ताजा अपडेट

प्रिमियर लिग रोमाञ्चक बन्दै,सिटी र आर्सनल विजयी

प्रिमियर लिग रोमाञ्चक बन्दै,सिटी र आर्सनल विजयी

खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौं । स्टार फरवार्ड एरलिङ हालान्डको चार गोल सँगै लगातार चौथो पटक इंग्लिस प्रिमियर लिग उपाधि आकांक्षी म्यानचेस्टर सिटीले जित दर्ता गरेको छ।घरेलु मैदानमा भएको खेलमा सिटीले उल्भस माथि ५९–१ को फराकिलो जीत दर्ता गरेको हो। जितसँग ३५ खेलमा ८२ अंक भएको सिटी दोस्रो स्थानमा छ।पहिलो स्थानमा रहेको र एक खेल बढी खेलेको आर्सनलको ८३ अंक छ। गएराति नै भएको खेलमा शीर्ष स्थानमा रहेको टोली आर्सनलले बर्नमाउथलाई ३–० ले हराएको छ।...
जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै

जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै

अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
 काठमाडौं ।जापानकी विदेशमन्त्री कामिकावा योको नेपालको एक दिने भ्रमणका लागि नेपाल आउँदैछिन्।परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा उनी आइतबार नेपाल आउन लागेकी हुन्। योकोले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटसँगै परराष्ट्रमन्त्री श्रेष्ठसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ परराष्ट्र मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार उनि आजै स्वदेश फर्किने कार्यतालिका छ। योकोको यस भ्रमणले नेपाल र जापानबीचको सम्बन्धलाई मज्बुद्ध र प्रगाढ बनाउन सहयोग पुग्ने मन्त्रालयले जनाएको छ।भने नेपालस्थित जापानी दूतावासले यो भ्रमणले दुई देशबीच कूटनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिएको उल्लेख गरेको छ।...
उद्योग र उद्यमशीलताको विकासबिना मुलुक समृद्ध बन्दैन : मन्त्री भण्डारी

उद्योग र उद्यमशीलताको विकासबिना मुलुक समृद्ध बन्दैन : मन्त्री भण्डारी

अर्थतन्त्र, कृषि, ताजा अपडेट, समाचार
कैलाली ।उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली उद्यमीहरूले उत्पादन गरेका वस्तु अन्तर्राष्ट्रिय स्तरमा निर्यात हुने गरी योजना बनाइने बताएका छन्। शनिबार प्रेस चौतारी नेपाल अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले उद्यमशीलता र रोजगारीबिना मुलुक समृद्ध नबन्ने भएकाले उद्यमशिलता विकासमा जोड दिनुपर्ने आवश्यक्ता औंल्याए।मन्त्री भण्डारीले ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य पूरा गर्न लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धन र विकासमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । स्थानीय कच्चा पदार्थको भरपुर सदुपयोग र यस बाट सञ्चालित उद्योग र तिनका उत्पादनको प्रवर्द्धन तथा बजारीकरण गर्न सके मुलुकमा बढ्दै गएको व्यापार घाटा न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाई छ। ’स्थानीय उत्पादन बढाउनु जरुरी छ।कृषिमा आधारित उद्योगलाई बढवा दिने सरकारको नीति पनि हो ।’उनले भने।...
गोधूलि साहित्य प्रतिष्ठानले मनायो १८ औं वार्षिकोत्सव,उत्प्रेरक प्रसङ्गको विमोचन,स्रष्टा सम्मान

गोधूलि साहित्य प्रतिष्ठानले मनायो १८ औं वार्षिकोत्सव,उत्प्रेरक प्रसङ्गको विमोचन,स्रष्टा सम्मान

कला, ताजा अपडेट, ब्यानर-२, समाचार, साहित्य
सीता पौडेल(अर्चना) काठमाडौं । कला साहित्य र संस्कृतिमा समर्पित गोधूलि साहित्य प्रतिष्ठानले आफ्नो अठारौं वारर्षिक उत्सव मनाएको छ । शनिबार काठमाडौंको कमलादिमा अवस्थित प्रज्ञा भवनको एक सभाहलमा प्रतिष्ठानले विभिन्न कार्यक्रमको आयोजना गरि सो वार्षिकोत्सव मनाएको हो।संस्कृतिविद् प्राध्यापक डा. मदनकुमार रिमाल प्रमुख अतिथि रहेको उक्त समारोहमा साहित्यकार सन्तु श्रेष्ठाद्धारा लिखित विभिन्न डाक्टरहरुको भावना,विचार र अनुभूतिहरुलाई समावेश गरि अनुशीलन गरिएको पुस्तक ‘उत्प्रेरक प्रसङ्ग’ को विमोचन भएको थियो। समारोहमा कला,साहित्य र सांस्कृतिक क्षेत्रमा योगदान पु¥याउँदै आउनुभएका व्यक्तित्वहरुलाई सम्मान तथा अभिनन्दन गरिएको थियो।आख्यानकार जलेश्वरी श्रेष्ठ र वरिष्ठ संगितकार एवं अन्वेषक प्रा.डा.ध्रुवेशचन्द्र रेग्मीलाई गोधूलि शिखर सङ्गीत÷साहित्य अभिनन्दन प्रदान गरिएको छ । त्यस्तैगरि साहित्य,कला तथा स...
डीभीको नतिजा प्रकाशित, कसरी हेर्ने नतिजा ?

डीभीको नतिजा प्रकाशित, कसरी हेर्ने नतिजा ?

अन्तर्राष्ट्रिय, जीवनशैली, ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं। अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा आज आएको छ । नेपालस्थित अमेरिकी दूतावासले उक्त कुराको जानकारी दिएको हो । आज शनिबार राति अघि ९ बजेबाट आफ्नो कन्फरमेसन नम्बरमा  dvprogram.state.gov/ESC/ गई नतिजा हेर्न सक्ने दूतावासले जनाएको छ । इडिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको दूतावासको भनाई छ ।...
पत्रकार महासंघको निर्वाचन २६ जेठमा, सदस्यता शुद्धीकरणको टुंगो कहिले !

पत्रकार महासंघको निर्वाचन २६ जेठमा, सदस्यता शुद्धीकरणको टुंगो कहिले !

ताजा अपडेट, ब्यानर-१, समाचार
मनिषा गुरुङ काठमाडौं।नेपाल पत्रकार महासंघले नयाँ कार्यसमिति चयनका लागि आगामी जेठ २६ गते निर्वाचन गर्ने भएको छ ।शुक्रबार काठमाडौंमा भएको महासंघको २७ औं महाधिवेशनले २६ जेठमा निर्वाचन गर्ने निर्णय गरेको हो । महाधिवेशनबाट  सदस्यता शुद्धीकरणसम्बन्धी सबै विषय महासंघको विधान र शुद्धीकरण मापदण्ड २०७९ अनुसार वैशाखभित्रै टुंगो लगाएर सार्वजनिक गर्ने निर्णय समेत भएको महासंघका अध्यक्ष विपुल पोखरेलले बताएका छन्। महासंघले संविधान प्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्न राज्यका तीनवटै अंग कार्यपालिका,व्यवस्थापिका र न्यायपालिकासँग माग गरेको छ । महासंघले कानुन निर्माणका क्रममा रहेका मिडियासम्बन्धी विभिन्न विधेयकहरुलाई पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता हुने गरी मिडियामैत्री बनाउन तीनै तहका सरकारसँग माग गरेको छ ।त्यस्तै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेग...
पत्रकार महिलाको चिन्ताजनक पलायन : एक वर्षमा २९ जनाले पेशा छोडे

पत्रकार महिलाको चिन्ताजनक पलायन : एक वर्षमा २९ जनाले पेशा छोडे

ताजा अपडेट, ब्यानर-२, शिक्षा, समाचार
काठमाडौं ।प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना सार्वजनिक गर्दै मिडिया एक्सन नेपालले एक वर्षमा २९ जना पत्रकार महिलाले पेशा छोडेको जनाएको छ। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मिडिया एक्सन नेपालले सार्वजनिक गरेको प्रतिवेदनले पत्रकार महिलाहरूले कार्यस्थलमा सामना गर्ने चुनौती र जोखिमहरूलाई उजागर गरेको छ। प्रतिवेदनमा पत्रकारहरुले धम्की,आक्रमण र उत्पीडन समेत  खेप्नु परेको उल्लेख छ ।शारीरिक आक्रमण,मौखिक दुर्व्यवहार,गैरकानुनी गिरफ्तारी र उपकरण जफतका घटनासहितको विवरण उल्लेख छ ।उनीहरूले लैङ्गिक विभेद,यौन दुव्र्यवहार र असमान पारिश्रमिकको पनि सामना गर्नु परेको प्रतिवेदनमा उल्लेख छ । पत्रकारहरूका लागि सुरक्षित र थप समावेशी वातावरण सिर्जना गर्न सुधारको आवश्यकता देखाएको छ । प्रतिवेदनमा नेपालका मिडिया हाउसभित्र श्रम अधिकार उल्लंघन तथा श्रमशोषण भएको निष्कर्ष उल्लेख छ । तलब नपाउने,पाए पनि समयमा ...
बालबालिकालाई न्याय दिन छुट्टै बाल अदालत आवश्यक छ : मन्त्री चौधरी

बालबालिकालाई न्याय दिन छुट्टै बाल अदालत आवश्यक छ : मन्त्री चौधरी

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं।महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले बालबालिकाको न्यायको लागि छुट्टै बाल अदालत आवश्यक्ता रहेको बताएकी छिन्। शनिबार केन्द्रीय बाल न्याय समितिले आयोजना गरेको बाल न्यायसम्बन्धी राष्ट्रिय गोष्ठीमा मन्त्री चौधरीले बालबालिकाहरुको न्याय निरूपण गर्नका निम्ति पनि छुट्टै बाल अदालत आवश्यक भएको बताएकी हुन्। मन्त्री चौधरीलेले बालबालिका सम्बन्धी थुप्रै ऐन, कानूनहरूको व्यवस्था भए पनि पुर्ण कार्यान्वयन हुन नसकेको बताइन्।उनलेबालबालिकासम्बन्धी भएका अन्तर्राष्ट्रिय सन्धि, सम्झौताहरू पालना गराउन सरकार प्रतिबद्ध रहेको जिकिर गरिन्। प्रत्येक जिल्लामा बाल न्यायिक समिति भएपनि त्यसको प्रभावकारिताको अनुगमन तथा मुल्यांकन हुन नसकेको स्वीकारगर्दै उनले न्यायिक समितिको प्रभावकारीता जाँच गरिनु पर्ने आवश्यक्ता औंल्याइन। हाल बालबालिका सम्बन्धी १३ वटा कानूनहरू छन्। तर ती ऐन,कानुनहरु ...
पत्रकारहरूको न्यूनतम पारिश्रमिक बढाउने कुरामा पहल गर्छु : मन्त्री गिरी

पत्रकारहरूको न्यूनतम पारिश्रमिक बढाउने कुरामा पहल गर्छु : मन्त्री गिरी

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । कानुन,न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले पत्रकारहरूको न्यूनतम पारिश्रमिक बढाउने कुरामा आफुले पहलकदमी लिने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री गिरीले मिडिया काउन्सिलल गायतका मिडियासँग सम्बन्धित मिडियामैत्री कानुनहरू निर्माणमा सहयोग गर्ने आश्वासन दिए ।उनले श्रमजीवी पत्रकार ऐन २०५१ लाई पुुर्ण रुपमा कार्यान्वयनमा ल्याउन सक्दो पहल गर्ने बताएका छन् । मन्त्री गिरीले भने, ‘श्रमजीवी पत्रकार ऐन बन्यो ।कार्यान्वयन भएको छैन । सही हो । यसमा के कमी छन्, यसलाई कार्यान्वयन गर्नका लागि के गर्नुपर्ने हो,यस विषयमा पनि मैले आफ्नो ठाउँबाट पहलकदमी लिनेछु ।’  ‘अब मिडिया काउन्सिल विधेयकको कुरा छन्।यसको अलावा मिडियासँग सम्बन्धित ५÷६ वटा विधेयकहरू छन्।ती विधेयकहरूको अवस्था हेरेर त्यसलाई छिटो समितिहरूमा लैजाने,समितिहरूबाट छिटो टुङ्ग्याउने,अगाडि बढाउने कुराको सन्दर्भम...
बरु मर्न तयार छौं,कसैसँग आत्मसर्मपण गर्दैनौं : प्रेस चौतारी अध्यक्ष बस्नेत

बरु मर्न तयार छौं,कसैसँग आत्मसर्मपण गर्दैनौं : प्रेस चौतारी अध्यक्ष बस्नेत

ताजा अपडेट, विचार, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं ।प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले पुर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि बरु न्यायको लडाईं सधैं लडिरहने तर कसैसँग पनि आत्मसर्मपण  नगर्ने बताएका छन्। सिधाकुरा डटकम प्रकरणलाई इंगित गर्दै चौतारी अध्यक्ष  बस्नेतले सोमबार सर्वोच्चले दिएको आदेश नेपाली प्रेसमाथि अङ्कुश लगाउने तवरबाट आएको भन्दै त्यसलाई सच्याउन अनुरोध गरेका छन्। शुक्रबार काठमाडौंको राष्ट्रिय सभागृहमा भएको नेपाल पत्रकार महासंघको महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष बस्नेतले सिधाकुरा डटकमको सामाचारलाई लिएर सर्वाेच्ले गरेको आदेश गलत भएको चौतारीले ठहर गरेको हुँदा फिर्ता लिन सर्वाेच्चसमक्ष मागसमेत  गरेका छन्।सर्वोच्चको उक्त आदेश सञ्चारमाध्यममाथिको हमला भएको जिकिर गर्दै उनले  यसप्रति आपत्ति जनाएका हुन् । सर्वाेच्चप्रति आक्रोश व्यक्त गर्दै उनले भने,‘न्यायालयले मेरा विरुद्ध कस...