ताजा अपडेट

गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण कार्य सुरु हुँदै

गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण कार्य सुरु हुँदै

खेलकुद, ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौँ । चितवनको भरतपुरमा निर्माण रोकिएको तीन बर्षपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेकेदारले पूर्वतयारी सुरु गरेको छ । भरतपुर महानगरपालिका(१५ मा बन्दै गरेको रंगशाला धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण थाले पछि बीचमा आर्थिक समस्याले रोकिएको थियो । अहिले भरतपुर महानगरपालिकाले नयाँ ठेक्का लगाएपछि निर्माणको जिम्मा पाएको हिमालयन, कालीञ्चोक बीबीआर जेभीले निर्माणपूर्वका तयारी सुरु गरेको हो । रंगशाला निर्माणस्थलमा साइट अफिस स्थापना गर्ने, मैदानको सरसफाइ गर्ने जस्ता काम गरिसकेको निर्माण कम्पनीले आवश्यक उपकरण पनि ल्याइसकेको छ । निर्माणका लागि आवश्यक बालुवा, गिट्टी र इट्टा तथा रडको ल्याब परीक्षण सुरु गरेको बीबीआर निर्माण कम्पनीले जनाएको छ । महानगरपालिकाबाट प्राप्त नक्सा र डिजाइनको अध्ययन भइरहेको र अर्को हप्ताबाट सिमेन्टको काम सुरु गर्ने कम्पनीको भनाई छ । काम हेर्न...
नेपाल कानून व्यवसायी परिषद् संशोधन विधेयक २०८१ संसदमा दर्ता

नेपाल कानून व्यवसायी परिषद् संशोधन विधेयक २०८१ संसदमा दर्ता

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौँ । नेपाल कानून व्यवसायी परिषद् ऐन २०५० संशोधन विधेयक २०८१ संसदमा दर्ता भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री जय कुमार चौरसियाले यो विधेयक राष्ट्रिय सभामा दर्ता गरेका हुन् । मन्त्री चौरसियाका अनुसार प्रचलित ऐन संशोधन गरी कानुन व्यावसायी परिषद् अन्तर्गत कानुन व्यावसायी प्रतिष्ठान ९लयर्स एकेडेमी०को स्थापना गर्ने उद्देश्यले विधेयक ल्याइएको हो । साथै कानुन विषयको स्नातक वा सो सहको उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाले अध्ययन अध्यापन गराउने पाठ्यक्रमको मापदण्ड निर्धारण गर्ने सम्बन्धमा समेत विधेयक सम्बन्धित छ ।...
स्वास्थ्य बीमा बोर्डका कर्मचारीद्वारा कामकाज ठप्प, सेवाग्राही मारमा

स्वास्थ्य बीमा बोर्डका कर्मचारीद्वारा कामकाज ठप्प, सेवाग्राही मारमा

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार, स्वास्थ्य
२० साउन, काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कर्मचारीले आफ्ना जायज माग सुनुवाइ नभएको भन्दै शुक्रवारदेखि सम्पूर्ण कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिएका छन् । बोर्डको कामकाज ठप्प हुँदा सेवा प्रदायक संस्थाले भुक्तानीका लागि पठाएको ‘क्लेम’ हेर्न सेवा बन्द गरेर आफ्ना माग पूरा गर्न सम्पूर्ण काम कारबाही ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन् । जसको कारण स्वास्थ्य बीमा बोर्डका सेवाग्राही मारमा परेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा काज फिर्ता नभएको भन्दै आन्दोलनमा उत्रिन परेको बोर्डका कार्यरत शाखा अधिकृत शोभित रिजालले बताए । बोर्डका कर्मचारीले गएको साउन ३ मा १५ दिनभित्र रिजालको काज फिर्ता नभए आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए । बोर्डका कर्मचारीले एक प्रेस विज्ञप्ति जारी गर्दै रिजालले कर्मचारीलाई बारम्बार हप्काउने, धम्काउने, कार्यकक्षभित्र गई अपशब्द बोल्ने, अमर्यादित व्यवहार ...
तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक संसदीय समितिमा पठाउने तयारी

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक संसदीय समितिमा पठाउने तयारी

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२० साउन,काठमाडौं । तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१ लाई दफावार छलफलको लागि संसदीय समितिमा पठाउने सरकारको तयारी रहेको छ । भोलि बस्ने राष्ट्रिय सभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले यो विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ । तिलगङ्गा नेत्र विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ गत असारमा संघीय संसदमा पेस भएको थियो । तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सोमबार राष्ट्रिय सभामा विधेयक पेस गरेकी थिइन् ।...
मान्छेलाई आक्रमण गर्ने बाघ खोज्न ड्रोन र हात्तीको प्रयोग

मान्छेलाई आक्रमण गर्ने बाघ खोज्न ड्रोन र हात्तीको प्रयोग

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२० साउन, चितवन । मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्न ड्रोन र हात्तीको प्रयोग गर्ने तयारी गरिएको छ । आज बिहान नारायणगढस्थित मानवबस्ती नजिक नारायणी नदी किनारमा मान्छेलाई आक्रमण गरेको बाघलाई नियन्त्रण गर्ने तयारी गरिएको हो । जिल्ला वन कार्यालय चितवनका प्रमुख थिरबहादुर कार्कीका अनुसार नारायणी किनारमा रहेको झाडीमा बाघ लुकेको आशङ्का गरिएको छ । उक्त बाघ खोजी गर्नका लागि ड्रोन क्यामराबाट हेर्ने तयारीसहित चितवन राष्ट्रिय निकुञ्ज कार्यालयबाट ड्रोन मगाइएको उनले जानकारी दिए । उनका अनुसार ड्रोनले बाघ पहिचान गरेपछि हात्तीको सहायताले डार्ट ९बेहोस० गर्ने योजना छ । नारायणी किनारमा नदीमा मिसिनुअघि ढललाई प्रशोधन गर्न बनाइएको ट्याङ्क क्षेत्रको नर्कट झाडीमा बाघ रहेको अनुमान गरिएको प्रमुख कार्कीले जानकारी दिए । सो क्षेत्रमा एकातर्फ मानवबस्ती छ भने अर्कोतर्फ नारायणी नदी पर्दछ ।...
भोलिदेखि स्वयम्भूमा एक महिने मेला

भोलिदेखि स्वयम्भूमा एक महिने मेला

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
२० साउन,काठमाडौं । स्वयम्भूमा भोलि सोमबारदेखि एक महिनासम्म जारी रहने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले विश्वसम्पदा स्वयम्भू तथा त्यस आसपास क्षेत्रका सम्पदास्थलमा दर्शनका लागि आउने भक्तजनको सुरक्षा,भीड व्यवस्थापन, सरसफाइ, रङरोगन, सडक बत्ती व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्राचीन सम्पदास्थलका चैत्य तथा विभिन्न भाग मर्मत तथा जीर्णोद्धार सम्पन्न गरिएकाले मेलामा आउनेको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ ।महासमितिका महासचिव अशोक बुद्धाचार्यले मन्दिर आसपासमा अस्थायी पसल हटाइएको तथा सहयोगापेक्षीलाई बस्न नदिने व्यवस्था गरिएको बताए । थेरवाद, महायान र वज्रयान सम्प्रदायका अनुयायीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट पाँच लाख मानिस आउने अपेक्षा गरिएको महासमितिले जनाएको छ । काठमाडौँ महानगरपालिका–१५ का वडाध्यक्ष ईश्वरमान डङ्ग...
सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२० साउन,काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार प्रतितोला पाँच सय रुपैयाँ बढेर ऐतिहासिक विन्दुमा पुगेको सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँ घटेको हो। आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार सात २५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार नौ सय १० रुपैयाँमा कारोबार भएको थियो।आज चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।...
एकै वर्षमा स्याउ फलेपछि किसान उत्साहित

एकै वर्षमा स्याउ फलेपछि किसान उत्साहित

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
२० साउन, बागलुङ । निसीखोला गाउँपालिका(२ अर्नाकोटका स्थानीय व्यावसायिक स्याउखेती गर्न थालेका छन् । समुद्री सतहबाट करिब दुई हजार मिटर उचाइमा रहेको बागलुङ अर्नाकोटमा तीन वर्ष अगाडि परीक्षणका लागि लगाइएको स्याउ फलेपछि व्यावसायिक खेती गर्न थालिएको हो । विसं २०७८ मा गाउँका अगुवा किसानले परीक्षणका लागि स्याउखेती सुरु गरेका थिए । हाल गाउँका धेरै किसान यसप्रति आकर्षित भएका छन् । पोखराबाट इटिलियन गालाफुजी जातका बिरुवा ल्याएर लगाएको एक वर्षमा फल लागेपछि किसान उत्साहित भएका हुन् । पहिलो वर्ष गाउँमा किसानले कृषि ज्ञान केन्द्रबाट ६० बिरुवा अनुदानमा लिएर लगाएका थिए । बिरुवा हुर्किएर फल दिन थालेपछि दोस्रो वर्ष थप ९० वटा बिरुवा अनुदानमा लिएर लगाए ।यस वर्ष निसीखोला गाउँपालिकाबाट ५० प्रतिशत अनुदानमा सात सय बिरुवा लगाएको अगुवा किसान चेतबहादुर कुँवरले बताउ । गाउँमा स्याउखेतीको सम्भावना देखेपछि गाउँका ...
ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु

ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२० साउन, काठमाडौँ । काठमाडौँ महानगरपालिका–११ थापाथलीमा शनिबार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । माइतीघरबाट थापाथलीतर्फ जाँदै गरेको बा २८ प ४८६७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको मधेश प्रदेश ००३–००१क २५१९ नम्बरको पानी ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार ६२ वर्षीय सरस्वती तुलाधरको मृत्यु भएको हो । ट्याङ्करको ठक्करबाट घाइते उनको उपचारका क्रममा नर्भिक इन्टरनेसनल अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । घट्टेकुलो निवासी मोटरसाइकलका चालक ६९ वर्षीय ध्रुवराज तुलाधर घाइते भएका छन् ।ठक्कर दिने ट्याङ्करका चालक धादिङ गजुरीका रामकुमार तामाङलाई नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता विश्वराज खड्काले जानकारी दिए ।...
नयाँ गठबन्धन सरकार बनेसँगै जनतामा आशा पलाएको छ : महेश बस्नेत

नयाँ गठबन्धन सरकार बनेसँगै जनतामा आशा पलाएको छ : महेश बस्नेत

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
भक्तपुर । नेकपा ९एमाले० का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान एमाले–कांग्रेसको गठबन्धनमा सरकार बनेसँगै जनतामा आशा र भरोसा पलाएको बताएका छन् । यहाँ आज उनले विकास संरक्षण तथा प्रवद्र्धन अभियानको शुभारम्भ गर्दै जनताको आशाको दियोलाई वर्तमान सरकारले निभ्न दिन नहुने बताए । एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेसँगै उद्योगी, शेयर बजार, बैंक, वित्तीय संस्था तथा अन्य व्यापार व्यवसायी उत्साही रहेको भन्दै उनले अब देशको अर्थतन्त्र सुधार हुनेमा विश्वास रहेको बताए ।...