यस्तो छ आजका विदेशी मुद्राको विनिमय दर
५, असार काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १५९ रुपैयाँ ४२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६० पैसा र बिक्रीदर १८६ रुपैयाँ ४१ पैसा, स्विस फ्र्यांक एकको खरिददर १६८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ५१ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९० रुपैयाँ ०४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४८ पैसा, सिंगापुर डलर एकको खरिददर १०७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ८८ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ५३ पैसा र बिक्रीदर नौ रुपैयाँ ५७ पैसा, चिनिया...









