मनिषा गुरूङ
काठमाडौं । हामीमध्ये धेरैको बानी चिया वा कफीबाट दिनको सुरुवात गर्ने हुन्छ ।तर,बिहान खाली पेटमा कफी खाँदा के हुन्छ। भन्ने कुरा हामीलाई थाहा नहुन सक्छ ।
यदि कफी सीमित मात्रामा र सही तरिकाले खाने हो भने स्वास्थ्यका लागि निकै फाइदाजनक रहने स्वाथ्यकर्मीहरु बताउँछन्।कफीमा मेटाबोलिजम बूस्ट गर्ने तत्व भएको हुँदा यसले टाउको दुखाइबाट राहत प्रदान गर्नुका साथै पाचन प्रणलीलाई पनि राम्रो बनाउँदछ ।
त्यस्तै कफीले तौल घटाउन समेत मद्धत गर्छ ।यसले तत्काल ऊर्जा प्रदान गर्दछ।भने,छिटोछिटो क्यालोरी घटाउन मद्दत गर्दछ ।आहारविज्ञ भन्छन,‘कफी स्वास्थ्यका लागि निकै फाइदाजनक हुनेमा कुनै शंका छैन तर बिहान खाली पेटमा कफी पिउनु कत्ति पनि ठीक होइन।यसो गर्दा तपाईंको स्वास्थ्यलाई राम्रो भन्दा बढी हानी हुनसक्छ । यसकारण पेट सम्बन्धी समस्याहरु जस्तै ग्यास,कब्जियत, अपच, पेट फुल्ने जस्ता समस्याहरु देखा पर्...