ताजा अपडेट

नारायणी नदीमा फसेका ५८ जनाको सकुशल उद्धार

नारायणी नदीमा फसेका ५८ जनाको सकुशल उद्धार

ताजा अपडेट, वातावरण, समाचार
चितवन । चितवनको भरतपुर महानगरपालिका–१६ झन्झने गोब्रेनीस्थित नारायणी नदीमा फसेका ५८ जनाको सकुशल उद्धार गरिएको छ । वर्षाको कारण नारायणी नदीमा आएको बाढीमा फसेको भन्ने खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवन र नेपाल प्रहरीको टोलीले उनीहरूको सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारेको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।...
सिद्धार्थ राजमार्ग भासियो

सिद्धार्थ राजमार्ग भासियो

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
वालिङ । भारी वर्षाका कारण स्याङ्जाको गल्याङ नगरपालिका–११ तुल्सीभञ्ज्याङमा सिद्धार्थ राजमार्ग भासिएको छ । शुक्रबारदेखि परेको अविरल वर्षाले तुल्सीभञ्ज्याङस्थित सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको झण्डै ५० मिटर सडक भासिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाका अनुसार गए राति सडक भासिएको हो । सडक भासिएपछि सवारीसाधन बीच बाटोमै थन्किएका छन् । वर्षा निरन्तर रूपमा भइरहेकाले सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने क्रम रोकिएको छैन । ग्रामीण क्षेत्रका सहायक मार्ग पनि वर्षासँगै पहिरो आएकाले अवरुद्ध छन् ।...

तनहुँमा पहिरोले पुरिएका थप २ जनाको शव भेटियो

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका(७ काउरेमा पहिरोले घर पुरिंदा बेपत्ता भएका थप दुई जनाको शव फेला परेको छ । शनिबार दिउँसो पहिरोले हिरा नेपालीको घर पुरिदाँ उनी सहित ३ जना पहिरोमा पुरिएका थिए । उनीहरूमध्ये हिराको शव शनिबार नै फेला परेको थियो । बेपत्ता भएका अनिषा बास्तोला र श्याम भण्डारीको शव आज बिहान फेला परेको प्रहरीले जनाएको छ । हिरा नेपाली र सुनमाया कुमालको घरभित्र रहेको सामान निकाल्ने क्रममा छिमेकी बास्तोला र भण्डारी पनि पहिरोमा पुरिएका थिए ।...
सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
काठमाडौं । बिहीबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।आइतबार एकै दिन प्रतितोला १ हजार रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँ तोकेको छ । यसअघि जेठ २५ गते १ लाख ४५ हजार रुपैयाँको उच्च मूल्य रेकर्ड बनेकोमा आज सो रेकर्ड तोडिएको छ । नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भए पनि अन्तर्राष्ट्रिय बजारमा भने जेठ ७ ९मे २०० कै रेकर्ड तोड्न सकेको छैन । सो दिन अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस २४२६ डलर पुगेको सुन आज २३९१ मा छ । यहाँ जेठ १५ गते बजेटले सुनको भन्सार दर बढाएपछि जेठ २५ गते नै त्यसअघिका सबै रेकर्ड तोडिएको थियो । त्यस्तै चाँदीको भाउ आइतबार तोलामा २० रुपैयाँ बढेको छ । शुक्रबार प्रतितोला १ हजार ८७० रहेकोमा आइतबार १ हजार ८९० रुपैयाँ कायम भएको म...
ढुवानी सेवामा अवरोध भएपछि तरकारीको भाउ बढ्यो

ढुवानी सेवामा अवरोध भएपछि तरकारीको भाउ बढ्यो

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । अविरल वर्षाका कारण ढुवानी सेवामा अवरोध भएपछि कालीमाटीमा अधिकांश तरकारीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अघिल्लो दिनको तुलनामा शुक्रबार गोलभेँडा, बोडी, भन्टा, लौका, करेला, परवर, ब्रोकाउली, बन्दा, काउली लगायत धेरैजसो तरकारी भाउ बढेको छ । समितिका अनुसार गोलभेडा २३, तने बोडी २० प्रतिशत, लाम्चो भान्टा ५२ प्रतिशत, घिउ सिमी २२, तितेकरेला ६९, लौका ६६, परवर २८ प्रतिशतले बढेको छ । भिण्डी, घिरौंलाको भाउ सामान्य घटेको छ ।आइतबार कालीमाटी बजारमा नेपाली ठूलो गोलभेँडा प्रतिकिलो १०० रुपैयाँ छ भने सानो गोलभेँडा ६० रुपैयाँ छ । तने बोडीको भाउ अधिकतम प्रतिकिलो ७०, घिउ सिमी १२०, तिते करेला १००, लौका ८०, भिण्डी ८०, कन्य च्याउ १८०, डल्ले च्याउ ३००, कुरिलो २५०, ब्रोकाउली ३००, परवर ५०, घिरौंला ८०, लाम्चो भन्टा ६० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको समितिले जनाएको ...
नारायणी नदीको बाढीले पुल बगायो

नारायणी नदीको बाढीले पुल बगायो

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
चितवन । निरन्तरको वर्षाका कारण नारायणी नदीको बाढीले चितवनको भरतपुर महानगरपालिका–३ स्थित झोलुङ्गे पुल बगाएको छ । न्यूरोड र नगरवन जोड्ने नारायणी नदीमा रहेको झोलुङ्गे पुल बाढीले बगाएको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार गए राति ११ः३० बजे बाढीले दुवैतर्फको पिल्लर भत्काई पुल बगाएको हो । नारायणीमा पानीको बहाव नघटेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई सावधानी अपनाउन उनले अनुरोध गरे । शनिबार परेको वर्षासँगै नारायणी नदीमा पानीको सतह बढ्दा एक सय ७१ जनालाई सुरक्षित स्थानमा सारिएको छ । शनिबार राति आएको नारायणीको बाढीका कारण घरमा पानी पसेकाले उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो ।...
सप्तकोशी ब्यारेजका ४१ ढोका खोलिए

सप्तकोशी ब्यारेजका ४१ ढोका खोलिए

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
धरान । भारी वर्षाका कारण सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ । अहिले बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ । सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् । सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ ।...
एमाले संसदीय दलको बैठक बस्दै

एमाले संसदीय दलको बैठक बस्दै

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक बिहान १० बजे संसद् भवनमा बस्ने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए । नेपाली कांग्रेस र नेकपा एमालेबिच हालै सत्ता साझेदारी गर्ने सम्बन्धमा समझदारी भएअनुरूप भावी योजनाबारे छलफल गर्न बैठक आह्वान गरिएको उनले बताए ।...
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी र कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूचीमा उल्लेख छ । बैठकमा प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पत्ति भएको विनियोजन विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउनेछन् ।...
आजको मौसम : यी प्रदेशमा अति भारी वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा अति भारी वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । मनसुनी वायुको प्रभावले देशभर साधारणतया देखि पूर्णतया बदली रही सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक(दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका प्रदेशको एक(दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ । राती देशभर साधारणतया देखि पूर्णतया बदली रही मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरु तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेक...