ताजा अपडेट

पूर्वमन्त्री शास्त्रीको निधनको शोकमा कांग्रेसले स्थगित गर्‍यो औपचारिक कार्यक्रम

पूर्वमन्त्री शास्त्रीको निधनको शोकमा कांग्रेसले स्थगित गर्‍यो औपचारिक कार्यक्रम

ताजा अपडेट, राजनीति, समाचार
४, असार, काठमाडौं । नेपाली कांग्रेसले पूर्वमन्त्री ढुण्डीराज शास्त्री (पौडेल) को निधनको शोकमा पूर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरेको छ । पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य ढुण्डिराज शास्त्री (पौडेल) को ९० वर्षको उमेरमा यही असार २ गते काठमाडौंको केएमसी अस्पतालमा निधन भएको थियो । उनको निधनको शोकमा कांग्रेसले आफ्ना कार्यक्रमहरु स्थगित गरिसकेको छ । केन्द्रीय कार्यालयमा भइरहेको वातावरण सम्बन्धी प्रशिक्षण कार्यक्रम असार ४ गतेदेखि ६ गतेसम्मका लागि स्थगित भइसकेको छ । शोकका कार्यक्रम सम्बन्धी निर्णयलाई औपचारिकता दिन केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भनिएको बैठक सवा नौ बजेसम्म पनि सुरु हुन सकेको छैन ।...
आजदेखि सुन पसल खुल्ने

आजदेखि सुन पसल खुल्ने

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, राजनीति, वातावरण, समाचार
४,असार काठमाडौं । सुनचाँदी व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनचाँदी कारोबारमा लगाइएको दुई प्रतिशत विलासिता कर तथा हिरा र बहुमूल्य पत्थरमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने व्यवस्थाबाट परेको मर्काबारे ध्यानाकर्षण गराएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका र नेपाल रत्न तथा आभूषण सङ्घका अध्यक्षसहितको टोलीले मङ्गलबार प्रधानमन्त्रीलाई भेटेर आफ्ना मागका विषयमा जानकारी गराएका हुन् । भेटमा प्रधानमन्त्रीले व्यवसायीका मागका विषयमा सम्बन्धित निकायसँग बुझेर पूरा गर्न सक्ने माग सम्बोधन गर्न लाग्ने बताउनुभएको महासङ्घका प्रथम उपाध्यक्ष धर्मसुन्दर वज्राचार्यले जानकारी दिए । व्यवसायीले राखेका मागका विषयमा प्रधानमन्त्रीले सकारात्मक आश्वासन दिनुभएकाले यस विषयमा आफूहरू पनि आशावादी रहेको उनले जानकारी दिएकाछन् । प्रधानमन्त्रीले संवादबाट समस्याको समाधान...
एमाले जनसङ्गठन संयन्त्रको बैठक बस्दै

एमाले जनसङ्गठन संयन्त्रको बैठक बस्दै

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
४, असार काठमाडौं । नेकपा एमालेको जनसङ्गठन संयन्त्रको बैठक आज बस्ने भएको छ । बिहान ८ बजेबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरिएको बैठकलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विष्णु पौडेलले विशेष सम्बोधन गर्ने भएका छन् । हालसालै महाधिवेशन सम्पन्न भएका १६ वटा जनसङ्गठनका इन्चार्ज अध्यक्ष, निवर्तमान अध्यक्ष र महासचिव सहभागीको रूपमा रहने छन् । पार्टी स्थायी कमिटीका सदस्य एवं जनसङ्गठन संयन्त्रका प्रमुख भानुभक्त ढकालका अनुसार महाधिवेशनपछि आएको नेतृत्वलाई प्रधानमन्त्री ओलीले विशेष निर्देशन गर्नेछन् । नयाँ नेतृत्वलाई सङ्गठन विस्तार,पार्टी र सरकारले गरेका राम्रा कामहरू जनता समक्ष पुर्‍याउने, मिसन ०८४ लाई लक्षित गरेर पार्टीले अघि सारेका अभियानको प्रभावकारी कार्यान्वयन आदिका बारेमा प्रधानमन्त्रीले प्रस्ट पार्ने ढकालले जानकारी दिए । यसैगरी पार्टी उपाध्यक्ष ए...
आरोही कल्याणकारी कोष स्थापना गरिँदै

आरोही कल्याणकारी कोष स्थापना गरिँदै

ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-२, राजनीति, वातावरण, समाचार
४, असार काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले सरकारले आरोही कल्याणकारी कोष स्थापना गर्ने तयारी गरिरहेको जानकारी दिएका छन्। ७२औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस–२०८२ को सफल पार्न सहयोग गर्ने संस्थाहरूलाई सम्मान गर्न आयोजित कार्यक्रममा मन्त्री पाण्डेले उक्त कुरा बताए । उनले पर्यटनसम्बन्धी नयाँ ऐन राष्ट्रिय सभामा दर्ता भइसकेको जानकारी दिए । उक्त ऐनमा हिमाल आरोहीहरूले लामो समयदेखि उठाउँदै आएको आरोही कल्याणकारी कोषको व्यवस्था गरिएको उनले बताए । मन्त्री पाण्डेले सगरमाथाको अन्तर्राष्ट्रिय पहिचान माउन्ट एभरेष्टको रूपमा भए पनि नेपालको सन्दर्भमा सगरमाथा भन्ने नाममै यसको मार्केटिङ गर्नुपर्ने धारणा राखे । उनले भारत र चीनबाट मात्र उल्लेख्य सङ्ख्यामा पर्यटक भित्र्याउन सकिने सम्भावनालाई दृष्टिगत गर्दै सरकार यस दिशामा योजनाबद्ध रूपमा अघि बढिरहेको जानकारी दिए। कार्यक्रममा ...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
४, असार काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३८ रुपैयाँ २९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ २९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८७ रुपैयाँ ५६ पैसा, स्वीस फ्रयांक एकको खरिददर १६९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७० रुपैयाँ २० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ०२ पैसा र बिक्रीदर ९० रुपैयाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९५ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ५२ पैसा र बिक्रीदर नौ रुपैयाँ ५६ पैसा, चिनिया...
आजको मौसम :  यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

आजको मौसम : यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
४,असार काठमाडौं । हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सो प्रणालीको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। बागमती प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर साधरणतया बदली देखि पूर्णयता बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाल...
प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग असार ६ गते प्रश्नोत्तर

प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग असार ६ गते प्रश्नोत्तर

ताजा अपडेट, राजनीति, समाचार
३, असार काठमाडौं । प्रतिनिधि सभा बैठकमा असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर हुने भएको छ । सोमवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले असार ६ गते बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने जानकारी दिएको हो । साथै बैठकले विनियोजन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत गरेको छ । उक्त प्रस्ताव उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको थियो । साथै, विनियोजन विधेयक, २०८२ माथिको विभिन्न मन्त्रालय एवम् सचिवालयअन्तर्गतका विभिन्न शीर्षकहरूमाथि छलफल गर्न र सम्बन्धित मन्त्रीले आफ्नो मन्त्रालय र सचिवालयसँग सम्बन्धित प्रश्नहरूको उत्तर दिनको लागि आगामी असार ५, ६ र ७ गतेका दिनहरू तोकिएको सभामुख घिमिरेले जानकारी दिए ।...
मोहन वैद्य अस्पतालबाट डिस्चार्ज

मोहन वैद्य अस्पतालबाट डिस्चार्ज

ताजा अपडेट, वातावरण, समाचार
३, असार काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारपश्चात् आज ‘डिस्चार्ज’ भएका छन् । छातीमा सङ्क्रमण भएपछि महासचिव वैद्यलाई करिब एक महिनाअघि अस्पताल भर्ना गरिएको थियो । उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि डिस्चार्ज भएको उनकी छोरी चेतना शर्माले जानकारी दिईन् ।...
विश्वविद्यालयमा तोडफोड गर्नेलाई कारबाहीको दायरमा ल्याउन प्रधानमन्त्रीको निर्देशन

विश्वविद्यालयमा तोडफोड गर्नेलाई कारबाहीको दायरमा ल्याउन प्रधानमन्त्रीको निर्देशन

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
३,असार काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा तोडफोड र हिंसात्मक गतिविधि गर्नेलाई कानुनी कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिएका छन् । विश्वविद्यालयका पदाधिकारीसँग सोमार सिंहदरबारमा भएको छलफलमा विश्वविद्यालयका कुलपतिसमेत रहनुुभएका प्रधानमन्त्री ओलीले तोडफोडमा संलग्न जो भएपनि निजले उन्मुक्ति पाउन नहुनेमा गृहमन्त्री लेखकलाई ध्यानाकर्षण गराएको जानकारी दिएका हुन् । विश्वविद्यालयका निमित्त उपकुुलपति प्रा डा।खड्ग केसीले कुलपति ओलीलाई विश्वविद्यालयमा सुरक्षा व्यवस्था सुदृढ गरी शान्तिपूर्ण वातावरण बनाउनुुपर्ने लिखितपत्र प्रस्तुत गर्दै आफूहरुले तोडफोडमा संलग्नलाई कारबाहीका लागि प्रहरीमा उजुरी दिए पनि पक्राउ परेका दोषीहरु रिहा गरिएकामा चिन्ता व्यक्त गरे । असुरक्षाका कारण हाल विश्वविद्यालयका पदाधिकारीले कीर्तिपुर बाहिरबाटै सेवा सञ्चालन गरिरहेको अवगत गर...
जलस्रोत विधेयक फिर्ता गर्ने सरकारको निर्णय

जलस्रोत विधेयक फिर्ता गर्ने सरकारको निर्णय

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
३,असार काठमाडौं । सरकारले जलस्रोत विधेयक फिर्ता गर्ने निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक फिर्ता गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैबाट पारित भएर मन्त्रिपरिषद् पुगेको यो विधेयक फिर्ता गर्ने निर्णय भएको हो ।...