आइएमई ग्रुपको लगानीमा फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा
१२ असार,काठमाडौं। आइएमई ग्रुपको डेढ अर्ब लगानीमा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग एभरेष्ट फाइबर सिमेन्ट बोर्ड सञ्चालनमा आएको छ।
उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा उद्योगको उद्घाटन गर्नुभयो । उद्घाटनपश्चात उहाँले उक्त उद्योगबाट उत्पादित फाइबर सिमेन्ट बोर्ड तथा त्यसबाट निर्माण हुने विविध उत्पादनहरूलाई औपचारिक रूपमा सार्वजनिकसमेत गर्नुभाएको थियो ।
स्वदेशमै गुणस्तरीय, वातावरणमैत्री र अत्याधुनिक प्रविधिमा आधारित उद्योगको स्थापना हुनु नेपालको औद्योगिक विकासतर्फको महत्त्वपूर्ण पाइला रहेको बताए ।
मन्त्री भण्डारीले यो उद्योगले केवल आयात प्रतिस्थापन मात्र होइन,निर्माण क्षेत्रलाई दिगो विकासको बाटोमा डोर्याउने भएकाले सरकारले उत्पादनमुखी लगानीलाई सधैं प्रोत्साहन दिनु जरुरी छ । सभालाई सम्ब...









