ताजा अपडेट

मकवानपुरको थाहा नगरपालिकामा डढेलोले वडा कार्यालयमा क्षति

मकवानपुरको थाहा नगरपालिकामा डढेलोले वडा कार्यालयमा क्षति

ताजा अपडेट, समाचार
मकवानपुर ।मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा लागेको डढेलोले नगरपालिकाको ७ नम्बर वडा कार्यालयमा समेत सामान्य क्षति पुर्‍याएको छ । डढेलो स्थानीय र नगरपालिकाको वारुण यन्त्रको मद्दतमा नियन्त्रणमा ल्याइएको छ।समयमै आगलागी नियन्त्रण हुँदा ठूलो क्षति हुनबाट जोगिएको बताइएको छ ।    
ड्राइभिङ लाइसेन्स छापिसक्न अझै डेढ वर्ष लाग्ने

ड्राइभिङ लाइसेन्स छापिसक्न अझै डेढ वर्ष लाग्ने

ताजा अपडेट, समाचार
काठमाडौं।भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले ड्राइभिङ लाइसेन्स छाप्न अझै डेढ वर्ष लाग्न सक्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री महासेठले ड्राइभिङ लाइसेन्सको समस्या समाधान गर्न अझै डेढ वर्ष लाग्ने बताएको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार उनले बैठकमा सांसदहरूका प्रश्नहरूको जवाफमा दैनिक ५ हजार लाइसेन्स प्रिन्ट हुन लागेको भन्दै महासेठले समस्या समाधानका लागि पहल गरेको जिकिर गरेका थिए।  ...
शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा चितुवाबारे अध्ययन गर्न क्यामेरा ट्रयाप जडान

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा चितुवाबारे अध्ययन गर्न क्यामेरा ट्रयाप जडान

कृषि, जीवनशैली, ताजा अपडेट, पर्यटन, समाचार
काठमाडौं ।शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा चितुवाको अनुसन्धान गर्न क्यामेरा ट्रयाप जडान गरिएको छ। त्रिभुवन विश्वबिद्यालय,प्राणी शास्त्र केन्द्रीय विभागमा विद्यावारिधि गरिरहेका शोधार्थी तिलक थापा मगरले चितुवाको संख्या र तिनीहरुको गतिविधिबारे अनुसन्धान गर्न क्यामेरा ट्रयाप प्रविधिको प्रयोग गर्न लागेका हुन् । प्रत्येक १–१ वर्ग किलोमिटरको ग्रिडमा १ जोडी क्यामरा राखी अध्ययन गर्ने योजना रहेकोमा हाल २६ स्थानमा २६ जोडी क्यामेरा राखिसकिएको छ।झन्डै असारसम्म चल्ने यो अध्ययनमा करिब ७० स्थानमा ७० जोडी क्यामेरा राखिने उनको भनाई छ । यो अध्ययनले शिवपुरी –नागार्जुन राष्ट्रिय निकुञ्जमा चितुवाको संख्या, आनीबानी र गतिविधिबारे जानकारी प्राप्त हुनेछ । मानव(चितुवाबीचको द्वन्द्व कम गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ। उक्त अध्ययनको सुपरीवेक्षण त्रिभुवन विश्वविद्यालय, प्राणी शास्त्र केन्द्रीय विभागका स...
सात वटा विधामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि अवार्ड

सात वटा विधामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि अवार्ड

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
काठमाडौं । सरकारले सूचना प्रविधि क्षेत्रमा योगदान दिने व्यक्ति तथा संस्थालाई विभिन्न सात वटा विधामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि अवार्ड वितरण गरेको छ । बिहीबार सातौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यि विधामा सम्मान गरेको हो । जसअन्तर्गत राप्ति इन्जियनियरिङ कलेजका अध्यक्ष शैलेन्द्र गिरीलाई नेशनल आइसीटी एक्सेलेन्स अवार्ड २०२४ ,प्रदान गरेको छ।यस्तै एनसेलकी चिफ टेक्नोलोजी अफिसर लेना केशरी कंसाकारलाई नेशनल आइसीटी एक्सेलेन्स अवार्ड २०२४ (वुमन) प्रदान गरिएको छ। यस्तै एपीआई म्यानेजमेन्ट एकीकृत सिस्टम विकास गरि बैंक तथा वित्तीय क्षेत्रलाई सहज बनाएको भन्दै वान प्वाइन्ट कम्पनीलाई नेशनल आइसिटी नवप्रवर्द्धन अवार्डले सम्मान गरेको छ। यस्तै सामाजिक सुरक्षा कोषलाई नेशनल आइसिटी पब्लिक सेक्टर अवार्डले सम्मान गरेको छ।भन...
घट्यो अन्डाको मूल्य

घट्यो अन्डाको मूल्य

अर्थतन्त्र, कृषि, ताजा अपडेट, समाचार
 काठमाडौं ।नेपाल लेयर कुखुरापालक संघले अन्डाको नयाँ समर्थन बिक्री मूल्य घटाएको छ।संघको बुधबार बसेको भर्चुअल बैठकले बिहीबारदेखि लागु हुने गरी नयाँ समर्थन मूल्य तोकको हो। संघका अनुसार अब नयाँ मूल्य अनुसार मिडियम साइजको अन्डा प्रतिक्रेट ३३० रुपैयाँ पर्नेछ ।यस्तै ठूलो अन्डा प्रतिक्रेट ३७५ रुपैयाँ र सबैभन्दा ठूलो अन्डा प्रतिक्रेट ३९५ रुपैयाँ पर्नेछ। यसअघि मध्यम अन्डाको प्रतिक्रेट ३७५ रुपैयाँ,ठूलो अन्डाको प्रतिक्रेट ३९० रुपैयाँ र सबैभन्दा ठूलो अन्डाको समर्थन बिक्री मूल्य प्रतिक्रेट ४०५ रुपैयाँ तोकिएको थियो।    ...
पहुँचको भरमा माफी मिनाहा हुँदैन : गृहमन्त्री लामिछाने

पहुँचको भरमा माफी मिनाहा हुँदैन : गृहमन्त्री लामिछाने

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
रुपन्देही ।उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेले अब पहुँचका भरमा माफी मिनाहा हुने परिपाटी सदैका लाग बन्द हुने बताएका छन् । बिहीबार बाँकेको बैजनाथ गाउँपालिका ३ नौवस्तामा रहेको क्षेत्रीय कारागारको उद्घाटन कार्यक्रममा गृहमन्त्री लामिछाने दलका नेतालाई भनेर,प्रहरीलाई भनेर गम्भीर अपराधमा जोडिएकाहरूले माफी मिनाहा गराउने सपना नदेख्न सुझाए।तर राम्रो आचरण हुने कैदीबन्दीहरुलाई भने कानून बमोजिम माफी मिनाहा हुने उनको भनाई छ। ९ बिगाहा क्षेत्रफलमा निर्मित यस कारागारलाई एउटा ब्लकमा १ हजार ५६ जना कैदिबन्दी रहन सक्ने गरी ४ वटा ब्लकमा निर्माण गरिएको छ।...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल एक सातापछि सञ्चालनमा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल एक सातापछि सञ्चालनमा

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं।पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारबाट पूर्णरूपमा सूचारु भएको छ । एक सातादेखि न्यून ‘भिजिबिलिटी’ का कारण उडान प्रभावित भएको सो विमानस्थले आजबाट सुचारु भएको हो । दैनिक हजारौं यात्रु आउजाउ गर्ने पर्यटकीय राजधानी पोखरामा २५ अप्रिलबाट उडान प्रभावित थिए। यहाँबाट नेपालगञ्ज,भैरहवा तथा भरतपुरमा समेत सिधा उडान हुन्छ।मे १ दिउँसो १ देखि मौसम सुधार भएपछि ५ उडान भएको थियो।उडान नहुँदा हवाइयात्रा प्रभावित बनेको थियो। मौसमका कारण उडान हुन नसकेका यात्रुले पुनः उडान गर्न चाहे अर्को दिनको टिकट दिने प्रावधान छ।नजाने यात्रुको टिकटको रकम फिर्ता गरिन्छ। यस विमानस्थलमा बुद्ध एयरले मात्र काठमाडौंबाट दैनिक १७ उडान राखेको छ।...
घर जलेर धादिङमा एक दम्पतीको मृत्यु

घर जलेर धादिङमा एक दम्पतीको मृत्यु

ताजा अपडेट, समाचार
काठमाडौं ।धादिङको थाक्रे गाउँपालिका,५, गैरीखर्कमा आगलागीमा परी एक दम्पतीको मृत्यु भएको छ । बुधबार राति आगोमा जलेर घरभित्रै रहेका ७० वर्षीय तेजबहादुर लामा र उनकी श्रीमती ठूली तामाङको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता मकेन्द्र मिश्रलेले जानकारी दिएका छन्। घटनाको थप विवरण आउन बाँकी छ।भने,आगो नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।      ...
विदेशी मुद्रा भित्र्याउन सक्ने सम्भावना रहेको क्षेत्र ‘आईटी’ : अध्यक्ष ढकाल

विदेशी मुद्रा भित्र्याउन सक्ने सम्भावना रहेको क्षेत्र ‘आईटी’ : अध्यक्ष ढकाल

ताजा अपडेट, ब्यानर-१, शिक्षा, समाचार
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सूचना प्रविधिको(आईटी) क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी रहेको बताएका छन् । बिहीबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा काठमाडौको सभागृहमा मन्त्रालयद्धारा आयोजित कार्यक्रममा बोल्दै ढकालले कारोबारहरूलाई अनलाइन माध्यमबाट हुने कारोबार सहज र पारदर्शी हुने दाबी गरे।आईटी क्षेत्रलाई लगानी सम्मेलनमा प्राथमिकताका साथ उठाएको भन्दै उनले नेपालमा लगानीको सम्भावना भएका क्षेत्रहरूमा यो एक प्रमुख लगानीको क्षेत्र भएको खुलासा प्रस्तुत गरे। उनले भने, ‘भर्खरै सम्पन्न लगानी सम्मेलनमा प्रधानमन्त्रीज्यूबाट र मान्य मन्त्रीज्यूबाट नेपालकै तर्फबाट जुन एउटा आईटी क्षेत्रलाई एकदमै प्राथमिकताका साथ राखिएको र नेपालमा लगानीको सम्भावना भएका क्षेत्रहरूमा आईटी पनि मुख्य लगानीको क्षेत्र हो भनेर प्राथमिकताका साथ राखिइएको छ यो महत्त...
अन्नपूर्ण पोस्ट्ले मनायो वार्षिकोत्सव

अन्नपूर्ण पोस्ट्ले मनायो वार्षिकोत्सव

ताजा अपडेट, समाचार
काठमाडौं ।अन्नपूर्ण पोस्ट् दैनिक २३ वर्षमा प्रवेश गरेको छ।काठमाडौंको गैरी गाउँस्थित मुख्यालयमा एक समारोहको आयोजना गरेर पोष्टले २३ औं वार्षिकोत्सव मनाएको हो ।  पत्रिकाले वार्षिकोत्सवका अवसरमा काठमाडौं गैरी गाउँस्थित मुख्यालयमा आयोजित विशेष समारोहमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले सबैको साथ र सहयोगलाई धन्यवाद दिँदै स्वतन्त्र र स्वच्छ पत्रकारिताका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा चिनिन सफल भएकोमा गौरवान्वित महसुस गरेको बताए ।‘धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा कलम चलाएका छौं। छुट्टै पहिचान बनाउन सफल भएका छौं। साँच्चै नै गर्वको विषय हो यो,’ अध्यक्ष थापाले भने। नेटवर्कअन्तर्गत आमसञ्चारका सम्पूर्ण माध्यम– अन्नपूर्ण पोस्ट् दैनिक, अन्नपूर्ण पोस्ट् डटकम अनलाइन, एपीवान टेलिभिजन र रेडियो अन्नपूर्ण सशक्त सञ्चार माध्यम सञ्चालन भएको अध्यक्ष थाप...