सर्वोच्चको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
२८ जेठ, काठमाडौं ।सर्वोच्च अदालतले प्रदर्शनीमार्गमा सार्वजनिक बाटो अवरोध हुने गरी कुनै पनि सभा,भेला, आन्दोलन,नाराजुलुस,प्रदर्शनलगायतका कार्यक्रम नगर्न आदेश जारी गरेको छ ।
नियमित रुपमा हुने,भेला,आन्दोलन,नाराजुलुस लगायतले आफूहरुको पठनपाठनमा बाधा भएको भन्दै नेपाल ल क्याम्पसका विद्यार्थी विवेक चौधरीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेगरेपछि न्यायाधीशहरु मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासले २३ पुस,२०८२ मा प्रदर्शनीमार्गमा पठनपाठनमा बाधा हुने गरी कुनै पनि क्रियाकलाप नगर्न निर्देशनात्मक आदेश जारी गरेको हो।
सर्वोच्च अदालतले अरु ठाँउमा समेत कार्यक्रम गर्दा शैक्षिक संस्था,अस्पताल लगायतका ठाउमा ध्वनी तथा वायु प्रदूषण नहुने सुरक्षाका उपायहरू अवलम्बन गर्न आदेश दिएको छ।
प्रदर्शनी मार्गमा वरपर नेपाल विश्वभाषा क्याम्पस, नेपाल ल क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस र बाल्मिकी क्याम्पस...









