Author: सगरमाथा प्रेस

एमालेनिकट वकिल चुनावी प्रतिस्पर्धास् उपाध्यक्षसहित अधिकांश सदस्य निर्विरोध चयन

एमालेनिकट वकिल चुनावी प्रतिस्पर्धास् उपाध्यक्षसहित अधिकांश सदस्य निर्विरोध चयन

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१, असार काठमाडौं । नेकपा एमालेनिकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन पीपीएलएको नयाँ नेतृत्वको लागि निर्वाचन हुने भएको छ । अध्यक्षमा यसअघिका महासचिव वरिष्ठ अधिवक्ता अमर थापाको विकल्पमा पार्टी नेतृत्वले ओमप्रसाद थपलियालाई अघि सारेपछि सर्वसम्मतको प्रयास सफल भएन । यसअघि सर्वसम्मत अध्यक्ष बन्न नेतृत्वले वरिष्ठ अधिवक्ता विजयकान्त मैनाली, ईश्वरी भट्टराई र डिल्ली मैनालीलाई आग्रह गरेकोमा उनीहरूले चाहना नराखेपछि विकल्पमा थपलियालाई अघि सारिएको थियो । उम्मेदवारहरूको प्रारम्भिक सूचीमा अध्यक्ष पदमा थपलिया र थापाबीच प्रतिस्पर्धा हुने भएको छ । उपाध्यक्षमा वरिष्ठ अधिवक्ता भीमसेन बन्जाराको एकल उम्मेदवारी परेको छ भने महिला उपाध्यक्षमा हिमादेवी बस्नेत र यशोदा खरेलबीच प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै महासचिवमा देवीप्रसाद भट्टराई, चूडामणि पौडेल, शिव अर्याल, शान्तिराम खतिवडा र भुवनप्रसाद निरौ...
राप्रपा र रास्वपाको अवरोधका बिच अघि बढ्यो संसद

राप्रपा र रास्वपाको अवरोधका बिच अघि बढ्यो संसद

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१, असार काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रतिनिधि सभा बैठकमा विरोध जारी राखेका छन् । सभामुख देवराज घिमिरेले उनीहरुको नाराबाजीका बीच संसद बैठक सन्चालन गरेका छन् । सभामुख घिमिरेले बैठक सुरु भएको जानकारी गराउनुसाथ राप्रपा र रास्वपाका संसादहरु आ–आफ्नो ठाउँबाट उठेका थिए । सभामुख घिमिरेले उनीहरुलाई बस्न अनुरोध गरे । तर उनीहरुले मानेनन् । त्यसपछि सभामुख घिमिरेले कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिए । त्यसपछि रास्वपा र राप्रपाका सांसदहरुले नाराबाजी सुरु गरे ।संसदमा एकजना उभिँदा पनि संसद बैठक सञ्चालन नगर्ने प्रचलन छ । तर घिमिरेपछि एमालेका योगेश भट्टराई र माओवादी केन्द्रका देवेन्द्र पौडेलले बोलेका छन् । पौडेलपछि सभामुख घिमिरेले रास्वपाका सन्तोष परियारलाई...
सुनको मूल्य फेरि बढ्यो, तोलाको कतिमा हुदैँछ कारोबार ?

सुनको मूल्य फेरि बढ्यो, तोलाको कतिमा हुदैँछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
१, असार काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज (आइतबार) बढेको छ। तोलामा ४ सय रुपैयाँले बढेर आज प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तोलामा १ लाख ९७ हजार १ सय रुपैयाँमा कायम भएको थियो । यस्तै, आज चाँदी तोलामा २१ सय ६५ रुपैयाँमा  कारोबार भइरहेको छ ।...
रास्वपा र राप्रपाले संसदमा विरोध जारी राख्ने

रास्वपा र राप्रपाले संसदमा विरोध जारी राख्ने

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१, असार काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदमा विरोध जारी राख्ने भएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै यी दुई पार्टीले विरोध जारी राख्ने बताएका हुन् । आइतबार सभामुख देवराज घिमिरेले संसदको क्यालेन्डर लगायतका विषयमा छलफल गर्न सिंहदरबारमा राखेको प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकहरूसँगको बैठकमा यी दुई पार्टीले यसबारे जानकारी गराएका हुन् । जेठ १३ गतेदेखि संसद् अवरोध भएका कारण बजेटमाथिको छलफल समेतको कार्यतालिका प्रभावित भएको छ । यस्तो पृष्ठभूमिमा सभामुखले संसद् बैठक अघि छलफल गरेका हुन् ।...
नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात सुरु

नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात सुरु

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१, जेठ काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाइन हुँदै ४० मेगावाट विद्युत् बंगलादेश निर्यात सुरु गरेको छ । गत वर्ष कात्तिक १८ ९जुलाई १५० मा पहिलो पटक १२ घण्टाका लागि भारतीय प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् निर्यात गरेको प्राधिकरणले यस वर्ष असार १ (जुन १५० अर्थात् आजदेखि पुनः ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको हो । गत वर्ष असोज १७ गते नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपिसी विद्युत् व्यापार निगम लिमिटेड भारतबीच विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर भएसँगै अघिल्लो यामको अन्तिम दिन अर्थात् कात्तिक १८ गते दिउँसो १२स्०० देखि राति १२:०० बजेसम्म जम्मा १२ घण्टा मात्र विद्युत् निर्यात भएको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वर्षायाममा नेपाललाई बढी भएको विद्युत् छिमेकी मुलुक भारतसँगै बंगलादेशमा निर्यात गर्न पाउनु...
नेसनल प्याब्सन बुढानीलकण्ठको आयोजनामा दुई दिने शिक्षक तालिम सम्पन्न

नेसनल प्याब्सन बुढानीलकण्ठको आयोजनामा दुई दिने शिक्षक तालिम सम्पन्न

ताजा अपडेट, वातावरण, शिक्षा, समाचार, स्थानीय
१, असार काठमाडौं । नेसनल प्याब्सन बुढानीलकण्ठको आयोजनामा दुई दिने शिक्षक तालिम सम्पन्न भएको छ । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा रहेको बोधिसदन इङ्गलिस स्कुलमा भएको सो तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।नेसनल प्याब्सन बुढानीलकण्ठका अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा तथा बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा भएको तालिम समापन समारोहमा विभिन्न वक्ताहरुले तालिमको सफल समापनका लागि बधाई ज्ञापन गरेका थिए । १४ विद्यालयका करिव ८० जना सहभागी रहेको सो तालिम समापनको अवसरमा बुढानिलकण्ठ नगरपालिकाको सामाजिक विकास समितीकी संयोजक शान्ता ढकाल पुडासैनी, वडा नं १२ की सदस्य मिना बयलकोटी, नेसनल प्याब्सनका केन्द्रीय सदस्य भिष्म ढकाल, जिल्ला उपाध्यक्ष नारायणबाबु तिमल्सिना,सदस्य खेम मिश्र ,महेन्द्र बौद्ध माविका प्रधानाध्यापक धर्मेन्द्...
सातै प्रदेशका सरकारको बजेट आज सार्वजनिक हुँदै

सातै प्रदेशका सरकारको बजेट आज सार्वजनिक हुँदै

अर्थतन्त्र, ब्यानर-२, राजनीति, समाचार
१,असार काठमाडौं । सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट आइतवार सार्वजनिक गर्दै छन्। असार १ गते बजेट ल्याउनु पर्ने कानुनी व्यवस्थाअनुसार आज सातै प्रदेशका आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्षको आयव्ययको विवरण सार्वजनिक गर्न लागेका हुन् । केन्द्र सरकारले जेठ १५ मा, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान छ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२कै हाराहारीमा नयाँ बजेट ल्याउने तयारी गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा २९ अर्ब २६ करोड ५९ लाख बराबरको बजेट प्रस्तुत गरेको थियो । आज साँझ ५ बजे बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाले आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्ने कार्यसूची छ । संघीय राजधानीसमेत रहेको बाग्मती प्रदेशले आज दिउँसो ३ बजे बस्ने प्रदेश ...
राससको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान

राससको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१,जेठ काठमाडौं । सरकारले राष्ट्रिय समाचार समितिको (रासस) महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार एक सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो। इच्छुक तथा योग्य उम्मेदवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र, अर्थात् असार १५ गतेसम्म, कार्यालय समयभित्र आफ्नो आवेदन पेस गरिसक्नुपर्नेछ। ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको, मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको र कानुन बमोजिम दर्ता भएको सञ्चार माध्यममा प्रधान सम्पादक, सम्पादक, प्रकाशक वा व्यवस्थापकको रूपमा काम गरेको अनुभव भएकाले आवेदन दिन सक्नेछन् । प्राप्त आवेदनहरूमध्येबाट उम्मेदवारले पेस गरेको व्यावसायिक कार्य योजनाको मूल्याङ्कन, त्यसको प्रस्तुतीकरण र अन्तर्वार्ताको आधारमा महाप्रबन्धक पदका लागि नियुक्तिको सिफारिस गरिने मन्त्रालयले ...
प्रमुख दलका सचेतकलाई सभामुखले बोलाए छलफलमा

प्रमुख दलका सचेतकलाई सभामुखले बोलाए छलफलमा

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१, असार काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख दलका मुख्य सचेतक र प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन् । बिहान ९ बजे सिंहदरबारमा बोलाएको सभामुखको सचिवालयले जनाएको छ । प्रतिनिधि सभामा प्रतिपक्ष दलहरूले अवरोध गरिरहेका छन् । जसका कारण बजेटमाथिको छलफल अघि बढ्न सकेको छैन । यसबारेमा पनि सभामुखले नियमित दलका प्रतिनिधिहरूसँग छलफल चलाइरहेका छन् ।...
लोक सेवा आयोगले आज हिरक महोत्सव मनाउँदै

लोक सेवा आयोगले आज हिरक महोत्सव मनाउँदै

ताजा अपडेट, वातावरण, समाचार
१, असार काठमाडौं । ‘योग्यता, निष्पक्षता र स्वच्छता’ मूल मर्मका साथ अगाडि बढेको लोक सेवा आयोगले आज (आइतबार) आफ्नो स्थापनाको ७५ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरी ‘हीरक महोत्सव’ का रूपमा मनाउने भएको छ । सो अवसर पारेर आयोगले आँखा शिविर, रक्तदान, प्रतिभा सम्मानलगायत सप्ताहव्यापी रूपमा विविध अतिरिक्त कार्यक्रम सम्पन्न गरिसकेको छ । नेपालको संविधानमा निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सङ्घीय सरकारी सेवाका पदमा पदपूर्तिका लागि लिइने लिखित परीक्षा सञ्चालन गर्ने जिम्मेवारी आयोगको छ । केन्द्रीय कार्यालयसहित काठमाडौँमा तीन र काठमाडौँ बाहिर ११ वटा कार्यालय रहेको आयोगका सबै कार्यालयमा हीरक महोत्सवसम्बन्धी कार्यक्रम आयोजना हुनेछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आथित्यतामा हीरक महोत्सव समारोह आयोजना गरिएको आयोगले जनाएको छ । वर्ष भरी नै विभिन्न कार्यक्...