रास्वपा संसदीय दलको बैठक आइतबार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक आइतबार बस्ने भएको छ । बिहान साढे ९ संसदीय दलको बैठक बोलाइएको रास्वपाकी सचेतक निशा डाँगीले जानकारी दिएकी हुन् ।
रास्वपा संसदीय दलको कार्यालय सिंहदरवारमा बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र संसद्को बाँकी कामकारबाहीका विषयमा छलफल केन्द्रित बताइएको छ ।
“संसदमा बजेट अधिवेशन सकिएका छ । अन्य विधेयकको तयारीका विषयमा बैठकमा छलफल गर्नेछौँ”, प्रमुख सचेतक सन्तोष परियारले भने, “प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा पनि उक्त बैठकमा छलफल हुनेछ ।”...








