Author: सगरमाथा प्रेस

सभापति रविको प्रतिवेदन : रास्वपा सक्न राज्यका तीनवटै अंगको दुरुपयोग गरियो

सभापति रविको प्रतिवेदन : रास्वपा सक्न राज्यका तीनवटै अंगको दुरुपयोग गरियो

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१० असार,काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू र आफ्नो दलमाथि राज्यका तीनवटै अंगको दुरुपयोग गरी ‘निर्णायक षड्यन्त्र’ गरिएको आरोप लगाएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा पेस गरेको ‘राजनीतिक प्रतिवेदन तथा प्रस्ताव’ मा उनले उक्त दाबी गरेका हुन् । २०८१ साउनमा नेकपा एमाले र नेपाली कांग्रेसको सरकार बनेसँगै रास्वपा र आफूमाथि नाङ्गो राजनीतिक प्रतिशोध सुरु भएको र त्यसका लागि संस्थागत संयन्त्रहरूको प्रयोग गरिएको लामिछानेले प्रतिवेदनमा उल्लेख गरेका छन्। संसदीय छानबिन विशेष समितिको निष्कर्षविपरीत सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण जस्ता अनुचित आरोपहरू लगाइएको उनले बताएका छन्। प्रतिवेदनमा भनिएको छ  – एकपछि अर्को गरी नयाँ मुद्दा थपेर अभियोजन विस्तार गरियो। रातारात जेल स्थानान्तरण गरियो, अन्तिम इच्छा’ सोधियो। लामिछानेले आफूहरूविरुद्ध व्...
मौसम पूर्वानुमान : कुन ठाउँमा छ वर्षाको सम्भावना ?

मौसम पूर्वानुमान : कुन ठाउँमा छ वर्षाको सम्भावना ?

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१० असार,काठमाडौं । हाल देशका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ भने पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव पनि  छ। जसको प्रभावले हाल देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा साधरणतया बादल लाग्नेछ तर बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशको तराईका एक–दुई स्थानमा च...
पार्टीमा निजी स्वार्थका मुहान खोज्न बन्द गरौं : सभापति रवि लामिछाने

पार्टीमा निजी स्वार्थका मुहान खोज्न बन्द गरौं : सभापति रवि लामिछाने

ताजा अपडेट, ब्यानर-१, समाचार
९ असार,चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र हुर्किरहेको गुटबन्दी र व्यक्ति (केन्द्रित सोच हट्नु पर्ने अवश्यकता औंल्याएका छन्। चितवनमा जारी प्रथम महाधिवेशनमा पेस गरेको राजनीतिक प्रतिवेदन तथा प्रस्ताव मार्फत उनले निजी फाइदाका लागि पार्टीभित्र नयाँ र पुरानोको खेल प्रवृत्ति बन्द गर्न चेतावनी दिएका हुन्। ‘सांगठनिक जीवनका प्रवृत्तिगत समस्या’ र ‘चाकडी होइन, उत्पादन र उद्यमसँग जोडिएका पार्टी सदस्य’ उपशीर्षकमा लामिछानेले रास्वपा अझै पनि राजनीतिक अभियानबाट संस्थागत दलमा रूपान्तरणकै चरणमा रहेको बताएका छन्। गुटगत मानसिकता र समूहगत संरक्षणवादको अन्त्य : सभापति लामिछानेले मुहान जे भए पनि सबै एउटै नदीका हिस्सा भएको भावनाका साथ अघि बढ्नुपर्नेमा सहकार्य र सम्मानको संस्कार विकासमा कमजोरी देखिएको औंल्याएका छन्। ‘यो महाधिवेशनपछि पार्टीमा पूर्व समूह ...
प्रदेश सभा खारेज गरिने, स्थानीय तहको संख्या एक तिहाइ कटौती प्रस्ताव

प्रदेश सभा खारेज गरिने, स्थानीय तहको संख्या एक तिहाइ कटौती प्रस्ताव

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
९ असार, काठमाडौं । रास्वपाको प्रथम महाधिवेशनमा प्रदेशसभा खारेजी र स्थानीय तहको संख्या घटाउने अवधारणा पेस भएको छ । उपसभापति डा.स्वर्णिम वाग्लेले पेस गरेको अर्थ–राजनीतिक प्रस्तावनाको पहिलो बुँदामै संविधान संशोधनमार्फत् यो लक्ष्य हासिल गर्ने उद्देश्य राखिएको छ । पार्टी स्थापनादेखि नै प्रदेशको अहिलेको संरचनामाथि फरक धारणा राख्दैआएको रास्वपाले पार्टीको महाधिवेशनमा यो विषयमा दस्तावेज नै ल्याएको हो । उनले अहिले भएका ७५३ स्थानीय तहको एक तिहाइ संख्या कटौती गर्ने प्रस्ताव ल्याएका छन् ।  ...
फैलियो बर्डफ्लु, काठमाडौं उपत्यका र काभ्रेमा बढ्दो संक्रमण

फैलियो बर्डफ्लु, काठमाडौं उपत्यका र काभ्रेमा बढ्दो संक्रमण

बिशेष, ब्यानर-१, समाचार, स्वास्थ्य
९ असार, काठमाडौं । मुलुकका ११ जिल्लामा बर्डफ्लु संक्रमण फैलिएको छ । पशु सेवा विभागले सार्वजनिक गरेको प्रतिवेदन अनुसार तीन महिनादेखि देशका विभिन्न स्थानमा देखिएको यो घातक संक्रामक रोग हालसम्म ११ जिल्लाका ८२ फरक–फरक स्थानमा पुष्टि भइसकेको छ । विभागका अनुसार हालसम्म झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक जिल्लामा बर्डफ्लु फैलिसकेको छ । यी जिल्लाका कुल ८२ स्थानमा प्रयोगशाला परीक्षणबाट बर्डफ्लु भएको प्रमाणित भएको हो । संक्रमण तत्काल नियन्त्रणमा लिन विभागले उपमहानिर्देशकको नेतृत्वमा ‘बर्डफ्लु रोग नियन्त्रण कक्ष’ स्थापना गरी प्रभावित क्षेत्रमा आवश्यक जनशक्ति परिचालन गरिएको विभागका महानिर्देशक डा. उमेश दाहालले जानकारी दिए । रोग नियन्त्रण गर्ने क्रममा सरकारले ठूलो संख्यामा पन्छी र पन्छीजन्य सामग्री नष्ट छ । हालसम्मको तथ्यांक अनुसार संक...
सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन

सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन

ताजा अपडेट, ब्यानर-२, समाचार
९ असार काठमाडौं ।सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले सेवाग्राहीलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । सोमबार नेपाल टेलिकम भरतपुरको कार्यालय निरीक्षणका क्रममा सेवाग्राहीलाई केन्द्रमा राखेर जिम्मेवारी पूरा गर्न मन्त्री डा. तिमिल्सिनाले निर्देशन दिएका हुन् । सरकारी कार्यालयहरूमा सेवा लिन जान नपरे हुन्थ्यो भन्नेसम्मको गुनासो आउने गरेको भन्दै उनले छिटोछरितो ढङ्गबाट सेवा प्रदान गरी सेवाग्राहीको विश्वास जित्नु पर्ने आवश्यकता औंल्याए । सञ्चारमन्त्री डा. तिमिल्सिनाले भने, “१० वर्ष अगाडि र अहिलेको अवस्था फरक छ ।हिजो मान्छे एउटा सेवा लिनका लागि पाँच दिनसम्म कुर्न सक्थ्यो भने आज एक दिन पनि कुर्दैन, फोन गरेपछि अहिले नै आइदिए हुन्थ्यो भन्ने अपेक्षा भएकाले तपाईंहरुले सोहीअनुसार काम गर्नुपर्छ ।” “सेवाग्राहीले तिरेको पैसाले कार्यालय सञ्चालन भइरहेका छन्, तपाईंको सबै...
मौसम पूर्वानुमान : कहाँ कहाँ पर्ने छ पानी ?

मौसम पूर्वानुमान : कहाँ कहाँ पर्ने छ पानी ?

ताजा अपडेट, ब्यानर-१, वातावरण
 ९ असार, काठमाडौं । हाल देशमा मनसुनी वायु, पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले मौसम बदली भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा कोशी,बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ।तर अन्य प्रदेशका बाँकी पहाडी तथा तराई भूभागमा भने बादलमात्र लाग्ने छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ । उता राति भने आंशिक बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको हिमाली र पहाडी भूभा...
प्रतितोला १४ सय बढ्यो सुन

प्रतितोला १४ सय बढ्यो सुन

अर्थतन्त्र, ताजा अपडेट, समाचार
८ असार, काठमाडौं । सोमबार सुनचाँदीको भाउ बढेको छ ।सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ८७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी आज तोलामा ४० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ६९० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७३० रुपैयाँ कायम भएको छ । गत सोमबार चाँदीको भाउ प्रतितोला ५ हजार १५ रुपैयाँ थियो ।...
बर्डफ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह हटाइए

बर्डफ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह हटाइए

अपराध, कानुन, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
८ असार, काठमाडौं ।सदर चिडियाखाना जावलाखेलमा बर्डफ्लु (एच फाइभ एन वान) को संक्रमण पुष्टि भएको विषय राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को केन्द्रीय कार्यालयलाई समयमै जानकारी नगराई गुपचुप राखेको आरोपमा चिडियाखाना प्रमुख सत्यनारायण साह छानबिनमा तानिएका छन्। कोषको अध्यक्षसमेत रहेकी कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा कोषले साहलाई चिडियाखाना प्रमुखको पदबाट हटाएको छ। कोषले चिडियाखानामा फैलिएको बर्ड फ्लूको कारण पत्ता खोज्न प्रवक्ता एवं प्रजाति विभाग प्रमुख रचना शाहको संयोजक्तमा ३ सदस्यसीय छानबिन समिति बनाइएको जनाएको छ। समितिको सदस्यहरूमा कोषका प्रशासन प्रमुख हरिविक्रम सिंह र संरक्षण क्षेत्र विभागका प्रमुख डा.मधु क्षेत्री सदस्य छन्।दुवै जनालाई एक हप्ताभित्र छानबिन गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।...
नेपाल सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा

नेपाल सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
८ असार,काठमाडौं ।नेपाल फेरि पनि सम्पत्ति शुद्धीकरणको खैरो सूचीमा परेको छ । फ्रान्सको पेरिसमा आयोजित फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को प्लेनरी तथा वर्किङ ग्रुप बैठकले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी लगानीको जोखिमपूर्ण सूची (ग्रे लिस्ट) मा भएको जनाएको छ । एफएटीएफ सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधमा लगानी रोक्न संसारभरका मुलुकहरुले खडा गरेको अन्तरसरकारी निकाय हो ।यसले सम्पत्ति शुद्धीकरणको जोखिममा रहेका मुलुकलाई ‘ब्ल्याक लिस्ट’ तथा ‘ग्रे–लिस्ट’मा राख्दै आएको छ । एफएटीएफले सम्पत्ति शुद्धीकरण तथा आतंकवादमा लगानी नियन्त्रणमा कुनै पनि मुलुकको अवस्थालाई प्रभावकारितासम्बन्धी ११ सूचक तथा प्राविधिकतर्फ ४० सूचकमा मूल्यांकन गरेदै आएको छ। यसअघि सन् २००८ मा नेपाल यस्तै जोखिमपूर्ण सूची (ग्रे लिस्ट) मा परेको थियो ।सन् २०१४ मा मात्रै नेपाल त्यो सूचीबाट स्तरोन्नति भएको थियो ...