ताजा अपडेट

बाढीका कारण कञ्चनपुरमा एक हजार ६२२ जना प्रभावित

बाढीका कारण कञ्चनपुरमा एक हजार ६२२ जना प्रभावित

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
कञ्चनपुर । लगातारको वर्षापछि आएको बाढीले कञ्चनपुरको केही जमिन डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बाढीले अधिकांश भू–भागलाई प्रभावित बनाएको छ । महाकाली र जोगबुडा नदीमा आएको बाढी बस्तीमा पसेपछि दोधारा चाँदनी नगरपालिका–१० को तीन बस्ती डुबानमा परेका छन् । जोगबुडा पारीको कुतियाकभर तथा वारीका शान्ति टोल र लिसानी टोल डुबानमा परेका छन् । त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर नगरपालिका र दक्षिणी क्षेत्रका अधिकांश बस्तीमा बाढी पसेकोे छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले जिल्लाभर बाढीबाट प्रभावित एक हजार छ सय २२ जना को उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिए । ...
सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य तोलामा ४ सयले घटेर तोलाको १ लाख ४५ हजारमा कारोबार भएको छ ।यस अघि आइतबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार ४ सयमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ३ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १८९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
बागमती सरकारबाट बाहिरियो एमाले

बागमती सरकारबाट बाहिरियो एमाले

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
हेटौँडा । माओवादी केन्द्र नेतृत्वको बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सोमबार एमाले बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियासहित पाँच जना मन्त्रीहरूले हेटौंडा(२, स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर समर्थन फिर्तासहित संयुक्त राजीनामा बुझाएका छन् । अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । माओवादीका मुख्य सचेतक रत्नप्रसाद ढकालका अनुसार आइतबार काठमाडौँस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने र विश्वासको मत लिने निर्णय गरेको छ ।...
किसानलाई हल गोरु वितरण

किसानलाई हल गोरु वितरण

कृषि, जीवनशैली, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्न हल गोरु वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि फैलिएको लम्की स्किन रोगका कारण गोरु मरेपछि किसानलाई प्रोत्साहन स्वरूप हल गोरु वितरणको कार्यक्रम ल्याएको हो । पशुपन्छी तथा कृषि विकासका लागि रु ५६ लाख २० हजार बराबरको कार्यक्रम सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताए। किसानको मागको आधारमा आगामी आर्थिक वर्षमा नौ हल गोरु वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत निरौलाले जानकारी दिए। किसानलाई गोरु वितरणको लागि रु तीन लाख ६० हजार बजेटसमेत विनियोजन गरिएको उनको भनाइ छ । “हामीले किसानलाई प्रोत्साहन गर्नको लागि हल गोरु वितरण कार्यक्रमअघि सारेका छौँ”, प्रशासकीय अधिकृत निरौलाले भने, “लम्की स्किन रोगले धेरै किसानका गोरु मरेका कारण उनीहरू समस्यामा छन् । यो कार्यक्रममार्फत उनीहरूलाई केही राहत पुग्नेछ ।”...
बाघको आक्रमणबाट तीन महिला घाइते

बाघको आक्रमणबाट तीन महिला घाइते

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
तुलसीपुर । दाङमा बाघको आक्रमणबाट तीन जना महिला घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बाघको आक्रमणबाट तुलसीपुर–९ वेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी घाइते भएका जानकारी दिए । सोमबार विहान तुलसीपुर उपमहानगरपालिका–९ स्थित नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न जाँदा उनीहरुलाई बाघले आक्रमण गरेको थियो । केसीको दुवै हातमा सामान्य चोट लागेको छ, त्यस्तै सीताको ढाड र पेटमा तथा सरिताको दायाँ हातमा सामान्य चोट लागेको छ । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइहरेको छ ।...
अर्जुन सापकोटा र लक्ष्मी शर्माको ‘बाँसको चोयाले’ गीत सार्वजनिक

अर्जुन सापकोटा र लक्ष्मी शर्माको ‘बाँसको चोयाले’ गीत सार्वजनिक

कला, ताजा अपडेट, बिशेष, मनोरन्जन, समाचार
मनिषा गुरुङ काठमाडौं।कलाकार अर्जुन सापकोटा र लक्ष्मी शर्माको स्वरमा ‘बासको चोयाले’ बोलको गीत बजारमा आएको छ। मन्जित पहाडीको युटुब च्यानलबाट बजारमा ल्याइएको यस गीतमा मायाप्रेमले मान्छेलाई छिनमै हास्ने र छिनमै रुनेसम्म बनाउँछ भन्ने भावलाई दर्साउन खोजिएको छ।‘बाँसको चोयाले,छिन मै हाँस्नी,छिन मै रुनी बनायो तिम्रो मायाले’जस्ता प्रेमी प्रेमीकाका वीचको सम्वाद वा मनोभावलाई उजागर गरिएको सो गितमा वासुदेव पोखरेल र रोहित सुनारको शब्द तथा मन्जित पहाडीको संगीत रहेको छ । मायाप्रेमको भाव उजागर गरिएको यस गीतलाई मालश्री स्टुडियोमा रेकर्ड गरिएको छ। गीतमा गोबिन्द पराजुली र सागर बाजुरालीको रेकर्ड र खडक बाजुरालीको मिक्सिङ रहेको जनाइएको छ। तिलक शाहीको निर्देशन रहेको उक्त गीतको भिडियोलाई रोसन भट्टको टिमले छयाँकन गरेका छन् ।भने,सुजन कोइरालाले भिडियोको कलर सम्पादन गरेको सोम्युजिक भिडियोमा कलाकार जुना का...
प्रभु बैंकका ग्राहकलाई एयरपोर्ट स्थित टीथ्री थकाली र साइनो तन्दुरीमा १० प्रतिशत छुट

प्रभु बैंकका ग्राहकलाई एयरपोर्ट स्थित टीथ्री थकाली र साइनो तन्दुरीमा १० प्रतिशत छुट

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं ।प्रभु बैंकका कर्मचारी तथा ग्राहकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको टीथ्री थकाली एन्ड मल्टी कुजिन र साइनो तन्दुरी एन्ड सेकुवा कर्नरमा विशेष छुट पाउने भएका छन्। टीथ्री थकाली ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत विवेक तुलाचन र प्रभु बैंकको बागमती प्रदेशका प्रमुख विकास शर्मा गुरागाईले सम्झौतामा हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा रेस्टुरेन्टमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरूमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने छन्। टीथ्री थकाली एन्ड मल्टी कुजिन र साइनो तन्दुरी एन्ड सेकुवा कर्नरले एयरपोर्टको मुख्य द्वारको पूर्वपट्टिको लाइनमा २४ घण्टे सेवा संचालन गर्दै आएका छन् ।सो समयमा जो कोहीले टीथ्री थकाली एन्ड मल्टी कुजिनमा अथेन्टिक थकाली खानाको स्वाद र साइनो तन्दुरी एन्ड सेकुवा...
आजदेखि वर्षाको मात्रा केहीकम हुने

आजदेखि वर्षाको मात्रा केहीकम हुने

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
मनिषा गुरुङ काठमाडौं ।मौसम पूर्वानुमान महाशाखाले आज सोमबारदेखि हिजो र अस्तिको तुलनामा कम पानी पर्ने जनाएको छ। महाशाखाका अनुसार आज सोमबारदेखि न्यून चापिय रेखा दक्षिणतिर सर्दै जाने भएकाले नेपालमा मनसुनको सक्रियतामा कमी आउनेछ।जसका कारण वर्षाको मात्रामा केही कमी हुनेछ। महाशाखाले आज कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानमा मध्यम वर्षा हुने र थोरै भू–भागमा भारी वर्षाको सम्भावना रहेको पनि जनाएको छ।अन्य प्रदेशमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ । तर,भूक्षय,पहिरो तथा गेग्रान बहावको जोखिम यथावतै रहेको,खहरे खोलामा पानीको सतह बढ्ने भएकाले सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ । हेर्नुहोस् मनसुन विशेष मौसम बुलेटिन...
असार २८ सम्म मन्त्रालय भाग बन्डाको विषय टुङ्गो लगाउने तयारी छ : बर्तौला

असार २८ सम्म मन्त्रालय भाग बन्डाको विषय टुङ्गो लगाउने तयारी छ : बर्तौला

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं।नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले यहि असार २८ गतेसम्ममा मन्त्रालय भाग बन्डाको विषय टुङ्गो लगाउने तयारी भएको जानकारी दिएका छन्। प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी असार २८ गते विश्वासको मत लिने भएकाले सोही दिन बेलुकासम्म मन्त्रालयको भागबन्डा टुङ्गो लगाउने गरी काँग्रेस सहितका दलहरूसँग छलफल भएको बताएका हुन्। आइतबार संघीय संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै बर्तौलाले कांग्रेससँगको समझदारी अनुसार पहिलो चरणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने भएपनि मन्त्रालय भागबन्डाको विषयमा टुङ्गो लगाउन ढीलो भएको स्वीकार गरे । उनले कांग्रेससँग प्रारम्भिक छलफल भएको र राष्ट्रिय सहमतिको सरकार गठनका लागि कांग्रेससहितका अन्य राजनीतिक दलहरूसँग छलफल गरेर मात्रै मन्त्रालयको भागबन्डा टुङ्गो लगाउने तयारी भएको पनि जानकारी दिए।...
जापानकी युरिको कोइके लगातार तेस्रो पटक बनिन् गभर्नर

जापानकी युरिको कोइके लगातार तेस्रो पटक बनिन् गभर्नर

अन्तर्राष्ट्रिय, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं ।जापानको टोकियो सहरकी पहिलो महिला गभर्नर युरिको कोइके लगातार तेस्रो पटक टोकियोको गभर्नर बन्ने निश्चित भएको छ। जापानको गभर्नर कोइके आगामी चार वर्षसम्मका लागि पुनः गभर्नर बन्ने भएकी हुन्।उनको जितले राजनीतिक रूपमा संघर्षरत प्रधानमन्त्री फुमियो किशिदा र उनको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)लाई पनि राहत मिल्ने आँकलन गरिएको छ। फुमियोको पार्टीले ७१ वर्षीय युरिकोलाई तेस्रो पटक टोकियो गभर्नरेटरी चुनावमा समर्थन गरेको छ।पहिलो पटक २०१६ मा निर्वाचित भएकी कोइकेले सन् २०२० मा दोस्रो पटक चुनाव जितेकी थिइन्। रूढिवादी गभर्नरका रुपमा परिचित कोइकेले कोभिड–१९को महामारी र २०२१ मा ग्रीष्मकालीन ओलम्पिकको समयमा सबैभन्दा बढी जनसंख्या भएको जपानको सो सहरको सफलतापूर्वक व्यवस्थापन गरेकी थिइन्। — बीबीसी...