ताजा अपडेट

स्वयम्भूमा एक महिनासम्म लाग्ने मेला सुरु

स्वयम्भूमा एक महिनासम्म लाग्ने मेला सुरु

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
२१ साउन, काडमाडौं । प्रत्येक वर्ष साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म स्वयम्भूमा लाग्ने मेला आजदेखि सुरु भएको छ । बौद्ध धर्मावलम्बीले मनाउने चाड गुँला पर्वका रूपमा मेला अवधिभर प्रत्येक बिहान बाजा बजाउँदै स्वयम्भू महाचैत्यको दर्शन गरी त्यस वरपर क्षेत्रमा परिक्रममा गर्ने प्रचलन छ । बौद्ध धर्मावलम्बीहरूले यो एक महिनाको समयावधिलाई पवित्र महिनाका रुपमा लिनाका साथै करुणामयको नामबाट चिनिने मत्स्येन्द्रनाथको दर्शन गर्दछन् । यसरी तीर्थ गरेमा पुण्य सञ्चय हुने विश्वास बौद्ध धर्मावलम्बीको रहेको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले जनाएको छ । स्वयम्भूमा मेला भरेपछि नजिकै रहेका शोभाभगवती, विजेश्वरीलगायत तीर्थस्थलको परिक्रमा गर्ने परम्परा रहेको महासमितिका महासचिव अशोक बुद्धाचार्यले बताए । महासमितिले विश्वसम्पदा स्वयम्भू तथा यस आसपास क्षेत्रका गुम्बामा दर्शनका लागि आउने भक्तजनको सुरक्षा, मेल...
बैंकहरूले एक वर्षमा कमाए ६४ अर्ब नाफा

बैंकहरूले एक वर्षमा कमाए ६४ अर्ब नाफा

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
२१ साउन, काडमाडौं । बैंकहरूले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । विवरणअनुसार सबै वाणिज्य बैंकहरूको औसत खुद नाफा एक वर्षको अवधिमा १३.४० प्रतिशत बढेको छ ।  सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले गत आर्थिक वर्षमा ६४ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ५६ अर्ब ५८ करोड रुपैयाँ थियो । गत आर्थिक वर्षमा नबिल बैंकले सबैभन्दा धेरै ७ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ भने माछापुच्छ्रे बैंकको नाफा सबैभन्दा कम १ अर्ब २५ करोड रुपैयाँ छ । १० बैंकको नाफा बढेको देखिन्छ भने १० को घटेको छ । यद्यपि मर्ज तथा एक्वीजिसनका कारण केही बैंकको नाफा बढेको देखिए पनि वास्तविकतामा घटेको छ । प्रभु बैंकको नाफा वृद्धिदर सबैभन्दा उच्च छ । सो बैंकको नाफा एक वर्षकै अवधिमा १६ गुणा बढेको छ । एनआईसी एसिया बैंकको नाफा भने सबैभन्दा धेरै ६८.९ प्रतिशत घटेको ...
नेपाली क्रिकेट टोलीले भारतमा प्रशिक्षण गर्ने

नेपाली क्रिकेट टोलीले भारतमा प्रशिक्षण गर्ने

खेलकुद, ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
२१ साउन, काडमाडौं । नेपाली क्रिकेट टोलीले क्यानडा भ्रमणअघि भारतमा प्रशिक्षण गर्ने भएको छ । नेपालले क्यानडा भ्रमणलाई आइतबार रोहितकुमार पौडेलको कप्तानीमा २२ सदस्य टोली बन्द प्रशिक्षणमा बोलाएको छ । अघिल्लो महिना सम्पन्न टी(२० विश्वकप खेलेको टोलीमा रहेका तीव्र गतिका बलर प्रतिश जीसी र अभिनाश बोहरालाई बन्द प्रशिक्षणमा बोलाइएको छैन । नेपाल ए मा राम्रो प्रदर्शन गरेका बायाँहाते स्पिन अलराउण्डर बसिर अहमदले प्रशिक्षणमा फर्किने अवसर पाएका छन् । यस्तै टी(२० विश्वकप खेलेको टोलीमा नभएका देव खनाल, भीम सार्की, आरिफ शेख, अर्जुन साउद, आकाश चन्द, बसिर अहमद, सूर्य तामाङ र रिजन ढकाल पनि छन् ।टोलीले एकहप्ता त्रिवि क्रिकेट मैदानमा फिटनेश ट्रेनिङ गर्नेछ, त्यसपछि भारत जाने तयारी छ ।नेपाल क्रिकेट संघ ९क्यान० का प्रवक्ता छुम्बी लामाले भारतमा प्रशिक्षण गर्ने तयारीमा रहेको बताए । प्रशिक्षणमा बोलाइएका कप्तान रो...
भोलिदेखि मनसुन पुनः सक्रिय हुँदै

भोलिदेखि मनसुन पुनः सक्रिय हुँदै

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
२१ साउन, काडमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानूमान महाशाखाले भोलिदेखि मनसुन पुनः सक्रिय हुँदै जाने जनाएको छ । महाशाखाका अनुसार भोलि र पर्सि मुलुकका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । आज मनसुन विशेष तीन दिने मौसम बुलेटिन सार्वजनिक गर्दै विभागले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही तथा कर्णाली र मधेस प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको हो । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक÷दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख गरिएको छ । विभागले बुलेटिन जारी गरी देशभर समान्यदेखि पूर्णतया बदली रही अधिकांश स्थानमा वर्षा हुने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । जिल्लागत मनसुनी वर्षाको उच्च जोखिममा कोशी प्रदेशको ताप्लेजुङ, पाँचथर, सङ्खुव...
काभ्रेको बनेपामा उड्डयन व्यवस्थापनमा पढाइ हुने,सिद्धार्थ वनस्थली विद्यालयसँग गरियो साझेदारी

काभ्रेको बनेपामा उड्डयन व्यवस्थापनमा पढाइ हुने,सिद्धार्थ वनस्थली विद्यालयसँग गरियो साझेदारी

ताजा अपडेट, ब्यानर-२, शिक्षा, समाचार
काभ्रेपलाञ्चोक । काभ्रेको बनेपामा उड्डयन व्यवस्थापन (एभिएसन म्यानेजमेन्ट) विषयमा पढाइ हुने भएको छ। धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू) स्कुल अफ म्यानेजमेन्टअन्तर्गत सिम्रिक भेञ्चर र सिद्धार्थ वनस्थली विद्यालयको साझदारीमा यहाँ स्नातक तहमा पढाइ हुने भएको हो। भेञ्चरका अध्यक्ष रामेश्वर थापाले भने,‘चार वर्षे तहमा उड्डयन सञ्चालन, एयरलाइन्स र एयरपोर्टलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न ज्ञान र सीप प्रदान गरिने छ। ‘चार वर्षे स्नातक कार्यक्रम सञ्चालनपछि यो विषयमा अध्ययन गर्न विदेशिनुपर्ने बाध्यता हट्नेछ।’ ‘चार वर्षे स्नातक कार्यक्रममा उड्डयन कानुन तथा नियम, उड्डयन सुरक्षा, एयरपोर्ट योजना तथा व्यवस्थापन, उड्डयन मार्केटिङ, एयरलाइन अपरेसन, उड्डयन र अर्थशास्त्र, पर्यटकीय महत्त्व र मानव संसाधन व्यवस्थानसहितका पाठ्यक्रम समावेश हुने छन्। यी पाठ्यक्रमले विमानसम्बन्धी गतिविधि प्रबन्ध गर्न व...
रुख भाँचिएर गुडिरहेको बसमा खस्दा ८ यात्रु घाइते

रुख भाँचिएर गुडिरहेको बसमा खस्दा ८ यात्रु घाइते

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
धादिङ।पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ बाङ्गेमा सडक माथिबाट पहिरो खसेर रुख भाँचिएर माइक्रोबसमाथि खस्दा ८ जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ। सुख्खा पहिरो खसेर गुडिरहेको माइक्रोबसमा रुख ढलेर लाग्दा आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। पहिरोमा परेको माइक्रोबसका यात्रुलाई उद्धार गरी उपचारका लागि गजुरी अस्पताल पठाइएको बताइएको छ। घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ। जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख गौतमकुमार केसीका अनुसार धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस गजुरी–५ जरेखोला नजिक पहिरोमा परेको थियो। गम्भीर घाइते एक वृद्धलाई भने थप उपचारका लागि काठमाडौं पठाइएको छ। माइक्रो बसमाथि रुख बजारिएपछि अवरुद्ध भएको सडक खुलाउने काम भइरहेको छ। पहिरोसँगै रुख पनि...
सुनको मूल्यमा नयाँ कीर्तिमान

सुनको मूल्यमा नयाँ कीर्तिमान

अर्थतन्त्र, ताजा अपडेट, समाचार
२१ साउन,काठमाडौं।नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च १ लाख ५० हजारको रेकर्ड राखेको छ। अघिल्लो साताको शुक्रबार १ लाख ४९ हजार ९ सय रुपैयाँको रेकर्ड बनाएको छापावाला सुनको मूल्यले सोमबार सो रेकर्ड तोडेर अहिलेसम्मकै उच्च मूल्य कायम गरेको हो। छापावाला सुनको मूल्य अघिल्लो दिन प्रतितोला २ सय रुपैयाँले घटेर १ लाख ४९ हजार ७ सय रुपैयाँमा झरेको थियो तर आज तोलामा ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि बढेको छ।आज तोलामा ३ सय रुपैयाँले बढेर १ लाख ४९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।भने, चाँदीको मूल्य स्थिर छ।चाँदी प्रतितोला १ हजार ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।...
आज साउनको तेस्रो सोमबार,पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनहरूको घुइँचो(तस्विरहरु)

आज साउनको तेस्रो सोमबार,पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनहरूको घुइँचो(तस्विरहरु)

ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-१, वातावरण, समाचार
सीता पौडेल(अर्चना) २१ साउन,काडमाडौं ।साउन महिनाको तेस्रो सोमबार आज बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा श्रद्धालु भक्तजनको भीड लागेको छ ।     साउन महिनालाई भगवान शिवजीको महिना र साउने सोमबारलाई भगवान् शिवजीको प्रिय बारको रुपमा लिइने भएका कारण पनि साउन महिना र विशेष गरि सोमबारका दिन श्री पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा शिव भक्तहरुको भीड लाग्ने गरेको हो। कतिपयले साउन महिनाभरी नै चिखो नितो भएर र शास्त्रमा उल्लेख भए अनुसारका चोखो खानेकुरा मात्रै खाने र सोमबारका दिन पानी मात्रै खाएर ब्रत बस्ने गरेको पाइन्छ।भने,कतिपयले फलफुल र चिया वा मिस्री काँडापानी मात्रै खाएर ब्रत बस्ने र पूजाअर्चना गर्ने गरेको पाइन्छ। तर कतिपय शिवभक्तहरुले भने,बिहानै पुजा गरेर चोखो प्रकारको (माछा,मासु,जसुन,प्याज आदि नमिसिएको )अन्न खाएर भगवान शिवजीको भक्ति अर्थात पूजा आराधना ...
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज सोमबार बस्दैछ । प्रतिनिधिसभाको बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्न लागेको हो । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्रीको नियुक्ति तथा कार्यभार सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची छ । सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा माननीय सदस्यको नाम हेरफेर गर्नेछन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाऊ आदेश सदन समक्ष पेस गर्नेछन् ।  ...
संविधानलाई जोगाउन दलहरूबीच सहकार्यको खाँचो छ : अध्यक्ष नेपाल

संविधानलाई जोगाउन दलहरूबीच सहकार्यको खाँचो छ : अध्यक्ष नेपाल

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । नेकपा समाजवादी काठमाडौँ महानगर कमिटीद्वारा कामपा–१८ नरदेवीमा आइतबार आयोजित कार्यक्रममा उनले लोकतन्त्र,संविधानको रक्षा एवं राजनीतिक सङ्कटका समाधानमा आफ्नो पार्टीले समन्वयकारी नेतृत्व लिँदै आएको छ भने । उनले भने,’आगामी दिनमा पार्टीलाई आत्मविश्वासका साथ जनताको सेवामा थप सशक्त र केन्द्रित गर्नुपर्छ । आर्थिक समृद्धि र सुशासन कायम गर्नु नै अहिलेको प्रमुख चुनौती हो । लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने कुनै प्रकारको षड्यन्त्र सह्य हुँदैन । वामपन्थी र प्रगतिशील शक्तिबीच एकताको खाँचो छ ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले संविधान र गणतन्त्रको रक्षाका लागि सबै दलहरूबीचको समन्वय र सहकार्यलाई बलियो बनाउनुपर्छ ।...