विपन्नलाई चिकित्साशास्त्र पढ्न छात्रवृत्ति
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले अतिविपन्न परिवारका विद्यार्थीलाई चिकित्साशास्त्र अध्ययन गर्न छात्रवृत्तिको व्यवस्था गरेको छ ।
पालिकाले चालु आर्थिक वर्षदेखि त्यसलाई कार्यान्वयन पनि गरेको छ । नगरपालिकाले स्थापना गरेको ‘नगरप्रमुख छात्रवृत्ति कोष’मार्फत उपलब्ध गराइएको रकम नगरप्रमुख शम्भुलाल श्रेष्ठले बिहीबार प्रदान गरिएको जानकारी दिए ।
जेहन्दार दुई जनालाई प्रतिविद्यार्थी रु ५० हजारका प्रदान गरिएको हो । यस वर्ष एमबिबिएस अध्ययन गर्न दुईजनाले छात्रवृत्ति पाएका छन् ।...









