ताजा अपडेट

राष्ट्रिय सभा र ५ संसदीय समितिको बैठक बस्दै

राष्ट्रिय सभा र ५ संसदीय समितिको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२० असार,काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८२’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि दफावार छलफल गर्ने कार्यसूची छ । ती विधेयकलाई पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउने सम्भावित कार्यसूची तय गरिएको संघीय संसद् सचिवालयले जनाएको छ । यस्तै,आज पाँचवटा संसदीय समितिको बैठक पनि बस्दैछ ।अर्थ समितिको बैठकमा ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची छ । त्यस्तै,अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ माथि छलफल गर्नेगरी निर्धारण गरिएको छ...
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
२० असार,काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २० पैसा र बिक्रीदर १३६ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ६३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ३४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ०४ पैसा र बिक्रीदर १८६ रुपैयाँ ८६ पैसा,स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९० रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३० पैसा र बिक्रीदर १०० रुपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ र बिक्रीदर १०७ रुपैयाँ ४७ पैसा तोकिएको छ । केन्द्रीय ब...
पूर्वराष्ट्रपति भण्डारीद्धारा औपचारिक राजनीतिमा फर्किएको घोषणा

पूर्वराष्ट्रपति भण्डारीद्धारा औपचारिक राजनीतिमा फर्किएको घोषणा

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१४ असार,काठमाडौं ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक राजनीतिमा फर्किएको घोषणा गर्नुभएको छ । मदन भण्डारीको जन्मजयन्तीको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले आफू एमालेको राजनीतिमा फर्किएको घोषणा गर्नुभएको हो।त्यसका लागि आफूले पार्टी सदस्यता नवीकरण गरेको पनि उहाँले बताउनुभयो। पार्टी सदस्यता नवीकरण गरेको छु।एमालेको एक सदस्यको रूपमा पुन जोडिएको छु,उहाँले भन्नुभयो। पार्टीमा फर्केपछि आफ्नो विशिष्ट आकांक्षा नभएको उहाँको भनाई छ। पार्टी जिम्मेवारीमा फर्किएको घोषणाअघि भण्डारीले आफू राष्ट्रपतिबाट बाहिरिएको दुई वर्षको अन्तरालमा आफूले देशका विभिन्न भागमा पुगेर मुलुकको सामाजिक–आर्थिक विकासका बारेमा जनतासँग अन्तक्रिया र आफ्नै निवासमा पनि विभिन्न क्षेत्रका विज्ञ विशेषज्ञसँग भेटघाट गरेको उल्लेख गर्नुभएको छ। मदन भण्डारीलाई सम्झँदै उहाँले भन्नुभयो—जननेत...
मदन भण्डारीकै विचारलाई मियो मानेर देश अगाडि बढिरहेको छ : प्रधानमन्त्री ओली

मदन भण्डारीकै विचारलाई मियो मानेर देश अगाडि बढिरहेको छ : प्रधानमन्त्री ओली

ताजा अपडेट, ब्यानर-२, समाचार
१४ असार,काठमाडौं । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्माओलीले मदन भण्डारीको विचारलाई मियो मानेर देश अगाडि बढिरहेको जिकिर गर्नुभएको छ । मदन जयन्ती समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालको राजनीतिमा जबजको असाधारण योगदान रहेको बताउनुभयो ।उहाँले भन्नुभयो, ‘जबजको पृष्ठभूमि र त्यसको आधारका विचार तय गर्ने कुरामा मदन भण्डारीको अगुवाइ थियो । मदन भण्डारी महासचिव बन्ने कुरामा हाम्रो अगुवाइ थियो, ।’ ‘किनभने मदन भण्डारीले म महासचिव बन्छु भन्नुभएको थिएन । हामीले नै बनाएका थियौं । छलफल विश्लेषण गरेर निष्कर्ष निकालेर हामीले बनाएका थियौं ।’ हामीले मदन भण्डारीलाई महासचिव नबनाएको भए ती उपलब्धि हुन सक्दैनथे ।’ मदन भण्डारीको मृत्यु भएपछि जबजका आवाजको बढी चर्चा भएको पनि उहाँको भनाई थियो ।...
आज शनिबार साँझदेखि अति भारीसम्म वर्षा,कुन कुन ठाउँमा ?

आज शनिबार साँझदेखि अति भारीसम्म वर्षा,कुन कुन ठाउँमा ?

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१४ असार,काठमडौं।जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले शनिबार साँझदेखि पश्चिम नेपालका विभिन्न प्रदेश र अन्य प्रदेशका केही ठाउँमा भारीदेखि अति भारी वर्षा हुने उल्लेख गरेको छ। महाशाखाद्धारा जारी मनसुन विशेष बुलेटिनमा  शनिवार साँझदेखि  १६ गते बिहानसम्म कर्णाली प्रदेशको पहाडी भू–भाग,सुदूरपश्चिम प्रदेश,लुम्बिनी प्रदेशका पहाडी र तराईका भू–भागका केही स्थानहरुमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाइएको छ। यस्तै यी बाहेकका अन्य प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमासमेत भारीदेखि धेरै अति भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ। जसका कारण भू–क्षय,बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको,ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने,दैनिक जन–जीवन,कृषि, स्वास्थ्य,पर्यटन,नदी क्षेत्र आसपासका निर्माण कार्य...
मन्त्री भइसकेपछि केके नै गर्छु भन्ने लागेको थियो,केही गर्न सकिन : कृषि मन्त्री अधिकारी

मन्त्री भइसकेपछि केके नै गर्छु भन्ने लागेको थियो,केही गर्न सकिन : कृषि मन्त्री अधिकारी

अर्थतन्त्र, कृषि, ताजा अपडेट, बिशेष, समाचार
१३ असार,काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मलको हाहाकार सधैँ भइरहने बताउनु भएको छ । नेपाल डेरी एसोसिएसनले बिहीबार काठमाडौंमा आयोजना गरेको दही चिउरा प्रवर्द्धन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले मलको हाहाकार रहेको र भइरहने जिकिर गर्नुभयो । किसानका समस्या समाधान गर्न नसकेकोमा मन खिन्न पार्दै मन्त्री अधिकारीले भन्नुभयो, ‘मन्त्री भएर पनि केही गर्न सकिन ।मन्त्री भइसकेपछि केके नै गर्छु भन्ने लागेको थियो । रहर पनि थियो,नयाँ परिवर्तन गर्न ,’ तर सकिएन ।  ‘यदि हामीसँग आर्थिक सीमितता,आर्थिक संकुचन थिएन भने धेरै चिज गर्थ्यौं ।’ गत वर्ष कृषि मन्त्रालयलाई २७ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको र जम्मा साढे ४ लाख टनमात्र मल आएको बताउनुभयो । बजारमा मागको आपूर्ति ११ लाखदेखि १३ लाख टनको रहेको र एक चौथाई मलले किसानलाई समयमै मल पुर्‍याउनसक्ने स्थिति नरहेको उहा...
अहिलेको नेतृत्वबाट आशा गर्नु बेकार छ : चन्द्र भण्डारी

अहिलेको नेतृत्वबाट आशा गर्नु बेकार छ : चन्द्र भण्डारी

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१३ असार,काठमाडौं । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले अहिलेको राजनीतिक नेतृत्वबाट धेरै आशा गर्नु नै बेकार भएको टिप्पणी गर्नुभएको छ। बिहीबार बसेको शिक्षा,विज्ञान तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनको छलफलपमा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो। अहिलेको राजनीतिक नेतृत्वले बोल्ने र भाषण गर्ने तर कर्तव्यबाट भाग्ने गरेको उहाँको आरोप छ।राजनीतिक नेतृत्व व्यावहारिक र जिम्मेवार हुन जरुरी रहेको उहाँको भनाई थियो। ‘मलाई के लाग्छ भने अहिलेको नेतृत्वबाट धेरै आशा गर्नु बेकार छ।लेख्ने, बोल्ने,भाषण गर्ने तर कर्तव्य कोही पनि पूरा नगर्ने छन्।यो अहिलेको नेतृत्वमा भएको रोग हो ।त्यसकारण हामी व्यावहारिक हुनुपर्‍यो।’ संसद भण्डारीले भन्नुभयो ।  ...
आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
१३ असार,काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ १४ पैसा र बिक्रीदर १६० रुपैयाँ ८४ पैसा,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८८ रुपैयाँ ४४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७० रुपैयाँ ६७ पैसा र बिक्रीदर १७१ रुपैयाँ ४१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ र बिक्रीदर १०० रुपैयाँ ४३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ २९ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७६ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४८ पैसा र बिक्रीदर नौ रुपैयाँ ५२ पैसा, चिनियाँ ...
नागार्जुन नगरपालिकाले ग¥यो २ अर्ब ३९ करोड ७१ लाख बढीको बजेट सार्वजनिक

नागार्जुन नगरपालिकाले ग¥यो २ अर्ब ३९ करोड ७१ लाख बढीको बजेट सार्वजनिक

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार, स्थानीय
मनिषा गुरुङ १२ असार, काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाले आर्थिक वर्ष २०८२ ÷०८३ का लागि नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले मंगलबार ११औं नगरसभा अधिवेशनमार्फत उल्लेखित रकम बराबरको बजेट सार्वजनिक गरेको हो ।सो सभामार्फत कार्यबाहक नगर प्रमुख शुसिला अधिकारीले नगरको नीति तथा कार्यक्रमसँगै सो अनुमानित बजेट सार्वजनिक गर्नुभएको थियो। प्रस्तुत बजेटमा शिक्षा,स्वास्थ्य,खानेपानी,पूर्वाधार विकास,वातावरण संरक्षण,रोजगारी प्रवर्द्धन,डिजिटलीकरण, लैङ्गिक समानता तथा समावेशिता लगायतका क्षेत्रहरूलाई उच्च प्राथमिकतामा राखिएको कार्यबाहक नगर प्रमुख अधिकारीले बताउनुभएको छ। यसले नगरको समग्र विकासमा थप टेवा पुर्‍याई समृद्ध नगर,सुखी नगरवासी बनाउने बाटोमा अगाडी बढ्न सजिलो हुने विश्वास लिइएको उहाँको भनाई छ । उक्त नगरसभामा बागमती प्रदेशका ...
बुढानीलकण्ठ नगरपालिकाको बजेट ३ अर्ब ४५ करोड

बुढानीलकण्ठ नगरपालिकाको बजेट ३ अर्ब ४५ करोड

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार, स्थानीय
 मनिषा गुरुङ १२ असार, काठमाडौं । बुढानीलकण्ठ नगरपालिकालेको विनियोजित बजेट ३ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । बुधबार नगरपालिकाको सभाहलमा १६ औं अधिवेशनको चौथो बैठकले अघिल्लो बैठकमा पेश भएका आर्थिक विधेयक,विनियोजन विधेयक र आर्थिक वक्तव्य माथी छलफल गरि सुझाव संकलन समेत गरेर उक्त बजेट पारित गरिएको नगर प्रमुख मीठाराम अधिकारीले बताउनुभयो । यो बजेट गत आ.व.को विनियोजित बजेट ३ अर्ब २५ करोड रहेको थियो भने यस बर्ष बजेट २० करोड रुपैयाँले बढेको  उपप्रमुख अनिता लामाले बताउनुभयो ।  ...