेट अभाव भएको उक्त कार्यालयका सूचना अघिकारी घनश्याम रोकाले बताए । गत आवमा रु एक करोड बजेट विनियोजन भएको सो योजना निर्माणका लागि २०८० साल चैत १४ गते डिआर इन्फ्...
भोगाधिकार विवाद समाधान नहुँदा अस्पताल निर्माणमा विलम्ब

भोगाधिकार विवाद समाधान नहुँदा अस्पताल निर्माणमा विलम्ब

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
घोडाघोडी । जमिनको भोगाधिकार विवाद समाधान नहुँदा घोडाघोडी नगरपालिकामा निर्माणाधीन १५ शय्याको नगर अस्पताल भवन अलपत्र परेको छ । घोडाघोडी नगपालिका प्रमुख खडकबहादुर रावतले जमिन भोगाधिकार नगरपालिकामा कायम गर्न नभएकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरिएको जानकारी दिँदै सकारात्मक परिणाम आउनेमा आफू विश्वस्त रहेको बताए । जमिनको स्वामित्व निर्क्योल नगरी सरकारले स्थानीय तहको स्वास्थ्य संस्था स्तरोन्नतिका क्रममा १५ शय्याको आधारभूत अस्पताल निर्माण थालनी गरेको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल मङ्सिर १५ गते देशभरका तीन सय ९६ अस्पतालको एकसाथ शिलान्यास गरेका थिए । सोही अनुरूप घोडाघोडी नगरपालिकाले पनि वडा नं २ साडेपानीमा १५ शय्याको नगर अस्पताल बनाउने निर्णय भएको हो ।...
उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै आज

उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै आज

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । सङ्घीय संसद्अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक सिंहदरबार स्थित समितिको कार्यकक्षमा बस्नेछ । बैठकमा चाडपर्व लक्षित गरी अत्यावश्यक दैनिक खाद्य वस्तुहरूको सहज र सरल आपूर्ति व्यवस्थापनबारे विभिन्न उपभोक्ता हितका क्षेत्रमा कार्यरत सङ्घसंस्थाका प्रतिनिधिहरूसँग छलफल गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।...

मुस्ताङमा स्याउ टिप्ने समय तालिका

ताजा अपडेट, वातावरण, समाचार
म्याग्दी । मुस्ताङको प्रमुख कृषि उपज स्याउ टिप्ने समय तालिका बनाइएको छ । उच्च घनत्वको गाला प्रजातिका स्याउ यही भदौ १० गते, रिङरोट जातको स्याउ भदौ १५ र स्थानीय रोयल, रेड, गोल्डेन डेलिसियस र फुजी जातको स्याउ आगामी असोज १ गतेदेखि टिप्ने समय तालिका बनाइएको हो । जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङको अध्यक्षतामा आज जोमसोममा बसेको कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन, स्थानीय तहका जनप्रतिनिधि र कृषकको बैठकले स्याउ टिप्ने समय तालिका बनाएको कृषि ज्ञान केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए । जात र गुणको आधारमा छिटो पाक्ने जातलाई पहिले र ढिलो पाक्ने जातलाई पछि टिपेर बजार पठाउने तालिका बनाइएको छ”, उनले भने, “स्याउ पाक्ने बित्तिकै टिपेपछि बजारको समस्या हुँदैन र किसानले मूल्य पाउँछन ।” अघिल्ला वर्षमा मुस्ताङमा असोज १ गतेदेखि स्याउ टिप्ने ...
प्रधानमन्त्री ओलीसँग उपाध्यक्ष वेइकुनको शिष्टाचार भेट

प्रधानमन्त्री ओलीसँग उपाध्यक्ष वेइकुनको शिष्टाचार भेट

अन्तर्राष्ट्रिय, ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीसँग चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेइकुनले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आजै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको छलफल र सहमतिबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको छ । अर्थ मन्त्रालय चिनियाँ पक्षबीच काठमाडौँ चक्रपथको कलङ्कीदेखि बसुन्धरा महाराजगञ्जसम्मको ८.२ किलोमिटर सडक निर्माण, हिल्सा–सिमिकोट सडकखण्डलाई दुई लेनमा स्तरोन्नति, मुस्ताङको कोरला नाकामा आइसिपी र आइसिडी निर्माण र अरनिको राजमार्गको मर्मत सुधार तथा पहिरो नियन्त्रणसम्बन्धी कार्यको सम्भाव्यता अध्ययन गर्नेसम्बन्धी चार वटा छुट्टाछुट्टै सहयोग आदानप्रदानसम्बन्धी पत्रमा हस्ताक्षर भएको थियो ।...
काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ। साउन २८ गतेबाट स्थगित भएको बैठक आज पुनः बस्न लागेको हो । बैठक पार्टी कार्यालय सानेमामा बिहान ११ बजे बस्नेछ । गत साउन २३ गतेबाट सुरु भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि नेताहरूले बोल्ने क्रम जारी छ । महामन्त्री गगन थापाले छलफलका लागि प्रस्तुत गरेका ११ एजेण्डाका अतिरिक्त परिमार्जनसहित पेश भएका महासमिति बैठकका प्रतिवेदन माथि पनि बैठकमा छलफल हुँदै आएको छ ।...
बन्ने भयो कलंकी–महारागञ्ज सडक,सडक विस्तार गर्न चीनसँग सम्झौता

बन्ने भयो कलंकी–महारागञ्ज सडक,सडक विस्तार गर्न चीनसँग सम्झौता

ताजा अपडेट, पर्यटन, बिशेष, वातावरण, समाचार
७ भदौ, काठमाडौं ।सरकारले चक्रपथको कलंकी–महारागञ्ज खण्डको ८.२ किलोमिटर सडक विस्तार गर्न चीनसँग सम्झौता गरेको छ। अर्थ मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा दुई देशबीच सम्झौतामा हस्ताक्षर भएको हो ।नेपालका तर्फबाट अर्थ सचिव डा. रामप्रसाद घिमिरे र चीनको तर्फबाट चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेइहुनले हस्ताक्षर गरेका थिए। दोस्रो चरणमा कलंकीदेखि चाबहिल खण्ड विस्तारको योजना भए पनि महाराजगञ्जमा जग्गा प्राप्तिमा समस्या भएपछि बसुन्धरा पुलसम्म मात्रै यो खण्ड विस्तार गर्ने योजना छ । अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माका अनुसार अब भने डीपीआर तयार गरेर सडक विस्तार सुरु गर्न चिनियाँ पक्षसँग सम्झौता भएको हो।आयोजना निर्माणमा साइट क्लियरेन्स गर्ने र ठेक्का लागिसकेपछि परियोजना कार्यान्वयन गर्ने जिम्मेवारी मात्रै नेपालको हो।डीपीआर बनाउनेदेखि ठेक्का लगाउनेसम्मको जिम्मा चीनले गर...