Author: सगरमाथा प्रेस

‘नेतृत्व विकास र मङ्गलादेवी सिंह’ वक्तृत्वकलाको उपाधि कुसुम अधिकारीलाई

‘नेतृत्व विकास र मङ्गलादेवी सिंह’ वक्तृत्वकलाको उपाधि कुसुम अधिकारीलाई

ताजा अपडेट, प्रेरक प्रसङ्ग, बिशेष, समाचार
जेठ २४,काठमाडौँ । मङ्गलादेवी सिंह फाउन्डेसनद्वारा आयोजित ‘नेतृत्व विकास र मङ्गलादेवी सिंह’ विषयक वक्तृत्वकला प्रतियोगितामा कुसुम अधिकारी प्रथम भएकी छन् । फाउन्डेसनले शनिबार काठमाठौंमा आयोजना गरेको ‘नेपालको महिला आन्दोलनकी नेत्री ‘मङ्गलादेवी सिंहको योगदानमा आधारित वक्तृत्वकला प्रतियोगिता’ मा अधिकारी प्रथम भएकी हुन् । प्रथम स्थान हाँसिल गर्न सफल अधिकारीलाई नगद रु २० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै सो प्रतियोगितामा बिनिता तामाङ दोस्रो र शिवानी राउत तेस्रो भएकी छन् । दोस्रो र तेस्रो उपाधि हासिल गर्ने तामाङ र राउतलाई क्रमशः नगद रु १५ र रु १० हजार,मेडल र प्रमाणपत्र प्रदान गरिएकोछ । आरध्या घिमिरे,मान्यता धिताल र मनिषा खनालले प्रतियोगितामा सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । उनीहरूलाई जनही रु पाँच हजार मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा ६० जनाले भाग ल...
आज विश्व वातावरण दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

आज विश्व वातावरण दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
२२ जेठ, काठमाडौं । विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । ‘समृद्ध भविष्यको आधार : जलवायु एवं प्रकृतिमैत्री विकास’ मूल नारासहित सप्ताहव्यापी रूपमा मनाउन लागिएको हो । वातावरण संरक्षण,जलवायु परिवर्तनका चुनौती सामना तथा प्रकृतिमैत्री विकास प्रवर्द्धनका विषयमा जनचेतना अभिवृद्धि आजको आवश्यकता रहेको छ । विश्व वातावरण दिवसका अवसरमा विभिन्न संस्थाहरुले आज शुक्रबार वृक्षारोपणसहित देशभर विभिन्न जनचेतनामूलक तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रम पनि सञ्चालन गर्दै छन् । स्विडेनको स्टकहोममा पहिलो पटक सन् १९७२ को जुन ५ देखि जुन १६ सम्म  विश्व वातावरण सम्मेलन आयोजना गरिएको थियो । वातावरण संरक्षणका लागि विश्वका देशहरू एकै ठाउँमा उभिएको त्यो पहिलो ठूलो ऐतिहासिक पाइला थियो ।त्यही सम्मेलनको सम्झना र महत्त्वलाई कदर गर्दै संयुक्त राष्ट्रसंघले जुन ५ लाई ‘विश्व वातावरण दि...
ट्रम्पका विशेष दूत गोरसँग दिल्लीमा रविको भेटवार्ता

ट्रम्पका विशेष दूत गोरसँग दिल्लीमा रविको भेटवार्ता

ताजा अपडेट, ब्यानर-१, समाचार
२२ जेठ,काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ । बिहीबार साँझ दिल्लीमा उनीहरूबीच भेटवार्ता भएको हो । भाजपाको निमन्त्रणामा दिल्ली गएका रास्वपा सभापति लामिछानेले थुप्रै राजनीतिक भेटघाट गरिसकेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयंशकर, भाजपाका नेताहरू लगायतसँग उनले भेट गरिसकेका छन् । गोर भारतका लागि अमेरिकी राजदूत  हुन् । यसअघि नेपाल आएकाबेला गोरले पनि सभापति लामिछाने लगायतका रास्वपा नेताहरूसँग भेटवार्ता गरेका थिए ।...
बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने

बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने

अर्थतन्त्र, कानुन, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
२१ जेठ,काठमाडौँ ।सर्वोच्च अदालतले चेक अनादर (चेक बाउन्स) मुद्दामा फैसला गर्दै चेकमा लेखिएको रकम (बिगो) र सो को ब्याज समेत पीडितलाई भराउनुपर्ने आदेश दिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र बालकृष्ण ढकालको संयुक्त इजलासले उच्च अदालत पाटनको फैसला उल्टी गर्दै उक्त आदेश जारी गरेको हो । सर्वोच्च अदालतले विनिमय अधिकार पत्र ऐन, २०३४ को दफा १०७ (क) को व्याख्या गर्दै भनेको छ— ‘चेक काट्ने व्यक्तिको खातामा पर्याप्त रकम नभएको जानीजानी चेक काट्नु र त्यो अनादर हुनु आफैँमा कसुर हो ।यस्तो अवस्थामा धारक (चेक पाउने व्यक्ति) ले ड्रयर (चेक काट्ने व्यक्ति) बाट चेकमा उल्लेखित रकम र ब्याज भराई लिन पाउने कुरा कानुनले सुनिश्चित गरेको छ ।’ अदालतले थप व्याख्या गर्दै भनेको छ– ‘प्रतिवादीले ‘मैले जर्बजस्ती चेक काट्न लगाइएको हो’ वा ‘यो तमसुकको आधारमा होइन’ भनी जिकिर गरे तापनि सर्वोच्चले चेकमा भएको हस्ताक्षर र मि...
सशस्त्र हेडक्वार्टरमा आगलागी घटना छानबिनका लागि समिति गठन

सशस्त्र हेडक्वार्टरमा आगलागी घटना छानबिनका लागि समिति गठन

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
२१ जेठ,काठमाडौं ।सशस्त्र प्रहरी बलको हेडक्वार्टरस्थित एमटी शाखा (सवारी शाखा) मा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ। सशस्त्र प्रहरी हेडक्वार्टरले सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी)को नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी विष्णुप्रसाद भट्टले डीआईजी सन्दीप थापाको नेतृत्वमा समिति गठन भएको जनाकारी दिएका छन्। बुधबार राति ८ बजेतिर सशस्त्र हेडर्क्वाटरस्थित सवारी शाखामा आगलागी भएको थियो ।आगलागीबाट केही सवारीसाधनहरुमा क्षति पुगेको थियो। सशस्त्रमा हेडक्वाटर यसअघि पनि आगलागी भएको थियो । त्यस्तै सतंगलस्थित सशस्त्रको स्टोरमा पनि यसअघि आगलागी भएको थियो ।  ...
घट्यो सुनचाँदीको भाउ

घट्यो सुनचाँदीको भाउ

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
२१ जेठ, काठमाडौं । बिहीबार सुनचाँदीको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन ३ लाख ११ हजार ३ सय रुपैयाँ रहेको सुनको भाउ आज ३ लाख ११ हजार १ सय रुपैयाँ छ । आइतबार बजेटले भन्सार दर १० बाट २० प्रतिशत पुर्‍याएपछि सुनको मूल्य अकस्मात वृद्धि भएको हो । भन्सार दरकै कारण प्रतितोला करिब २० हजार रुपैयाँ मूल्य थपिएको महासंघले जनाएको छ । त्यस्तै चाँदीको भाउ पनि तोलामा ८५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा ५ हजार ३७० रुपैयाँ रहेको चाँदी आज ५ हजार २८५ रुपैयाँ भएको छ ।...
आजको मौसम : पहाडमा वर्षा, तराईमा गर्मी

आजको मौसम : पहाडमा वर्षा, तराईमा गर्मी

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार, स्वास्थ्य
२१ जेठ, काठमाडौं । हाल मुलुकको पश्चिमी क्षेत्र आसपास उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव छ । जसको प्रभावले मौसम परिवर्तन भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने र केही जिल्लामा आज बिहिबार तातो दिन हुने सम्भावना रहेको जनाएको छ । हिमाली तथा पहाडी भागका केही स्थानमा भने पानी पर्नेछ  । दिउँसो देशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । हिमाली तथा पहाडी भागका केही तथा मधेश र कोशी प्रदेशका तराईका एकरदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ । आज राति देशका हिमाली भागमा साधारणतया बदली रहने, पहाडी भाग तथा मधेश र कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी तराई क्षे...
रास्वपाका सभापति रवि लामिछानेसँगको भेटपछि मोदीले के भने?

रास्वपाका सभापति रवि लामिछानेसँगको भेटपछि मोदीले के भने?

अन्तर्राष्ट्रिय, ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति
२१ जेठ,काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेसँगको भेटपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशबीचको सम्बन्ध थप उचाइमा पुर्‍याउन नेपालको वर्तमान सरकारसँग सहकार्य गर्न उत्सुक रहेको बताएका छन्। बुधबार रास्वपाका सभापति लामिछानेसँगको भेटलगत्तै आफ्ना सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै उनले सो विषय उल्लेख गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबिचको विशिष्ट एवं बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ।’ मोदीले  सभापति लामिछानेसँग भेट्न पाउँदा अत्यन्तै खुशी लागेको समेत बताएका छन्। ...
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

जीवनशैली, ताजा अपडेट, ब्यानर-१, वातावरण, स्वास्थ्य
२० जेठ,मधेस प्रदेश । दैनिक तापक्रम बढेसँगै मधेस प्रदेशको जनजीवन प्रभावित भएको छ । मधेसका अधिकांश स्थानमा एक सातादेखि ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम बढेकाले ‘लु’ को महामारी फैलिनसक्ने जल तथा मौसम विज्ञान कार्यालय,जनकपुरले जनाएको छ । ‘लु’ का कारण मानिसमा अत्यधिक थकान, कमजोरी, बेहोस र बान्ता हुने तथा अधिक तिर्खा लाग्ने,लगायतका लक्षण देखिन्छ । डाक्टरहरूले ‘लु’ बाट बच्न तिर्खा नलागे पनि दिनको आठ गिलास पानी पिउन,घरभित्र वा चिसो ठाउँमा रहन,घाममा हिँडडुल नगर्न,हलुका लुगा लगाउन,घर बाहिर निस्कँदा कपडा वा अरू कुराले टाउको छोप्न,पानी र झोल पदार्थ पर्याप्त पिउन सुझाव दिएका छन् । पानीको सट्टा बियर,कफी,सोडाजस्ता पेयपदार्थ झनै हानिकारक हुने हुँदा पानीमा नै जोड दिन पनि डाक्टरहरुले सुझाएका छन् ।...
एक सातामा प्रतितोला २० हजार ८ सय बढ्यो सुन

एक सातामा प्रतितोला २० हजार ८ सय बढ्यो सुन

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
२० जेठ,काठमाडौं । एक सातामा नेपाली बजारमा सुनको भाउ तोलामा २० हजार ८ सय रुपैयाँ बढेको छ । आज बुधबार अघिल्लो दिनको तुलनामा मूल्य स्थिर रहे पनि गत बुधबारको तुलनामा २० हजार ८ सय बढेको हो । महासंघले आज ३ लाख ११ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन पनि यहीं मूल्यमा कारोबार भएको थियो ।गत बुधबार २ लाख ९० हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । आज चाँदीको भाउ भने तोलामा ३५ रुपैयाँ घटेको छ ।अघिल्लो दिन ५ हजार ४०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ३७० रुपैयाँ कायम भएको छ ।एक सातामा चाँदी पनि २९० रुपैयाँ बढेको छ ।...