रारा क्षेत्रमा अष्ट्रेलियन कम्पनीले सवा अर्बको लागतमा लक्जरी रिसोर्ट बनाउने
काठमाडौं ।नेपालको सुन्दर र मनोरम प्राकृतिक दृश्य भएको पर्यटकीय गन्तव्य रारामा अष्ट्रेलियन कम्पनीले १ अर्ब १० करोड रुपैयाँ खर्चेर लक्जरी रिसोर्ट बनाउने भएको छ ।
काठमाडौंमा जारी लगानी सम्मेलनमा अष्ट्रेलियाको एक्सपर्ट ग्रुप र नेपालको रारा होल्डिङ्स प्रालिबीच सो सम्बन्धमा सम्झौता भएको हो।उक्त रिसोर्ट कर्णाली प्रदेशकै पहिलो लक्जरी रिसोर्ट हुने दाबी गरिएको छ।
रिसोर्ट ८० रोपनी क्षेत्रफलमा फैलिने उल्लेख गरिएको छ।सम्झौता भएको तीन महिनाभित्र निर्माण कार्य थाल्ने तयारी भएको लगानीकर्ताहरूको भनाई छ।
समुद्री सतहदेखि तीन हजार ७०० मिटर उचाइमा रहने सो रिसोर्ट कर्णालीको स्थानीय संस्कृति झल्किनेगरी नेपाली डिजाइनमा निर्माण गरिने भएको छ।
रिसोर्ट दुई वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालन ल्याइने बताइएको छ।...
