Author: सगरमाथा प्रेस

मन्त्री पुनको घोषणा : तीन वर्ष मन्त्री हुने,त्यसपछि युवालाई अवसर

मन्त्री पुनको घोषणा : तीन वर्ष मन्त्री हुने,त्यसपछि युवालाई अवसर

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२६ जेठ, काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफू तीन वर्ष मात्र मन्त्री पदमा बस्ने बताएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै उनले भने, ‘द्रुत गतिमा रात दिन काम गर्ने हो । रात दिन काम गरेर बढीमा तीन वर्ष बस्ने हो । मन्त्री भएर खाने हो । त्यसपछि म गर्दिनँ । जग बसालेर बलियो बनाएर नयाँ युवा भाइबहिनीलाई बनाउने हो ।’ ढिला हिँडेर ठाउँमा नपुगिने जिकिर गर्दै उनले नयाँ मन्त्रालय भएकाले फाउन्डेसन बनेपछि आफू बाहिरिने बताएका छन् ।...
मन्त्रिपरिषद् विस्तार,सुधन र महावीरले लिए शपथ

मन्त्रिपरिषद् विस्तार,सुधन र महावीरले लिए शपथ

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२६ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गृहमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनले शपथ लिएका हुन् । गुरुङ यसअघि पनि गृहमन्त्री नै थिए । उनको सम्पत्ति विवरणको विषयमा विवाद भएपछि उनले राजीनामा दिएका थिए । सरकारले गठन गरेको छानबिन समितिले उनलाई क्लिनचिट दिएपछि उनी फेरि गृहमै दोहोरिएका हुन् । त्यस्तै महावीर पुन जेनजी आनदोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री थिए । फागुन २१ को निर्वाचनअघि मन्त्री पदबाट राजीनामा दिएर उनी चुनावमा होमिएका थिए ।  ...
दूधमा रसायन मिसावट : भान्साको ‘मन्द विष,स्वास्थ्यप्रति खेलवाड,गम्भीर अपराध

दूधमा रसायन मिसावट : भान्साको ‘मन्द विष,स्वास्थ्यप्रति खेलवाड,गम्भीर अपराध

अपराध, कानुन, जीवनशैली, ताजा अपडेट, बिशेष, समाचार, स्वास्थ्य
२६ जेठ,काठमाडौं ।पछिल्लो समय सरकारी निकायका प्रतिवेदन र प्रयोगशालाका परीक्षणहरूले बाहिर ल्याएको तथ्यले दूधका माध्यमबाट हाम्रो भान्सामा ‘मन्द विष’ भित्रिरहेको देखाइरहेको छ। बजारमा उपलब्ध दूध धेरै समयसम्म नबिग्रिने बनाउन र अत्यधिक नाफा कमाउनका लागि केही दुग्ध उद्योगी र संकलकहरूले मानव स्वास्थ्यमाथि गम्भीर अपराध गरिरहेका छन् । नेपाली बजारमा प्राकृतिक दूधको बदलामा कृत्रिम दूध तयार गरी बिक्री–वितरण भइरहेकोतथ्य भेटिएको छ । हालै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुरमा सञ्चालित एउटा दुग्ध उद्योगमा गरेको अनुगमन क्रममा यस्तै गम्भीर लापरबाही फेला पारेको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौं र प्रहरी वृत्त जगातीको एउटा संयुक्त टोलीले सूर्यविनायक नगरपालिका सञ्चालित एक दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड अनुगमन गर्दा उद्योगको प्रशोधन कक्षबाट दूधमा मिसावट ग...
निजामती सेवा विधेयक : ३० वर्षे सेवा अवधि र ५५ वर्षे उमेरहदको प्रस्ताव

निजामती सेवा विधेयक : ३० वर्षे सेवा अवधि र ५५ वर्षे उमेरहदको प्रस्ताव

कानुन, जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
२६ जेठ, काठमाडौं ।सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट रायका लागि कानुन मन्त्रालय पठाइएको विधेयकमा ५५ वर्ष उमेर पूरा भएका निजामती कर्मचारीहरूलाई अवकाश दिने प्रस्ताव उल्लेख गरेको छ ।जसमा सेवा अवधि ३० वर्ष पुगेकाहरू पनि अवकाश हुनेछन ३० वर्षे योजना कार्यान्वयन भए २०५३ सालअघि संघीय निजामती सेवामा रहेका कर्मचारीहरू स्वतः अवकाश हुनेछन् । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एकदेव अधिकारी का अनुसार सरकारले तय गरेको रणनीति कार्यान्वयन भए संघीय निजामती सेवामा करिब ५५ सय जति कर्मचारीहरू अवकाश हुने अनुमान छ । उनीहरूले अवकाश हुँदा अतिरिक्त सुविधा पाउने छैनन् । निजामती किताबखानाले मन्त्रालयमा पठाएको विवरण अनुसार, अहिले संघीय निजामती सेवामा ५५ वर्ष उमेर कटेका ४ हजार १३५ जना कर्मचारी छन् ।त्यसमा ३० वर्ष सेवा अवधि पुगेका कर्मचारीहरूको संख्या ...
डलर, युरो, रियाललगायत सबै विदेशी मुद्राको भाउ बढ्यो

डलर, युरो, रियाललगायत सबै विदेशी मुद्राको भाउ बढ्यो

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, ब्यानर-१, समाचार
२६ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार सबै विदेशी मुद्राको भाउ बढेको छ । अमेरिकी डलर,युरो,पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर र सिङ्गापुर डलरको मूल्य बढेको छ ।जापानी येन, चिनियाँ युआन, थाइ भाट, क्रोनर, दिराम, दिनार, रिङ्गेट, रियाल र साउथ कोरियन वनको पनि भाउ  बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । हिजो अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको थियो। आज युरोपियन युरोको मूल्य पनि आज बढेको छ । आज युरो एकको खरिददर १७६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९ पैसा छ । हिजो युरो एकको खरिददर १७४ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ३७ पैसा थियो । युके पाउण्ड स्ट्रलिङको मूल्य...
८ हजार २ सय रुपैयाँ घट्यो सुन

८ हजार २ सय रुपैयाँ घट्यो सुन

अर्थतन्त्र, ताजा अपडेट, बिशेष
२५ जेठ, काठमाडौं । सोमबार पनि सुनको भाउ घटेको छ । अघिल्लो दिन प्रतितोला ८ हजार २ सय रुपैयाँ घटेको सुन आज ९ सय रुपैयाँ घटेको हो । यो गिरावटसँगै सुनको भाउ ३ लाखमुनि झरेको छ ।सोमबार सुनको भाउ प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँ छ । अघिल्लो दिन ३ लाख ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । तर चाँदीको भाउ १० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९०५ रुपैयाँ पुगेको छ ।...
सरकारको कामकारबाहीबारे रवि लामिछानेले मागे दलहरूसँग सुझाव

सरकारको कामकारबाहीबारे रवि लामिछानेले मागे दलहरूसँग सुझाव

ताजा अपडेट, ब्यानर-२, समाचार
२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा नेतृत्वको सरकारको कामकारबाहीबारे राजनीतिक दलहरूसँग सुझाव मागेका छन् । उनले सिंहदरबारमा सर्वदलीय बैठक राखेर यसबारे सुझाव माग गरेका हुन् । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि रास्वपाको नेतृत्वमा एकल बहुमतको सरकार बनेको छ । दुई सिट कम दुई तिहाइ बहुमतको एकल सरकारको नेतृत्व रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले गरिरहेका छन् । निर्वाचनमा पाएको मत अनुसार सरकार बनाएको रास्वपाले निर्वाचनपछि पहिलो पटक दलहरूसँग औपचारिक रूपमा संवाद राखेको हो । सर्वदलीय बैठक नै राखेर रास्वपा सभापति लामिछानेले सरकारको कामकारबाहीबारे सुझाव माग गरेका हुन् । सर्वदलीय बैठक बस्ने अभ्यास सुरुवात भएको र यसले निरन्तरता पाउनुपर्ने आग्रह गरे । लामिछानेले यही १८ जेठदेखि पाँच दिने भारत भ्रमण गरेका थिए ।भ्र...
आजको प्रतिनिधि सभा बैठक बजेट केन्द्रित हुने

आजको प्रतिनिधि सभा बैठक बजेट केन्द्रित हुने

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२५ जेठ,काठमाडौँ ।सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठक आगामी आर्थिक वर्षका लागि प्रस्तावित बजेटमा केन्द्रित हुने बताइएको छ । बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ हुनेछ । साथै विभिन्न विधेयक प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ ।अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८३÷८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन् । त्यसपछि बजेटमाथिको सामान्य छलफल सुरु हुनेछ । छलफलका क्रममा उठेका प्रश्नहरूको अर्थमन्त्री वाग्लेले जवाफ दिने कार्यसूची छ। अर्थमन्त्री वाग्लेले विभिन्न महत्त्वपूर्ण विधेयक समेत सदनमा प्रस्तुत गर्ने कार्यक्रम छ । ‘विनियोजन विधेयक, २०८३ सदनमा पेस गर्नेछन् । यसैगरी, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३...
राजनीतिमा पुरानो शैली नदोहोर्‍याउन जेनजीको भूमिका महत्त्वपूर्ण : सांसद ढकाल

राजनीतिमा पुरानो शैली नदोहोर्‍याउन जेनजीको भूमिका महत्त्वपूर्ण : सांसद ढकाल

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२४ जेठ,गुल्मी । रास्वपाका नेता तथा सांसद सागर ढकालले पुरानो पार्टीजस्तो हुने प्रवृत्तिबाट जोगाउने मुख्य शक्ति (जेनजी) भएको टिप्पणी गरेका छन् । पार्टीको गुल्मी अधिवेशनको अवरमा आयोजित कार्यक्रममा उनले पछिल्लो राजनीतिक परिवर्तन र सरकार गठनसम्म आइपुग्न जेनजीको महत्वपूर्ण भूमिका रहेको बताए । सांसद ढकालले आफूहरूलाई निरन्तर प्रश्न र खबरदारी गर्न युवापुस्तालाई आग्रह समेत गरे उनले पार्टी तथा संगठन निर्माणका क्रममा जिल्लास्तरका नेतृत्व र प्रतिनिधिहरूलाई वैज्ञानिक आधारमा छनोट गरिएको भन्दै नयाँ सोच र कार्यशैलीलाई परिणाममा रूपान्तरण गर्न केही समय लाग्ने भएकाले खबरदारी गर्दै काम गर्ने अवसर दिन पनि आग्रह गरे । ढकालले युवाको सक्रिय सहभागिता, पारदर्शिता र निरन्तर जनउत्तरदायित्व मार्फत वैकल्पिक राजनीतिक अभ्यासलाई बलियो बनाउने प्रतिबद्धता व्यक्तसमेत व्यक्त गरे ।रास्वपा गुल्मीले जिल्लाका १२ स्थान...
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल

नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-१, राजनीति
२४ जेठ,काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारतबीचको सम्बन्धलाई नयाँ शिराबाट थप विस्तार र सुदृढ गर्न सरकार थप तत्पर रहेको बताएका छन् । भारतीय च्यानल ‘एनडिटिभी’सँगको विशेष संवादमा उनले रास्वपा स्थापनाको करिब चार वर्षकै अवधिमा जनचाहना र समर्थनबाट सरकारको नेतृत्वमा पुगेको जिकिर समेत गरे। दुई देशको बहुआयामिक सम्बन्धलाई थप सुदृढ गर्न सरकार तत्पर रहेको विषयलाई उनले थप स्पस्ट पारे । नेपाल र भारतबीचको खुला सीमानाका कारण दुबै देशको सुरक्षाको सरोकारलाई नेपालले आत्मसात् गरेको गर्दै आएको र यो बहुआयामिक हार्दिक सम्बन्धलाई अझै सुदृढ गर्नुपर्ने आवश्यकता रेहेको पनि मन्त्री खनालले स्पष्ट पारेका छन्। भारतीय समकक्षी एस जयशङ्करसँगको भेटवार्ताको जानकारी दिंदै उनले यथासम्भव सबै क्षेत्रमा सहकार्य गर्नुपर्ने जिकिर गरे ।विशेषगरि व्यापार,ऊर्जा,पूर्वाधार,शिक्षा,स्वास्थ्य,प्रविधि र सम्पर्क सञ्जालल...