Author: सगरमाथा प्रेस

रास्वपाका पदाधिकारी छान्न मतदान सुरु

रास्वपाका पदाधिकारी छान्न मतदान सुरु

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१२ असार,काठमाडौं । रास्वपाको पदाधिकारी छान्न मतदान सुरु भएको छ चितवनमा जारी महाधिवेशनमा पदाधिकारीका लागि दोस्रो चरणमा निर्वाचन सुरु भएको हो । रास्वपाको सभापतिमा यसअघि नै रवि लामिछाने निर्विरोध भइसकेका छन् ।त्यस्तै उपसभापतिमा पुरुषतर्फ डा. स्वर्णिम वाग्ले निर्विरोध भइसकेका छन् । अन्य पदमा भने निर्वाचन हुँदैछ।उपसभापति महिला तर्फ सोविता गौतम र तोसिमा कार्की उम्मेदवार छन्। महामन्त्रीमा विपीन आचार्य,मनिष झा,गणेश कार्की र सागर ढकाल मैदानमा छन् । सहमहामन्त्री पुरुषका लागि प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह,रमेश प्रसाईं, यज्ञमणि न्यौपाने,सुलभ खरेल,अशोककुमार चौधरी,मिलन लिम्बु,राजीव खत्री,विजय जैरु,हरि ढकाल,हिमेश पन्त चुनावी मैदानमा छन् । महिला सहमहामन्त्रीमा विदुषी शर्मा,कामिनी कुमारी चौधरी,निशा डाँगी र रिमा विश्वकर्मालगायतले उम्मेदवारी दिएका छन् ।मतदान सुरु भए ...
रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१२ असार,काठमाडौं । रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध चयन भएका छन् । विराजभक्त श्रेष्ठले आफ्नो दाबेदारी फिर्ता लिएपछि  वाग्ले निर्विरोध भएका हुन् ।रास्वपा सभापतिमा रवि लामिछाने यसअघि नै निर्विरोध भइसकेका थिए । पदाधिकारी पदका उम्मेदवारहरूको अन्तिम नामावली भने अझै सार्वजनिक गरिएको छैन ।केही असन्तुष्टिका बीच विहीबार केन्द्रीय सदस्यको निर्वाचन परिणाम सार्वजनिक गरिएको थियो । तीन दिनमा सम्पन्न गर्ने लक्ष्यसहित असार ७ गतेदेखि चितवनमा सुरु भएको रास्वपाको प्रथम महाधिवेशन छैटौं दिनसम्म लम्बिएको छ। अर्थमन्त्री समेत रहेका वाग्ले पुरुष उपसभापति पदमा निर्विरोध भएपनि महिला उपसभापति पदमा सोबिता गौतम, इन्दिरा रानामगर र तोसिमा कार्की दाबेदार छन् ।...
एक महिनामा १३५ अंक झर्‍यो सेयर बजार

एक महिनामा १३५ अंक झर्‍यो सेयर बजार

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
११ असार, काठमाडौं । लगातार चौथो कारोबार दिन बिहीबार सेयर बजार घटेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ८.५० अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६५१ अंकमा कायम भएको छ । नेप्सेको यो अंक फागुन १३ यताकै न्यून हो । त्यस्तै एक महिनाको अवधिमा नेप्से १३५ अंक घटेको छ । जेठ ११ गते नेप्से २७८६ अंकमा थियो । आज साढे १२ बजेपछि बजारले केही बढ्ने संकेत देखाए पनि पौने २ बजेपछि फेरि ओर्लियो । कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ४१ करोडको कारोबार भएकोमा आज २ अर्ब ८३ करोडमा खुम्चियो । यो कारोबार रकम जेठ ४ यताकै न्यून हो ।...
रास्वपामा १९ पदाधिकारीमध्ये ६ पदमा हुनेछ प्रतिस्पर्धा

रास्वपामा १९ पदाधिकारीमध्ये ६ पदमा हुनेछ प्रतिस्पर्धा

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
११ असार, काठमाडौं । पहिलो चरणको निर्वाचनको परिणाम सार्वजनिक भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ६ जना पदाधिकारीमा चुनावी प्रतिस्पर्धा हुने भएको छ। सभापतिमा रवि लामिछाने निर्विरोध भइसकेका छन्। बाँकी दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्रीका लागि दोस्रो चरणको निर्वाचन हुने प्रवक्ता मनिष झाले बताए । एक वरिष्ठ नेता, एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक प्रवक्ता, तीन सह प्रवक्ता, एक कोषाध्यक्ष र दुई सह कोषाध्यक्ष सभापतिले मनोनीत गर्ने विधानमा व्यवस्था छ। रास्वपाको १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ । सात प्रदेश पदाधिकारी पदेन सदस्य रहनेछन् । ती मध्ये ५१ जना मनोनीत गर्ने अधिकार सभापतिलाई दिइएको जनाइएको छ।...
१ हजार ३६ जना लागूऔषध कारोबारमा संलग्न पक्राउ

१ हजार ३६ जना लागूऔषध कारोबारमा संलग्न पक्राउ

अपराध, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
११ असार, काठमाडौं । नेपाल प्रहरीले गत जेठ महिनामा देशभरबाट १ हजार ३६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ । जसमध्ये उपत्यकाबाट १ सय ६९ जना, कोशी प्रदेशबाट २ सय १२ जना, मधेश प्रदेशबाट ७३ जना, बागमती प्रदेशबाट १ सय ३७ जना, गण्डकी प्रदेशबाट ४६ जना, लुम्बिनी प्रदेशबाट १ सय ८२ जना, कर्णाली प्रदेशबाट ५२ जना, सुदूरपश्चिम प्रदेशबाट १ सय १५ जना र लागूऔषध नियन्त्रण ब्यूरोबाट ५० जना पक्राउ परेका हुन् ।    ...
काठमाडौंको एक गेस्ट हाउसमा पुरुष मृत फेला

काठमाडौंको एक गेस्ट हाउसमा पुरुष मृत फेला

ताजा अपडेट, ब्यानर-१, समाचार
११ असार, काठमाडौं । काठमाडौं महानगरपालिका मित्रनगर स्थित  एक गेष्ट हाउसमा पुरुष मृत भेटिएका छन् । मित्रनगरको गल्फ ओयसियस गेष्ट हाउसको कोठा नम्बर ४०१ मा ती पुरुष मृत भेटिएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । प्रहरीका अनुसार दाङ बबई गाउँपालिका–६ घर भएका ४६ वर्षीय ओम प्रकाश बोहरा बुधबार मृत अवस्थामा फेला परेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
ड्युटीमा खटिएका ट्राफिक प्रहरीले अब हात मिलाउन नपाउने

ड्युटीमा खटिएका ट्राफिक प्रहरीले अब हात मिलाउन नपाउने

कानुन, ताजा अपडेट, ब्यानर-१, समाचार
१० असार, काठमाडौं । ड्युटीमा खटिएका ट्राफिक प्रहरी अब सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने भएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले एक परिपत्र गर्दै मातहतका सबै ट्राफिक युनिटलाई यसबारे निर्देशन दिएको छ । मंगलबार उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीद्धारा हस्ताक्षरित पत्रमा यसबारे उल्लेख गरिएको छ । ‘ट्राफिक प्रहरीले चेकिङ तथा अन्य ड्युटीको समयमा सवारी चालक लगायत अन्य सेवाग्राहीहरुसँग हात मिलाएक दृश्यहरु सम्बन्धमा सामाजिक सञ्जाल तथा आम नागरिहरूबाट समेत विभिन्न गुनासो प्राप्त हुन आएको हुँदा अब उप्रान्त कुनै पनि ट्राफिक प्रहरी कर्मचारीले ड्युटीको समयमा सवारी चालक लगायत अन्य सेवाग्राहीसँग हात मिलाउने कार्यलाई पूर्णरुपमा अस्वीकार गरी टाढैबाट नमस्कार मात्र भनि सम्मान गर्नरगराउन हुन निर्देशानुसार अनुरोध गरिएको छ,’ पत्रमा भनि...
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए

तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए

जीवनशैली, ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
 १० असार, काठमाडौं । निर्वाचन आयोगले बितेका तीन महिनामा एक लाख ८१ हजार ३६७नयाँ मतदाता थपिएका बताएको छ ।आयोगका अनुसार पछिल्लो प्रतिनिधिसभा निर्वाचनपछि ती मतदाता थपिएका हुन् । उक्त निर्वाचनपछि १८ हजार छ सय २२ वटा मतदाता नामावली अद्यावधिकका लागि निवेदन प्राप्त भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।गत प्रतिनिधिसभा निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम थिए । आयोगले आगामी स्थानीय तहको निर्वाचनको तयारीका लागि मतदाता नामावली अद्यावधिक, मतदान स्थल तथा मतदान केन्द्र पुनरवलोकनलगायत कार्य सञ्चालन गरिरहेको जनाएको छ ।    ...
नेपाल–चीनबिच विज्ञान, प्रविधि र नवप्रवर्तनमा सहकार्य विस्तार गर्ने तयारी

नेपाल–चीनबिच विज्ञान, प्रविधि र नवप्रवर्तनमा सहकार्य विस्तार गर्ने तयारी

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
१० असार, काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनका क्षेत्रमा नेपाल–चीन सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विज्ञान,प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबिच मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा सन् २०२३ मा विज्ञान, प्रविधि तथा नवप्रवर्तन क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले भएको सम्झौतालाई कार्यान्वयनतर्फ अघि बढाउन संयुक्त समिति गठन गर्ने विषयमा छलफल भएको छ। छलफलमा नेपालमा नवप्रवर्तन केन्द्रहरूको विकास, जैविक प्रविधि क्षेत्रमा अनुसन्धान तथा विकास,उच्च हिमाली क्षेत्र तथा हिमाली जडीबुटीको अध्ययन–अनुसन्धान,जलवायु परिवर्तन तथा वातावरणीय अनुसन्धान,कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल रूपान्तरण तथा अनुसन्धानकर्ता र वैज्ञानिकहरूको आदानप्रदान एवं तालिमका विषयलाई प्राथमिकताका साथ उठाइएको थियो। भेटमा चिनियाँ राजदूत चाङले चीनले आफ...
महाधिवेशन नसकिँदै काठमाडौं फर्किए प्रधानमन्त्री बालेन

महाधिवेशन नसकिँदै काठमाडौं फर्किए प्रधानमन्त्री बालेन

ब्यानर-२, राजनीति, समाचार
१० असार, चितवन । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह पार्टीको महाविधेशन नसकिँदै काठमाडौं फर्किएका छन् । ७ असारमा श्रीमती र छोरीसहित चितवन पुगेका शाह बुद्ध एयरमार्फत काठमाडौं फर्किएका हुन् ।बालेनसहित उनका सचिवालयका केही सदस्य पनि काठमाडौं फर्किएका छ्न । ७ असारमा महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गरेका बालेन ८ असारमा चितवन राष्ट्रिय निकुञ्ज तथा सौराहा क्षेत्र भ्रमण गरेका थिए । उनी ९ असार साँझ मात्रै महाविधेशनको बन्दसत्रमा आएका थिए । करिब डेढ घण्टा जति महाधिवेशनस्थलमा बसेका उनी पार्टी सभापतिमा रवि लामिछानेको प्रस्तावक बसे ।   चितवनको फोटो फेसबुकमा राखेर बालेनले लेखेका छन्, ‘भिजिट चितवन, न्यानो ठाउँ ।’...