ताजा अपडेट

लगानी सम्मेलमा भएका सम्झौता के के छन्,आशयपत्र पेश गर्न समयअवधि कति?

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, पर्यटन, ब्यानर-२, समाचार
काठमाडौं । हिजो सोमबार सम्पन्न भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सम्मेलनमा ८ सयभन्दा बढी विदेशी प्रतिनिधिसहित दुई हजार पाँच सय भन्दा बढीले सहभागिता जनाए । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशी भट्टका अनुसार नेपाल लगानी प्रवद्र्धनका लागि अनुकूल र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको सन्देश दिन सफल भएको छ।तेस्रो लगानी सम्मेलनमा प्रदर्शन गरेका परियोजनाहरूमा संसारभरका व्यवसायी,उद्यमी र लगानीकर्ताबाट अत्यधिक चासो रहेको उनको भनाई छ । आशयपत्र माग गरिएका १९ र मार्केट साउन्डीङ (लगानीकर्ताको प्रतिक्रिया संकलन)का ९ परियोजनासहित कुल १५४ परियोजना प्रस्तुत गरिएको सम्मेलनमा लगानीकर्तालाई ऊर्जा परियोजनाको हकमा ४५ दिन र गैर–ऊर्जा परियोजनाको हकमा ३५ दिनको समय प्रदान गरिएको बोर्डले जानकारी दिएको छ। विश्व बैंक,चीन,भारत,कुवेत,युएई, बेलायत र अमेरिकाका प्रतिनिधिले सहयोगका क्षेत्रहरूमा छलफल गर...

फिल्ममेकर आचार्यलाई दुई अवार्ड

कला, ताजा अपडेट, प्रेरक प्रसङ्ग, मनोरन्जन, समाचार
काठमाडौं ।नेपाली फिल्ममेकर रविन आचार्यलाई अमेरिकाको न्युयोर्कमा आयोजित क्वीन्स वर्ल्ड फिल्म फेस्टिभलमा दुई विधामा अवार्ड प्रदान गरिएको छ।फिल्म ‘रोटन ब्लड’बाट उनले छायांकन विधामा स्पेसल मेन्सन र ‘मनु’बाट फाउन्डर च्वाइस अवार्ड जितेका हुन्। छायांकन विधामा मार्सेल लोबेनविनको ‘कोडा’,लिओ काल्जोनीको ‘सिएला’,स्कट टी समर्सको ‘मिरान्डा अफ माइन्ड’ र विलियम मुरेको ‘द डार्क फरेस्ट’सँग आचार्यको प्रतिस्पर्धामा थियो।आचार्यले छायांकन गरेको फिचर फिल्म ‘डाइङ क्याण्डल’ले सन् २०१६ को फेस्टिभल संस्करणमा छायांकन विधा जितेको थियो। यो फिल्म युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्निया स्कुल अफ सिनेम्याटिक आर्टस’मा स्क्रिनिङ समेत गरिएको थियो।आचार्यले नेपाली कथानक फिल्म धुलो,केटीएम कक्टेल,चंगा,चक्कर,जयश्री राम छायांकन गरेका छन्।...

लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोना विजयी

कला, खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौं ।स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले भलेन्सियालाई पराजित गरेपछि विजयी भएको छ। गएराति सम्पन्न खेलमा बार्सिलोनाले भलेन्सियालाई ४–२ गोल अन्तरले पराजित गरेर विजय हाँसिल गरेको हो। जितका लागि रोबेर्ट लेवानडोस्कीले ह्याट्रिक गरेका थिए । फेर्मिन लोपेजले एक गोल गरेका थिए। भलेन्सियाका लागि हुगो डुरो र पेपेलुले एक–एक गोल गरेका थिए। जितपछि बार्सिलोनाको ला लिगामा ३३ खेलमा ७३ अंक भएको छ र दोस्रो स्थानमा उक्लिएको छ।  ...

लगानी सम्मेलनबाट ९ अर्ब १३ करोड लगानी स्वीकृत

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौं । लगानी सम्मेलनमा उद्योग विभागले ९ अर्ब १३ करोडको लगानी स्वीकृत गरेको छ ।विभागका अनुसार विभिन्न चारवटा परियोजनाका लागि नौ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत भएको हो । जसमा भक्तपुरमा लगानी कम्पनी स्थापनाका लागि ६ अर्ब,काठमाडौंमा व्यावसायिक भवन निर्माणका लागि ३ अर्ब लगानी स्वीकृत भएको विभागले जनाएको छ । यस्तै संयुक्त अधिराज्यको एकेलस इनर्जी लिमिटेडको ८५ प्रतिशत र कैलालीको मोहन्याल गाउँपालिकाको १५ प्रतिशत लगानीमा दुई सय किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि ७ करोड ६६ लाख लगानी स्वीकृत भएको विभागले उल्लेख गरेको छ ।   यसैगरी ललितपुरमा होटल तथा रेस्टुरेन्ट निर्माणका लागि ६ करोड २५ लाख बराबर लगानी स्वीकृत भएको छ। विभागले स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत विदेशी लगानी स्वीकृति हुने प्रणालीको समेत उद्घाटन गरेको छ। सरकारले स्वचालित मार्गबाट विदेशी ...

यी स्थानमा आज वर्षा र हावाहुरीको सम्भावना

ताजा अपडेट, ब्यानर-२, समाचार, स्थानीय
काठमाडौं ।हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।जसको कारणले देशको पहाडी भूभागमा आंशिक बदली भइरहेको छ।भने,बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो कोशी,गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।कोशी प्रदेशको पहाडी भूभागका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना  छ। त्यस्तै कोशी,गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।लुम्बिनी,मधेश,सुदूरपश्चिम र कोशी प्रदेशसहित बाँकी भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाको भनाई छ। उता आज राति पनि कोशी,गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।भने,लुम्बिनी,मधेश,सुदूरपश्चिम र कोशी प्रदेशका केह...

इलाममा किन भयो घण्टीको जमानत जफत !

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार, स्थानीय
इलाम । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन अन्तर्गतको निर्वाचनमा रास्वपा(घण्टी चिन्ह)को जमानत जफत भएको छ । १९ जना उम्मेदवार रहेको यस क्षेत्रको निर्वाचनमा घण्टीको तर्फबाट उम्मेदवार बनेका मिलन लिम्बूको जम्मा सदर मतको १० प्रतिशत भन्दा कम मत आएपछि घण्टीको जमानत जफत भएको हो । कूल ६९ हजार ३७४ भोट गणना हुँदा यस क्षेत्रमा ६८ हजार ४७२ भोट सदर भएको छ । जसको १० प्रतिशत सरदर ६ हजार हुन आउँछ । तर लिम्बुको ५ हजार ५० भोटमात्र आएको छ । उनिसँगै अन्य आठ जना उम्मेदवारको पनि जमानत जफत भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधि सभा सदस्य ऐन अनुसार जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानूनी व्यवस्था छ ।  ...

इलाम –२ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
इलाम । नेपाली कांग्रेस उम्मेदवार डक्बरबहादुर खड्कालाई ५ हजार ८ सय ३० मतले पराजित गदै नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन् । आज बिहान सकिएको मतगणनाम नेम्वाङले २७ हजार ७ सय ७२ मत ल्याउँदा कांग्रेसका खड्काको २१ हजार ९ सय ४२ मत आएको थियो ।यस्तै, स्वतन्त्र उम्मेद्‍वार डेकेन्द्रसिंह थेगिमले ११ हजार ४ सय ५७ मत प्राप्त गरेका छन् भने रास्वपाका मिलन लिम्बुले ५ हजार ५० मत पाएका छन्। निर्वाचन आयोगका अनुसार इलाम २ मा ६९ हजार ३ सय ७४ मत खसेको थियो ।जसमा ९ सय २ मत बदर भएको छ।२०७९ सालको निर्वाचनमा निर्वाचित भएका सुवासचन्द्र नेम्वाङ र बझाङ प्रदेशसभा १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि यी क्षेत्रहरू रिक्त रहेका थिए।विजयी सुहाङ संविधानसभा अध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङका छोरा हुन्। बझाङ प्रदेशसभा–१ बाट पनि एमालेकै उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित भइसकेका छन्। नेपाली...

सूचना प्रविधिमा लगानी गर्न सञ्चारमन्त्रीको आह्वान

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रमा लगानीका लागि नेपाल उपयुक्त मुलुक रहेको  भन्दै यसमा लगानी गरेर लाभ लिन लगानीकर्ताहरुलाई आह्वान गरेकी छिन्। सोमबार काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनकामा मन्त्री शर्माले सूचना प्रविधि लगानीको उत्कृष्ट क्षेत्र’ विषयक सत्रलाई सम्बोधन गर्दै सूचना प्रविधि उद्योगमा लगानी गर्न नेपाली मात्र नभई विदेशी लगानीकर्ताका लागि पनि नेपाल उपयुक्त स्थल रहेको भन्दै आह्वान गरेकी हुन् । मन्त्री शर्माले संसारकै अग्लो हिमाली मुलुक नेपाललाई सूचना प्रविधिको अन्तर्राष्ट्रिय ‘हब’ बनाउन सरकारले दृढ सङ्कल्पि गरेको भन्दैमुनाफा आर्जनको वातावरण बनाएर लगानी र लगानीकर्ताको सुरक्षा गर्ने समेत बताइन । उनले भनिन्, ‘सूचना प्रविधि क्षेत्रको लगानीमार्फत हुने डिजिटल रूपान्तरण र समृद्धिको यो महाअभियानमा सहभागी हुन र यसबाट मनग्य लाभ लिन देश भित्र...

१६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा भक्तपुरका एक वृद्ध पक्राउ

ताजा अपडेट, ब्यानर-२, समाचार
भक्तपुर।१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरमा एक जना वृद्ध पक्राउ परेका छन् । भक्तपुर नगरपालिका,३ खौमा बस्ने ६१ वर्षीय लक्ष्मी प्रसाद फाजुलाई  प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो । प्रहरी प्रभाग दरबार स्क्वायरबाट खटिएको प्रहरीले फाजुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरेको प्रहरीले बताएको छ ।जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।...

‘बोक्सीको घर’को कमाई कति भयो ?

अर्थतन्त्र, कला, ताजा अपडेट, समाचार
काठमाडौं । अभिनेत्री केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ ले दर्शकको राम्रो साथ पाएको निर्माताको दाबी छ । अहिले पनि उच्च अकुपेन्सीका साथ यो फिल्म चौथो दिनमा प्रदर्शनरत छ। यस फिल्मले तीन दिनमा ३ करोडको व्यापार गरेको वितरक कम्पनी टी(फोल्कस्को दाबी छ । वितरकका अनुसार फिल्मले शुक्रबार र शनिबार दुई करोड ३० लाख ‘ग्रस कलेक्सन’ गरेको छ ।त्यस्तै, आइतबार कम्तीमा ६५ करोडको व्यापारको गरेको ट–फोल्कका प्रबन्धक प्रचण्डमान श्रेष्ठले बताएका छन् । सुलक्षण भारतीको लेखन र निर्देशन रहेको यस फिल्ममा केकी मुख्य भूमिकामा छन् ।फिल्ममा बालकलाकार सुपला सापकोटाको अभिनयले पनि निकै चर्चा पाएको उनिहरुको भनाई छ ।...