ताजा अपडेट

डोटीमा बस दुर्घटना, १७ जना घाइते

डोटीमा बस दुर्घटना, १७ जना घाइते

ताजा अपडेट, समाचार, स्वास्थ्य
३२ साउन,काठमाडौं ।डोटीमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय, डोटीका अनुसार धनगढीबाट दिपायल जाँदै गरेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दिपायल सिलगढी नगरपालिका–४​ मा शुक्रबार बिहान ५ बजेतिर दुर्घटना भएको थियो। बसमा सवार सबै यात्रु घाइते भएका हुन्। बस सडकबाट करिब ३५ मिटर तल खसेको थियो।घाइतेहरूको उद्धार गरी उपचारका लागि राजपुरस्थित सुजङ अस्पताल लगिएको बताइएको छ। दुर्घटना कसरी भयो भन्नेबारे बताइएको छैन।  ...
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको संभावना

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको संभावना

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
३२ साउन,काठमाडौं । आज देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ। आज शुक्रबार दिउँसो सातै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।तर,बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै पानी पर्ने सम्भावना छ । भने,राति कोशी,मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।      ...
‘ईचङ्गुनारायण काष्ठ उद्योग’आगलागी अपडेट : ४० लाखको फर्निचर र काठको क्षति,छिमेकीका घरका २ वटा झ्याल र भित्तो पुरै नष्ट

‘ईचङ्गुनारायण काष्ठ उद्योग’आगलागी अपडेट : ४० लाखको फर्निचर र काठको क्षति,छिमेकीका घरका २ वटा झ्याल र भित्तो पुरै नष्ट

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार, स्थानीय
सीता पौडेल(अर्चना) ३२ साउन,काठमाडौं ।काठमाडौको नागार्जून नगरपालिका वडा नम्बर–२ को सानोभर्‍याङ स्थित काष्ठ उद्योगमा भएको  आगलागीमा लाखौंको क्षति भएको अनुमानित आँकडा निकालिएको छ । व्यवसायी पृथ्वीबहादुर थापाको ‘ईचङ्गुनारायण काष्ठ उद्योग’मा गत मंगलबार राती करिब पौने नौ बजेको समयमा भएको आगलागिबाट करिब ४० लाख बराबरको फर्निचर र काठको क्षतिसँगै छिमेकीका दुुई घरका २ वटा झ्याल र भित्तो पुरै नष्ट भएको व्यवसायी पृथ्वीबहादुर थापाले बताए । विद्युत्‌ लाइन सर्ट भएर आगलागी हुँदा थापाको टिनको ट्रस्ट र टिनले बारेको दईतले काठको कारखानामा आगलागी भएर पुर्ण रुपमा क्षति भएको छ।भने,उत्तरतर्फ रहेको छिमेकीको तीन तले घरको दुई वटा झ्याल,पर्दा र जुत्ता ¥याग पनि पुर्ण क्षती भएको छ ।त्यस्तै अर्का छिमेकीको तीन तले घरको पछाडीको पुरै भित्तामा पनि आगलागिले क्षति पु¥याएको छ ।  पीडित थापाका अनुसार ट्रष्टक...
महालेखा परीक्षकको ६१औँ प्रतिवेदन राष्ट्रिय सभामा पेस

महालेखा परीक्षकको ६१औँ प्रतिवेदन राष्ट्रिय सभामा पेस

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकमा महालेखा परीक्षकको ६१औँ प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले महालेखा परीक्षकको ‘६१औँ वार्षिक प्रतिवेदन(२०८१’ सभासमक्ष पेस गरेका हुन् । सञ्चार मन्त्री गुरुङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित लिखित प्रश्नको उत्तर टेबुल गरेका हुन् । आजको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेरसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराएकाका छन् ।...
विश्व बैंकले बजेटरी सहायता वृद्धि गर्ने

विश्व बैंकले बजेटरी सहायता वृद्धि गर्ने

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, राजनीति, समाचार
काठमाडौं । विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले बजेटरी सहयता वृद्धि गर्ने जानकारी दिएका हुन् । उपाध्यक्ष रेजरले लगानीको वातावरण, आर्थिक सुधार, रोजगारी वृद्धि लगायतका क्षेत्रमा सुधारका लागि सुझाव दिए ।विश्व बैंकबाट गत आर्थिक वर्ष बजेटरी सहायताका रूपमा नेपाललाई २०५ मिलियन अमेरिकी डलर प्राप्त भएको थियो । अर्थमन्त्री पौडेलले नेपालमा स्थिर सरकार गठन भएकाले थप लगानीका लागि वातावरण तयार भएको उल्लेख गर्दै आयोजनाहरू समयमा सम्पन्न गर्न आवश्यक सहकार्य गर्दै अघि बढ्ने बताएका थिए ।  ...
राष्ट्रियसभामा नियमित शून्य समय चलाइने

राष्ट्रियसभामा नियमित शून्य समय चलाइने

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
काठमाडौं । सङ्घीय संसद अन्तर्गतको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिले सभाका हरेक बैठकमा नियमित रुपमा शून्य समय राख्ने निर्णय गरेको छ । आजको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले अब बैठकमा शून्य समय नियमित चलाउनेबारे कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेको जानकारी गराए । यसअघि राष्ट्रियसभामा सातामा तीन दिन शून्य समय चलाइने गरेको थियो । आजको बैठकमा शून्य समयमा बोल्नुहुँदै सांसदहरुले दलित समुदायमाथिको विभेद नहटेको, बर्खायाममा देशभर बाढी, डुबान तथा पहिरोलगायत समस्या सिर्जना भएको विषय उठाए । राष्टियसभाको आजको बैठकमा सांसदहरु पदमबहादुर परियार र विष्णुबहादुर विश्वकर्माले दलित समुदायमाथिको विभेद अन्त्य हुन नसकेको बताए । सांसद रुक्मिणी कोइरालाले ज्येष्ठ नागरिकले पाउँदै आएको वृद्धभत्तालाई उनीहरुको घरघरमा पुर्‍याउनुपर्ने व्यवस्था कार्यान्वयन गरिनुपर्ने धारणा राखे। सांसद रेण...
राष्ट्रिय परिचयपत्रलाई सबै क्षेत्रमा लागू गर्नुपर्छ : सांसद शेर्पा

राष्ट्रिय परिचयपत्रलाई सबै क्षेत्रमा लागू गर्नुपर्छ : सांसद शेर्पा

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमालेका सांसद सोनाम गेल्जेन शेर्पाले राष्ट्रिय परिचयपत्रलाई सबै क्षेत्रमा लागू गर्नुपर्ने बताएका छन् । आजको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सांसद शेर्पाले देशमा राष्ट्रिय परिचयपत्रको बारेमा धेरै प्रश्न उठ्ने गरेको बताए । उनले सरकारबाट गल्ती कमजोरी भएको भए पनि त्यसमा सुधार गरेर अघि बढ्नुपर्ने बताए । उनले राष्ट्रिय परिचयपत्र लागू गर्दा निश्चित समय तोक्नुपर्ने बताए । उनले सामाजिक सुरक्षा भत्ताहरूमा हुने अनियमितता पनि राष्ट्रिय परिचयपत्र लागू भएपछि कम हुँदै गएको बताए । उनले राष्ट्रिय परिचय पत्र लागू गराउन सबैले पहलकदमी लिनुपर्ने बताए ।...
प्रतिनिधि सभाबाट पारित टीआरसी विधेयक राष्ट्रिय सभामा टेबल

प्रतिनिधि सभाबाट पारित टीआरसी विधेयक राष्ट्रिय सभामा टेबल

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधि सभाबाट बुधबार पास भएको टीआरसी विधेयक राष्ट्रिय सभामा टेबल भएको छ । बिहीबारको बैठकमा उक्त विधेयक राष्ट्रियसभाका सचिव डा.सुरेन्द्र अर्यालले प्रतिनिधिसभाबाट प्राप्त सन्देशसहित सभासमक्ष टेबल गरेका हुन् । राष्ट्रियसभाको अर्को बैठक भदौ ३ गते बस्नेछ ।राष्ट्रियसभाबाट पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै राजपत्रमा प्रकाशित हुनेछ ।...
संसदीय सुनुवाइ समितिको सभापतिमा न्यौपाने निर्विरोध निर्वाचित

संसदीय सुनुवाइ समितिको सभापतिमा न्यौपाने निर्विरोध निर्वाचित

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । संसदीय सुनुवाइ समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छन् । संघीय संसद, संसदीय सुनुवाइ समितिको आज बसेको बैठकमा सभापति निर्वाचनमा उनी निर्वाचित भएकी हुन् । बैठकमा समितिको ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उक्त समितिको सभापतिका लागि एक मात्र उम्मेदवार न्यौपानेलाई निर्विरोध सभापति घोषणा गरेका हुन् । ज्येष्ठ सदस्य जबराले नेपाली काँग्रेसको सांसदसमेत रहेकी नवनिर्वाचित सभापति न्यौपानेलाई बधाई तथा शुभकामनासमेत व्यक्त गरे ।...
भ्रष्टाचारको हदम्यादमा तपाईंहरु नै निर्णय लिनुस् : प्रमुख आयुक्त प्रेमकुमार रार्ई

भ्रष्टाचारको हदम्यादमा तपाईंहरु नै निर्णय लिनुस् : प्रमुख आयुक्त प्रेमकुमार रार्ई

ताजा अपडेट, राजनीति, समाचार
३१ साउन,काठमाडौं।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार मुद्दा अनुसन्धानमा कुनै पनि हदम्याद राख्ने वा नराख्नेबारे आफूहरूको कुनै भनाई नभएको स्पष्ट पारेका छन् । बिहीबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा  प्रमुख आयुक्त राईले आयोगलाई आवश्यक ऐन बनाउने अधिकार संसद्को भएको र विद्धानहरूले सबै कुरा राखिसकेको भन्दै त्यसबारे संसद्ले नै निर्णय गर्नुपर्ने आवश्यकता औंल्याए। बैठकमा भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधन विधेयक माथिको छलफलमा उनले हदम्यादबारे निर्णय गर्ने अधिकार संसद्लाई रहेको भन्दै उनीहरूलाई नै जिम्मा लिन अग्रह गरे । उनले भने, ‘अनुसन्धानमा ५ वर्षपछि हदम्याद लाग्ने भनेर आएको छ।बिगो नलाग्नेमा यस्तो व्यवस्था प्रस्तावित छ । तर सरकारी सम्पत्तिको हानी नोक्सानीमा हदम्याद लाग्दैन।’ ‘तथापि यो विषयमा धेरै विद्वानहरूले राय व्यक्त गरिसकेका छ...