ताजा अपडेट

कांग्रेस संसदीय दलको बैठक बस्दै

कांग्रेस संसदीय दलको बैठक बस्दै

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक नयाँ वानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजे बस्ने तय भएको छ । यही असार १७ गते नेपाल कम्युनिष्ट पार्टी ९एमाले०सँग सत्ता सहकार्यको सहमति भएसँगै त्यसबारे जानकारी गराउन बैठक बस्न लागेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । यही असार १७ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले) सँग सत्ता सहकार्यको सहमति भएसँगै त्यसबारे जानकारी गराउन बैठक बस्न लागेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । असार १९ गते बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको सहमति अनुमोदन गरेको थियो । आजको बैठकले पनि सोही निर्णयलाई अनुमोदन गर्ने प्रमुख सचेतक लेखकले बताए ।...
काठमाडौँ उपत्यकामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौँ उपत्यकामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । मनसुन थप सक्रिय भएसँगै देशका अधिकाश भूभागमा वर्षा भएको छ । काठमाडौं उपत्यकाको विभिन्न वर्षा मापन केन्द्रहरूमा मध्यम तथा भारी वर्षा मापन भएको बढी पूर्वानुमान महाशाखाले जनाएको छ । थप वर्षा हुन सक्ने सम्भावना रहेकोले उपत्यकाको नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । त्यस्तै, पछिल्लो ६ घण्टा गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न वर्षामापन केन्द्रहरूमा मध्यम(भारी वर्षा मापन, तिनाउ नदी,पश्चिम राप्ती,डुम्रे खोला, बडिगाड, बबई लगायत अन्य नदीहरूमा आकस्मिक बाढीको जोखिम, तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा रहले उच्च सतर्कता अपनाउन भनिएको छ।...
पहिरोले बीपी र मध्यपहाडी राजमार्ग अवरुद्ध

पहिरोले बीपी र मध्यपहाडी राजमार्ग अवरुद्ध

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका(२ कमिरेफाडमा पहिरो आएपछि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार गोलन्जोर गाउँपालिका(६ अक्करेभिरमा पहिरो जाँदा मध्य पहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ । पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।...

राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ। शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजना विधेयक २०८१ (आगामी आर्थिक वर्षको बजेट) पारित गरियोस भनेर राख्नु भएको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो। सभामा अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८१ पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरे ।...
निःशुल्क शिक्षाका लागि थप बजेट विनियोजन गर्न मन्त्री श्रेष्ठको आग्रह

निःशुल्क शिक्षाका लागि थप बजेट विनियोजन गर्न मन्त्री श्रेष्ठको आग्रह

ताजा अपडेट, बिशेष, ब्यानर-२, शिक्षा, समाचार
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन सरकारले बजेट थप गर्नुपर्ने बताएकी छन् । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८१’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले शिक्षाका ऐन, नियम र निर्देशिकाको पालनाका लागि अनिवार्य दायित्वका रुपमा बजेट विनियोजन हुन आवश्यक रहेको औँल्याएकी हुन् । शिक्षाका लागि अतिरिक्त बजेट कसरी निर्धारण गर्ने भनेर सोच्नुपर्नेमा जोड दिँदै उनले गुणस्तरीय शिक्षाका लागि शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट अध्ययन र अनुसन्धान गरेर निचोड निकाल्नुपर्ने जनाउँदै उनले विद्यालय शिक्षालाई गुणस्तरीय र राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न ‘शिक्षक सरुवासम्बन्धी निर्देशिका २०८१’ जारी गरिएको स्पष्ट पारिन् । “शिक्षण पेसा भनेको जागिरको विषय होइन, दायित्व हो । उनीहरु जतिबेला पनि विद्यार्थीको...
कृषिलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएका छौँ : अर्थमन्त्री पुन

कृषिलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएका छौँ : अर्थमन्त्री पुन

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकारले कृषिलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आगामी वर्षको बजेटमार्फत आफ्नो कृषि उत्पादनलाई नीतिगत रुपमा संरक्षण गर्ने, कर नीतिमार्फत संरक्षण गर्ने नीति लिइएको बताए । सरकारले लिएको नीतिले कृषिको आधुनिकीकरण, व्यवसायीकरणमा योगदान पुग्ने विश्वास व्यक्त गरे । सरकारले २०८१—२०९१ लाई कृषि दशक घोषणा गरेको उल्लेख गर्दै राजनीतिक नेतृत्व र मन्त्रीहरु फेरिएपनि नीति नफेरिने प्रतिवद्धता जनाए । उनले नीतिगत स्थायित्व भएमात्रै देश विकास हुने बताए । चालु आर्थिक वर्षमा कृषि उत्पादनहरुमा भ्याट लगाइएको भएपनि सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा कृषिलाई संरक्षण गर्न भ्याट हटाएको जानकारी दिए ।...
बुढानिलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्षलाई पर्यटन प्रवर्धन वर्षका रुपमा मनाउने

बुढानिलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्षलाई पर्यटन प्रवर्धन वर्षका रुपमा मनाउने

ताजा अपडेट, पर्यटन, बिशेष, वातावरण, समाचार, स्थानीय
काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्षलाई पर्यटन प्रवर्धन वर्षका रुपमा मनाउने भएको छ । पर्यटन प्रवर्धनका लागि नगरपालिकाले ८० लाख बजेट प्रस्ताव गरिएको छ। आर्थिक वर्ष २०८१ /८२ को बजेटमा नगरपालिकाले यस आर्थिक वर्षलाई पर्यटन प्रवर्धन वर्षका रुपमा मनाउने भन्दै सो रकम प्रस्ताव गरेको हो। नगरपालिकामा इको टुरिजम,साहसिक पर्यटन , होम स्टे संचालन,पर्यटन प्रवर्धन सम्बन्धि सुचनामुलक सामाग्री प्रकासन आदि विषयहरुमा सो रकम परिचालन हुने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।...
अनुदानमा किसानलाई ‘मिनीटिलर’ वितरण

अनुदानमा किसानलाई ‘मिनीटिलर’ वितरण

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
कञ्चनपुर । व्यावसायिक खेतीमा संलग्न किसानलाई कृष्णपुर नगरपालिका वडा नं २ ले ५० प्रतिशत अनुदानमा ‘मिनीटिलर’ (खेतबारी जोत्न उपयोग गरिने औजार) उपलब्ध गराएको छ । वडा कार्यालयको रु तीन लाख र किसानको रु तीन लाख गरी रु छ लाखमा सो औजार खरिद गरी किसानलाई उपलब्ध गरिएको हो ।  कृषक समूह र कृषि फार्ममार्फत मिनीटिलर खरिद गरी सात जना किसानलाई उपलब्ध गराइएको कृष्णपुर–२ का वडाध्यक्ष अर्जुन साउदले बताए। “व्यावसायिक खेतीलाई प्रोत्साहन गर्न किसानलाई अनुदानमा मिनीटिलर उपलब्ध गराएका छौँ, किसानको कार्यक्षमता वृद्धि गर्न मिनीटिलर वितरणको कार्यले सघाउ पुग्ने विश्वास छ”, उनले भने । वडाका व्यावसायिक खेती गर्ने सबै किसानलाई यस कार्यक्रममा समेट्न नसकिएको उल्लेख गर्दै उनले आगामी आर्थिक वर्षमा चालु आवमा अनुदानमा मिनीटिलर पाउन नसकेलाई उपलब्ध गराउने योजना रहेको बताए । किसानलाई व्यावसायिक बनाउनका लागि वडाका तर्फबाट ब...
सुनको मूल्य थप बढ्यो

सुनको मूल्य थप बढ्यो

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरी बढेको। अघिल्लो दिन प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज फेरी सय रुपैयाँले बढ्दै १ लाख ४४ हजार ४ सय रुपैयाँ पुगेको हो । यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले नै बढ्दै १ लाख ४३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले मात्र बढ्दै १ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । ...
अज्ञात व्यक्तिको कुटपिटबाट पाँचथरमा एकको मृत्यु, तीनजना घाइते

अज्ञात व्यक्तिको कुटपिटबाट पाँचथरमा एकको मृत्यु, तीनजना घाइते

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
पाँचथर । अज्ञात व्यक्तिहरूको कुटपिटबाट पाँचथरमा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । फिदिम नगरपालिका–१४ आहालका ३७ वर्षीय दिनेशकुमार राईको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गए राति गाउँकै धनकुमार राईको घरमा राखिएको चिन्ता धामी–झाँक्री हेर्न गएका दिनेशसहित पर्शु राई, ध्रुव राई र पुस्कर विकमाथि १५–२० जनाको समूहमा आएका व्यक्तिले कुटपिट गरेका थिए । घाइते भएका चारै जनालाई उपचारका लागि जिल्ला अस्पताल फिदिम ल्याइएको थियो । उपचारका क्रममा दिनेशको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बिनालाल साह तेलीले जानकारी दिए । घाइतेमध्ये धुव्र र पुस्कर विक सामान्य उपचारपछि अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । कुटपिटमा संलग्न व्यक्तिको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्नको खोजीका लागि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी चौकी रानी...