साउथ एसियन ट्राभल अवार्डस् नेपालमा हुने
सीता पौडेल(अर्चना)
काठमाडौं।साउथ एशियन ट्राभल अवार्ड्स(साटा) को आठौं संस्करण नेपालमा हुने भएको छ।
आज सोमबार काठमाडौंको प्रदर्शनिमार्गमा अवस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा पत्रकार सम्मेलन गरेर आयोजकले सो अवार्ड प्रतियोगिता बारे जानकारी गराइएका हुन्।
आयोजकले यसबाट दक्षिण एसियाली आतिथ्यतामा उत्कृष्ट प्रवर्द्धन र उत्सव मनाउनको लागि एक प्रमुख प्लेटफर्मको रूपमा आफ्नो भूमिकालाई सुदृढ गर्दै उद्योगमा नयाँ आविष्कार र वृद्धिको अर्को वर्षको लागि चरण सेट गर्ने विश्वास लिएको उल्लेख गरेका छन्।
आतिथ्य क्षेत्रमा साउथ एसिया भरी उत्कृष्टता प्रदर्शन गर्दै आइरहेकोमा ‘साटा–२०२४’ नेपालमा गर्नुका मुख्य कारण भने नेपालको प्राकृतिक सुन्दरता,लोभलाग्दो र अनुसरण योग्य सांस्कृतिक परम्परा एवं संस्कार रहेको आयोजकले बताएका छन्।
सो पत्रकार सम्मेलनमा होटल संघका अध्यक्ष विनायक शाहले होटल संघ र पर्यट...








