ताजा अपडेट

आज कुन विदेशी मुद्राको मूल्य कति ?

आज कुन विदेशी मुद्राको मूल्य कति ?

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
२० साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.७१ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.३१ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.८८ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.५३ रुपैयाँ रहेको छ । यस्तैगरी साउदी रियाल एकको खरिद दर ३५.६३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७९ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २९.७३ रुपैयाँ रहेको छ भने बिक्री दर २९.८६ रुपैयाँ रहेको छ । यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.४६ रुपैयाँ रहेको छ भने बिक्री दर १७१.२३ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.१० रुपैयाँ रहेको छ भने बिक्री दर ८७.४९ रुपैयाँ रहेको छ ।...
गण्डकी प्रदेशमा  २० वटा पुल बने

गण्डकी प्रदेशमा २० वटा पुल बने

ताजा अपडेट, बिशेष, वातावरण, समाचार, स्थानीय
म्याग्दी।गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा २० वटा पुल निर्माण गरेको छ।ती पुलबाट बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सकिने भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ। गत आवमा गोरखा र तनहुँमा आठ,नवलपुर र बागलुङमा छ, म्याग्दी र कास्कीमा चार, लमजुङ र मनाङमा दुई वटा पुल निर्माण भएका हुन्।गत वर्ष गोरखा नगरपालिकाको दरौदी,बेनीघाट–आरुघाट–रुल्डी सडकअन्तर्गत आरखेतखोला,जरेबर–नारेश्वर(गोरखाबजार सडकअन्तर्गत दरौदी–जरेबर, लाप्राक–गुम्दा–लापु सडकको मुग्लाङ खोलामा मोटरेबल पुल निर्माण भएका हुन् । यसैगरी,तनहुँको शालिग्राम करिडोरअन्तर्गत ऋषिङ गाउँपालिका–५ पुनटारको लुम्दीखोला,बेलसोटी मार्गको म्याग्देखोला,बागेश्वरी मार्गको बुल्डीखोला र आबुखैरेनी गाउँपालिकाको २ र ३ नम्बर वडामा पर्ने खहरेखोला, लमजुङको सेतोपहिरो–बगरेबेँसी सडकको मिदिमखोला,मनाङको पिसाङस्थित छार्ताङखोला,म्याग्दीको ...
आजको मौसम : यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
२० साउन,काठमाडौं । मनसुनी वायुको प्रभावले आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही देशभर केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती,गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाकारी दिएको छ । आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ। देशभर केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ। कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । भने कोशी,मधेस र लुम्बिनी प्रदेशका तराईका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी,बागमती,गण्डकी,लुम्बिनी,कर्णाली र सुदू...
वरिष्ठ नेत्र विशेषज्ञ सन्दुक रुइत सम्मानित

वरिष्ठ नेत्र विशेषज्ञ सन्दुक रुइत सम्मानित

ताजा अपडेट, ब्यानर-२, समाचार, स्वास्थ्य
२० साउन, काठमाडौं।ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा.सन्दुक रुइतलाई अभिनन्दन गरेको छ । सभामुख देवराज घिमिरेले शनिबार काठमाडौंमा आयोजित समारोहमा उनलाई अभिनन्दन गरेका थिए। ताप्लेजुङको ओलाङचुङगोलामा जन्मेर विश्वस्तरीय आँखा अस्पतालको विकास र बिरामीको उपचार गरी नेपाललाई आँखा उपचारसम्बन्धी संसारकै शैक्षिक ‘हव’का रुपमा विकास गर्न उनी सफल भएको भन्दै आँखा उपचारका क्षेत्रमा पुर्‍याएको योगदानको कदर स्वरुप अभिनन्दन गरिएको हो । डा. रुइत न्यून मूल्यमा विश्वस्तरीय लेन्स उत्पादन गरी मोतिबिन्दुको शल्याक्रियामा सरलीकरण गर्दै सीमान्तकृत व्यक्तिका लागि ‘दृष्टिका देवता’का रुपमा चिनिएको विषय अभिनन्दन पत्रमा उल्लेख छ। उनले  यसअघि एसियाको सबैभन्दा ठूलो ‘रामोन मेगसेसे पुरस्कार’ बहराइन सरकारबाट प्रदान गरिएको ‘इसा अवार्ड’, भारत सरकारबाट पद्मश्री...
आज भोटो देखाइएर मच्छिन्द्रनाथको रथजात्रा सम्पन्न गरिदैं

आज भोटो देखाइएर मच्छिन्द्रनाथको रथजात्रा सम्पन्न गरिदैं

जीवनशैली, ताजा अपडेट, पर्यटन, ब्यानर-१, मनोरन्जन, समाचार
२० साउन,काठमाडौं ।वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथजात्रा आज आइतबार भोटो देखाइएर सम्पन्न गरिदैं छ। ज्योतिषीहरूले निकालेको साइतअनुसार रातो मच्छिन्द्रनाथको बिहीबार जावलाखेल पुर्याइएपछि आइतबार भोटो देखाउने कार्यक्रम तय भएको हो । गुठी संस्थान ललितपुरका प्रमुख बैकुण्ठ आचार्यका अनुसार रातो मच्छिन्द्रनाथको रथका चारै कुनामा उभिएर हीरा,मोती,मणि माणिक्य जडित भोटो अपराह्न ४ः ०० बजेपछि देखाइने छ । प्रमुख आचार्यले रथको चारैकुनामा उभिएर तीनपटक देखाउँदै ‘यो भोटो मच्छिन्द्रनाथको हो ?’ भनेर सोध्नेछन् ।यसरी भोटो देखाएपछि करिब तीन महिनादेखिको जारी रथजात्रा सम्पन्न हुनेछ । भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङ्मती पुर्याउनुपर्ने परम्परा छ । छ महिनासम्म बुङ्मतीमा रथ राखेपछि साइत हेरेर पाटन मच्छिन्द्रबहालमा ल्याइन्छ । यसरी रातो मच्छिन्द्रनाथको रथलाई ६ महिना पाटन र ६ मह...
घरेलु तथा साना उद्योगको प्रवर्द्धनमा सरकार हरतरहले लागेको छ : उद्योगमन्त्री

घरेलु तथा साना उद्योगको प्रवर्द्धनमा सरकार हरतरहले लागेको छ : उद्योगमन्त्री

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निर्यातजन्य वस्तु साना तथा मझौला उद्योगमा प्रचुरमात्रामा रहेका भन्दै त्यस्ता उद्योगको प्रवर्द्धनमा सरकार हरतरहले लागेको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका पदाधिकारीहरूसँग भएको छलफलमा उनले उद्योग मन्त्रालय र नेपाल घरेलु तथा साना उद्योग महासङ्घका पदाधिकारीबीच निरन्तर समन्वय र सहकार्य भएमा मुलुकको औद्योगिक विकासमा सहयोग पुग्ने बताए । आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग हुन् भन्दै मन्त्री भण्डारीले भने, “घरेलु तथा साना उद्योग भनेको तान बुन्ने मात्रै होइन कृषि उद्योग पनि हो, विभिन्न उत्पादनमूलक उत्पादन, जडीबुटी सङ्कलन पनि हो । यी क्षेत्रलाई अझ समृद्ध बनाए । त्यसका लागि सहजीकरण गर्न मन्त्रालय तयार छ ।”उद्योगी व्यवसायीलाई प्रोत्साहित गर्ने र उद्योग व्यवसायको विकासका लागि सरकार प्रति...
स्तनपान गराउँदा मोबाइल फोन प्रयोग नगर्न आग्रह

स्तनपान गराउँदा मोबाइल फोन प्रयोग नगर्न आग्रह

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार, स्वास्थ्य
चितवन । बालरोग विशेषज्ञले शिशुलाई स्तनपान गराउँदा ‘मोबाइल फोन’ प्रयोग नगर्न आमालाई आग्रह गरेका छन् । विश्व स्तनपान सप्ताहको अवसरमा यहाँ आयोजित छलफल कार्यक्रममा चिकित्सकहरूले मोबाइल चलाउँदा आमा र शिशु दुवैलाई फाइदा नगर्ने बताएका हुन् । विश्व स्तनपान सप्ताहका अवसरमा कान्तिपुर हेल्थ अनलाइनद्वारा आज भरतपुरमा आयोजित ‘स्तनपानको महत्त्व स् चिकित्सक–पत्रकार छलफल कार्यक्रम’ मा भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा श्वेताकुमारी गुप्ताले स्तनपान गराउँदा आमाले मोबाइल प्रयोग गर्न नहुने बताइन्। उनले भनिन्,“आमाले मोबाइल चलाएर स्तनपान गराउँदा बच्चाले दूध खायो खाएन, अघायो, अघाएनलगायत केही कुरा पनि जानकारी हुँदैन ।” उनले बच्चाको माया ममता पनि कम हुने जाने बताए । उनले भनिन्, “स्तनपान गराउने समयमा शिशुलाई सुमसुमाउनु पर्छ, अन्यत्र ध्यान दिनुहुँदैन ।” स्तनपान गराउँदा आमा र शिशु दुवैको आसनमा विशेष ध्यान दिन ...
सर्पदंशको उपचार गर्न भरतपुर अस्पतालकै भर

सर्पदंशको उपचार गर्न भरतपुर अस्पतालकै भर

ताजा अपडेट, बिशेष, वातावरण, समाचार, स्वास्थ्य
नारायणगढ । चितवनको भरतपुर अस्पताल सर्पदंशको उपचारमा अब्बल देखिएको छ । देशको मध्य भागमा अवस्थित यस अस्पतालमा आसपासका विभिन्न जिल्लाका सर्पदंशका बिरामी उपचार गर्न यही अस्पतालमा आउने गरेका छन् । बर्खामा तराईमा बढीमात्रामा सर्पदंशको जोखिम रहने गर्दछ । भरतपुर अस्पतालको आकस्मिक कक्षका प्रमुख अलादीन मियाँका अनुसार २०८० साउनदेखि २०८१ असारसम्म तीन सय ७८ जनाको सर्पदंशको उपचार गरिएको छ ।उनीहरुको उपचारमा सफलता प्राप्त भएको उनले बताए । यस वर्ष साउन महिनाको हालसम्ममा अस्पतालमा ७६ सर्पदंशका बिरामीको उपचार गरिएको छ । प्रमुख मियाँले भने, “नवलपुरका एक बालककोे उपचारका लागि ल्याउँदै गर्दा बाटोमे मृत्यु भयो । अस्पताल आइपुग्न ढिला हुँदा कतिपय बिरामीको मृत्यु हुने गरेको छ ।” यहाँ गोमन, करेतलगायत जातका विषालु सर्पले डसेका बिरामी बढीजसो उपचारका लागि आउने गरेका छन् । सर्पले डसेर आएका बिरामीलाई उच्च निगरामी ...
गोरखा पहिरो : बेपत्ता थप एक युवकको सात दिनपछि शव फेला

गोरखा पहिरो : बेपत्ता थप एक युवकको सात दिनपछि शव फेला

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा पहिरोमा बेपत्ता भएका थप एक जनाको शव सातदिनपछि फेला परेको छ । आरुघाट गाउँपालिका–८, लामागाउँका २४ वर्षीया रमेश परियारको शव आज विहान भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए । परियारको शव घटनास्थलदेखि करिब दुई किलोमिटर तल रेसे खोलामा फेला परेको प्रनाउ श्रेष्ठले बताए । ट्याक्टर चालक परियार घटनाको अघिल्लो दिन शनिबार साँझ रेसेमा पुगेर स्थानीय जीतबहादुर गुरुङको कृषि फार्ममा बास बस्ने क्रममा राती गएको पहिरोमा परेर बेपत्ता भएका थिए । गत आइतबार रेसेमा गएको भीषण पहिरोमा परेर पाँच जना बेपत्ता भएका थिए । बेपत्ता भएका ७० बर्षीय सुलाल कान्छा गुरुङ, ३७ वर्षीय जीतबहादुर गुरुङ, ३३ वर्षीय रेशम गुरुङ र ३५ वर्षीय कान्छी गुरुङको यसअघि नै शव फेला परेको थियो । पहिरोमा परेर सोह...
ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
इनरुवा । सुनसरीको इटहरी उपमहानगरपलिका–६ पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश नं १–०२–००१ ख ९२९४ नम्बरको ट्रकले ठक्कर शुक्रबार दिँदा भोजपुरको षडानन्द नगरपालिका–१४ का ४२ वर्षीय रामचन्द्र श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी इटहरी–४ स्थित दिदीको घरमा बस्दै आएका थिए । ट्रक चालक धरान–१३ का ४५ वर्षीय गोविन्दबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...