ब्यानर-१

माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक बस्दै छ । आज दिउँसो २ बजे बस्ने गरी दलको बैठक आह्वान भएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । उनका अनुसा बैठकमा र पछिल्लो विकसित राजनीतिक घटनाक्रम, विश्वासको मत लगायत बैठकका एजेण्डा रहेका छन् । नेकपा एमाले र नेपाली कांग्रेसबिच सत्ता सहकार्य गर्ने समझदारी भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमत परेसँगै प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिँदै छन् ।...
आजको मौसम : यी प्रदेशमा दिनभर वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा दिनभर वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, शिक्षा
काठमाडौं । आज काठमाडौं उपत्यकालगायत देशका कतिपय भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी,मधेश,बागमती,गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो। त्यस्तै आज दिउँसो पनि दिनभरजसो नै कोशी,मधेश,लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी,मधेश र गण्डकी प्रदेशका थोरै तथा बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। भने,कोशी र मधेश प्रदेशका केही स्थानहरुमा अति भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको भनाई छ । उता राति पनि कोशी,मधेश,बगमती,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।कोशी,मधेश,बागमती, लुम्बिनी र ग...
माओवादी कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा कृष्ण जिसी

माओवादी कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा कृष्ण जिसी

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
सुर्खेत । नेकपा .माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा कृष्णबहादुर जिसी चयन भएका छन् । दल नेता राजकुमार शर्माले सोमबार जिसीलाई प्रमुख सचेतक चयन गरेका हुन् ।यसअघि प्रमुख सचेतक रहेका हुम्लाबाट निर्वाचित सांसद रणसिं परियार जलस्रोत तथा ऊर्जामन्त्री भएका छन् । परियार मन्त्री भएदेखि प्रमुख सचेतक पद रिक्त रहेको थियो ।...
एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा गत सोमबार भएको कांग्रेस–एमालेबीचको सत्ता सहकार्यसम्बन्धी सहमतिबारे छलफल हुने बताइएको छ । त्यस्तै, बैठकमा नेताहरूको कार्यविभाजनलगायतका विषयमा छलफल हुने कार्यसूची रहेको पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले बताए । ...
आजको मौसम : तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं ।आज देशभर साधारणतया बदली रही कोशी,मधेश,लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरु र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा कोशी,मधेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार राती देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ ।कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरु र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,मधेश,लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।साथै कोशी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव,बाढी, पहिरो...
साउथ एसियन ट्राभल अवार्डस् नेपालमा हुने

साउथ एसियन ट्राभल अवार्डस् नेपालमा हुने

ताजा अपडेट, पर्यटन, ब्यानर-१, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं।साउथ एशियन ट्राभल अवार्ड्स(साटा) को आठौं स‌ंस्करण नेपालमा हुने भएको छ। आज सोमबार काठमाडौंको प्रदर्शनिमार्गमा अवस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा पत्रकार सम्मेलन गरेर आयोजकले सो अवार्ड प्रतियोगिता बारे जानकारी गराइएका हुन्। आयोजकले यसबाट दक्षिण एसियाली आतिथ्यतामा उत्कृष्ट प्रवर्द्धन र उत्सव मनाउनको लागि एक प्रमुख प्लेटफर्मको रूपमा आफ्नो भूमिकालाई सुदृढ गर्दै उद्योगमा नयाँ आविष्कार र वृद्धिको अर्को वर्षको लागि चरण सेट गर्ने विश्वास लिएको उल्लेख  गरेका छन्। आतिथ्य क्षेत्रमा साउथ एसिया भरी उत्कृष्टता प्रदर्शन गर्दै आइरहेकोमा ‘साटा–२०२४’ नेपालमा गर्नुका मुख्य कारण भने नेपालको प्राकृतिक सुन्दरता,लोभलाग्दो र अनुसरण योग्य सांस्कृतिक परम्परा एवं संस्कार रहेको आयोजकले बताएका छन्।  सो पत्रकार सम्मेलनमा होटल संघका अध्यक्ष विनायक शाहले होटल संघ र पर्यट...
संसदमा गीतबाट सवाल–जवाफ

संसदमा गीतबाट सवाल–जवाफ

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बिच यही असार १७ गते नयाँ सहमति भएपछि राष्ट्रिय सरकार निर्माण गर्ने तयारीसँगै मुलुकको राजनीति तरङ्गीत बनेको छ । उक्त सहमतिलगत्तै सत्तासाझेदार एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षी बेञ्चमा बसेको छ । एमालेले आफ्ना मन्त्रीहरूको राजीनामा बुझाउन प्रधानमन्त्री निवास बालुवाटार जाँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गायक फत्तेमानराज भण्डारीको एउटा गीतको हरफ एमालेका मन्त्रीहरूलाई सुनाएका थिए । ‘यस्तो पनि हुँदो रैछ जिन्दगीमा‘१’ सोही प्रसङ्ग उल्लेख गर्दै एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले प्रतिनिधि सभाको सोमबारको बैठकमा जवाफी गीत सुनाए । बैठकको विशेष समयमा प्रमुख सचेतक बर्तौलाले वर्तमान सरकारलाई नेकपा एमालेले दिएको समर्थन फिर्ता लिएको सन्देश लिएर मन्त्रीहरूले राजीनामा बुझाउने क्रममा प्रधानमन्त्रील...
राष्ट्रिय सभावेशी आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश

राष्ट्रिय सभावेशी आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं ।‘राष्ट्रिय सभावेशी आयोगको पाँचौ वार्षिक प्रतिवेदन ( आर्थिक वर्ष २०७९/८००’ प्रतिनिधि सभामा पेश गरिएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो प्रतिवेदन पेश गरिएको हो ।  संवैधानिक आयोगको प्रतिवेदन सङ्घीय संसदमा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सोही अनुसार सो वार्षिक प्रतिवेदन पनि पेश गरिएको हो ।...
आजदेखि वर्षाको मात्रा केहीकम हुने

आजदेखि वर्षाको मात्रा केहीकम हुने

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
मनिषा गुरुङ काठमाडौं ।मौसम पूर्वानुमान महाशाखाले आज सोमबारदेखि हिजो र अस्तिको तुलनामा कम पानी पर्ने जनाएको छ। महाशाखाका अनुसार आज सोमबारदेखि न्यून चापिय रेखा दक्षिणतिर सर्दै जाने भएकाले नेपालमा मनसुनको सक्रियतामा कमी आउनेछ।जसका कारण वर्षाको मात्रामा केही कमी हुनेछ। महाशाखाले आज कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानमा मध्यम वर्षा हुने र थोरै भू–भागमा भारी वर्षाको सम्भावना रहेको पनि जनाएको छ।अन्य प्रदेशमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ । तर,भूक्षय,पहिरो तथा गेग्रान बहावको जोखिम यथावतै रहेको,खहरे खोलामा पानीको सतह बढ्ने भएकाले सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ । हेर्नुहोस् मनसुन विशेष मौसम बुलेटिन...
आजको मौसम : देशभर वर्षाको सम्भावना

आजको मौसम : देशभर वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं ।मनसुनी वायुको प्रभावले आज देशभर साधारणतया बदली रही सबै प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,बागमती,गण्डकी,लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशभर आंशिक देखि साधारणतया बदली रहने छ।कोशी,मधेश,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।कोशी, मधेश,गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। विभागका अनुसार हाल सुदूरपश्चिम प्रदेशमा पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिक देखि साधारणतया बदली रहेको छ।बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी र कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्कादेखि म...