ताजा अपडेट

काठमाडौंका यी स्थानमा शुक्रबारसम्म विद्युत् अवरुद्ध हुने

काठमाडौंका यी स्थानमा शुक्रबारसम्म विद्युत् अवरुद्ध हुने

ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं ।नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर,कीर्तिपुर र जोरपाटी वितरण केन्द्रहरु अन्तर्गतका विद्युतीय लाइन वितरण कार्य शुक्रबारसम्म अवरुद्ध हुने जनाएको छ। विद्युतीय वितरण लाइनहरु भूमिगत गर्न थालिएका कारण आइतबादेखि यी केन्द्रहरुमा विद्युत् लाइन अवरुद्ध  भएको हो। आज सोमबार कुलेश्वर वितरण केन्द्रअन्तर्गत सोल्टीमोडदेखि रविभवनसम्मको क्षेत्र,भोलि मङ्गलबार गोठाटार फिडर (जोरपाटी वितरण केन्द्र) अन्तर्गत फोर्स बसपार्कदेखि तेजविनायक चोकसम्म विद्युत् सेवा अवरुद्ध हुने भएको प्राधिकरणले जनाएको छ। बुधबार ताहाचल र चौमती फिडर (कुलेश्वर वितरण केन्द्र) अन्तर्गत छाउनी अस्पताल क्षेत्र,बिहीबार गोठाटार फिडर (जोरपाटी वितरण केन्द्र) अन्तर्गत तेजविनायक चोकदेखि मानटार चोकसम्मको क्षेत्र विद्युत अवरुद्ध हुने भनिएको छ। शुक्रबार मच्छेगाउँ फिडर (कीर्तिपुर वितरण केन्द्र) अन्तर्गत ढाल्पाक चोकदेखि राराहिल चोकस...
काठमाडौंमा मेघ गर्जनसहित पानी प¥यो

काठमाडौंमा मेघ गर्जनसहित पानी प¥यो

ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं । काठमाडौं उपत्यकामा आज आइतबार साँझ पानी परेको छ ।लामो समयपछि काठमाडौँमा वर्षा भएको हो। पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेका बेला मेघ गर्जनसहित पानी परेको हो।गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो केही दिनयता मुलुकका धेरै स्थानमा केही दिनदेखि मौसम बदली हुन थालेको थियो। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आइतबार पूर्वको कोशीका केही भूभागमा हल्कादेखि मध्यम वर्षा हुने र सोमबार र मङ्गलबार अन्य प्रदेशका विभिन्न ठाउँमा वर्षा हुने जनाएको थियो।मौसम बदलीका कारण पछिल्ला केही दिनदेखि तापक्रम घट्दो क्रममा रहेको मौसमविद्हरुको भनाई छ। तराईका जिल्लामा पनि हिजो शनिबारबाट ४० डिग्रीभन्दा तल नै तापक्रम रहेको र यो क्रमशः घट्दै जाने मौसम्विद्हरुले बताएका छन् ।केही दिनअघि यसपाली तापक्रम सबैभन्दा बढी भैरहवामा ४३.६ डिग्रीसम्म पुगेको थियो ।भोलि सोमबार र पर्सि मंग...
‘जनसङ्ख्या साक्षरता’ र ‘जनसाङ्ख्यिक सूचक’ पुस्तक सार्वजनिक

‘जनसङ्ख्या साक्षरता’ र ‘जनसाङ्ख्यिक सूचक’ पुस्तक सार्वजनिक

ताजा अपडेट, शिक्षा, समाचार
काठमाडौं । राष्ट्रिय जनगणना २०७८ ‘जनसाङ्ख्यिक सूचक’ नामक पुस्तिका र ‘जनसङ्ख्या साक्षरता’ पुस्तक सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयमा आइतबार एक कार्यक्रमकाबिच सो पुस्तकलाई राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख अर्जुनप्रसाद पोखरेलले सार्वजनिक गरेका छन्। पुस्तकमा नेपालमा जनगणना उपयोगिता,अभ्यास तथा गुणस्तरका चुनौतीहरू,जनसङ्ख्याको आकार संरचना वितरण एवम् वृद्धि मापन तथा प्रक्षेपण विधि,शैक्षिक तथ्याङ्क र जनसाङ्ख्यिक सूचकमा चार सयभन्दा बढी सूचकहरू समावेश गरिएको छ।  ...
पाठेघरको र स्तन क्यान्सर विरूद्धको खोप निःशुल्क रूपमा उपलब्ध गराइएको छ : प्रधानमन्त्री

पाठेघरको र स्तन क्यान्सर विरूद्धको खोप निःशुल्क रूपमा उपलब्ध गराइएको छ : प्रधानमन्त्री

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार, स्वास्थ्य
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलामा हुने पाठेघरको क्यान्सर र स्तन क्यान्सर विरूद्धको खोप निःशुल्क रूपमा उपलब्ध हुने व्यवस्था मिलाइएको स्मरण गराउनुभएको छ । आइतबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको तथा नागरिकको मौलिक हक कार्यान्वयनमा विशेष ध्यान दिएको जिकिर गरे। प्रधानमन्त्री प्रचण्डले गरिब, विपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका दुई हजार ८०० श्यया निःशुल्क उपलब्ध गराइएको र  पाठेघरको क्यान्सर र स्तन क्यान्सर विरूद्धको खोप निःशुल्क रूपमा उपलब्ध हुने व्यवस्था मिलाइएको बताए। “सरकारले स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ,” प्रधानमन्त्री प्रचण्डले...
घरजग्गा खरिदकर्ता व्यवस्थित र व्यवसायिक हुन जरुरी  छ : मन्त्री अधिकारी

घरजग्गा खरिदकर्ता व्यवस्थित र व्यवसायिक हुन जरुरी छ : मन्त्री अधिकारी

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौं । भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले घरजग्गा कारोबारमा खरिदकर्ताले पारदर्शी र यथार्थ विवरणको सुनिश्चितताका लागि व्यवस्थित र व्यवसायिक हुन जरुरी रहेको बताएका छन्। आइतबार नेपाल घर जग्गा आवास विकास महासंघले ललितपुरमा आयोजना गरेको ‘रियल इस्टेट सम्मेलन’मा मन्त्री अधिकारीले घरजग्गा खरिदकर्ताले घरजग्गाको क्षेत्रफल,स्वामित्वको अवस्था,सम्भावित कानूनी अड्चन र मूल्यका बारेमा पारदर्शी र यथार्थ विवरण प्राप्त गरि घरजग्गा कारोबार व्यवस्थित र व्यवसायिक बनाउनु पर्ने आवश्यक्ता औंल्याए। मन्त्री अधिकारीले  घरजग्गा कारोबारलाई पारदर्शि बनाउने विषय चुनौतिको रुपमा देखापरेको हुँदा घर जग्गा व्यवसायीहरूले व्यवसायिक मर्यादामा रही प्रचलित कानूनको पालना गरेर व्यवसाय गर्ने वातावरण भएमात्रै यो व्यवसाय सबल हुने बताए ।कानून बमोजिम व्यवसाय दर्ता वा इजाजत नलिई कारोबार गर्ने परिपाटीले ...
राष्ट्रिय महिला मादल वादन प्रतियोगिता आयोजना हुने

राष्ट्रिय महिला मादल वादन प्रतियोगिता आयोजना हुने

कला, जीवनशैली, ताजा अपडेट, ब्यानर-२, मनोरन्जन, समाचार
काठमाडौं ।‘नारीको कला,नारीको शान’भन्ने मूल नाराका साथ राष्ट्रिय महिला मादल वादन प्रतियोगिता हुने भएको छ । कर्णाली कलाकार प्रतिष्ठानले बैशाख २७ गते काठमाडौंको राष्ट्रिय नाचघर जमलमा प्रतियोगिता गर्न लागेको हो। यस प्रतियोगितालाई संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सहकार्य गर्ने भएको छ।महिलाको अन्तरनिहित प्रतिभाको उजागर गर्नु र मौलिक बाजा मादलको संरक्षण र विकास गर्नु प्रतियोगिताको उद्देश्य रहेको बताइएको छ। प्रतियोगिताका लागि २५ गतेसम्म आवेदन दिन सकिने भएको छ।पहिलो हुनेलाई ५५ हजार, दोस्रोलाई ३५ हजार, तेस्रो हुनेलाई २५ हजार र सान्त्वना हुनेलाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ। नेपालमै पहिलो पटक हुन लागेको यस प्रतियोगिताका लागि अहिलेसम्म ४२ जनाले आवेदन दिइसकेको कर्णाली कलाकार प्रतिष्ठानकी अध्यक्ष टीका पुनले जानकारी दिएकी छन् ।  ...
पर्वतमा भगवान् इन्द्रसँग पानी माग्दै अखण्ड कीर्तन

पर्वतमा भगवान् इन्द्रसँग पानी माग्दै अखण्ड कीर्तन

कृषि, ताजा अपडेट, समाचार, स्थानीय
पर्वत ।लामो समय पानी नपरी तापक्रम बढेपछि कुश्मा नगरपालिका–३ दुर्लुङवासीले भगवान् इन्द्रसँग पानी माग्दै अखण्ड कीर्तन गरेका छन्।हिन्दु धर्ममा इन्द्रलाई वर्षाका देवता मानिएकाले उनको पूजा गर्दा पानी पर्ने विश्वासमा अखण्ड कीर्तन गरिएको हो। स्थानीय घोगेनी भजन मण्डलीको आयोजनामा शनिबार बिहान शुरु गरेको अखण्ड कीर्तन आइतबार बिहान पूरा गरेका छन् ।स्थानीय घोगेनी भजन मण्डलीको आयोजनामा तारेकोटमा रहेको दुर्गा भगवतीको मन्दिर परिसरमा इन्द्र, वरुण र भगवान् शिवको मूर्ति नै स्थापना गरी पूजापाठ सहित कीर्तन गरिएको छ। वर्षा नहुँदा पर्वतमा हिउँदे बाली सुक्दै गएका छन् भने  डढेलोले सयौँ हेक्टर क्षेत्रफलको वन सखाप पारेको छ।...
मित्रको पहिचान कसरी हुन्छ ?

मित्रको पहिचान कसरी हुन्छ ?

ताजा अपडेट, प्रेरक प्रसङ्ग, मनोरन्जन, समाचार, साहित्य
मनिषा गुरुङ काठमाडौं । दुई जना साथी एक पटक साथसाथै भ्रमण गर्न निस्के । जंगलको बाटो थियो ।बाटोमा अनेक किसिमका जंगलि जनावरहरु आउने सम्भावना थियो । नभन्दै हिंड्दा हिंड्दै एक जाना साथीले आफूभन्दा अलि टाढाबाट आफैंतिर भालु आउँदै गरेको देख्यो । भालु आएको सुँइको पाउनासाथ नजिकैको साथीलाई समेत संकेत नगरी हत्तनपत्त नजिकैको रुखमा चढ्यो ।सँगै हिडेको साथी भने अक्क् न बक्क भयो ।उसलाई के गरुँ,कसो गरुँ भयो ।यस्तो अवश्थामा भागेर अब प्राणको रक्षा गर्न सकिने होइन जे हुन्छ होस् भन्ने सम्झी भूइँमा लम्पसार परेर सुतिदियो । उसले बुढापाकाका अनुभवहरुबाट सुनेको थियो कि,भालुले मरेको शवलाई खाँदैन।त्यसैले उसले मरेको जस्तै गरि सासै नफेरी बस्यो ।भालुले सबैतिर सूँ सूँ गरि सुघ्यो ।मान्छे बाँचेको आभास नपाएकाले एकैछिनमा छाडेर गइहाल्यो ।रुखमा बसेको साथीले यी सबै घटनाहरु एकटक लगाई हेरिरहेको थियो ।भालु आफ्नो बाटो लाग्नासाथ...
महेशपुर भन्सारको गोदाममै सड्यो १८०० बोरा चिनी

महेशपुर भन्सारको गोदाममै सड्यो १८०० बोरा चिनी

कृषि, ताजा अपडेट, समाचार
 नवलपरासी ।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–१ मा रहेको महेशपुर भन्सार कार्यालयको गोदाममा एक हजार आठ सय बोरा चिनी सडेको छ । भारतबाट अवैधरुपमा भित्र्याएको चिनी गुण नियन्त्रण कार्यालय भैरहवाले खान अयोग्य रहेको भनेपछि लिलाम गर्न नमिल्दा एक करोड बराबरको चिनी भन्सारको गोदाममै सडेको हो । भन्सार कार्यालयका सूचना अधिकारी मोहराज जैसीका अनुसार प्रहरीले अवैध रुपमा भित्र्याइएको कपडा, मोबाइलका पार्टस, हार्डवेयर, विभिन्न प्रकारका मोबाइल कभरसमेत भन्सार कार्यालयमा बुझाएको छ । उक्त सामान लिलाम गर्ने प्रक्रिया लामो हुँदा लिलाम गर्न ढिला भएको छ । ‘समान लिलामका लागि सूचना सार्वजनिक गर्दा व्यापारीहरुले सामानको मूल्य बढी भयो भन्दै लिलाम सकार गर्न नमानेपछि एक करोड मूल्य बराबरको समान गोदामभित्र सडिरहेको छ’, सूचना अधिकारी जैसीले भने ।– रासस...
विक्रम बिसीको ‘त्यो भेरी तिरैमा’ गीत युट्युबमा

विक्रम बिसीको ‘त्यो भेरी तिरैमा’ गीत युट्युबमा

कला, ताजा अपडेट, भिडियो, मनोरन्जन, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं ।लोकगायक बिक्रम बिसीको त्यो भेरी तिरैमा बोलको गीत युट्युबमार्फत सार्वजनिक भएको छ।बिहीबार बिसीले आफ्नै अफिसियल युट्युब च्यानल Bikram BC मा सो म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। वि.सं.२०५० सालमा रेडियो नेपालबाट गायन यात्रा शुरु गरेका बिसीले आफ्नै शब्द र स्वर रहेको यस गीतमा सामाजिक परिवेश अनुसारको म्युजिक भिडियो बनाएर नयाँपन दिएको बताएका छन्।गीतमा अछामदेखि सुर्खेत पश्चिमसम्मका गाउँ घर र डाँडा पाखाको बयान गरिएको छ।जहाँ लेकदेखि वेशीसम्मका परिवेशलाई मात्र नभएर नदीको बहाव र न्याउली चरीको रोदनलाई माया पिरतीको प्रसंगसँग जोडिएको छ। गीतमा आफ्नी प्रेमिकासँग बिहे नभए बाँच्न नसक्ने सम्मका बाचा बन्धन गरिएको देखिन्छ । उनले रेडियो नेपालमा घुमाउरो घुमाउरो कर्णाली,बर्दिया लै सम्म मैनामा हाम्रो असारे,गाई हिन्ने गोहो,नयॉं नेपाल समान बनाउनु,जोवन मेरो ओईलेर गयो,पुग्यौ क...