ताजा अपडेट

काठमाडौं महानगरले निःशुल्क लोकसेवा तयारी कक्षा चलाउने

जीवनशैली, ताजा अपडेट, शिक्षा, समाचार, स्थानीय
मनिषा गुरुङ काठमाडौं । काठमाडौं महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ। महानगरको सामाजिक विकास विभागले शनिबार एक सूचना जारी गर्दै महानगरपालिकाभित्रका स्थानीयहरूका लागि लोकसेवाको तयारी कक्षा सञ्चालन गर्न लागेको जनाएको हो। महानगरले लोकसेवा तयारी कक्षा लिन चाहने स्थानीयले नागरिकताको प्रतिलिपि, स्थायी बसोबासको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रसहित सात दिनभित्र सामाजिक विकास विभागमा आवेदन पेश गर्न आह्वान गरेको छ।...
संघीय संसदको तेस्रो अधिवेशन आजदेखि शुरु हुँदै

संघीय संसदको तेस्रो अधिवेशन आजदेखि शुरु हुँदै

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं।संघीय संसद् प्रतिनिधिसभा र राष्ट्रियसभाको तेस्रो अधिवेशन आज शनिबारदेखि शुरु हुँदैछ।बैठक अपरान्ह् चार बजेका लागि बोलाइएको छ। सभामुखले राष्ट्रपतिको अधिवेशन आह्वानबारेको पत्र र राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने,बैठकको अध्यक्षता गर्ने सांसदहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची भएको जनाइएको छ। त्यस्तै विद्युत् व्यापार विधेयक २०८० र राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक टेबल गर्ने तथा अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश पेस गर्ने,बाधा अड्काउ फुकाऊ आदेश पेस,कानुन निर्माण लगायतका विषयलाई प्रभावकारी र चुस्त तुल्याउन पाक्षिकरुपमा क्यालेण्डर बनाएर जाने भनिएको छ। विधेयक अधिवेशनका रुपमा रहने हिँउदे अधिवेशनका लागि हाल सङ्घीय संसद्मा २४ विधेयक छन्।अध्यादेशलाई सदनले स्वीकृत गरेपछि प्री बजेटसम्बन्धी विषयलाई सदनमा अघ...
काठमाडौंका यी स्थानमा आइतबारदेखि चार घण्टा विद्युत् अवरुद्ध हुने

काठमाडौंका यी स्थानमा आइतबारदेखि चार घण्टा विद्युत् अवरुद्ध हुने

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा भोलि आइतबारदेखि दैनिक चार घण्टा विद्युत् अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार विद्युतीय वितरण लाइन भूमिगत गर्न विद्युत् कटौती गर्न लागिएको हो। प्राधिकरणले कुशेश्वर वितरण केन्द्र,कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका लाइनहरूमा विद्युत् अवरुद्ध हुने जनाएको छ। वैशाख २३ देखि २८ गतेसम्म बिहान ११ बजे देखि दिउँसो ३ः०० बजेसम्म यी क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जानकारी दिएको छ।...
बागमतीमा समिति सभापति चयन गरिदै,४ जेठमा निर्वाचन हुने

बागमतीमा समिति सभापति चयन गरिदै,४ जेठमा निर्वाचन हुने

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
हेटौंडा । बागमती प्रदेश सभाका पाँच वटा विषयगत संसदीय समिति सभापति चयन तयारी थालिएको छ ।यसका लागि आगामी जेठ ४ गते निर्वाचन गर्ने दलहरूबीच सहमति भएको छ। प्रदेश सभाका सभामुखद्धारा प्रस्तावित प्रस्ताव उपर छलफल गरेर उक्त सर्वदलीय बैठकमा सभापति चयनका लागि निर्वाचन गर्ने सहमति जुटेको हो ।प्रदेश सभामा प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति संलग्न छन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलका अनुसार सर्वसम्मत रूपमा सभापतिको टुंगो लगाउने प्रयास गरिने र यसका लागि प्रदेश सभाका पाँच ठूला दललाई एक–एक वटा समिति सभापति बनाइने छ। जसअनुसार नेपाली कांग्रेस, नेकपा एमाले,माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी र राप्रपाले सभापति पाउने छन्।१८ पुस २०७९ मा प्रदेश सभाको पहिलो बैठक बसेको थियो । त्यसपछि १२ असार २०८० मा आएर...
प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको अंकुस लगाउन वा नियन्त्रण हुन दिइने छैन : प्रधानमन्त्री

प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको अंकुस लगाउन वा नियन्त्रण हुन दिइने छैन : प्रधानमन्त्री

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमबाट अंकुस लगाउन र नियन्त्रण हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । शुक्रबार नेपाल पत्रकार महासङ्घको २७औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो,‘प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा अंकुश हुन दिइने छैन।’साथै उहाँले मिडिया सम्बन्धी विधेयकमा पत्रकारहरुले असन्तुष्टिका साथ प्रश्न उठाएपछि आफूँले ति विधेयकहरुलाई रोकेको र पत्रकारहरुले उठाएका मुद्धालाई सम्बोधन गरेर मात्रै संसोधनसहितको नयाँ विधेयक ल्याउनु पर्छ भन्ने कुरामा स्पष्ट रहेको बताउनुभयो । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पत्रकारितालाई अंकुश लगाउने खालका त्यस्ता विवादित मिडिया विधेयकलाई रोकेर सहमति र समझदारीबाट मात्रै कार्यान्वयनमा लैजानु पर्ने आवश्यक्ता औंल्याउनुभयो ।य...
आज नेपाल पत्रकार  महासंघको केद्रिय महाधिवेशन : प्रभातफेरी हुँदै

आज नेपाल पत्रकार महासंघको केद्रिय महाधिवेशन : प्रभातफेरी हुँदै

जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं ।नेपाल पत्रकार महासंघले महासंघको २७ औं केद्रिय महाधिवेशन–२०८१ र विश्व प्रेस स्वतनत्रता दिवसको अवसरमा प्रभातफेरीको आयोजना गरेको छ । महासंघले आज शुक्रबार काठमाडौंको रत्नपार्कको शान्तिबाटिकाबाट प्रभातफेरी गर्न लागेको नेपाल पत्रकार महासंघका काठमाडौं जिल्ला शाखाका अध्यक्ष सूर्य सुवेदीले जानकारी दिनुभएको छ ।अध्यक्ष सुवेदीले सो प्रभातफेरीमा सहभागी हुन सम्पूर्ण पत्रकार,शुभेच्छुक र सरोकारवालाहरुलाई अनुरोध समेत गर्नुभएको छ । शान्ति बाटिकामा बिहान ६ः३० बजे जम्मा भएर प्रभातफेरीलाई सफल पार्न पनि महासंघले अनुरोध गरेको छ। शान्ति बाटिकाबाट प्रभातफेरि शुरु गरेर भृकुटीमण्डपको प्रदर्शनि मार्गमा अवस्थित महाधिवेशन स्थल ‘राष्ट्रिय सभागृह’मा जाने कार्यतालिका बनेको महासंघका जिल्ला शाखा कार्यसमिति सदस्य रमेश कुमार बोहोराले जानकारी दिनुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको...
कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा !

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा !

ताजा अपडेट, ब्यानर-१, शिक्षा, समाचार
काठमाडौं । नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित बन्यो ।अपरान्ह ४ बजेदेखि अधिकांश निजी इन्टरनेट सेवाप्रदायकहरूको सेवा रोकिएको थियो । तर रातीबाटै अवरुद्ध इन्टरनेट सुचारु भएको सेवाप्रदायकहरूले जानकारी दिएका छन्।निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायक वर्ल्ड लिङ्क कम्युनिकेशन,सुबिसु केबलनेट र भायानेट कम्युनिकेसन्सहितले सूचना निकालेर अवरुद्ध इन्टरनेट सुचारु भएको बताएका हुन् । भारतीय दूरसञ्चार कम्पनी एयरटेलले नेपालका इन्टरनेट सेवा प्रदायक (आईएसपी)लाई दिइरहेको ब्यान्डविथ आपूर्ति रोकिदिएपछि समस्या भएको बताइएको छ । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)का अधिकारीहरूले भारतबाटै एयरटेलले ब्यान्डविथ आपूर्ति बन्द गरिदिएपछि समस्या आएको बताएका छन् ।सरकार र आईएसपीहरूबीच करको वक्यौता रकमलाई लिएर केही विवाद पनि भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इ...
सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त, पूर्वाञ्चलमा थपलिया र मध्यपश्चिममा गौतम नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त, पूर्वाञ्चलमा थपलिया र मध्यपश्चिममा गौतम नियुक्त

अर्थतन्त्र, ताजा अपडेट, शिक्षा, समाचार
काठमाडौं सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. हेमराज पन्त नियुक्त भएका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार पन्तलाई उपकुलपति नियुक्त गरेका हुन् । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले मंगलबार सुदूरपश्चिम विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि प्रा. डा. हेमराज पन्त,प्रा. डा.अक्कलदेव मिश्र र प्रा. डा.भवानीदत्त जोशीको नाम सिफारिस गरेको थियो । पन्त पुल्चोक इन्जिनियरिङ क्याम्पसको अप्लाइड साइन्स एन्ड केमिकल इन्जिनियरिङ विभागका विभागीय प्रमुख हुन् । प्रधानमन्त्री प्रचण्डले पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिहरूलाई बिहिबार सिंहदरबारमा नियुक्तिपत्र प्रदान गरेका थिए । पूर्वाञ्चल विश्वविद्यालयका नवनियुक्त कुलपति प्रा.डा.विजुकुमार थपलिया,मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त कुलपति प्रा.डा. ध्रुवकुमार गौ...
एपीएफ गोदाम आगलागीको छानबिन समितिले बुझायो प्रतिवेदन,खुलेन कारण

एपीएफ गोदाम आगलागीको छानबिन समितिले बुझायो प्रतिवेदन,खुलेन कारण

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार, स्थानीय
काठमाडौं ।सशस्त्र प्रहरी बल (एपीएफ)को केन्द्रीय गोदाममा भएको आगलागीको छानबिन समितिले प्रतिवेदन बुझाएको छ ।प्रतिवेदनमा  घटनामा सुरक्षामा गम्भीर लापरबाही देखिएको उल्लेख छ। १७ दिन लगाएर छानविन गरेर बुझाएको प्रतिवेदनमा सुरक्षामा धेरै लापरबाही गरेको औंल्याए पनि आगलागीको कारण भने खुलाएको छैन। मुख्यालयको भण्डारण शाखाले सुरक्षा गर्नुपर्ने तर गोदाम भने नं.९ बाहिनीको कम्पान्डमा हुँदा सुरक्षामा ‘डुप्लिकेसन’ भएको समितिले निष्कर्ष निकालेको छ । गोदाम बलम्बुमा रहेको तर सुरक्षा भने हलचोकबाट गर्दा दुरीको हिसाबले पनि टाढा रहेकाले राम्रोसँग सुरक्षा दिन नसकेको समितिको भनाई छ । सीसी क्यामेराबाट निगरानी नगरिएको,गोदमको नियमित अनुगमन नगरिएको पनि  समितिले औंल्याएको छ ।भैपरी आउने विपद्‌बाट जोगिनका लागि सुरक्षा व्यवस्था चुस्त राख्न चुकेको प्रतिवेदनमा जनाइएको छ । सामान्य सतकर्ता पनि नअपनाएको,तुरुन्तै जल्न...
सामाजिक सञ्जालमा भाइरल भेलुबाजेको निधन

सामाजिक सञ्जालमा भाइरल भेलुबाजेको निधन

ताजा अपडेट, समाचार
काठमाडौं।सामाजिक सञ्जाल टिकटकमा भाइरल बनेका प्यूठानका मिनबहादुर बुढामगर (भेलुबाजे) को निधन भएको छ । बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल विजुवार प्यूठानमा उनको निधन भएको परिवार स्रोतले जानकारी दिएको छ।​ उनकी श्रीमतीको एक वर्षअघि उपचारका क्रममा भारतको नयाँ दिल्लीमा निधन भएको थियो ।