Author: सगरमाथा प्रेस

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा,आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा,आवेदन खुल्ला

कला, जीवनशैली, ताजा अपडेट, ब्यानर-१, शिक्षा, समाचार
१४ असार,काठमाडौं ।ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवद्र्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई उद्यमशाला कार्यक्रम संचालन गर्ने भएको छ । लघु, साना तथा मझौला व्यवसाय विश्व दिवस २०२६ को अवसरमा आयोजित कार्यक्रम मार्फत् उद्यमशाला कार्यक्रमको घोषणा गर्दै इन्क्यूबेसन कार्यक्रमका लागि देशभरका उद्यमी तथा नवप्रवर्तनको सोच भएका व्यक्तिहरुबाट आवेदन आह्वान गरेको जानकारी दिइएको छ । यस उद्यमशाला कार्यक्रमको मुख्य उद्देश्य नवप्रवर्तनको सोच भएका व्यक्तिहरुलाई सफल उद्यमी बन्न प्रेरित गर्नुका साथै सञ्चालनमा रहेका लघु, साना तथा मझौला व्यवसायमा आवद्ध व्यवसायहरुलाई दिगो र प्रतिष्ठित व्यवसाय बनाउन आवश्यक सैद्धान्तिक एवम् व्यवहारिक ज्ञान, सीप तथा परामर्श प्रदान गर्नु रहेको बैंकले जनाएको छ । बैंकको प्रधान कार्यालय कमलादी, काठमाडौँमा आयोजित एक कार्यक्रममा बैंक...
सुनको भाउ ४७ सयले वृद्धि,चाँदीको भाउ पनि वृद्धि

सुनको भाउ ४७ सयले वृद्धि,चाँदीको भाउ पनि वृद्धि

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
१४ असार,काठमाडौं ।साताको पहिलो दिन आज आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ४ हजार ७ सय रूपैयाँले बढेको हो । शुक्रबार २ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला २ लाख ८३ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि बढेको छ ।शुक्रबार ४ हजार १८० रूपैयाँमा कारोबार भएको चाँदी आज आइतबार १४५ रूपैयाँले बढेर ४ हजार ३२५ रूपैयाँमा कारोबार भइरहेको छ ।...
महाधिवेशनले नयाँ–पुरानाको विम्ब सकायो, गुटको प्रचार गर्ने निरास : लामिछाने

महाधिवेशनले नयाँ–पुरानाको विम्ब सकायो, गुटको प्रचार गर्ने निरास : लामिछाने

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१४ असार,चितवन ।राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले पहिले महाधिवेशनले पार्टीभित्र नयाँ पुरानाको बहस अन्त्य गरेको जनाएका छन् । शपथपछि सम्बोधन गर्दै उनले महाधिवेशनले नयाँपुराना सबैलाइ जिम्मेवारी दिएर प्रतिनिधिले विशेष ख्याल गरेको जनाए । ‘निर्वाचनमा पुराना,नयाँ सबैलाई जिम्मेवारी प्रतिनिधिले दिएको अवस्था छ,यहाँ कसैले गुट बनाएको हल्लालाई यसले चिरेको छ, यसले थप जिम्मेवारी दिएको छ’ उनले भने–‘नयाँ र पुरानाको विषय अब सकिएको छ । अब कतै कसैले केही तुस राख्न पाइने छैन । पार्टी अब परिपक्क बन्यो, असल राजनीतिक चरित्र बनाएर जानका लागि मार्गप्रशस्त बनाएको छ ।’...
एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१४ असार,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु आज एक सार्वजनिक कार्यक्रममा सँगै देखिने भएका छन् । मदन भण्डारी फाउण्डेसनले मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आयोजना गरेको सो कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि रहने बताइएको छ । आज असार १४ गते राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा ओली,प्रचण्डसहितका नेताहरु पनि सहभागी हुने र मन्तव्य राख्ने तयारी छ।‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीमा ओली र प्रचण्डसँगै नेताहरु– माधव कुमार नेपाल, झलनाथ खनाल र अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। यस राष्ट्रिय गोष्ठीलाई पछिल्लो समय फरक–फरक राजनीतिक धारमा रहेका प्रमुख कम्युनिस्ट नेताहरूको साझा उपस्थिति र समाजवादी मोर्चाहरूसँग छिट्टै एक...
लुम्बिनीमा भुटानी गुम्बा निर्माण गरिदैं

लुम्बिनीमा भुटानी गुम्बा निर्माण गरिदैं

अन्तर्राष्ट्रिय, ताजा अपडेट, पर्यटन, बिशेष, समाचार
१३ असार, रूपन्देही ।  लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको आज शनिार औपचारिक रूपमा शिलान्यास गरिएको छ । भुटानका गृहमन्त्री ल्योन्पे छिरिङ, भुटानका धर्मगुरु उप महासङ्घराजा दोर्जे लोपेन रिम्पोछे तथा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री को उपस्थितिमा भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विशेष धार्मिक विधिअनुसार गुम्बा निर्माणको शुभारम्भ गरेका थिए। शिलान्यास कार्यक्रममा भुटानी लामागुरुहरूले धार्मिक अनुष्ठान गर्दै भूमि पूजन समेत गरेका थिए । गुम्बा निर्माणलाई भुटान र नेपालबीचको सांस्कृतिक, धार्मिक तथा कूटनीतिक सम्बन्धलाई अझ सुदृढ बनाउने ऐतिहासिक कदमका रूपमा हेरिएको छ । भुटान सरकारको गृह मन्त्रालयअन्तर्गत संस्कृति तथा जोङ्खा विकास विभागकी महानिर्देशक म्याक्सुद ओजीले लुम्बिनीमा भुटानी मन्दिर निर्माण सुरु हुनु भुटानका लागि अत्यन्त महत्त्वपूर्ण र ऐ...
काभ्रेमा किसानहरूले महादेवको पूजा गरेर मागे पानी

काभ्रेमा किसानहरूले महादेवको पूजा गरेर मागे पानी

अर्थतन्त्र, कृषि, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
१३ असार, काभ्रेपलाञ्चोक । लामो समयदेखि वर्षा नभएर बालीनाली सुक्न थालेपछि काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० र ८ का किसानहरूले महादेवको पूजा गरेर पानी मागेका छन् । मण्डनदेउपुर नगरपालिका–१० का किसानले मण्डन क्षेत्रकै सबैभन्दा अग्लो थानडाँडा (थामीडाँडा) स्थित महादेव मन्दिरमा विशेष पूजा गरि वर्षाको कामना गरेका हुन् । यस्तै मण्डनदेउपुर नगरपालिका–८ का किसानले पनि नरसिंगेश्वोर महादेव मन्दिरमा महारुद्री लगाएर महादेवसँग पानी मागेका छन् । लामो समयसम्म आकाशबाट पानी नपर्दा यस क्षेत्रमा यस्तो परम्परा प्रचलनमा रहे पनि पछिल्ला केही वर्षदेखि यो चलन कम देखिएको थियो । यसपटक भने जोगिटार र धाईटारका सयौँ किसानले फेरी भगवानसँग पानी मागे । कृषि उत्पादन घट्ने चिन्ता व्यक्त गर्दै उनीहरुले ‘हर हर महादेव, पानी देऊ’ भन्दै महादेवको पूजा–आराधना गरी वर्षाको कामना गरेका छन् ।किसानका अनुसार यसरी पूजा ग...
मनसुन थप सक्रिय हुँदै,आगामी हप्ता धेरै ठाउँमा वर्षाको सम्भावना

मनसुन थप सक्रिय हुँदै,आगामी हप्ता धेरै ठाउँमा वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
१३ असार,काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने र ठाउँठाउँमा वर्षा हुने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी हप्ता मनसुन थप सक्रिय हुने र धेरै ठाउँमा वर्षा हुने सम्भावना रहेको छ। खासगरि मङ्गलबारपछि देशका केही स्थानहरुमा धेरै भारीसम्म वर्षा हुनेछ । आज राति कोशी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । आइतबार राति कोशी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका तराई भू–भाग तथा लुम्बिनी प्रदेशका पश्चिम तराई क्षेत्रका थोरै स्थानमा तातो लहरको सम्भावना छ। सोमबारदेखि देशभर साधारणतया बादल लाग्ने तथा देशका पहाडी र हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ भने,तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहि...
ललितपुर महानगरपालिकाद्वारा एक दिने सीप तथा रोजगार मेला आयोजना

ललितपुर महानगरपालिकाद्वारा एक दिने सीप तथा रोजगार मेला आयोजना

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार, स्थानीय
१२ असार,ललितपुर ।ललितपुर महानगरपालिकाले जावलाखेलमा एक दिने सीप तथा रोजगार मेला आयोजना गरेको छ। मेलामा सीप सिक्न चाहने व्यक्ति र सीप सिकाउने संस्था वा व्यक्तिबीच प्रत्यक्ष सम्पर्क स्थापित भएको आयोजकको भनाइ छ । सीपयुक्त जनशक्ति र रोजगारदातालाई एउटै थलोमा भेट गराउने उद्देश्यले महानगरले यो कार्यक्रम सञ्चालन गरेको जनाएको छ। रोजगार मेलामा विभिन्न क्षेत्रसँग सम्बन्धित स्टलहरू राखिएका छन्।एआई,क्राफ्टिङ,मोटरसाइकल मर्मत तथा कुकिङ लगायतका विविध सीपमूलक क्षेत्रका स्टलहरू समावेश छन्। मेलामा अवलोकनकर्ताहरूले विभिन्न सीप र रोजगारीका अवसरबारे प्रत्यक्ष जानकारी लिइरहेका थिए।...
लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने तयारी

लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने तयारी

कानुन, जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति
१२ असार,काठमाडौं । सरकारले लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने तयारी गरेको छ । लागुऔषध नियन्त्रण तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठले सो कुरा बताएका हुन् । गृहसचिव श्रेष्ठले लागुऔषध नियन्त्रण र रोकथामका लागि सङ्घ, प्रदेश र स्थानीय तहको कामलाई नीतिगत रूपमा नै जागरूक गराउन विभाग स्थापना गर्ने तयारी भएको स्पष्ट पारे । लागुऔषध दुर्व्यसनीको सुधार तथा उपचारका लागि पुनःस्थापना केन्द्र सञ्चालन गर्दा न्यूनतम मापदण्ड पूरा गर्न सम्बन्धित पक्षलाई उनले निर्देशन समेत दिएका छन् । गृहसचिव श्रेष्ठले प्रदेश र स्थानीय तहलाई पनि लागुऔषध नियन्त्रण तथा रोकथामको अभियानमा सक्रियतापूर्वक लाग्न आग्रह गरेका छन् ।...
बढ्यो सुन,घट्यो चाँदी

बढ्यो सुन,घट्यो चाँदी

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१२ असार,काठमाडौं  शुक्रबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ७९ हजार १ सय रुपैयाँ तोकेको छ ।अघिल्लो दिन २ लाख ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी आज तोलामा ५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार २३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार १८० रुपैयाँमा कायम भएको छ ।  ...