ताजा अपडेट

बेनीका सात विद्यालयको कक्षा घटुवा

बेनीका सात विद्यालयको कक्षा घटुवा

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले चालु शैक्षिक सत्रमा विद्यार्थी सङ्ख्या न्यून भएका सातवटा विद्यालयको कक्षा घटुवा गरेको छ । सात जनाभन्दा कम विद्यार्थी सङ्ख्या भएका विद्यालयको कक्षा घटुवा गरेर त्यहाँ कार्यरत १७ जना शिक्षकलाई विद्यार्थीको चाप भएका विद्यालयमा व्यवस्थापन गरिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । बेनी नगरपालिकाको शिक्षा शाखाका उपसचिव हेमचन्द्र पौडेलले कक्षा घटुवा हुने अधिकांश विद्यालय आधारभूत तहका रहेका बताए ।सुविधायुक्त भवन, इन्टरनेट, विद्युत्, खानेपानी, शौचालय, कम्प्युटरसहितका पूर्वाधार उपलब्ध भए पनि बसाइसराइका कारण ग्रामीण भेगका सामुदायिक विद्यालयमा बर्सेनि विद्यार्थी सङ्ख्या घट्दै जानुलाई चुनौतीका रूपमा लिएका छौँ,’ उनले भने, ‘कक्षा सञ्चालनका लागि विद्यार्थी नभएपछि गत शैक्षिक वर्षमा ११ विद्यालयको तह समायोजन ९कक्षा घटुवा० भएको थियो ।’ कक्षा ४ सम्मको पढाइ हुन...
आजको विदेशी मुद्राको विनिमयदर

आजको विदेशी मुद्राको विनिमयदर

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.२८ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.८८ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.४५ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.१० रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.५३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६९ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.३० रुपैयाँ रहेको छ भने बिक्री दर २८.४३ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.७३ रुपैयाँ रहेको छ भने बिक्री दर १७१.५० रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८९.९६ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.३७ रुपैयाँ रहेको छ।...

प्रतिनिधि सभाको बैठक बस्दै,यस्तो छ कार्यसूची

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन आ.व.२०७९/०८० पेश गर्ने कार्यसूची रहेको छ । महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने बैठकको कार्यसूची छ । ...
आजको मौसम : देशभर वर्षाको सम्भावना

आजको मौसम : देशभर वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं ।मनसुनी वायुको प्रभावले आज देशभर साधारणतया बदली रही सबै प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,बागमती,गण्डकी,लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशभर आंशिक देखि साधारणतया बदली रहने छ।कोशी,मधेश,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।कोशी, मधेश,गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। विभागका अनुसार हाल सुदूरपश्चिम प्रदेशमा पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिक देखि साधारणतया बदली रहेको छ।बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी र कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्कादेखि म...
रोटरी क्लब अफ काठमाडौं नर्थका नव निर्वाचित अध्यक्ष पिताम्बर पौड्यालले गरे पदबाहली,बोर्ड सदस्यहरुमा को को?

रोटरी क्लब अफ काठमाडौं नर्थका नव निर्वाचित अध्यक्ष पिताम्बर पौड्यालले गरे पदबाहली,बोर्ड सदस्यहरुमा को को?

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
 सीता पौडेल(अर्चना) काठमाडौं । ‘आफू भन्दा माथि सेवा’( Service Above Self) भन्ने रोटरीको आदर्शलाई आत्मसात् गर्दै आएको सामाजिक संस्था ‘रोटरी क्लब अफ काठमाडौं नर्थ’ को रोटा वर्ष २०२४–२५का अध्यक्ष(प्रेसिडेण्ट)पिताम्बर पौड्याल(प्रितम)ले औपचारिक रुपमा पदबाहली गरेका छन् । शनिबार क्लबको ३१ औं पदस्थापना दिवसको अवसरमा काठमाडौंको लाजिम्पाट स्थित होटल शंकरमा आयोजित एक समारोहमा रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटन अन्तर्गतका रोटरी डिष्ट्रिक्ट गभर्नर नोमिनि (डिजीएन) विष्णु बहादुर कार्कीले अध्यक्ष पौड्याललाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए।सपथ ग्रहणलगतै उनलाई डिजिएन कार्की र निवर्तमान अध्यक्ष (आइपिपि)सुवास घिमिरेले चाटर प्रमाणपत्र,माला(कोलार),ग्रावेल र ह्यामर प्रदान गरि पदस्थापना गराएका थिए । पदबाहली पछि अध्यक्ष पौड्यालले क्लबको १३१६ औं नियमित बैठक सञ्चालन गरेका थिए।बैठकमा अध...
बाढीसम्बन्धी ३४ लाख एसएमएस सम्प्रेषण एकै दिन

बाढीसम्बन्धी ३४ लाख एसएमएस सम्प्रेषण एकै दिन

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले २४ घण्टामा ३४ लाख एसएमएस सर्वसाधारणलाई सम्प्रेषण गरेको छ । विभागले नेपाल टेलिकम र एनसेलसँगको सहकार्यमा शनिबार मध्याह्न १२ देखि आज १२ बजेसम्म मुलुकको विभिन्न स्थानमा परेको वर्षासँगै बाढी तथा पहिरोसम्बन्धी जानकारी दिन ३४ लाख बढीलाई एसएमएस सम्प्रेषण गरेको हो । विभागका प्रवक्ता सुनिल पोखरेलले बाढीबाट हुन सक्ने धनजनको क्षति न्यूनीकरण गर्ने लक्ष्यले जनचेतनाका लागि एकै दिनमा ३४ लाखको हाराहारीमा सर्वसाधारणलाई एसएमएस पठाएको जानकारी दिए ।“बाढीको जोखिम भएका क्षेत्र आसपासमा बस्ने सर्वसाधारणलाई सचेत गराउन हामीले एसएमएस पठाएका हौँ”, उनले भने, “सर्वसाधारणको मोबाइलमा एसएसएस पठाएपछि जोखिममा परेका सुरक्षित स्थान जान सक्छन्, जोखिमयुक्त क्षेत्रमा आवतजावत गर्दा सचेतना अपनाउन सकिन्छ भनेर एसएमएस पठाउने गरेका छौँ । “बाढीको जोखिम भएका क्षेत्र आसपासमा बस्ने सर्वसाधार...
प्रतिनिधि सभा बैठक स्थगित

प्रतिनिधि सभा बैठक स्थगित

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं। प्रतिनिधि सभाको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले सोमबार बिहान ११ बजे अर्को बैठक बस्ने बताएका हुन । आइतबारको बैठकमा आकस्मिक समयमा सांसदहरूले देशमा भइरहेको बाढी पहिरोको घटनाबारे सरकारको ध्यानाकर्षण गराएका थिए । आइतबार बसेको दोस्रो बैठकमा प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले प्रतिनिधि सभामा उत्पत्ति भएको “लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश पेस गरेका थिए ।...
कर्णालीका ५ राजमार्ग अवरुद्ध

कर्णालीका ५ राजमार्ग अवरुद्ध

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
सुर्खेत । विगत तीन दिन देखि परेको वर्षाका कारण कर्णालीका पाँच राजमार्गका सड्क अवरुद्ध भएको छ भने हिमाली जिल्लाका सबै हवाई सेवासमेत ठप्प भएको छ । प्रदेशमा रहेका मुख्य पाँच राजमार्ग कर्णाली, मध्य पहाडी, मदन भण्डारी, राप्ती राजमार्ग र भेरी कोरिडोरका सड्क खण्ड अवरुद्ध भएका हुन् । अविरल वर्षाका कारण कर्णाली राजमार्गमा चार, मध्य पहाडीमा चार र राप्ती राजमार्गमा दुई, मदनभण्डारीमा एक र भेरी कोरिडोरका तीन ठाउँमा बाढीपहिरोका कारण सड्क अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।...

प्रतिनिधिसभामा अख्तियारको वार्षिक प्रतिवेदन पेस

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, वातावरण, समाचार
काठमाडौं । प्रतिनिधिसभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ वार्षिक प्रतिवेदन (आव २०७९/८०० पेस भएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले उक्त प्रतिवेदन पेस गरेका हुन् । प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘विनियोजन विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशबारे जानकारी गराए ।...
कालीगण्डकी र म्याग्दी नदीमा जलसतह बढेपछि सतर्क रहन आग्रह

कालीगण्डकी र म्याग्दी नदीमा जलसतह बढेपछि सतर्क रहन आग्रह

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
तनहुँ । तीन दिनदेखिको निरन्तर वर्षाका कारण कालीगण्डकी र म्याग्दी नदीमा जलसतह बढेको छ। पानीको सतह बढेपछि नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालय म्याग्दीले तटीय, नदी आसपासमा दाउरा तथा बालुवा सङ्कलन गर्न जानेलाई सचेत रहन आग्रह गरेको छ। जलसतह बढेसँगै मुस्ताङ, म्याग्दी र पर्वतको तटीय क्षेत्र उच्च जोखिममा परेको छ। जलसतह बढेकाबेला नदीबाट काठलगायत वस्तु निकाल्न किनारमा नजान सचेत गराइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए। ...