ताजा अपडेट

स्थानीय तहको संख्या घटाएर ५०१ वटा बनाउने प्रस्ताव

स्थानीय तहको संख्या घटाएर ५०१ वटा बनाउने प्रस्ताव

ताजा अपडेट, राजनीति, समाचार
२, असार, काठमाडौं । नेकपा एमालेका सांसद बासुदेव घिमिरेले स्थानीय तहको संख्या घटाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा आगामी आर्थिक बर्षको बजेटमाथिको सामान्य छलफलमा बोल्दै उनले यस्तो प्रस्ताव राखेका हुन् । यस भन्दा पहिला पनि आफूले स्थानीय तहको संख्या घटाउनेबारे कुरा उठाएको उनले स्मरण गरे । ‘महानगरपालिकाको संख्या १० बनाउने, उपमहानगरपालिका १५ बनाउने, नगरपालिकाको संख्या २२५ बनाउने र गाउँ पालिकाको संख्या २५१ बनाएर स्थानीय तहको संख्या कुल ५०१ मात्रै गरियो भने वार्षिक करिब ३० अर्ब खर्च कम हुँदो रहेछ’, सांसद घिमिरेले भने ।...
अर्थतन्त्र लयमा फर्काउने बजेट आएको छ: सांसद गिरी

अर्थतन्त्र लयमा फर्काउने बजेट आएको छ: सांसद गिरी

ताजा अपडेट, राजनीति, समाचार
२, असार काठमाडौं । सांसद पदम गिरीले प्रतिपक्षले भनेजस्तो कांग्रेस र एमालेलाई लक्षित गरेर बजेट ल्याएको यथार्थ नभएको तर्क गरेका छन् । सोमबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमाथि छलफलका क्रममा यस्तो बताएका हुन् । सरकारले ल्याएको बजेट संयमित रहेको बताए पनि केहीले विपक्षमा तर्क गरेको उनको भनाइ छ । ‘जनतामा ठुलो निराशा व्याप्त रहेको बेला छ । विदेश पलायन भएका युवालाई नेपाल फर्कने अवस्था बनाउनु छ,’ उनले भने, ‘घाटामा भएका सार्वजनिक संस्थान वृद्धि गर्ने खालका महत्त्वपूर्ण विषय बजेटमा समावेश छ ।’ राजस्व वृद्धिमा महत्त्वाकाङ्क्षी लक्ष्य रहेको तथा स्टार्टअप उद्यमबाट रोजगारी सिर्जना हुने र अर्थतन्त्र लयमा फर्काउने खालको बजेट आएको बताए ।...
सेयर बजारमा करिब साढे ३ महिनायताकै उच्च कारोबार

सेयर बजारमा करिब साढे ३ महिनायताकै उच्च कारोबार

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
२,असार काठमाडौं । सोमबार सेयर बजारमा करिब साढे ३ महिनायताकै उच्च कारोबार भएको छ । आज कुल १३ अर्ब १८ करोडको कारोबार भयो । यो रकम फागुन १९ यताकै उच्च हो । अघिल्लो दिन जम्मा ११ अर्ब ४४ करोडको कारोबार भएको थियो । कारोबार रकम उल्लेख्य बढे पनि नेप्से परिसूचक भने सुस्ताएको छ । नेप्से परिसूचक जम्मा २.८० अंक बढेको छ । सो वृद्धिपछि २६५८ मा कायम भएको छ । १२४ कम्पनीको मूल्य बढ्दा १२४ कै घट्यो । यस दिन होटेल तथा पर्यटन समूह सबैभन्दा धेरै ४.६९ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.४८, विकास बैंक ०.२९, जीवन बीमा ०.१२, माइक्रोफाइनान्स ०.५९, निर्जीवन बीमा ०.२५ र व्यापार ०.०९ प्रतिशत बढेका छन् । अघिल्लो दिनसम्म उच्च दरले बढेको हाइड्रोपावर आज १.०० प्रतिशत घटेकी छन्।...
७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सबै प्रकारका औषधी उपचार निशुल्क गरिनुपर्छ : सांसद खतिवडा

७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सबै प्रकारका औषधी उपचार निशुल्क गरिनुपर्छ : सांसद खतिवडा

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२, असोज काठमाडौं । नेपाली कांग्रेसका सांसद् रामहरि खतिवडाले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सबै प्रकारका औषधी उपचार निशुल्क गरिनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । यसका साथै उनले युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गरिनुपर्ने बताएका छन् । विदेशीमुद्रा ५ हजार सम्म सटही गर्न सक्ने व्यवस्था राम्रो भएको र भारतीय नागरिकलाई ५ हजार भारतीय रकम बोकेर आउनसक्ने व्यवस्था गरिनुपर्नेमा उनले जोड दिए । ७५३ वटा स्थानीय तहमा कालोपत्रे रोडबाट जाउभन्ने धारणामा अलिकति अपुग भएजस्तो लागेको यसको जवाफ अर्थमन्त्रीले दिनुपर्ने बताए ।...
विश्व योग दिवसलाई निरोगी नेपाल अभियानसँग जोड्न प्रधानमन्त्रीको आग्रह

विश्व योग दिवसलाई निरोगी नेपाल अभियानसँग जोड्न प्रधानमन्त्रीको आग्रह

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२, असार काठमाडौं । एघारौं विश्व योग दिवसलाई भव्यताका साथ मनाउने तयारीका विषयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित मन्त्रालय र योग गुरुसहितका प्रतिनिधि टोलीले छलफल गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा तीन तहकै सरकार स्तरबाट योग दिवस मनाउन गठित मूल समारोह समितिबाट भइरहेका तयारीबारे प्रधानमन्धी ओलीलाई जानकारी गराइएको थियो । प्रधानमन्त्री ओलीले नेपाल योग र ज्ञानको तपोभूमि भएकाले योगलाई जीवनशैलीका रुपमा विकास गर्दै निरोगी नेपाल अभियानसँग जोडेर कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन् । छलफलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिक्षामन्त्री रघुजी पन्त, जीवन विज्ञान संस्थाका संस्थापक एलपी भानु शर्मा र गुरु रमेश नेपाल, मूल समारोह समितिका सदस्यसचिव शिवकुमार सापकोटालगायत सहभागी थिए। हरेक जुन २१ (असार ७) मा मनाइने यो दिवसको यस वर्षका लागि ‘सिङ्गो पृथ्वी, मानव स्वास्थ्...
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डाक्टर बालाजुमा फेला

फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डाक्टर बालाजुमा फेला

ताजा अपडेट, बिशेष, वातावरण, समाचार, स्वास्थ्य
२,असार काठमाडौं । फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका चिकित्सक बालाजुमा फेला परेका छन् । डा.केशव श्रेष्ठलाई बालाजुबाट सकुशल उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले बताए । डा. श्रेष्ठ आज बिहान फेसबुकमा लामो स्टाटससहित ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका थिए । डा. श्रेष्ठको अन्तिम लोकेशन चावहिल क्षेत्र देखिएपछि प्रहरीले खोजी तीव्र बनाएको थियो । डा. श्रेष्ठले जिल्ला अस्पताल रामेछापमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट भएर काम गर्दा स्पष्टीकरण सोधेको डाक्टरहरूलाई प्रयोग गरी झुटो आरोप लगाएर सरुवा गराएकोलगायतका विभिन्न आरोप लगाएका छन् ।...
असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्को फ्लाईओभरको उद्घाटन गर्ने

असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्को फ्लाईओभरको उद्घाटन गर्ने

ताजा अपडेट, ब्यानर-२, राजनीति, वातावरण, समाचार
२, असार काठमाडौं । ललितपुरको ग्वार्को स्थित फ्लाईओभर चार दिनपछि सञ्चालनमा आउने भएका छन् । फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य पूरा भएसँगै अब सवारी साधन सञ्चालनको तयारी गरिएको हो । आगामी ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाईओभरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटनसँगै फ्लाईओभरबाटै सवारी साधन सञ्चालन गरिने भएको हो । गएको शनिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल सहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरि सवारी साधन सञ्चालनको तयारी गर्न निर्देशन दिएको थियो ।...
बागमती प्रदेशले ल्यायो ६७ अर्ब ४७ करोडको बजेट

बागमती प्रदेशले ल्यायो ६७ अर्ब ४७ करोडको बजेट

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
२,असार काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि रु। ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट ल्याएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले आइतबारको प्रदेशसभा बैठकमा उक्त बजेट प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालुतर्फ रु. २६ अर्ब चार करोड ४६ लाख ९३८.६ प्रतिशत० र पुँजीगत तर्फ रु. ४१ अर्ब ४३ करोड २६ लाख ९६१.४ प्रतिशत० बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले बजेट कार्यक्रमको खर्च व्यहोर्ने स्रोततर्फ कर राजस्वबाट रु। २८ अर्ब ७८ करोड ८२ लाख, अन्य रु. ६ अर्ब ७९ करोड चार लाख अनुमान गरेको छ । संघीय सरकारबाट प्राप्त वित्तीय हस्तान्तरण बाट रु। ४१ अर्ब ८१ करोड ९३ लाख, सञ्चित कोषको बचत तथा विविध प्राप्तिबाट रु. १६ अर्ब ९८ करोड ९४ लाख खर्च व्यहोर्ने अनुमान रहेको बताइएको छ । स्थानीय तहलाई १४ अर्ब १५ करोड ८९ लाख ...
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२, असार काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटसँग आश्रित दुई विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । सङ्घीय संसद् सचिवालयका अनुसार, अर्थमन्त्रीले ‘विनियोजन विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, अर्थमन्त्री पौडेलले आव २०८२.८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिनेछन् । यसैगरी, आजको बैठकमा ‘संवैधानिक परिषद् काम कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ ।...
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२, असार काठमाडौं । हाल कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू(भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा विज्ञान विभागका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदे...